।
तीन वटा निर्वाचन क्षेत्र रहेको दाङमा आगामी संघ र प्रदेशको निर्वाचनको चर्चा हुन थालेको छ । चियाचौका होस्, वा पाटी पौवामा हरेक ठाउँमा अहिले निर्वाचनकै चर्चामा छ ।
त्यसमा पनि माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र एमालेका महासचिब शंकर पोखरेलले एउटै क्षेत्रबाट निर्वाचन लड्ने तयारी गरेकाले पनि थप चर्चा चुलिएको छ । महरा र पोखरेलले दाङ क्षेत्र नं. २ बाट निर्वाचन लड्ने तयारी गरेका छन् ।
यस अघि एमाले र माओवादी केन्द्रबीचको गठबन्धनबाट महराले सोही क्षेत्रबाट विजयी हाँसिल गरेका थिए, भने पोखरेललले क्षेत्र नं. २ को प्रदेशसभा १ बाट निर्वाचन लडेका
थिए । संगै चुनाबी मैदानमा होमिएका उनीहरुबीच अहिले भने कडा टक्कर हुने देखिएको छ । अहिलेको सत्तापक्ष गठबन्धनले पनि महराकालागि दाङ क्षेत्र नं.२ माओवादी केन्द्रलाई दिने आँकलन गरिएको छ । त्यस्तो अबस्थामा महरानै उम्मेदवार बन्ने छन् ।
त्यस्तै शंकर पोखरेलले पनि दाङ क्षेत्र नं.२ लाई रोजेका छन् । २०७० सालको संविधान सभा निर्वाचनमा तत्कालिन क्षेत्र नं.४ बाट काँग्रेसका बुद्धिराम भण्डारीसंग लज्जास्पद हार
व्यहोरेपछि पोखरेलले हाल दाङ क्षेत्र नं. २ लाई नै रोजेका छन् । खास उनको घर हाल दाङ क्षेत्र नं.३ हो । तर, उनले दाङ २०७४ सालको निर्वाचन देखि क्षेत्र नं. २ मा आँखा लगाउँदै आएका छन् ।
यदि महराले क्षेत्र नं. २ बाट चुनाब नलडेर अन्य कुनै क्षेत्राबट निर्वाचन लड्ने वा समानुपातिकमा जाने अबस्था रहेको माओवादी केन्द्रका
केन्द्रीय सदस्य निर्मल आचार्यले टिकेट पाउन सक्ने सम्भावना देखिन्छ । उनी २०७० सालको निर्वाचनमा संविधानसभा सदस्यका उम्मेदवार थिए ।
काँग्रेसबाट पार्टीका लुम्बिनी प्रदेश समितिका उपसभापति राजु खनाल, कमल किशोर घिमिरे, खगराज पाण्डे, गोपालराज शर्मा, कमानसिंह भारती, भरत न्यौपानेलगायतले आकांक्षा ब्यक्त गरेका छन् । यदि माओवादीले
संघमा पाए दुई वटै प्रदेश निर्वाचन क्षेत्र काँग्रेसले दावी गर्ने अबस्था रहन सक्छ । एमालेबाट पनि लक्ष्मण आचार्य, बलिभद्र राणा, टोपेन्द्र केसी,गिरीराज केसीले पनि आकांक्षा देखाएका छन् ।
गठबन्धनबाट दाङ २ मा माओवादीले पाएमा दाङ क्षेत्र नंं. १ मा एकीकृत समाजवादी र दाङ क्षेत्र नं. ३ मा काँग्रेसले दावी गरेका छन् । क्षेत्र नं. १ र ३ दुबैमा एकीकृत समाजवादीका सांसद छन्, ति मध्ये क्षेत्र नं. १ बाट
निर्वाचित एकीकृत समाजवादीका केन्द्रीय सदस्य मेटमणी चौधरी शहरी विकास मन्त्री छन्, क्षेत्र नं.३ बाट निर्वाचिन एकीकृत समाजवादीकै केन्द्रीय सदस्य हिराचन्द्र केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री छन् । तर, यी दुई क्षेत्रमध्ये मेटमणीकालागि क्षेत्र नंं १ दिने गरि सहमति हुने र क्षेत्र नं.३ लाई काँग्रेसलाई दिने गरि सहमति हुन सक्ने काँग्रेसका एक नेताले बताए । हिराचन्द्र केसीले पार्टीले जहाँ भन्यो,
त्यही गर्न तयार रहेको र शसक्त दावी नभएको भनि सञ्चार माध्याममा प्रतिक्रिया दिइसकेको अबस्थामा उनले काँग्रेसलाई क्षेत्र नं.३ लाई छोड्न सक्ने बुझिएको छ ।
यसो भएमा क्षेत्र नं.१ मा एकीकृत समाजवादीबाट मेटमणी चौधरी मात्रै दावेदार रहेका छन् । त्यहाँ एकीकृत समाजवादीले पाएमा चौधरी पुनः सांसदको उम्मेवारी बन्न सक्छन् । सोही क्षेत्रमा एमालेबाट केन्द्रीय सदस्य तथा सांसद शान्ता चौधरी, गंगा चौधरी र रेवतीरमण शर्माको दावी
रहेको छ । एमाले निकट स्रोतका अनुसार सोही क्षेत्रमा शान्ताले यस पटक प्रत्येक्षमा टिकेट पाउने देखिन्छ । ‘शान्ता पटक–पटक समानुपातिक सांसद भइसक्नु भएको छ’, ति नेताले भने‘ यस पटक प्रत्येक्षमा लड्ने शान्ताले इच्छा ब्यक्त गरेकाले, उनको सम्भावना बलियो देखिन्छ ।’ शान्ताले प्रत्येक्षमा टिकेट पाएमा गंगालाई समानुपातिक र रेवतीरमण शर्मालाई प्रदेशमा ब्यबस्थापन गर्ने तयारी रहेको उनले बताए ।त्यो क्षेत्रबाट माओवादी केन्द्रबाट हालका लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार
कल्याणमन्त्री एवं पार्टीका केन्द्रीय सदस्य इन्द्रजित चौधरीको पनि दावी छ, भने काँग्रेसबाट पूर्व सांसद तथा योगेन्द्र चौधरी, शुसिला चौधरी, दिवंगत खुमबहादुर खड्काका छोरा अनुरागले पनि दावी गरेका छन् ।
त्यस्तै दाङ क्षेत्र नं.३ मा काँग्रेसले पाएको सन्दर्भमा दिपक गिरी बलियो दावेदार देखिन्छन् । पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री समेत रहेका गिरी यस अघिको निर्वाचनमा तत्कालिन एमालेका हिराचन्द्र केसीसंग पराजित भएका थिए । तर,
एमाले फुटेर एकीकृत समाजवादी भएपछि केसी सोही पार्टीबाट अहिले मन्त्री समेत बनिसकेका छन् । यदि पाँच दलिय गठबन्धनबाट काँग्रेसले यो क्षेत्रमा टिकेट पाए दिपक गिरीले पाउन सम्भावना देखिएको छ । तर, हालका लुम्बिनी प्रदेशका पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्री डिल्ली चौधरी र पार्टीका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले पनि आकांक्षा देखाएका छन् ।
गेहेन्द्र र दीपक दाजु भाई हुन् । तर, राजनीतिमा उनीहरु दाजुभाईबीचको द्वन्दले काँग्रेसले जिल्लामा पटक–पटक क्षति ब्यहोर्दै आएको छ । गेहेन्द्र दिवंगत नेता खुमबहादुर निकट हुन्, भने हाल देउवा निकट छन्, त्यस्तै दीपक गिरी कोइराला परिवारसंग नजिक भएका ब्यक्ती हुन् । पूर्व सांसद समेत रहेका गेहेन्द्र यस अघि दुई पटक तुलसीपुर उपमहानगरपालिकाको मेयरमा उम्मेदवार बनेपनि हारेका छन् ।
एमालेबाट यस अघिका तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे र निवर्तमान राष्ट्रियसभा सदस्य कोमल वलीले दावी गरेका छन् । एमालेका लुम्बिनी
प्रदेश कमिटि सदस्य तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काका अनुसार उनीहरु दुबै जनाको आकांक्षा रहेको बताए । कोमल वलीलाई पार्टी अध्यक्ष केपी वलीले प्रत्येक्ष उम्मेदवार बनाउन
चाहेका छन्, भने पाण्डेले पार्टी महासचिब शंकर पोखरेलले उम्मेदवार बनाउन चाहेको एमाले निकट स्रोतले बताएको छ । साभार लाइभ दाङ।
सप्तरीमा कोरोना संक्रमण पुष्टि भएको थाहापाए लगत्तै एक व्यक्ति क्वारेन्टिनबाटै भागेका छन् ।
हनुमाननगर कंकालनी नगरपालिका वडा नम्बर १ भारदहस्थित वीपी माविको क्वारेन्टिनमा बसेका २४ वर्षीय युवक क्वारेन्टिनबाट भागेका हुन् । उनको पीसीआर परीक्षणको रिपोर्ट सोमबार आएको थियो ।
रिपोर्ट पोजेटिभ आएको थाहा पाएपछि उनलाई छुट्टै कोठामा राखिएको थियो । तर त्यसको केही बेरमै उनी क्वारेन्टिनबाट भागेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामदेव यादवले जानकारी दिए ।
‘अन्य व्यक्तिसँगै रहेका उनी पोजेटिभ देखिएपछि अर्काे कोठामा राख्न लगायौं,’ उनले भने, “तर पानी परेको मौका छोपी उनी पर्खालबाट हाम फालेर भागे ।”
सर्लाही घर भएका ती व्यक्ति सप्तरीमै बस्दै आएका थिए । पछिल्लो समय भारतबाट आएका उनलाई क्वारेन्टिनमा राखिएको थियो ।
दुई वटा विवाह गरेका उनको दुवै ससुराली सप्तरीमै छ । ससुरालीमा समेत उनी फेला नपरेको र प्रहरीले खोजी कार्य जारी राखेको स्वास्थ्य संयोजक यादवले बताए ।
पर्वत,३२ जेठ ।
पर्वतको कुस्मा नगपालिका वडा नम्बर ३ दुर्लुङको ढकालबारीमा पहिरोमा पुरिएका मध्ये ८ जनाको शव भेटिएको छ । गएराति आएको पहिरोले तुलबहादुर थापाको ५ जना र कमला विकको तीन जनाको परिवारलाई घर सहित पुरेको थियो । पुरिएका ९ जनामध्ये ३ जनाको शव गएराति नै भेटिएको थियो, आज बिहान थप ५ जनाको शव भेटिएको छ ।
पहिरोमा पुरिएका दिपा थापा, कमला विक, तुलबहादुर थापा, उहाँकी श्रीमती मीनकुमारी थापा, नातिनी विविशा थापा, जेनिसा बिक, सम्राट थापा र विवेक थापाको शव भेटिएको प्रहरीले जनाएको छ ।
पहिरोमा पुरिएकी प्रमिसा विकको खोजी भइरहेको केवल जंग गुल्मका गुल्मपति अर्जुन दुलालले जानकारी दिनुभयो । नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी र स्थानीय खोजी तथा उद्दारमा खटिएका छ्न्। हिजो साँझ ६ बजे देखि झण्डै दुई घण्टा परेको मुसलधारे पानी पछि पहिरो गएको हो ।
तुलसीपुर,३२ जेठ ।
पर्वतको कुश्मा नगरपालिका–३ मा गएराति गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ५ पुगेको छ । आइतबार बिहान थप दुई जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या ५ पुगेको हो । जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रहरी निरीक्षक बुद्धि सुवेदीले थप दुई जनाको शव भेटिएको बताए ।
यसअघि तुलबहादुर थापा, मिनकुमारी थापा र विविशा थापाको शव भेटिएको थियो । घटनामा अझै चार जना बेपत्ता छन् । खोजी कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालित भएको छ । पहिरो गएको क्षेत्रमा शनिबार भारी वर्षा भएको थियो ।
काठमाडौं, ३२ जेठ ।
कोरोना भाइरसको खोप बन्ने कार्य पूर्ण नहुँदै युरोपका लागि इन्क्लुसिभ भ्याक्सिन अलायन्सले औषधि निर्माता कम्पनी अस्त्राजेनेकासँग सम्झौता गरेको छ । यो सम्झौताअनुसार खोप बनेपछि युरोपले ४० करोड डोज प्राप्त गर्ने जर्मन सरकारले जानकारी दिएको छ । अलायन्सको नेतृत्व जर्मनी, फ्रान्स, इटाली र नेदरल्यान्ड्सले गरिरहेका छन् ।
यो खोप युरोपेली संघका सदस्य देशलाई दिइनेछ । कम्पनीले खोपका उत्पादन बढाउने कोशिस भइरहेको र कोरोना महामारी नियन्त्रणका लागि यो खोप बिना नाफा नै आपूर्ति गरिने जनाएको छ । सो कम्पनीले यो वर्षको अन्त्यसम्ममा खोपको आपूर्ति सुरु हुने विश्वास व्यक्त गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी पास्कल सोरियोले भने, ‘यसबाट सही ढंगले अघि बढेमा युरोपका करोडौं मानिसले खोप पाउने निश्चित भएको छ । गर्मीयाम सकिने बेलासम्ममा हामीले यो विषयमा जानकारी पाउनेछौं । पास्कल सोरियोले खोप बनाउनका लागि सुरुवाती तथ्यांकका आधारमा यो सफल हुने विश्वास व्यक्त गरेका छन् ।
उनका अनुसार अलायन्सले युरोपेली आयोगसँग मिलेर सबै देशमा खोप पुर्याउन काम गर्नेछ । यो सम्झौता कति रकममा भयो भन्नेबारेमा अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन । यद्यपि इटालीको स्वास्थ्य मन्त्रालयको सुत्रका अनुसार यो सम्झौताका लागि जर्मनी, फ्रान्स, इटाली र नेदरल्यान्ड्सले रकम दिनेछन् भने अन्य राष्ट्रपनि सहभागी हुन सक्नेछन् । कोरोना भाइरसको नियन्त्रणका लागि अहिलेसम्म कुनै खोप बनेको छैन । यस्तो अवस्थामा यो खोप कति प्रभावकारी हुन्छ भन्नेबारेमा कुनै प्रमाण भने छैन ।
©2023 Rapti Pahichan. All rights reserved.