बिर बहादुर बि, क, शान्तिनगर 3, माघ,16
बि, पी मा, बि, शान्तिनगर 3को निर्वाचन सम्पन्न भयको हो, संयुक्त समुह र नेपाली काँरेश गरि दुई प्यानल चुनाबमा होमीयाका थिय, जसमा संयुक्त प्यानल कर्मस, हात्ती चिन्न रुद्र रकाल 251
छाता,ईन्द्र बहादुर रोका 241
घर, सिमा बुढाथोकी 242
साइकल शान्ति छन्त्याल 242
ल्याउदा काँरेश उमेदबार पार्वती पुन,220
गाई, तुल्सी गिरी 221
मानिस, निम तिवारी 220
घडी, फुल मति चौधरी 214
ल्याई संयुक्त प्यानल का विजय भयको निर्वाचन स मितिका संयोजक, शान्तिनगर गा, पा, शिक्षाशाखा प्रमुख, सुमन पाण्डेले जानकारी दियका छन्l
काठमाडौं । प्रहरीको गोली लागेर घाइते भएका भारत ओडिशा राज्यका स्वास्थ्यमन्त्री नवकिशोर दासको मृत्यु भएको छ । आइतबार दिउँसो एक सार्वजनिक कार्यक्रममा जाने क्रममा दासमाथि एक प्रहरीले गोली हानेका थिए ।
गोली लागेलगत्तै उनलाई हवाई एम्बुलेन्समार्फत् उपचारका लागि भुवनेश्वरस्थित एक निजी अस्पताल लगिएको थियो । चिकित्सकहरुले स्वास्थ्यमन्त्री दासलाई बचाउन कोसिस गरे पनि असफल भएको बताएका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, ओडिशाका मुख्यमन्त्री नवीन पटनायकलगायतले स्वास्थ्यमन्त्री दासको निधनप्रति शोक व्यक्त गरेका छन् । स्वास्थ्यमन्त्री दासको हत्याको कारण खुलेको छैन । मुख्यमन्त्री पटनायकले घटनाको अनुसन्धान गर्न क्राइम ब्रान्चलाई जिम्मा दिइएको बताएका छन् ।
सन् २०१९ को विधानसभा चुनाव अगाडि दासले कांग्रेस पार्टी परित्याग गरी बीजु जनता दल (बीजेडी)मा प्रवेश गरेका थिए । बीजेडीका वरिष्ठ नेता दास पहिलो पटक क्याबिनेट मन्त्री बनेका थिए ।
आइतबार झारसुगुडाको बज्रराजनगर भन्ने स्थानको गान्धी चोकमा उनीमाथि भारतीय प्रहरीका असईले गोली हानेको प्रत्यक्षदर्शीले बताएका छन् ।
रमा बुढा मगर -====
तुलसीपुर १५ माघ २०७९, नेकपा माओवादी केन्द्र निकट पत्रकार हरुको संगठन प्रेस सेन्टर नेपाल ले आफ्नो १९ औ वार्षिक उत्सव बिभिन्न कार्यक्रम गरी मनाएको छ |सो ही अवसरमा प्रेस सेन्टर नेपालको तुलसीपुर नगर इकाई कमिटि ले तुलसीपुरको वि पी चौकमा दिप प्रज्वलन गरेर केन्द्रीय कार्यक्रम अन्तर्गत वार्षिक उत्सव मनाएको हो | प्रेस सेन्टर नेपाल को तुलसीपुर नगर अध्यक्ष तथा दाङ जिल्ला उपाध्यक्ष दामोदर बस्नेत राकेश को अध्यक्षतामा भएको दिप प्रज्वलन कार्यक्रममा नेपाली कांग्रेस निकट प्रेस युनियनका पत्रकार बालाराम खडका,राप्रपा निकट मिडिया नेपालका बम्शी शर्मा लगायतको उपश्थिती रहेको थियो| कार्यक्रमको संचालन प्रेस सेन्टर नेपाल तुलसीपुर नगर इकाई कमिटी का सचिव सुमन के सी ले गरेका थिए |
काठमाडौं,६ माघ । सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आज शुक्रवार बिहान राष्ट्रपति कार्यालय शीतल निवासका राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुखमा निर्वाचित घिमिरेलाई शपथ गराउनुभएको हो । यस्तै नवनिर्वाचित सभामुख घिमिरेले स्वतन्त्र र निष्पक्षरूपमा काम गर्नका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको बताउनुभएको छ ।
आज उहाँले विज्ञप्ति निकालेर सभामुख पदको भूमिकालाई स्वतन्त्र र निष्पक्षरूपमा निर्वाह गर्नका लागि एमालेको पार्टी सदस्यता र पार्टीसम्बद्ध सम्पूर्ण राजनीतिक, साङ्गठनिक जिम्मेवारीबाट अलग भएको जानकारी गराउनुभएको हो ।प्रतिनिधि सभाको हिजो बिहीवारको बैठकमा नेकपा एमालेका देवराज घिमिरे सभामुखमा निर्वाचित हुनुभएको थियो ।
२०७९ पुष २० गते बुधवार
दाङ । लुम्बिनी प्रदेश सरकारले संघीय कानुनलाई आधार मानेर नदीजन्य उद्योग सञ्चालनका लागि एउटा मापदण्ड बनायो । मापदण्ड विपरित भए नभएको सन्दर्भमा लुम्बिनी प्रदेश सभा सार्वजनिक लेखा समितिका सभापति डिल्ली बहादुर चौधरीको संयोजकत्वमा करीव तीन वर्ष अघि लुम्बिनी प्रदेशका बाह्रवटै जिल्लामा रहेका क्रसर उद्योगहरुको अनुगमन पनि गरियो । अनुगमन समितिले प्रतिवेदन प्रदेशसभामा बुझाउँदा अधिकांश क्रसर उद्योगहरु तोकिएको मापदण्डमा नरहेको उल्लेख
गरियो । प्रदेश सरकारले छ महिनाको समय दिएर ती उद्योगहरुलाई नयाँ मापदण्डमा ल्याउन जिल्ला प्रशासन तथा स्थानीय सरकार र जिल्ला समन्वय समितिलाई पनि निर्देशन दियो । तर तीन वर्ष अघिको निर्देशन अझै पनि कार्यान्वयन हुन सकेको छैन । न जिल्लामा मापदण्ड विपरित सञ्चालनमा आएका ती क्रसर उद्योगहरुलाई मापदण्डमा ल्याउने प्रयास सार्थक भयो, न त उनीहरुलाई कानुनी कारवाही गर्ने हैसियत तीनै तहका सरकारले राखे ।
प्रदेश सरकारले तय गरेको मापदण्डमा खोलाको वर्षातको वहावको किनाराबाट ५ सय मिटर टाढा, धार्मिक महत्वका पोखरी तथा घाटबाट ५ सय मिटर, २२० केभिभन्दा कमको हाइटेन्शन लाइनबाट १ सय मिटर, त्यो भन्दा माथिको हाइटेन्शन लाइनबाट ५ सय मिटर, शिक्षण संस्था, स्वास्थ्य संस्था तथा धार्मिक महत्वका स्थलबाट १ किमि, निकुञ्ज तथा आरक्ष क्षेत्रबाट १ किमि, घना
बस्तीबाट १ किमि, वन क्षेत्रबाट १ किमि, पक्की पुलबाट ५ सय मिटर, राष्ट्रिय लोकमार्गको राइट अफ वे बाट ५ सय मिटर स्थानीय स्तरका कृषि तथा ग्रामिण सडकबाट १ मिटर तथा अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किमि टाढा मात्र क्रसर तथा वासिङ उद्योग सञ्चालन गर्ने मापदण्ड बनायो । तर यहाँ दर्ता भएर सञ्चालनमा आएका ३२ वटा वालुवा वासिङ उद्योग र १२ वटा क्रसर
उद्योग कुनैले पनि राज्यले तोकेको मापदण्ड पुरा गर्न सकेका छैनन् । अधिकांश उद्योगहरु त खोला किनारा होइन, खोलामै सञ्चालनमा छन् । राजमार्गदेखि एक सय मिटरको दुरी भित्रै ती उद्योगहरु सञ्चालन भैरहँदा निगमनकारी निकाय मौन छन् ।
मापदण्डमा ल्याउन न जिल्ला समन्वय समितिबाट कुनै समन्वयकारी भूमिका निर्वाह हुुन सक्यो, न स्थानीय प्रशासनले मापदण्डमा नआउने उद्योगहरु बन्द गराउन सक्यो, नत स्थानीय सरकारबाटनै त्यो विषयमा अर्थपूर्ण पहल हुन सक्यो । यो अवस्थाले जिल्लामा मापदण्ड विपरितका क्रसरहरु खुलेआम सञ्चालन भैरहेका छन् । यसअघिसम्म जिल्ला घरेलु कार्यालयमा
दर्ता नवीकरण हुने नियमलाई पनि सरकारले परिवर्तन गरेर उद्योग विभागमै दर्ता नवीकरणको नियम बनाएपछि ती मध्ये अधिकांश उद्योगहरुको नवीकरण समेत हुन सकेको छैन । वर्षौदेखि नवीकरण नभएरै सञ्चालन भैरहेका ती उद्योगहरुबाट राज्यलाई करोडौं रुपैया बराबरको राजश्व पनि गुमेको छ ।
अर्को दुर्भाग्यपूर्ण अवस्था भनेको बालुवा वासिङ उद्योगको अनुमति लिएर खुलेआम क्रसर उद्योगको काम गरिरहेका कम्तिमा एक दर्जन उद्योगहरु छन् । ती उद्योगहरुलाई बन्द गराउन जिल्ला प्रशासन कार्यालयले बारम्बार ताकेता गर्यो, ताला पनि लगायो, तर पछि के सर्तमा ती उद्योगहरुका ताला खोलिए, कसैलाई पनि यो विषयमा पत्तो हुन सकेको छैन ।
अनुमतिनै नलिएर क्रसर उद्योगको काम गर्ने उद्योगमा तुलसीपुर उपमहानगरपालिका सक्रामखोला स्थित स्वर्गद्वारी स्क्रीन प्लान्ट प्रालि, जनविश्वास वालुवा वासिङ उद्योग ग्वारखोला, गणेश वालुवा वासिङ उद्योग तुलसीपुर, के एण्ड एस वालुवा प्रशोधन उद्योग तुलसीपुर उपमहानगरपालिका(१२, मंगलम वालुवा वासिङ उद्योग तुलसीपुर उपमहानगरपालिका(१२, वागर बाबा वालुवा
प्रशोधन उद्योग, सतबरीया, जय बागेश्वरी बालुवा प्रशोधन उद्योग सतबरीयालगायत रहेका छन् । ती मध्ये केहीले कम्पनी रजिष्टारको कार्यालयबाट क्रसिङको अनुमति लिने प्रक्रिया सुरु भएको बताए पनि अझैसम्म स्वीकृति आए नआएको सम्बन्धित निगमनकारी निकायलाई जानकारी छैन ।
यो विषयमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले यो विषयमा जिल्ला समन्वयमा जानकारी लिन आग्रह गरे । जिल्ला समन्वय समितिले अनुगमन गरेर बन्द गराउन आग्रह गरेपछि मात्रै स्थानीय प्रशासनले कारवाही प्रक्रिया अघि बढाउने बताए । क्रसर उद्योगको अनुगमन र उनीहरुलाई मापदण्डमा ल्याउने काम जिल्ला प्रशासनको नभएको प्रजिअ रेग्मीले बताए । यो विषयमा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मालाई फोन गर्दा सम्पर्क हुन सकेन ।
ठेक्का लागेनन् खोला, गुम्दै राजश्व
यसैबीच जिल्लाका कुनै पनि पालिकाहरुले नदीजन्य पदार्थको नयाँ ठेक्का लगाउन सकेका छैनन् । देउखुरीका राप्ती, राजपुर र गढवाले ठेक्का प्रक्रियाका लागि प्रारम्भिक वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदन(आइइइ) बनाएर चुरेमा सिफारीस गरेपनि चुरेबाट अन्तिम स्वीकृति आइसकेको छैन । अन्य पालिकाहरुले आइइइ नै गर्न भ्याएका छैनन् । ‘ठेक्का प्रक्रिया सुरु नहुँदै अबैध
उत्खनन् अचाक्लि भएको छ, यसले दैनिक दस लाख जतिको राजश्व पालिकाले गुमाइरहेको छ’, गढवा गाउपालिकाका अध्यक्ष यमनारायण पाख्रेलले अघिल्लो साता जंगलकुटिमा आयोजना भएको अन्तरपालिका घुम्ति बैठकमा मुख्यमन्त्री लगायत प्रहरी प्रशासनको उपस्थितिमा भने ।
गढवाको जस्तै देउखुरी क्षेत्रमा राप्ती नदी र अन्य खहरे खोलाहरुमा दिनरात अवैध रुपमा नदीजन्य पदार्थको चोरी निकासी भैरहेको छ । ती नदीजन्य पदार्थ विकास निर्माणमा नभएर सोझै क्रसर उद्योगमा लैजाने गरीएको स्थानीयबासीहरुले बताएका छन् । अधिकांश क्रसर उद्योगहरुमा यस्तै नदीजन्य थुप्रो पहाड जस्तै बनेको छ । तर निगमनकारी निकायबाट यी उद्योगहरुको
अनुगमन गरी स्टक प्रमाणितको काम समेत हुन सकेको छैन । यसले गर्दा जिल्लाको करोडौंको राजश्व दिनदिनै गुमिरहेको छ । स्थानीय पालिकाहरुको प्रमुख राजश्वको श्रोत यसरी गुमिरहँदा स्थानीय सरकार समेत मौन बसिरहेका छन् । नदीजन्य पदार्थको अबैध उत्खनन् तथा उद्योग सञ्चालनमा जनप्रतिनिधिहरुकै आसेपासेहरु जोडिएका कारण पनि नदीजन्य पदार्थको राजश्व उठाउन स्थानीय सरकारलाई चुनौति रहेको स्थानीय नागरिकहरुले बताएका छन् ।
बिर बहादुर बि, क पुस 9,
शान्तिनगर गा, पा, 3, र 4 को आ, ब,2078/079 को बार्षिक साधारण सभा सम्पन्न भयको छ, सस्था को पर्ती बेदन कोषाद्यक्ष सान्ति पौडेल ले गरेका थिय, सस्था ले उत्कृस्ट उपभोक्ताहरुलाई सम्मान गरेको छ, समयमनै बिल भुक्तानी गर्ने डिला के सी र मन बहादुर घर्ती लाई र असल पुर्ब पालम्बर खुम बहादुर के सी र चित्र बहादुर बुढाथोकी लाई सम्मान गरेको छ, शाधारण सभा
मा प्रमुख, अतिथि गाउँ पालिका अध्य्क्ष प्रमोद बस्नेत, बिसिस्ट, अथिति गाउँ पालिका उपा अध्य्क्ष प्रेमा के, सी अतिथि हरुमा वार्ड न,3का अद्य्क्ष्य मिन बहादुर के सी वार्ड न,4का अदय्क्ष गुमान ओली पाटी, प्रतिनिधि मा ने, का बाट 3 का सभापति पार्वती पुन, एमाले बाट जिल्ला सदस्य दिप बहादुर चन, माओबादी बाट पालिका, उपाद्य्क्ष, खगेन्द्र सर्मा, सस्थापक अद्यक्ष्य नंदलाल पाण्डे,
लगायतकाले पानीको मूल बढाउनु पर्ने,, मुहान सिरमा हराबर बनाउनु आबस्यक भयको बतायका थिय , जसमा कार्यक्रम संचालन दिपक के सिले गरेका थियो !
रमा बुढा मगर -======
तुलसीपुर २५ मङ्सिर २०७९,, दाङ को तुलसीपुरमा प्रथम पटक संचालन भएको लुम्बिनी प्रदेश स्तरीय कृषी तथा पर्यटन महोत्सव २०७९ को आज उदघाटन गरिएको छ | लुम्बिनी क्षेत्रका कृषी वस्तु हरुको प्रवर्धन गर्न र तुलसीपुर क्षेत्रमा सुविधा सम्पन्न सुलभ पुस्तकालय [ लाइब्रेरी ] स्थापनार्थ महोत्सव संचालन गर्न लागिएको हो | तुलसिपुर क्षेत्रका युवा हरुको छाता संगठन युथ्स अफ तुलसीपुर दाङ ले आयोजना गरेको उक्त महोत्सव मङ्सिर २५ गते देखी सुरु भएर पुस ६ गते सम्म संचालन हुने कुरा युथ्स अफ तुलसीपुर का
अध्यक्ष ऋशिराज लहरे [ अरुण ] ले राप्ति पहिचान संग को कुराकानीमा बताए | तुलसीपुर कृषी महोत्सव बाट उठेको पैसाले तुलसीपुर क्षेत्रका क्याम्पस हरुमा अध्ययन गरी रहेका गरिब दुखी का छोरा छोरी ले पढ्न पाउने गरी एक सुविधा सम्पन्न लाइब्रेरी स्थापना हुन्छ जहाँ गरिब दुखीका बालबालिका हरुले आफुलाई आवश्यक विषयका किताव निशुल्क पढ्न पाउने छन् यो उद्देश्यका साथ् हामीले यो महोत्सव आयोजना गरेका हौँ लहरे ले अगाडी भने | यस्तै महोत्सव उदघाटन कार्यक्रम का प्रमुख
अतीथी अर्जुन कुमार श्रेष्ठ ले युवा हरु भोलिका कर्णधार मात्रै नभई भोलिका भविष्य पनी भएकाले युवा हरुले संचालन गर्न खोज्ने सामाजिक काम हरु मा आफ्नो सहयोग रहने कुरा बताए |महोत्सवमा बिभिन्न खाले ग्रामिण खानाका परिकार किसान हरुले उत्पादन गरेको कृषी उत्पादन हरु लगायतका सामग्री हरु प्रदर्शनीमा राखिएका छन् | युथ्स अफ तुलसीपुरका अध्यक्ष ऋशिराज लहरेको
अध्यक्षतामा भएको उदघाटन समारोहमा प्रमुख अतिथि उर्जा जलश्रोत तथा सिचाई राज्यमन्त्री अर्जुन कुमार श्रेष्ठ, विशिस्ट अतिथि जनक प्रसाद खराल, सुबोध कुमार डांगी लगायतले महोत्सवको सफलताको शुभकामना मन्तब्य राखेका थिए |
काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार गठनका सन्दर्भमा सबै विकल्प खुला राख्ने निर्णय गरेको छ ।पदाधिकारी बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले गठबन्धन छाड्ने निर्णय भने नगरेको बताए । बैठकमा गठवन्धन नतोड्ने तर सरकार बनाउन माओवादी अन्य विकल्पमा पनि खुला रहने समेत संचार कर्मी हरु लाइ जानकारी दिए ।उनले अन्य विकल्पमा पनि खुला रहने समेत जानकारी दिए । बैठकमा अपेक्षा गरे अनुरुप प्रतिनिधि सभामा
सीट आउन नसकेको समिक्षा भएको महराले बताए ।बैठकपछि महासचिव देव गुरुङले अहिले गठबन्धनमै रहेकाले गठबन्धनकै सरकार गठनको पहल हुने भन्दै वार्ता र संवाद एमालेसँग पनि हुनसक्ने बताए ।हामी एमाले संग पनी वार्ता गर्छौं यसमा अन्यथा मान्नु पर्ने कुनै बिषय नै होइन उनले अगाडी भने |हाम्रो पार्टी नेकपा माओवादी केन्द्र ले अपेक्षाकृत सिटमा जित हाँसिल गर्न नसकेका
कारण चुनावको प्रारम्भिक समिक्षामात्र भएकाले सरकार गठनको प्रक्रिया तथा एजेण्डाबारे छलफल नै नभएको उनले बताए ।राजनीतिक कोर्ष जता पनि जान सक्ने भन्दै उनले गठबन्धन अहिले यथावत नै रहेको बताए । तर भावी यात्राबारे अहिले कुरा नभएको उनले प्रष्ट पारे |
रमा बुढा मगर -====
तुलसीपुर, ३१ असोज २०७९,, दाङको तुलसीपुर उपमहानगरपालिका–१३ मा भएको बालबालिकाको विभत्स हत्याको अनुसन्धानका लागि प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको छ ।
२७ गते हराएका दुई बालबालिका आइतबार दिउँसो मृत अवस्थामा फेला पारेपछि प्रहरीले अनुसन्धानका लागि १४÷१५ बर्षका ९ जना बालकहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ !१५/१६ वर्षका बालक हरुलाई अनुसन्धान का लागी पक्राउ गरेर अनुसन्धान गरी रहेका छौं पक्राउ पर्ने मृतक का साथी हरु हुन् इप्रका तुलसीपुर ले बताएको छ !
पक्राउ परेका बालकहरुलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखिएको छ । स्रोतका अनुसार प्रहरी घटनाको नजिक पुगेको र आज साँझसम्म घटनाको बास्तविकता पत्ता लाग्न सक्ने अनुमान गरिएको छ ।
शान्तिनगर दांग
शान्तिनगर तिन को नेपाल राष्ट्रिय प्रा, बि, केराघारीमा लुम्बिनी प्रदेश मुख्य मन्त्रि सैक्षिक सुधार कार्यक्रम मार्फत आ, ब,2078/2079मा विनियोजित बजेट बाट विनियोजन भयको हो, सो जडान कार्य मा यसै वडा न, तिनका वडा अध्यक्ष मिन बहादुर के, सी, माइलिपनि खानेपानी का अद्यक्ष थमन कडेल लगायतको सहभागितामा जडान सामन्न भयको हो पूर्ण रुपमा बिद्यालय मा खानेपानी थाई हुन् सरोकार वालाले सहयोग गरेमा करिब 7,8 महिना लाग्ने छ l
©2023 Rapti Pahichan. All rights reserved.