रमा बुढा मगर -====
तुलसीपुर २३ पुस २०७९,, तुलसीपुर क्षेत्रमा संचालित मेडिकल हरुमा औषधी ब्यबश्था बिभाग बाट आएको टोलि ले अनुगमन गर्न थाले पछी यस क्षेत्रका मेडिकल ब्यबशायी हरु भागाभाग भएका छन् | दिन को १२ बज्दै गर्दा एक्कासी सेतो स्कार्पियो बाट दुइ महिला ओर्लेर राप्ति प्रादेशिक अस्पताल आसपास रहेका मेडिकल हरुमा छापा हान्न थाले पछी तुलसीपुर बजारमा रहेका
अन्य मेडिकल संचालक हरु भागेका हुन् | नेपाल फार्मेशी परिषद ऐन २०५७ को दफा ११ मा फार्मेशी परिषदमा नाम दर्ता नभएका जुन सुकै व्यक्ति ले औषधी बिक्रि वितरण गर्न नपाउने ब्यबश्था भए पनी दाङका अधिकांस मेडिकल हरुमा अनधिकृत मान्छे हरुले औषधी जस्तो संबेदनसिल बस्तु खुलेआम बेची रहेको कुरा राप्ति पहिचान डटकम को यस अघिको अनुसन्धान बाट
फेला परेको छ |परिषदमा नाम दर्ता गराउन कम्तिमा ३ वर्षीय डिप्लोमा इन फार्मेशी शिक्षा हाँसिल गरेको हुनु पर्ने ब्यबश्था ऐन ले गरेको छ त्यो भन्दा माथी ४ वर्षीय ब्याचलर फार्मेशी B pham ,त्यस भन्दा माथी थप २ वर्ष मास्टर फार्मेशी M pham र त्यो भन्दा माथी pham D सम्मको शिक्षण विधाको ब्यबश्था ऐन मा गरीएको छ र यिनै दक्ष जनशक्ती बाट मात्रै औषधी बिक्रि वितरण हुनु
पर्ने लेखेको छ | तर तुलसीपुर क्षेत्रमा संचालनमा आएका मेडिकल हरुमा अधिकांस फार्मेशी हरु एक महिने तालिम गरेका मात्रै रहेका छन् भने ति एक महिने तालिम वाला फार्मेशी हरु पनी मेडिकलमा छैनन् | उनको लाइसेन्स भाडामा लिएर मेडिकल संचालकका श्रीमती,छोरा छोरी वा कुनै अनधिकृत मान्छे हरुले तरकारी बेचे जस्तो गरी अनधिकृत मान्छे हरुले छ्याप छ्याप्ती
औषधी बिक्रि गरी रहेको देखिन्छ | तुलसीपु क्षेत्रमा अनधिकृत मानिस हरुले औषधी बेची रहेका छन् भन्ने सुचना पाए पछी आज त्यस क्षेत्रमा छापा मारिएको हो औषधी ब्यबश्था बिभाग शाखा कार्यालय बाँके नेपालगंज का कार्यालय प्रमुख निनु श्रेष्ठ ले राप्ति पहिचान डटकम संग को टेलिफोन संवादमा बताइन | हामीले सुने अनुसार नै पायौ केही मेडिकलमा रहेका संचालक तथा
फार्मेशीका नाममा माघ ३ गते भित्र तुरुन्त स्पष्टिकरण सहित कार्यालयमा आउनु भनेर पत्र छोडेका छौ श्रेष्ठ ले अगाडी भनिन |हामी हरुले भर्खर तुलसीपुरका केही मेडिकल हरुमा अनुगमन गर्न सुरु गरेका थियौ की त्यो थाहा पाएका अन्य मेडिकल पसल हरु धमाधम बन्द गरेर संचालक हरु भाग्नु भयो अनुगमन निरीक्षक सृजना पोख्रेल ले हाम्रा समाचारदाता संग बताइन |आज हामी
कम जनशक्ती लिएर आएका थियौ केही मेडिकलमा छापा हान्दै गर्दा त्यसैको मौका छोपेर धेरै मेडिकल संचालक हरु पसल बन्द गरेर भाग्न सफल हुनु भयो कुनै दिन प्रयाप्त जनशक्ती लिएर यहाँ आउछौ र एकै समयमा एकै पटक सबै मेडिकल हरुमा छापा मार्छौ पोख्रेल ले अगाडी भनिन |हामीले सुचना पाए भन्दा पनी अझ जर् जर् अवश्था यहाँ पाइएको छ यसरी औषधी
सम्बन्धी जानकारी नै नभएका औषधी सम्बन्धी पढ्दै नपढेका अनधिकृत मान्छे हरु बाट औषधी जस्तो संबेदनसिल बस्तु बिक्रि वितरण हुनु कानुनको बर्खिलाप र नागरिकको स्वाश्थ्य माथी खेलवाड गर्नु हो यसको सजाय वहाँ हरुले पाउनै पर्छ पोख्रेल ले फेरी भनिन | तपाइँ अध्यक्ष रहेको औषधी ब्यबशायी हरु बिभाग बाट आएको अनुगमन टोलि देख्ना साथ् भाग्नु पर्ने कारण के हो?
भनेर हाम्रा समाचारदाताले औषधी ब्यबशायी संघ दाङ का अध्यक्ष बिष्णु पौडेल लाइ प्रश्न गर्दा आफु जिल्ला बाहिर भएकाले के भएको हो आफु लाइ थाहा नभएको कुरा बताए | म अहिले जिल्ला बाहिर छु केही दिन अघी समाचारमा कुरा आए पछी हाम्रो औषधी ब्यबशायी संघ ले ब्यापक रुपमा बिकृती सुधार गर्ने तर्फ कदम चालेको छ बरु हजुरको संचारग्रिहले पनी त्यो सुधार हुँदै गरेका कामलाई सम्प्रेसन गरेर सहयोग गरी दिनु पर्र्यो पौडेल ले अगाडी भने |बन्द रहेका मेडिकल पसल हरुका पसल संचालक हरु लाइ सम्पर्कमा ल्याउन खोज्दा उनी हरु सम्पर्कमा आउँ चाहेनन् |
तुलसीपुर १ पुस २०७९,मान्छे बिरामी हुँदा बित्तिकै अस्पताल जान्छ,डाक्टर लाइ जचाउँछ त्यस पछी डाक्टरले लेखेको औषधी पर्चा लिएर औषधी किन्न मेडिकल हरुमा जान्छ र उसलाई यत्ति मात्रै थाहा हुन्छ की उ यो औषधी खाए पछी निको हुन्छ वा उ रोग बाट सुरक्षित हुन्छ तर उसलाई थाहा हुँदैन कि तिनै औषधी पसल हरुमा औषधि सम्बन्धि जानकारी नै नभएका मान्छे हरुले औषधी बिक्रि गरी रहेका छन् भन्ने कुरा | यहि विषयमा राप्ति पहिचान डटकमले विगत ३ महिना पहिला देखी दाङ का घोराही
क्षेत्र र तुलसीपुर क्षेत्रमा रहेका औषधी पसल [ मेडिकल ] हरुमा गुप्त रुपमा अनुसन्धान थालेको थियो | मेडिकल हरुमा अनुसन्धान गर्ने क्रममा तपाइँ हामीले कल्पना नै गर्न नसकिने कुरा फेला परेका छन् |ती कुरा हुन् तपाइँ हामीले बाँच्नका लागी औषधी किनेर खाने मेडिकल हरुमा औषधी सम्बन्धी जानकारी नै नभएका मान्छे हरुले हामि लाइ औषधी बेची रहेको तथ्य कुरा | तुलसीपुर बजारको [ग ] लाइनमा रौनियार मेडिकल नामले चिर परिचित मेडिकलमा हामीले यस्तै तथ्य आधार प्रमाण फेला
पारेका छौं | मुरली मनोहर रौनियार द्वारा संचालित लाइफ मेडिकल सेन्टर र हेमन्त कुमार रौनियार ले संचालनमा ल्याएका एउटा आयुर्वेदिक मेडिकल र अर्को एलोपेथिक मेडिकल एकै कोठामा संगै राखेर संचालन गरिएको छ | मुरली मनोहर रौनियार पेशाले आयुर्वेद तर्फका BAMS हुन् | उनले कोहि बिरामी आयुर्वेद औषधी गर्न आएमा आयुर्वेदऔषधिको प्रेसक्रिप्सन लेख्न पाउछन तर उनले आयुर्वेद औषधी त् देखाउन मात्रै राखेका छन् उनले बिरामी जाँचेर सबै लाइ एलोपेथिक अर्थात अंग्रेजी
औषधी लेख्ने गर्छन | आयुर्वेद उपचार विधा र एलोपेथिक विधा फरक फरक उपचार पद्दती हुन् तर रौनियारले आयुर्वेद पद्दती बाट उपचार गर्ने पढाइ पढेको भए पनी उनले एलोपेथिक औषधी प्रेसक्रिप्सन गर्छन र आफ्नै लाइफ मेडिकल बाट हचुवाको भरमा बिरामी हरुलाई औषधी दिने गरेका छन् | मानव स्वाश्थ्य जस्तो अती संबेदनसिल कुरामा यती ठुलो खेलवाड गरी रहेका मुरली मनोहर रौनियारको लाइफमेडिकलमा अर्को एउटा गम्भीर तृटी फेला परेको छ त्यो हो अनधिकृत-अदक्ष,औषधी सम्बन्धी
जानकारी नै नभएको मान्छे द्वारा औषधी बिक्री गर्ने काम |डाक्टरले बिरामीलाई यो औषधी खानु भनी लेखेको औषधी फार्मेशी शिक्षा पढेका मान्छेले मात्रै बिक्रि गर्न पाउने नेपाल फार्मेशी परिषद ऐन ले ब्यबश्था गरेको छ |नेपाल फार्मेशी परिषद ऐन २०५७ संशोधन २०७५ को दफा ११ ले यो ऐन प्रारम्भ भएको मितिले एक वर्ष पछी परिषदमा नाम दर्ता नभएकोकुनै पनी व्यक्तिले फार्मेशी ब्यबशाय गर्न हुँदैन गरेको पाइएमा सो हि ऐनको दफा २९ को उप दफा १ मा ऐनको दफा ११ बिपरित परिषदमा नाम
दर्ता नगराई फार्मेशी ब्यबशाय गरेमा यस ऐन बमोजिम कसुर भएको मानिने छ र त्यस्तो कसुर गर्ने व्यक्ति लाइ ३ वर्ष सम्म कैद र ३० हजार रुपयाँ जरिवाना हुने ब्यबश्था गरेको भए पनी मुरली मनोहर ले संचालनमा ल्याएको लाइफ मेडिकलमा औषधी ब्यबश्था विभागमा दर्ता भएका व्यक्ति नभई फार्मेशीसम्बन्धी ज्ञान नै नभएका अर्कै व्यक्तिले धमाधम औषधी बेची रहेको
पाइएको छ |रौनियारले संचालन गरेको मेडिकल दर्ता गर्दा फार्मेशिको नाम सिद्दी बहादुर के सी को प्रमाण पत्र राखेर मेडिकल दर्ता गराएको भए पनी सिध्दी बहादुर के सी भने त्यहाँ कहिल्यै बस्दैनन् | नेपाल सरकारले जारी गरेको नेपाल फार्मेशी परिषद ऐन र औषधी बिक्रि वितरण संहितामा सम्बन्धित फार्माशिस्टले आफै वा आफ्नो निगरानीमा मात्रै औषधी बिक्रि वितरण
गर्ने भनेको छ| औषधी पसल दर्ता गर्न औषधी ब्यबश्था बिभागमा जाँदा पनी सम्बन्धित फार्मशिस्ट ले मेरो उपश्थितिमा वा मेरो निगरानीमा मात्रै औषधी बिक्रि वितरण गर्ने छु म नभएको समयमा औषधी पसल बन्द गरेर जानेछु भन्ने कबुलियतनामा गर्ने गरेको भए पनी सिद्दी बहादुर के सी रौनियार मेडिकलमा नभई उनी दाङ को गोलटाकुरी स्थित स्वाश्थ्य चौकीमा कार्यरत सरकारी स्वाश्थ्य कर्मचारी हुन् भने उनले आफ्नो फार्मेशी लाइसेन्समात्रै रौनियार लाइ प्रयोग गर्न दिएको पाइएको छ | फार्मेशी
लाइसेन्स प्रयोग गर्न दिए वापत के सी ले वार्षिक मोटो रकम कामै नगरी रौनियार बाट लिने गरेका छन् नाम नबताउने शर्तमा तुलसीपुर बजारमा औषधी पसल संचालन गर्दै आइ रहेका एक ब्यापारीले हामि संग भने | यसै गरी मापदण्ड विपरित संचालन भइ रहेको अर्को मेडिकल हो ज्योति मेडिकल |याम बहादुर धौलाकोटि संचालक रहेको तुलसीपुर बजारको [ ग ] लाइनमा
रहेको यो मेडिकलमा पनी अनधिकृत मान्छेले डाक्टरले मात्रैप्रेसक्रिप्सन गर्न पाउने औषधी धमाधम प्रेसक्रिप्सन लेख्ने गरेको पाइएको छ | ज्योती मेडिकल एण्ड बिनोद प्याथोलोजी तथा तुलसीपुर पोलिक्लिनिक का संचालक याम बहादुर धौलाकोटी पेशाले अ हे व हुन् तर उनले एम बि बि एस एम डी गरेका डाक्टरले समेत बिरामी लाइ औषधी लेख्दा सोचेर मात्रै लेख्ने खालका औषधी हाकाहाकी
लेखी रहेका छन् भने उनको मेडिकलमा औषधी बिक्रि गर्ने मान्छे हरु समेत फार्मेशी सम्बन्धी अध्ययन नगरेका तर औषधी सम्बन्धी जानकारी भएका मान्छे मात्रै हुन् | मङ्सिर २९ गते हाम्रो स्टिंग अप्रेसन टिम त्यहाँ पुग्दा अनधिकृत मान्छे हरुले बिरामी हरुलाई औषधी बेची रहेका थिए |धौलाकोटीले संचालन गरेको ज्योती मेडिकलमा औषधी बेची रहेकी फोटोमा देखिएकी इनलाई हाम्रो टिमले तपाईलाई औषधी बिक्रि वितरण गर्न पाउने अधिकार छ की छैन भन्दा उनी भागेकि थिइन् भने नाम समेत बताइनन
|सरसर्ती हेर्दै जाँदा ज्योति मेडिकलका संचालक ले संचालन गरेको तुलसीपुर पोलिक्लिनिकमा पनी बेथिती र कानुन विपरित कार्य भएको पाइयो | पोलिक्लिनिकमा स्वाश्थ्य संस्था संचालन मापदण्ड २०७७ र स्वाश्थ्य संस्था स्थापना संचालन तथा स्तरउन्नती मापदण्ड सम्बन्धीनिर्देशिका २०७० मा भएका ब्यबश्था विपरित ५ वटा अस्पताल बेड राखेर बिरामी भर्ना गरेको
पाइएको थियो |उक्त मापदण्ड र निर्देशिकाले पोलिक्लिनिक हरुमा अस्पताल बेड राख्न पाउने ब्यबश्था गरेको छैन | डाक्टरले लेखे जस्तो गरी औषधी लेखी रहनु भा छ तपाइँ लाइ प्रेसक्रिप्सन लेख्ने अधिकार छैन किन लेखी रहनु भा छ भन्ने हाम्रो प्रश्नमा धौलाकोटि ले आफु लाइ औषधी प्रेसक्रिप्सन लेख्ने अधिकार भएको कुरा बताए | तर यता स्वाश्थ्य संस्था संचालन मापदण्ड २०७७ र स्वाश्थ्य संस्था स्थापनासंचालन तथा स्तरउन्नती मापदण्ड सम्बन्धी निर्देशिका २०७० मा अ हे व ले सामान्य प्रकारका
बाहेक सबै प्रकारका औषधीको प्रेसक्रिप्सन लेख्ने ब्यबश्था छैन | यसरी मानव स्वाश्थ्य जस्तो संवेदनशील कुरा लाइ नियमन गर्न बनेका ऐन,नियमावली र निर्देशिका लाइ वेवास्ता गरेर औषधी बेची रहेका औषधी पसले हरुलाई किन कारवाही गर्नु हुन् भनी तुलसीपुर उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल लाइ प्रश्न गर्दा अब निरीक्षण गरेर गलत तरिकाले औषधी बेच्ने लाइ कारवाही को लागीसम्बन्धित निकायलाई सिफारिस गर्ने कुरा बताए | स्वाश्थ्य जस्तो संबेदनशील कुरामा यतिका
खेलवाड भा रैछ अब त्यसो हुन् दीइदैन उनले अगाडी भने |पहिला पहिला मान्छे हरु औषधी नपाएर मरेको इतिहास देखिन्छ भने हाल मान्छे हरु औषधी खाएर मर्ने गरी रहेका छन् यस्तो हुनुमा दक्ष जनशक्ति बाट औषधी बिक्रीवितरण र औषधीको बिकार संम्बन्धी काउन्सिलिंग राम्रो संग नहुनुको कारण हो नेपाल फार्मेशी संघ दाङ का अध्यक्ष सुलभ अधिकारीले राप्ति पहिचान संगको कुराकानीमा बताए | यहाँऔषधी पसल वाला हरुले अलिकती पैसाको लाभमा बिरामी लाइ धेरै औषधी खान भन्ने
जस्ता कारणले पनी मान्छे औषधी खाएर मर्ने भए उनले भने | औषधी ऐन २०३५ ले औषधी बिक्री गर्न चाहिने शिक्षा लाइ वर्गीकरण गरेको छ जसमा औषधीको गुण र बिकार, ब्यबश्थापन, भण्डारण र उत्पादन सम्बन्धी पढाइ हुने गर्दछ, औषधी बिक्रि वितरण गर्न दक्ष जनशक्ति भनेको हालको कानुन अनुसार सबै भन्दा तल्लो दर्जाको फार्माशिस्टले ३ वर्षीय डिप्लोमा इन फार्मेशी पढेको हुनु पर्छ भने त्यो भन्दा ३ प्रकारकाफारमाशिस्ट रहने ब्यबश्था गरेको छ | [ B PHAM ] ब्याचलर इन फार्मेशी, ४ वर्षीय
कोर्ष पुरा गर्नु पर्छ भने[ M- PHAM ] मास्टर फार्मेशी जो ब्याचलर फार्मेशी गरी सके पछीको थप २ वर्षीय कोर्ष पुरा गर्नु पर्ने ब्यबश्था छ| त्यस पछी को सबै भन्दा माथिलो दर्जा हो [PHAAM-D ]जसको ६ वर्षीय कोर्ष पढेर आउनु पर्ने ब्यबश्था छ |अधिकारी ले भने | तर यहाँ २०५४ साल भन्दा अघिको कानुनी ब्यबश्था अनुसार एक महिना फार्मेशी तालिम गरेका फार्माशिस्ट हरुलाइ पनी औषधी बिक्रि वितरण गर्नऔषधी ब्यबश्था विभागले अझै अनुमती दिन नछोडेकाले पनी औषधीको बिकार सम्बन्धी
गम्भीर समस्या निम्ती रहेको छ नेपाल फार्मेशी संघ का जिल्ला सचिव दया ज्ञवाली ले हामी संग भने |पैसा कमाउनकै लागी औषधी ब्यबशाय गर्ने प्रवृतिले पनी स्वाश्थ्य क्षेत्रमा गम्भीर स्वाश्थ्य समस्या निम्ति रहेको कुरा ज्ञवाली बताउछन | उनका अनुसार ५ दिन खानु पर्ने एन्टीवायोटिक औषधी १०दिन खान सुझाव दिने गरेर दुइ पैसाका लागी आफ्नो औषधी बिकाउने सोंचका साथ् मेडिकल ब्यबशायामा आएका अ-दक्ष मान्छे हरुले नै यो बिकराल समस्या आउनुमा जान अन्जान भूमिका खेली रहेको कुरा
बताए| एन्टीवायोटिक औषधी मात्रा अनुसार खाएमा औषधीको रुपमा काम गर्ने तर मात्रा भन्दा बढी खाएमा सोलोप्वैजन जस्तै खराब गर्ने कुरा ज्ञवाली बताउछन |सामाजिक न्याय<बेथिति विसंगती, भ्रस्टाचार, कानुनको उलंघन गर्ने जो कोहीका बिरुद्द उभिएको राप्ति पहिचान डटकम एउटा संचार ग्रिह हो यसको कर्तब्य सत्य तथ्य कुरा बाहिर ल्याउने हो र ल्याएको छ मानव स्वाश्थ्य जस्तो संबेदनसिल कुरामा खेलवाड मात्रै नभई खेलवाडको पराकाष्ठा नै देखा परेकाले कर्तब्य ठानेर ३ महिने अनुसन्धान र खोजी पछी यो समाचार बाहिर ल्याएका छौं राप्ति पहिचानका कार्यकारी सम्पादक एग्गे बहादुर बुढा मगर ले समाचार डेस्क लाइ बताए
रमा बुढा मगर–==
तुलसिपुर १४ असोज २०७९,, तुलसिपुर क्षेत्रमा डेंगु रोगको प्रकोप देखा परे सङ्गै तुलसिपुर उपमहानगर ले डेंगु रोग नियञ्त्रण गर्न अनुगमन निरिक्षण गरेको छ।बिहान ७ बजे उपमहानगरको कार्यालय परिसर बाट सुरु गरिएको डेंगु रोग नियन्त्रण गर्न अनुगमन निरिक्षण का
क्रममा तुलसिपुर उपमहानगर कार्यालय परिसरमा समेत डेंगु रोगको लामखुट्टेका लार्भा हरु भेटिएको छ।उपमहानगर कार्यालय परिसरको पुर्व दक्षिण तर्फ थुपारेर राखिएको पुराना टायर हरुमा जमेको पानीमा डेंगु का लार्भा फेला परेका हुन्।
तुलसिपुर उपमहानगरका प्रमुख टिकाराम खडकाको नेतृत्वमा निस्किएको लार्भा अनुगमन टोलीले तुलसिपुर ६ मा अवश्थित नागरिकका घर र बिद्यालयमा लार्भाको खोजी गरेको थियो। लार्भा खोजी गर्ने क्रममा तुलसिपुरमा रहेको ज्ञानज्योती स्कुल परिसरमा पनी डेंगु रोगका लार्भा भेटिएको छ।
ज्ञानज्योती बिद्यालय परिसरको पुर्व तर्फ राखिएको रंग रोगनका खाली डिब्बामा भरिएको पानीमा ठूलो मात्रामा डेंगु रोगका लार्भा हरु भेटिएको छ।हजारौ बालबालिका हरु अध्ययन का लागी दिनहु आउने ठाँउमा डेंगुको लार्भा भेटिए पछी संक्रमण तिब्र गतिमा फैलिने डर बढेको छ
स्वाश्थ्य महाशाखा का एक अधिकृत ले भने। आत्तिइ हाल्नु पर्ने अवश्था छैन तर भेटिएका लार्भा हरु नस्ट गर्नै पर्छ स्वाश्थ्य महाशाखाका अधिकृत बिमल के सी ले राप्ती पहिचान लाई बताए।यस्तै निरिक्षण का क्रममा तुलसिपुर क्षेत्र कै चर्चित र ब्यबश्थित होटेल एकान्त
होटेलको लज रहेको परिसरमा पनी डेंगु रोगका लार्भा हरु फेला परेका छन। होटेल देखी पुर्व दक्षिण तर्फको निर्माणाधिन क्षेत्रमा रहेका टायरमा जमेको पानीमा डेंगु रोगको लार्भा फेला परेको हो।
निरिक्षणका क्रममा होटेल परिसरमा डेंगु का लार्भा भेटिए पछी डेंगु रोग नियन्त्रणमा सहयोग गरीदिन होटेल सञ्चालक लाई अनुरोध गरिएको छ उपमहानगरका मेयर टिकाराम खडकाले हाम्रा समाचारदाता लाई बताए।खास्सै आत्ती हाल्नु पर्ने अवश्था छैन तर रोग र महामारी सङ्ग जुध्नु पुर्व तयारी का लागी गरिएको अनुगमन निरिक्षणमा
संवेदनसिल ठाँउमा पनि डेंगु रोगका लामखुट्टेका लार्भा हरु भेटिनु आफै सामान्य पनी होइन किन कि यी स्थान भनेका सयौँ मान्छे हरु आउने जाने बस्ने ठाउँ हो खडकाले भने।यस्तै तुलसिपुर को तुलसिपुर खानेपानी
उपभोक्ता तथा सरसफाइ समितिको कार्यालय परिसरमा समेत डेंगु रोग का लार्भा हरु प्रसस्तै भेटिएको कुरा स्वाश्थ्य महाशाखा का एक अधिकृत ले बताए।
अनुगमन का क्रममा १५ स्थानमा नमुना संकलन गरिएको थियो।यो डेंगु रोग भनेको के हो? यसका लक्षण हरु के के हुन्छन् भन्ने हाम्रो प्रश्नमा डेंगु एक प्रकारको भाइरस बाट हुने रोग हो,यो रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइ बाट मानिसमा सर्ने गर्छ र यसका
लक्षण हरु उच्च ज्वरो आउनें टाउको तथा आँखाको गेडी दुख्ने,शरीर कटकटी दुख्ने,शरीर भरी स साना डाबर हरु आउने,जोर्नी तथा मांसपेशी हरु दुख्ने गर्दछ स्वाश्थ्य महाशाखा का अधिकृत बिमल के सी ले भने।केही बिरामीमा जटिल प्रकारको लक्षण समेत देखिने गर्दछ
यदी बिरामी लाई वान्ता हुने गिजा बाट रगत आउने श्वासप्रश्वासमा समस्या हुने मुर्छा पर्ने समेतका लक्षण हरु देखा परमा यो जटिल प्रकारको लक्षण हो के सी ले अगाडि भने।यो रोग बाट वच्न पुरा बाहुला भएका वा पूरा शरीर ढाक्ने लुगा लगाउनु पर्छ भने यो एडिस जातको पोथी लामखुट्टे
रातिमा भन्दा दिनमा बढी सकृय हुने भएका ले दिउँसो सुत्दा झुलको प्रयोग गर्ने तथा स-साना बालबालिकाहरु लाई जुनसुकै समयमा पनि झुल भित्र सुताउने गर्नु पर्द छ भने ढक्कन नभएको ड्रम,बोतल,बाल्टीमा जमेका पानी , घरमा राखिएका गमला,पानी जम्ने ठाउँ लाई नस्ट गर्नु पर्द छ उनले फेरि भने।
बिजौरी । पछिल्लो समयमा अस्पतालले दिन सक्ने सेवाहरु विविधीकरण गर्दै बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयले स्वर्ण प्राशन विधिबाट उपचार सेवा सुरु गरेको छ । मंगलबार विहानैदेखि सुरु भएको यो उपचार सेवामा दिउँसोसम्म कम्तिमा एक सय जना बालवालिकाहरुले सहभागिता जनाएका छन् ।
नयाँ प्रविधिको सेवा लिन बालवालिकाहरुलाई लिएर आउने अभिभावकहरुको उत्साहजनक सहभागिता छ । जन्मेको एक महिनादेखि सोह्र वर्षसम्मका सबै बालवालिकाहरु यो सेवा लिन सक्ने छन् । पहिलो दिन यो सेवा निशुल्क उपलव्ध गराइएको छ । पछिल्ला दिन शुल्क लिने÷नलिने भन्ने अस्पताल व्यवस्थापन समितिले निर्णय लिने छ । यो स्वास्थ्य सेवा हरेक महिनाको एक पटक लिने र सोह्र पटकसम्म लगातार यो सेवा लिनु पर्ने अस्पतालले जनाएको छ । अर्को कार्यक्रम कात्तिक महिनाको १ गते परेको छ । यो औषधि उपचार सेवा नक्षत्रका आधारमा गरिन्छ ।
वालरोग विशेषज्ञ डा. हरिशंकर चौधरीले बच्चाहरुलाई पनि आयुर्वेद पद्धतिबाट सेवा दिने जानकारी दिएका छन् । प्रत्येक महिनाकोे पुष्य नक्षत्रको शुभ साइतमा स्वर्ण प्राशन दिने/लिने गरिन्छ । यो उपचार बच्चाका लागि लाभदायक हुने चिकित्सकहरुले बताएका छन् । चिकित्सककाअनुसार स्वर्ण प्राशन बच्चाहरूका लागि आयुर्वेदको वरदान हो । उनीहरुलाई बलियो र बुद्धिमानी बनाउनको लागि गर्नुपर्ने कृत्य हो यो । जब घरमा बच्चा जन्मिन्छ, आमाबुबाको खुशीको कुनै सीमा हुँदैन । यो खुशीको अवसरमा सम्पूर्ण परिवार र यहाँसम्म कि आफन्तहरु समेत खुशी मनाउँछन् । यस्तो स्थितिमा आमा बाबुले बच्चाको राम्रो स्वास्थ्यका लागि र रोगहरुबाट बचाउनका लागि केही प्राचीन संस्कारहरु अपनाउँछन् । ताकि बच्चा स्वस्थ रहन्छ र रोगहरुसँग लड्नका लागि सक्षम हुन्छ ।
प्राचीन संस्कारमध्ये एक स्वर्ण प्राशन पनि हो । यो सनातन धर्मको १६ संस्कार मध्ये एक हो । स्वर्ण प्राशन संस्कार आयुर्वेदिक चिकित्साको विरासत हो, जसले बच्चाहरुमा हुने मौसमी रोगहरुबाट बचाउँछ । यसले बच्चाहरूको समग्र स्वास्थ्यमा भूमिका खेल्छ । डा. चौधरीकाअनुसार स्वर्ण प्राशन संस्कार जडिबुटी जस्तैः मह, अश्वगंधा, शंखपुष्पी, वाचा आदिलाई सुनसँग मिसाएर तयार पारिएको रसायन हो । जुन पुष्य नक्षत्रको शुभ साइतमा लिने गरिन्छ । स्वर्ण प्राशन संस्कार बच्चाहरूको शारीरिक र मानसिक गतिमा सुधार ल्याउने संस्कार हो । यो धेरै प्रभावकारी छ र प्रतिरक्षा बढाउने खालको पनि रहेको बताइन्छ ।
हिन्दु परम्पराअनुसार जब बच्चा जन्मन्छ, हिन्दु रीतिरिवाजअनुसार, बच्चाको जिब्रोमा मह लगाउने वा बच्चाको जिब्रोमा सुन वा चाँदीले ‘ओम’ लेख्ने गरिन्छ । तर आजको समयमा धेरै कम मानिसहरुलाई यसको बारेमा थाहा छ । जानकारी नहुँदा धेरै आमाबुबाले यसको कार्यान्वयन पनि गर्ने गरेको पाइँदैन । ज्योतिष शास्त्रअनुसार प्रत्येक महिना पुष्य नक्षत्र आउँछ र उही दिन बच्चालाई आयुर्वेदिक जडीबुटीबाट बनेको रसायन दिइन्छ । यो क्रम लगातार १२ देखि १४ महिनासम्म जारी रहन्छ ।
आयुर्वेद विज्ञानअनुसार स्वर्ण प्राशनका धेरै फाइदा छन् जुन तपाईको बच्चाको स्वास्थ्यको साथसाथै पुण्य, उज्ज्वल, ऊर्जावान र बलियो बनाउन मद्दत गर्छ । स्वर्ण प्राशन संस्कारको पालन गरेर बच्चाको बुद्धि, दिमाग, शक्ति र पाचन शक्ति बढाउन यसले योगदान गर्छ । स्वर्ण प्राशन संस्कारको पालन गरेर बच्चाको बुद्धि, दिमाग, शक्ति र पाचन शक्ति ठूलो शक्तिसँग बढ्छ । त्यसैगरी यसले एक राम्रो आयुर्वेदिक डाक्टरको पर्यवेक्षणमा दैनिक उपभोग गरिन्छ तब बच्चा आश्चर्यजनक हुन्छ । महिनौंसम्म नियमित खपतसँगै बच्चामा मेमोरी पावर बढ्ने भएकाले पनि विजौरी अस्पतालले यो उपचार सेवा प्रदान गर्ने ड चौधरीले बताए ।
यो सेवासँगै पछिल्लो समयमा सो अस्पतालले नागरिक व्यायमशाला, अग्नी कर्म, मत्स्य कर्म, नियमित योगा, पञ्चकर्म लगायतका सेवा समेत सञ्चालन गरीरहेको छ । यसले अस्पतालका प्रायः सबै भर्ना वेड भरीभराउ छन् । अस्पतालमा पायल्स र फिस्टुलाको शल्यक्रिया तथा उपचार पनि सफलतापूर्वक सञ्चालन हुँदै आएको छ । फिजियो थेरापि सेवामा सिनियर फिजियो थेरापिष्ट नेहा रेग्मीद्वारा सेवा दिइदै आएपछि अस्पतालमा अहिले दैनिक दर्जनभन्दा बढी ढाड कम्मरका बिरामीहरुले सेवा लिइरहेका छन् । थेरापी सेवा लिनेहरु सन्तुष्ट रहेको पनि अस्पतालबाट सेवा लिनेहरुले बताएका छन् ।
आयुर्वेद चिकित्सा क्षेत्रमा अझै पनि धेरै उपचार पद्धति भित्र्याउन अस्पताल व्यवस्थापन प्रतिबद्ध रहेको सो अस्पतालका निमित्त निर्देशक डा. सन्तोष ठाकुरले बताए । ‘आयुर्वेद चिकित्साका हरेक विधालाई यो अस्पतालमा जोड्न चाहेका छौं, त्यसका लागि आवश्यक जनशक्ति एवं श्रोत साधनको व्यवस्थापन गर्दै छौं’, निमित्त निर्देशक ठाकुरले भने ।– साक्षी खबरबाट
दाङ २८ भदौ २०७९, दाङ दंगीशरण गाउँपालिका वडा नं.६ वागरका प्रदिप चौधरीले सिक्कलसेल एनिमियाको उपचारकालागि मात्रै १७ लाख सक्नु भयो । २१ बर्षीय चौधरी विगत ८/९ बर्षदेखि सिक्कलसेल पीडित हुनुहुन्थ्यो । तर, राज्यले औषधी सहज रुपमा उपलब्ध गराउन नसक्नदा उहाँलाई निकै समस्या हुने गरेको छ ।“एकत सिक्कलसेलको उपचार गर्दा लाखौ खर्च गरेको पीडा छ”,उहाँले भन्नु भयो“अर्कोतर्फ सहजै औषधी पाइदैन् ।”
सिक्कलसेल लागेका उहाँलाई कहिल्यै खुट्टा दुख्ने, कहिल्यै हात, छाति, पेट दुख्ने समस्या हुन्छ, भने कहिल्यै सहास फेर्न गाह्रो हुन्छ । लाखौं खर्च भइसकेकाले अब कसरी उपचार गर्ने भन्ने उहाँलाई सताउने गरेको छ । उहाँमा महिनामा २/३ पटक विरामी हुने गर्नुहुन्छ । उहाँका घर परिवारलाई पनि कसरी खर्च ब्यबस्थापन गर्ने भन्ने चिन्ता छ ।“घरमा भएको जति सबै पैसा सकियो”,प्रदिपकी आमा सुन्द्रीले भन्नुभयो“ अहिले प्रदिपका वुवा पैसा कमाउन भनेर काठमाडौं जानु भएको छ, त्यतै पलम्बरको काम गर्नुहुन्छ ।”
त्यस्तै दंगीशरण गाउँपालिका वडा नं. ४ निवासी पबित्रा चौधरीलाई पनि सिक्कलसेल छन् । उहाँलाई सिक्कलसेल भएको २/३ बर्ष भयो । जब उहाँमा सिक्कलसेल देखियो, त्यसपछि नियमित औषधी खाइरहनु पर्छ । औषधी खाँदा–खाँदा पैसा सकिएको उहाँले बताउनुभयो ।“पटक–पटक विरामी भइरहन्छु, नियमित औषधी खाइरहनु पर्छ”,उहाँले भन्नुभयो“राज्यले औषधीमा सहुलियत गरिदिए, धेरै सहज हुन्थ्यो ।”
उहाँमा पेट दुख्ने, वाकवाकी लाग्ने हुन्छ । उहाँको २ बर्षीय छोरामा पनि सिक्कलसेल एनिमिया देखिएको छ । छोरालाई पनि पटक–पटक ज्वरो आउने हुन्छ । त्यस्तै तुलसीपुर ६ बनकट्टी निवासी प्रदिप चौधरीले पनि सिक्कलसेल एनिमियाकै उपचारकालागि २७ लाख खर्च गरिसक्नु भएको छ । “मेरो २७ लाख रुपैँया उपचारमै खर्च भएको छ”,उहाँले भन्नुभयो“अब कसरी उपचार गर्ने भन्ने न्तिा थपिएको छ ।
यी त केही उदाहरणहरु मात्रै हुन् । थारु स्वास्थ्यकर्मी संघका केन्द्रीय अध्यक्ष जीवराज चौधरीका अनुसार दाङमा मात्रै करिब २४ हजार यस्ता रोगी भएको बताएका छन् ।“अहिलेसम्म यसको खास तथ्यांक त कसैले राखेको छैन्, तर, थारुहरुको जम्मा जनसंख्याको १२ प्रतिशतमा यस्तो रोग देखा परेको भनि सरकारले स्वीकारेको छ”,उहाँले भन्नुभयो“दाङमा जनगणना २०७८ अनुसार करिब दुइलाख जनसंख्या छ, त्यसका आधारमा अहिलेपनि २४÷२५ हजार सिकलसेलका विरामी छन् ।”
अहिले धेरैजनाको त संक्रीनिङ नै हुन सकेको छैन् । त्यसले गर्दापनि खास यस्ता रोगीहरुको पहिचान हुन सकेको छैन । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरम स्क्रीनिङका लागि मेसिन रहेपनि उल्लेख्य मात्रामा मानिशहरु आउने गरेका छैनन् । अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ११८ जनाले औषधी खाइरहेका छन्, भने थारु स्वास्थ्यकर्मी संघले १९ जनालाई दिइरहेको छ ।
यसको उपचार पनि सम्भव छैन । संघका अध्यक्ष चौधरीका अनुसार लक्षण अनुसार उपचार गर्नुपर्ने हुन्छ । निको नहुँने तर, उपचार गरिरहनु पर्ने अबस्था रहेको छ । बोनम्यारो प्रत्यारोपन गरे, उपचार सम्भव हुने भएपनि त्यो निकै खर्चिलो रहेको उहाँको भनाई छ । बोनम्यारो प्रत्यारोपनकालागि २०/२५ लाख खर्च लाग्छ । राज्यले औषधीकालागि पनि सहज बनाउनु पर्छ ।“यदि भेरी अस्पतालमा सिक्कलसेल एनिमियाको पुष्टि भएमा, भेरिबाटै औषधी लैजानु पर्ने अबस्था छ, यसले निकै समस्या पारेको छ, लकडाउनको समयमा ७ सयको औषधी ल्याउन ७ हजार खर्च गर्नुपर्ने अबस्था भयो”,उहाँले भन्नुभयो“त्यसैले पहिचान जहाँ भएपनि पायक पर्ने स्थानबाट औषधी लैजान मिल्ने ब्यबस्था गरिदिनु पर्छ ।”
अस्पतालले सिक्कलसेल एनिमिया भएको भनी प्रमाणित गरेको कार्डसहित स्वास्थ्य कार्यालयमा आएमा कार्यालयले एक लाख रुपैयाँ बराबरको निःशूल्क उपचारका लागि सिफारिस गर्ने गरिएको छ । थारू समुदायमा लाग्ने यो रोगबाट धेरै जना पीडित भएको हुन सक्ने भए पनि सबैको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था नहुँदा रोगीहरूको एकिन हुन नसकेको उहाँको भनाई छ ।
यसकालागि स्थानीय सरकार तथा प्रदेश सरकारले पनि त्यति चासो देखाएको छैन । थारु समुदायमा यो रोग भयाबह भएपनि सीमित बजेटले गर्दा प्रभाबकारी काम हुन सकेको छैन ।“हामीले विगतमा पनि सिक्कलसेलका लागि बजेट छुट्याएका थियौं, यो पटक पनि छुट्याएका छौं”, दंगीशरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमर वलीले भन्नुभयो ।
के हो सिक्कलसेल एनिमिया ?
सिक्कलसेल एनिमिया एक किसिमको रगतसम्बन्धी वंशाणुगत रोग हो । मानिशको रगतको कोषिकामा क्रोमोजोम हुन्छ र त्यसमा जिन हुन्छ । जिन धेरै प्रकारका हुन्छन् । तिनमा खराबी आएमा सिक्कलसेल एनिमिया हुन्छ। यो रोग आमाबाबु दुवैमा भए सन्तानमा पनि संक्रमित हुने धेरै संभावना रहन्छ तर आमा वा बाबु कुनै एक जनामा मात्र छ भने सन्तानमा देखिने संभावना न्यून हुन्छ । सिकलसेल एनिमिया रगतको रातो रक्तकोषभित्र रहने र हेमोग्लोबिनलाई असर पार्ने वंशाणुगत रोग हो । रातो रक्तकोषको आकार परिवर्तन भई सिकल अथवा हँसियाको रूप लिने हुनाले यसलाई सिकलसेल एनिमिया भनिन्छ।
सिक्कलसेल भएपछि रगतको कोषिकाले हँसियाको आकार लिन्छ र त्यसले बिभिन्न समस्या निम्त्याउने गर्छ । त्यसलाई नेपालीमा कालो जन्डिस भन्ने गरिएको छ। यसले गर्दा कलेजो बढ्नुका साथै इन्फेक्सन हुन्छ र मुख्यतः रगतको कमी हुन्छ। हँसिया आकारको रातो रक्तकोष धेरै कडा एवं एकआपसमा टाँसिने हुन्छ। त्यस्ता बिरामीको रगतमा अक्सिजनको कमी भई भित्री अंगमा नोक्सानी हुनुका साथै मस्तिष्कघात हुन सक्छ।
यसको दुखाइ एकदमै कडा हुन्छ। स्वस्थ व्यक्तिमा रक्तकोष गोलो आकारको हुन्छ भने सिक्कलसेल एनिमिया भएको व्यक्तिको हँसिया आकारको हुन्छ। सामान्यतया सेलको आयु १२० दिनको हुन्छ तर सिकल भएको हँसिया आकारको सेलको आयु २१–२२ दिनको हुन्छ। त्यस कारण शरीरमा अक्सिजन र पोषण नपुग्दा मांसपेसी र जोर्नीमा धेरै पीडा हुन्छ। कतिपय बिरामीको रोग पहिचान गर्न नपाउँदै मृत्यु हुन्छ।
सिक्कलसेलमा व्यक्तिपिच्छे फरक–फरक लक्षणहरू देखिन्छन्। हाल नेपालमा थारू समुदायमा मात्रै देखिएको भनिए पनि विस्तारै सबै जातमा यो रोग देखिन थालेको छ,तर धेरै संख्यामा थारूहरूमा देखिएको छ। यो रोग थारू समुदायमा मात्रै हुन्छ भन्नु गलत भएको विशेषज्ञ बताउँछन् । थारूमध्ये पनि पश्चिमी क्षेत्रका थारूमा एकदमै भयानक रूपमा रहेको छ यो रोग। पश्चिमी थारूहरू पढेलेखेका छैनन्, जागरुक छैनन्, त्यसैले राजधानीमा आइपुग्न उनीहरूलाई धेरै समय लाग्छ। उनीहरूलाई यस रोगका बारेमा खासै थाहा छैन।
बाँके, बर्दिया, कैलाली आदि पश्चिम तराईका जिल्लामा यो रोग बढि देखिएको छ। हाल भेरी अस्पताल नेपालगञ्ज र सेती अस्पताल धनगढीमा उपचार हुन्छ। थारू समुदायमा ‘गुरुवा’ परम्परा छ। गुरुवा थारू समुदायकै झारफुक गर्ने व्यक्ति हुन्। केही भयो कि गुरुवाकहाँ जाने चलनले गर्दा उनीहरू उपचारका लागि बाहिर जाँदैनन् । गुरुवाको आदेश पालना गर्नु उनीहरू आफ्नो कर्तव्य ठान्छन् । यसका साथै गरिबीका कारण बाहिर गएर उपचार गराउन पनि उनीहरूलाई गाह्रो छ।
उक्त रोगको पूर्ण उपचारका लागि सबै थारू समुदायको रगत परीक्षण गरी लक्ष्यअनुसार उपचार गर्न सकिने थारु स्वास्थ्यकर्मी संघका अध्यक्ष जीवराज चौधरीले बताउनुभयो । साथै यो रोग न्यूनीकरणका लागि जनचेतना जगाउन आवश्यक रहेको उनको भनाइ छ। आमाबाबुबाट बच्चामा सर्ने भएकाले सिक्कलसेल भएका बिरामीले विवाह नगर्ने र यदि गरे पनि बच्चा नजन्माउने उहाँले बताए।
त्यस्तै, सिक्कलसेल एनिमियाको वाहक भएकाले अर्को वाहक भएकासँग विवाह नगर्नसमेत उहाँले सुझाव दिनुभयो । दुवै वाहक भएमा बच्चामा सर्न सक्ने उहाँको भनाइ छ। तर वाहक भएकाले सामान्य व्यक्तिसँग विवाह गर्दा बच्चामा नसर्ने उहाँले भनाई छ । साभारः अग्रिम साप्ताहिक
काठमाडौं, २७ भदौ ।
पछिल्लो २४ घण्टामा थप १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९५९ जनाको परीक्षणमा १७९ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ६०० जनाको पीसीआर परीक्षण गर्दा १२७ जना र २ हजार २५९ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनामा संक्रमण देखिएको
मन्त्रालयको भनाइ छ ।योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार २७१ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १७१ जना संक्रमणमुक्त भएका छन् ।
जसमध्ये २ हजार १९० जना होम आइसोलेसनमा रहेका छन् भने ८१ जना संस्थागत आइसोलेसन र १५ जना आईसीयूमा छन् । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५० हजार ३५१ पुगेको छ ।
विजौरी/ दाङको विजौरी स्थित प्रादेशिक आयूर्वेदले स्वर्ण प्राशन विधिवाट सेवा दिने तयारी गर्देछ । शुक्रवारदेखि वच्चाहरुको लागि सेवा थप्दै अव आयूर्वेद पद्धतीवाट वच्चाहरुलाई सेवा दिन थालेको छ । वालरोग विशेषज्ञ डा.हरिशंकर चौधरीले वच्चाहरुलाई पनि आयूर्वेद पद्दतीवाट सेवा दिने जानकारी दिनु भएको छ । प्रत्येक महिनाकोे पुष्य नक्षत्रको शुभ साइतमा स्वर्ण प्राशन दिन लिने गरिन्छ ।
बच्चाका लागि किन लाभदायक ?
स्वर्ण प्राशन बच्चाहरूका लागि आयुर्वेदको वरदान हो । उनीहरुलाई बलियो र बुद्धिमानी बनाउनको लागि गर्नुपर्ने कृत्य हो यो । यहाँ स्वर्ण प्राशन संस्कार के हो, यो संस्कार बच्चाहरुको लागि कति पुरानो हो र स्वर्ण प्राशन संस्कारबाट कति लाभ लिन सकिन्छ ? भन्ने विषय उल्लेख गरिएको छ ।
जब घरमा बच्चा जन्मिन्छ, आमाबुबाको खुशीको कुनै सीमा हुँदैन। यो खुशीको अवसरमा सम्पूर्ण परिवार र यहाँसम्म कि आफन्तहरु समेत खुशी मनाउँछन्। यस्तो स्थितिमा आमाबाबुले बच्चाको राम्रो स्वास्थ्यका लागि र रोगहरुबाट बचाउनका लागि केही प्राचीन संस्कारहरु अपनाउँछन् । ताकि बच्चा स्वस्थ रहन्छ र रोगहरुसँग लड्नका लागि सक्षम हुन्छ।
प्राचीन संस्कारमध्ये एक स्वर्ण प्राशन पनि हो । यो सनातन धर्मको १६ संस्कार मध्ये एक हो । स्वर्ण प्राशन संस्कार आयुर्वेदिक चिकित्साको विरासत हो, जसले बच्चाहरुमा हुने मौसमी रोगहरुबाट बचाउँछ। यसले बच्चाहरूको समग्र स्वास्थ्यमा भूमिका खेल्छ ।
स्वर्ण प्राशन संस्कार के हो ?
स्वर्ण प्राशन संस्कार जडिबुटी जस्तै मह, अश्वगंधा, शंखपुष्पी, वाचा आदिलाई सुनसँग मिसाएर तयार पारिएको रसायन हो । जुन पुष्य नक्षत्रको शुभ साइतमा लिने गरिन्छ । स्वर्ण प्राशन संस्कार बच्चाहरूको शारीरिक र मानसिक गतिमा सुधार ल्याउने संस्कार हो । यो धेरै प्रभावकारी छ र प्रतिरक्षा बढाउने खालको पनि रहेको बताइन्छ ।
स्वर्ण प्राशन संस्कार कहिले र कसरी गरिन्छ ?
हिन्दू परम्परा अनुसार जब बच्चा जन्मन्छ, हिन्दू रीतिरिवाज अनुसार, बच्चाको जिब्रोमा मह लगाउने वा बच्चाको जिब्रोमा सुन वा चाँदीले ‘ओम’ लेख्ने गरिन्छ । तर आजको समयमा धेरै कम मानिसहरुलाई यसको बारेमा थाहा छ। जानकारी नहुँदा धेरै आमाबुबाले यसको कार्यान्वयन पनि गर्ने गरेको पाइँदैन । ज्योतिष शास्त्र अनुसार प्रत्येक महिना पुष्य नक्षत्र आउँछ र उही दिन बच्चालाई आयुर्वेदिक जडीबुटीबाट बनेको रसायन दिइन्छ । यो क्रम लगातार १२ देखि १४ महिनासम्म जारी रहन्छ ।
कुन बच्चाहरु स्वर्ण प्राशन लिन सक्छन् ?
जन्मेदेखि १६ वर्षसम्मका सबै स्वस्थ र अस्वस्थ बच्चाहरुलाई स्वर्ण प्राशन दिन सकिन्छ । यो प्रश्न धेरै मानिसहरुको दिमागमा उठ्न सक्छ कि के यसको कुनै साइड इफेक्ट हुँदैन ? जानकारहरू यसको कुनै साइड इफेक्ट नरहेको सुनाउँछन् ।
स्वर्ण प्राशन संस्कारको महत्व के हो ?
सुन धातुहरुमध्ये सबैभन्दा राम्रो मानिन्छ। स्वर्ण धातु शरीरका लागि महत्त्वपूर्ण मानिन्छ। यसले बच्चाहरुको वृद्धि र प्रतिरक्षा प्रणालीका लागि योगदान गर्छ ।
स्वर्ण प्राशन संस्कारको लाभ
आयुर्वेद विज्ञान अनुसार स्वर्ण प्राशनका धेरै फाइदा छन् जुन तपाईंको बच्चाको स्वास्थ्यको साथसाथै पुण्य, उज्ज्वल, ऊर्जावान र बलियो बनाउन मद्दत गर्छ । स्वर्ण प्राशन संस्कारको पालन गरेर बच्चाको बुद्धि, दिमाग, शक्ति र पाचन शक्ति बढाउन यसले योगदान गर्छ ।
स्वर्ण प्राशन संस्कारको लाभ
१. स्वर्ण प्राशन संस्कारको पालन गरेर बच्चाको बुद्धि, दिमाग, शक्ति र पाचन शक्ति ठूलो शक्तिसँग बढ्छ ।
२. यदि स्वर्ण प्राशन एक राम्रो आयुर्वेदिक डाक्टरको पर्यवेक्षणमा दैनिक उपभोग गरिन्छ तब बच्चा आश्चर्यजनक हुन्छ ।
३. महिनौंसम्म नियमित खपतसँगै बच्चामा मेमोरी पावर बढ्छ । बच्चा सधैं सम्झन्छ कि उसले के सुन्छ ।
४. बच्चा सुन्दर र बलियो हुन्छ
रमा बुढा मगर-
तुलसिपुर १६ भदौ २०७९, दाङको तुलसिपुर श्थित राप्ती प्रादेशिक अस्पतालमा मे सु दौड चलेको छ। सत्ता गठवन्धन भित्र का दुई मन्त्री बिच मे सु कसलाइ बनाउने भन्ने बारे म्याराथन चलेको कुरा बाहिर आएको छ।म्याराथन चलाउने मन्त्री हरुमा संघिय स्वाश्थ्य राज्यमन्त्री हिराचन्द्र के सी र लुम्बिनी प्रदेश का स्वाश्थ्यमन्त्री
इन्द्रजित थारु रहेका छन्।राप्ती प्रादेशिक अस्पतालमा महिला तथा प्रसुती रोग बिशेषज्ञ डा, बिनोदसिङ अस्पतालका मेडिकल सुपरेन्टेन्डेन्ट भएर कार्यभार सम्हाल्दै आइ रहेका थिए।यहि क्रममा भदै १५ गते ४ साढे ४ बजेको समयमा लुम्बिनी प्रदेश स्वाश्थ्य मन्त्रालय बाट राप्ती
प्रादेशिक अस्पताल मा नयाँ मे सु तोकिएको पत्र आइ पुग्यो।अस्पतालको नयाँ मे सु मा राप्ती प्रादेशिक अस्पतालमै कार्यरत हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ डा, ओमप्रकाश अर्याल लाई तोकि पठाइएको ब्यहोरा थियो।त्यस पछी सुरु भयो हिराचन्द्र VS इन्द्रजित
म्याराथन।डा, बिनोद सिङ्ह लाई मे सु बाट हटाइ डा, अर्याल लाई मे सु बनाउने पत्र प्रदेश स्वास्थ्य मन्त्रालय बाट राप्ती प्रादेशिक अस्पतालमा पुगेको कुरा थाहा पाएका संघिय सरकार स्वाश्थ्य राज्यमन्त्री हिराचन्द्र के सी ले प्रदेश स्वाश्थ्य मन्त्रालय बाट नयाँ मे सु तोकी
पठाइएका अर्यालको काज सरुवा फिर्ता गरी अर्याल लाई काठमाण्डौ फिर्ता गरिएको पत्र राप्ती प्रादेशिक अस्पतालमा पठाइदिए। यसरी सत्तागठवन्धन भित्रका दुई मन्त्री बिच म्याराथन चली
रहेका बेला राप्ती प्रादेशिक अस्पतालमा एउटा प्रकारको अन्यौलता छाएको छ।प्रदेश बाट डा अर्याल लाई मे सु तोकी पठाइए पनि संघिय स्वाश्थ्य मन्त्रालय बाट वहाँको काज फिर्ता भएको पत्र पनी आएको छ अब कानुनले जे गर भन्छ त्यही गर्छु , कानुनले जसलाइ मे सु बनाउने
आधार दिन्छ उनैलाइ मे सु मान्छौ यसमा हाम्रो कुनै भुमीका हुदैन अस्पताल ब्यबश्थापन समितीका अध्यक्ष पदम न्यौपाने ले राप्ती पहिचान लाई बताए। यता तुलसिपुर क्षेत्रका मेडिकल ब्यबशायीको चलखेलका कारण संघिय मन्त्रालय बाट अर्यालको काज फिर्ता गराइएको कुरा लुम्बिनी प्रदेश सरकार का एक मन्त्री ले राप्ती पहिचान लाई बताए।
लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्यान मन्त्री इन्द्रजित चौधरीले तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताललाई चारसय सैया बनाउने प्रक्रिया अगाडी बढेको बताउनुभयो ।
अस्पतालको आकस्मिक र बहिरंग सेवा शूल्क निःशुल्क गर्ने कार्यको उद्घाटन गर्दै उहाँले हाल ५० सैयाको दरबन्दी अनुसार मात्रै अस्पताल चलिरहेको भन्दै चारसय बनाउनकालागि गुरुयोजना तयार भइसकेको बताउनुभयो । गुरुयोजनामा भौतिक संरचना निर्माण, दरबन्दी सिर्जना गर्नेलगायतका कार्यकालागि प्रक्रिया अगाडी बढिरहेको बताउनुभयो । साथै अस्पतालमा अहिले जति जनशक्ति छ, त्यसलाई पूर्ण रुपमा प्रयोग गर्न समेत मन्त्री चौधरीले निर्देशन दिनुभयो ।
अस्पतालको प्रसुति भवन समेत हस्तान्तरण भइसकेको भन्दै त्यसलाई थप ब्यबस्थित गर्न २ करोड बजेट बिनियोजन भएको समेत बताउनुभयो । साथै उहाँले अस्पतालमा मुटुरोग, क्यान्सरलगायतका सेवाहरु विस्तारको योजना बनाएको समेत बताउनुभयो । प्रादेशिक अस्पतालको सुधारकाागि अब मन्त्रालयले नै हस्तक्षप गर्नुपर्ने अबस्था आएको समेत बताउनुभयो ।
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेटमा लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा बिरामीलाई ओपीडी (बहिरंग सेवा) र इमर्जेन्सी (आकस्मिक सेवा) को टिकट तथा बेड (शय्या) मा शूल्क नलिने घोषणा गरेको थियो । सोही अनुसार आईतबारदेखि उक्त सेवा सुरु भएको हो । त्यसकालागि प्रदेश सरकारले बजेटमा एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।
यस अघि अस्पतालबाट इमरजेन्सीको शूल्क रु. ५० र ओपीडीको शूल्क रु.२० लिने गरिएको थियो । यस्तै प्रदेशका सरकारी अस्पतालमा सेवा लिने बिरामीहरुका लागि अब रगत पनि निःशुल्क हुने भएको छ । रगत निशुल्क गर्न राप्ती प्रादेशिक अस्पताल र रक्तसञ्चार सेवा केन्द्रबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सरकारले रगत निशुल्क गर्नका लागि ३ करोड रुपैयाँ बजेट छुट्याएको छ ।
यसअघि रक्तसञ्चार केन्द्रले एक युनिट रगतको आठ सय रुपैयाँ लिँदै आएको थियो । लुम्बिनी प्रदेशमा वार्षिक ६० हजार युनिट रगत खपत हुने गरेको छ ।
तुलसीपुर, १७ असार । लुम्बिनी प्रदेश सरकारले पदमुक्त गरेका राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका अध्यक्ष पदम प्रसाद शर्मालाई पुनर्वहाली गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
४ वर्षे कार्यकालका लागि नियुक्त भएकोमा गठबन्धन नेतृत्वको लुम्बिनी प्रदेश सरकारले तोकिएको निश्चित पदावधि पुरा नहुँदै २०७८ पुस २५ गतेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निर्णयले राप्ती प्रादेशिक प्रादेशिक अस्पताल लगायतका लुम्बिनी प्रदेशका सबै प्रादेशिक
अस्पताल, आयूर्वेदिक अस्पताल र केही जिल्ला अस्पतालका अध्यक्षलाई पदमुक्त गरेको थियो ।
तत्कालिन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको मन्त्रिपरिषद्ले शर्मालाई २०७७ जेठ १ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको अध्यक्षमा नियुक्त गरेको थियो । सरकारको निर्णय विरूद्ध सर्वोच्च अदालतमा २०७८ माग १७ गते रिट निवेदन दिनुभएका राप्ती प्रादेशिक अस्पतालका अध्यक्ष पदम प्रसाद
न्यौपाने, लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्य बहादुर भट्टराई, लुम्बिनी आयूर्वेदिक अस्पतालका अध्यक्ष शिव प्रसाद ज्ञवाली, राप्ती आयूर्वेदिक अस्पताल लगायत केही जिल्ला अस्पतालका अध्यक्षलाई पुनर्वहाली गर्न सर्वोच्च अदालतले आदेश दिएको हो ।
गत असार १२ गतेको सर्वोच्च अदालतको उक्त आदेशमा निवेदनको अन्तिम टुंगो नलागेसम्म मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेश बुटवलको मिति २०७८ पुस २५ को निर्णय तथा सो को आधारमा भएका काम कारवाहीहरु कार्यान्वयन नगर्नू÷नगराउनू साथै निवेदकहरुलाई आ आफ्नो पदमा काम काज गर्न दिनू,’ भनिएको छ।
©2023 Rapti Pahichan. All rights reserved.