दाङ, १९ माघ ।
तुलसीपुर चेम्बरले गत बर्ष तुलसीपुरमा लगाएको महोत्सवको हिसाब सार्बजनिक गरेको छ ।बिहिवार आज तुलसीपुर चेम्बर अफ कमर्सले तुलसीपुरमा एक पत्रकार सम्मेलन गरेर गत बर्ष महोत्सवमा भएको आय–ब्ययको हिसाब सार्बजनिक गरेको हो । अघिल्लो बर्ष पुस १ देखी १२ सम्म तुलसीपुरमा लागेको महोत्सवको हिसाब आज सार्बजनिक गर्दै तुलसीपुर चेम्बर अफ
कमर्सका अध्यक्ष टोप बहादुर घर्तीले आफुहरु अहिलेसम्म ३ लाख ९७ हजार ३ सय ६३ रुपैयाँ मा घाटामा रहेको बताउनु भयो।‘हामीले महोत्सवमा कुल ४३ लाख ७१ हजार ६ सय ३७ आम्दानी गरेको अवस्था छ भने महोत्सवको कुल खर्च ४७ लाख ६९ हजार भएकोले अहिले हामि र हाम्रो संस्था ३ लाख ९७ हजार ३ सय ६३ रुपैयाँ मा घाटामा रहेको छ।’ चेम्बर अध्यक्ष टोप बहादुर घर्तीले पत्रकार सम्मेलनमा भन्नुभयो।
तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोप बहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष सन्तोष खड्का, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का वडा सदस्य युवराज नेपाली,ब्यबसायि लोकेन्द्र वली लगायत चेम्बर अफ कमर्सका अन्य पदाधिकारीको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण तुलसीपुर चेम्बरका महासचिव प्रेम प्रकाश गिरीले गर्नुभएको थियो।
बिर बहादुर बि क / पश्चिम दाङ समाचारदाता
शान्तिनगर १८ माघ २०७९ , दाङ को शान्तिनगर गाउपालिका वडा नम्वर ३ मा रहेको वि पी माध्यामिक बिद्यालय बयाले सिमतराको अध्यक्षमा देवराज मल्ल मनोनित भएका छन् | विद्यालयमा माघ १६ गते नेकपा एमाले, नेकपा माओवादी केन्द्र र रा प्र पा नेपाल सहितको सयुंक्त प्यानल बाट रुद्र रकाल, इन्द्र बहादुर रोका , सिमा बुढाथोकी र शान्ति छन्त्याल निर्वाचित भएका
थिए | निर्वाचित बहुमत सदस्य हरुको बैठकले माघ १८ गते मल्ल लाइ अध्यक्ष पदमा मनोनित गरेको हो | शिक्षा ऐन २०२८ को दफा १२ को उप दफा १ को [ क ] बमोजिम मल्ल लाइ अध्यक्ष र सरस्वती सुवेदी लाइ महिला सदस्यमा मनोनित गरीएको हो | हाल उक्त बिद्यालय बालबिकास देखी कक्षा १२ सम्म संचालनमा रहेको छ | बिद्यालय ब्यबश्थापन समितिको कार्यकालको समय
अवधी समाप्त भएका बेला नयाँ ब्यबश्थापन समिति चयन भएको हो वि पी मा बि बयाले सिमतरा का प्रधान अध्यापक तुलसी कुमारी गीरी ले राप्ति पहिचान लाइ बताइन |
रमा बुढा मगर -=====
तुलसीपुर १६ माघ २०७९,, तुलसीपुरमा रहेको कारागार भित्र एक महिला कैदी बन्दी जबर्जस्ती करणीको सिकार बनेकी छिन | जबर्जस्ती करणीको सिकार हुनेमा बैंकिंग कसुरमा सजाय पाई कैद भुक्तान गरी रहेकी [ नाम परिवर्तन ] तुलसीपुर ६४/७५/९०/ २०७९-०८० रहेको कुरा इलाका प्रहरी कार्यालय तुलसीपुरका सुचना अधिकारी पर्वत के सी ले राप्ति पहिचान लाइ
बताए | उनका अनुसार घटना २०७९ कार्तिक १७ गते १४ बजे र १० मिनेटमा भएको भनी पिडित ले जाहेरी दिए पछी चौधरी उपर अर्को जबर्जस्ती करणी को मुद्दा चलाइएको छ | घटना घटे लगत्तै पीडक चौधरी लाइ घोराही कारागार स्थानान्तरण गरीएको छ भने पिडित लाइ तुलसीपुर कारागारमै राखिएको छ | दुवै जना चौकीदार भएकाले बन्दीगृह बाट खाना पकाउने
भान्सा कोठा सम्म आउ जाउ गर्ने छुट दुवै जना लाइ दिइएको थियो | पिडित तुलसीपुर ६४/७५/९०/२०७९-०८० भान्सा घरमा पानी तताउन आएका बेला बलात्कारको सिकार भएको कुरा अनुसन्धान बाट खुलेको छ के सी ले अगाडी भने | मुद्दा अदालतमा विचाराधीन छ के कस्तो सजाय हुने हो आफुले भन्न नसक्ने कुरा उनले हाम्रा समाचारदाता संग भने |
तुलसीपुर,१३ माघ ।
दाङको तुलसीपुर १२ टरिगाउँ स्थित बिमानस्थलमा निजि बिमानले पनि सेवा दिने भएका छन् । त्यसकालागि निजि विमान कम्पनी सेवा सीता एयरले आज(शुक्रबार) परीक्षण उडान गर्ने भएको छ । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार दिउसो १ बजे सीता एयरको १९ सिटे विमानले परीक्षण उडान भर्ने भएको हो ।“शुक्रबारदेखि निजि विमान पनि बस्ने भएको छ, सीता एयरले उडान भर्दैछ”,उहाँले भन्नुभयो“निजि विमान उडान सुरु भएपछि भाडा पनि सस्तो हुने हाम्रो अपेक्षा छ ।”
ठूलो संघर्ष पछि तुलसीपुरमा निजि विमानले सेवा दिन थालेको हो । उपप्रमुख चौधरीले अहिले धावनमार्गको डीपीआरको काम भइरहेको भन्दै त्यो सकेपछि तत्काल हालको धावनमार्गलाई विस्तार गरेर निजि कम्पनीका ठूला जहाज बसाल्ने योजना रहेको समेत बताउनुभयो । उहाँले जसरी पनि ७२ सिटे जहाज बसाल्ने गरि आफूले तयारी गरेको बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाले उपप्रमुख स्यानी चौधरीको नेतृत्वमा समिति नै बनाएर विमानस्थल विस्तारकालागि पहलकदमी अगाडी बढाएको छ । सोही अनुसार निजि विमान तुलसीपुरमा आउन लागेको हो ।
हाल नेपाल बायु सेवा निगमको १९ सिटे टुईनेटर हप्तामा ४ दिने तुलसीपुरमा उडान भर्ने गरेको छ । आइबार, मंगलबार, बिहीबार र शनिबार उडान हुने गरेको हो । हाल टरिगाउँबाटै इन्धन डिपो स्थापना भइ सञ्चालनमा पनि आइसकेको छ । तर, भाडा भने घट्न सकेको छैन । हाल दाङदेखि काठमाडौंको न्यूनतम आठ हजार आठ सय दश रुपैंया र काठमाडौंदेखि दाङको भाडा न्यूनतम नौं हजार बढीदेखि अधिकतम १२ हजार भन्दा बढि रहेको छ ।
निजि विमान सञ्चालन भएसंगै भाडा घट्ने अपेक्षा गरिएको छ । साथै हाल रहेको ७५० मिटर लम्बाई र ३० मिटर चौडाई रहेको धावनमार्ग पनि विस्तार गर्न सकेमा ठूला जहाज बस्ने र भाडा पनि सस्तो हुने उपप्रमुख चौधरीको भनाई छ ।
रमा बुढा मगर । तुलसीपुर । तुलसीपुर ११ माघ २०७९ दाङ जिल्ला को तुलसीपुर उपमाहानगर,,बबई गाउपालिका र शान्तिनगर गाउपालिका को स्वाश्थ्य शाखामा कार्यरत सरकारी कर्मचारी हरुले कुनै पनी प्रक्रिया पुरा नगरी गैरकानुनी रुपमा मेडिकल स्टोर संचालनमा ल्याएर त्यहाँ बाट नुन खुर्सानीको धुलो बेचे सरह औषधी जस्तो संबेदनसिल वस्तु बेची रहेको पाइएको छ | कुनै व्यक्तीले मेडिकल स्टोर वा मेडिसिन डिस्ट्रिब्युटर संचालन गर्नु अगाडी एक जना फार्मेशी पढेको वा २०५४ भन्दा पहिला १ महिने फार्मेशी वरेंटेसन तालिम लिएको मानिसको फार्मेशी लाइसेन्स सहित औषधी ब्यबश्था बिभागमा औषधी पसल दर्ता गराई नेपाल सरकार ले सूचीकरण गरेका र डाक्टरको प्रेसक्रिप्सन पत्रमा उल्लेख गरीएका औषधी सम्बन्धित फार्मेशीको हात बाट वा उसको निगरानीमा बिक्रि वितरण गर्ने ब्यबश्था नेपाल फार्मेशी परिषद ऐन २०५७ मा गरिएको छ |
तर त्यसको विपरित यी कर्मचारी हरु मध्ये धन बहादुर बुढा क्षेत्री, रोमाहर्ष के सी, घन बहादुर बस्नेत, रामेश्वर आचार्य,राजकुमार न्यौपाने, सिताराम चौधरी लगायत ६ जना स्वाश्थ्य तर्फका सरकारी कर्मचारी हरुले औषधी ब्यबश्था विभागमा दर्ता नै नगराई मेडिकल स्टोर खोलेका छन् भने रामसिंह चौधरी,हरी बहादुर खड्का, र रेवत बहादुर भण्डारी ले औषधी ब्यबश्था विभागमा
पसल दर्ता गराए पनी सम्बन्धित फार्मेशी बाट औषधी बिक्रि गर्नु पर्नेमा अन्य अनधिकृत मानिस बाट औषधी बिक्रि गराइ रहेको पाइएको छ |धन बाहादुर बुढा क्षेत्री तुलसीपुर १ स्थित पवन नगर स्वाश्थ्य चौकीमा कार्यरत सी अ हे व हुन् भने रोमहर्ष के सी मेट्रो अस्पताल तुलसीपुरमा कार्यरत,घन बहादुर बस्नेत मेट्रो अस्पताल तुलसीपुर,रामेश्वर आचार्य तुलसीपुर १ पवन नगर स्वाश्थ्य चौकी,राजकुमार न्यौपाने शान्तिनगर गाउपालिकाको धनौरी स्वाश्थ्य चौकी इन्चार्ज र सिताराम चौधरी बबई गा पा को
चरकमटिया स्वाश्थ्य चौकीमा कार्यरत कर्मचारी हुन् | धन बहादुर बुढा क्षेत्री ले तुलसीपुर ५ आलु मण्डी नजिक अवैध मेडिकल खोलेका छन् भने रोमहर्ष के सी ले पवन नगर स्वाश्थ्य चौकी देखी दक्षिण तर्फ रहेको घरमा मेडिकल राखेको पाइएको छ |त्यस्तै घन बहादुर बस्नेत ले तुलसीपुर १ स्थित पाठक को घर नजिक रहेको घरमा मेडिकल संचालन गर्दै आइ रहेका छन्| यस्तै रामेश्वर
आचार्य ले तुलसीपुर १ भमके स्थित आफ्नै घरमा अवैध मेडिकल राखेको पाइयो भने राजकुमार न्यौपाने ले दाङको श्रीगाउँमा अवैधानिक मेडिकल संचालन गरी रहेका छन् | यस्तै सिताराम चौधरीले तुलसीपुर को बेलुवा स्थित भण्डारी चोक नजिक अवैध मेडिकल संचालन गरी रहेका छन् | यस्तै अनधिकृत मान्छे हरु बाट औषधी बिक्रि वितरण गराउने कर्मचारी हरुमा बबई
गाउपालिका कार्यालय का स्वाश्थ्य शाखा प्रमुख हरी बहादुर खड्का रहेका छन् | उनले बबई गाउपालिका हापुरे बजारमा राम हरीकृष्ण मेडिकल खोलेर आफ्नो श्रीमती बाट अनधिकृत रुपमा औषधी बिक्रि गरी रहेका छन् | खडकाले संचालनमा ल्याएको रामहरी कृष्ण मेडिकल औषधी ब्यबश्था विभागमा दर्ता भए पनी संचालक र फार्मेशीको नाम हेर्दा दुवै ठाउँमा हरी बहादुर खडका
उल्लेख भएको देखिन्छ भने खडकाले १ महिने फार्मेशी तालिम बाट प्राप्त गरेको लाइसेन्स नम्वर ६२५ NE लाइ दुरुपयोग गरी औषधी ब्यबश्था बिभाग लाइ आफु कर्मचारी भएको न बताई झुक्यानामा पारी मेडिकल दर्ता गरेको देखिन्छ |यस्तै रामसिंह चौधरी ले संचालनमा ल्याएको न्यु जनसेवा क्लिनिकमा रहेको मेडिकलमा फार्मेशी को नाम बिरेन्द्र हमाल भनी उल्लेख गरीएको
भए पनी बिरेन्द्र हमाल त्यहाँ कहिले आउदैनन, उनको लाइसेन्स नम्वर २१५ NE हमाल ले रामसिंह चौधरी लाइ भाडामा दिएको पाइएको छ भने चौधरी तुलसीपुर २ मा रहेको तकियापुर स्वाश्थ्य चौकीका सी अहेव हुन् | यस्तै फार्मेशी लाइसेन्स को दुरुपयोग गरी आफ्नै मेडिकल स्टोर संचालन गर्ने अर्का कर्मचारी हुन् रेवत बहादुर भण्डारी | उनले तुलसीपुर स्थित राप्ति प्रादेशिक
अस्पताल अगाडी युनिभर्सल फार्मेशी नामक मेडिकल खोलेर अनधिकृत मान्छे बाट औषधी वितरण गराउदै आएका छन् | रेवत बहादुर भण्डारी,हरी बहादुर खड्का र रामसिंह चौधरी यी ३ जना कर्मचारी ले औषधी बिक्रि वितरण संहिता २०७१ को दफा ११ र उप दफा १ को बर्खिलाप हुने कामका साथै नेपाल फार्मेशी परिषद ऐन २०५७ को दफा ११ को बर्खिलाप हुने कार्य गरेको देखिन्छ |
त्यस्तै धन बहादुर बुढा क्षेत्री, रामेश्वर आचार्य,राजकुमार न्यौपाने,सिताराम चौधरी,रोमहर्ष के सी र घन बहादुर बस्नेत ले नेपाल फार्मेशी परिषद ऐन २०५७ को दफा ११ र औषधी बिक्रि वितरण संहिता २०७१ को दफा ११ को बर्खिलाप हुने गरी मेडिकल संचालन गरी रहेको पाइएको छ|नेपाल फार्मेशी परिषद ऐन २०५७ को दफा ११ मा यो ऐन प्रारम्भ भएको एक वर्ष पछी परिषदमा दर्ता नभएका कुनै पनी व्यक्तीले फार्मेशी ब्यबशाय गर्न नहुने र दफा ११ को विपरित परिषदमा नाम दर्ता नगराई फार्मेशी ब्यबशाय गरेमा यस ऐन बमोजिम कसुर भएको मानिने र सो ही ऐन को दफा २९ मा त्यस्तो कसुर गर्ने ब्यक्ती लाइ ३ वर्ष सम्म कैद र ३० हजार रुपैयाँ सम्म जरिवाना हुने कानुनी ब्यबश्था रहेको छ |
तुलसीपुर ८ माघ २०७९,वरीपरी फोहोर बिचमा सेतो चारपाटे ठुलो खम्बा त्यो पनी कालो मैलो देखिने,धुलो जमेर त्यसमा लेखिएका कुरा राम्ररी नदेखिने,,यसो त्यता हेर्नेले के हो यो भनेर ठम्याउन गाह्रो हुने यस्तो अवश्थामा पुगेको थियो तुलसीपुर उपमहानगरपालिका कार्यालय रहेको दक्षिण तर्फ रहेको शहिद स्तम्भ | त्यो सेतो चारपाटे खम्बा नभई नेपालमा २०५२ फागुन १
गते देखी २०६३ साल सम्म तत्कालिन नेकपा माओवादीले चलाएको १० वर्षीय जनयुद्दमा दाङ जिल्ला बाट तत्कालिन बिद्रोही पक्ष र सरकार पक्ष बाट ज्यान सहादत प्राप्त गरेका र सो ही समयमा वेपत्ता पारिएका मानिस हरुको नाम अंकित गरिएको शहिद स्तम्भ हो | जनयुद्दको नाम दिएर तत्कालिन नेकपा माओवादीले चलाएको १० वर्षीय त्यो कहाली लाग्दो मारकाट कालमा
दाङ जिल्ला बाट बिद्रोही पक्ष र सरकार पक्ष बाट ४९९ जनाले ज्यान गुमाएका थिए भने ४३ जना अझै वेपता रहेका छन् | हाल तत्कालिन बिद्रोही नेकपा माओवादीका सुप्रिम कमान्डर पुष्पकमल दाहाल प्रचण्ड नै देश को प्रधानमन्त्री छन् | दाहाल प्रधानमन्त्री भएकै समयमा उनलाई त्यो स्थान सम्म पुर्र्याउने शहिद तथा वेपत्ता हरुको नाम लेखिएको स्तम्भको त्यस्तो हालत
देखे पछी दाङ को तुलसीपुर बाट संचालनमा रहेको राप्ति पहिचान डटकम नामक अनलाइन संचारगृहले उक्त स्थान वरपर सरसफाई र स्तम्भमा रंग रोगन गरेको थियो | संचारगृहले रंग रोगन र सर सफाई का साथ साथै शहिद स्तम्भ वरपर शहिदको सम्झनामा बालिने गरी निर्माण गरीएको शोभायमान बत्ती हरु सबै टुटे फुटेको अवश्थामा भेटाए पछी त्यही दिन शहिद स्तम्भ
वरपर शोभा झुल्काउन निर्माण गरिएको शोभायमान बिजुली बत्ती पुन; जडान गरी पाउ भनी तुलसीपुर उपमहानगरका मेयर टिकाराम खडका लाइ अनुरोध पत्र पेश गरेको थियो | त्यस लगत्तै मेयर खडकाले शहिद स्तम्भ वरीपरी टुटे फुटेका शोभा झुल्काउन बालिने गरेको शोभायमान बिजुली बत्ती तुरुन्त जडान गर्नु भनी तोक आदेश दिएका थिए | मेयर खडकाको तोक
आदेश पछी उपमहानगरको जिन्सी तथा स्टोर शाखाले शहिद स्तम्भ वरपर साँझमा शोभा झुल्काउन बालिने शोभायमान बिजुली बत्ती जडान गरेको छ |मेरै आफ्नै भतिजा को नाम पनी त्यहाँ छ मेरो शाखा बाट यो काम मैले गर्न पाउने अवसर पाउदा खुशी लागेको छ भने एकछिन आफ्नो भतिजा लाइ सम्झने अवसर पनी पाएँ जिन्सी शाखाका शाखा अधिकृत मस्त बहादुर थापाले
राप्ति पहिचान संगको कुराकानीमा भने | हामीले सान सानो कुरा भनेर त्यती वास्ता गरेका थिएनौ तर त्यो ठाउँमा साँझमा झिलिमिली बत्ती बलेको दृश्यले उपमहानगर कार्यालयको वरपर सौन्दर्यनै बढाएको छ जिन्सी शाखाका अर्का कर्मचारी नारायण रेग्मीले हाम्रा समाचारदाता संग बताए | पहिले पनी स्तम्भ वरपर सरसफाई गरी रहेका थियौं अब अल्ली ब्यबश्थित तरिकाले
यसको सरसफाई तथा मर्मत कार्यलाई ध्यान दिन्छौं वातावरण तथा सरसफाई शाखाका पाँचौ तहका कर्मचारी खेमकान्त पाण्डेले भने | २०६८ साल असोज ७ गते अनावरण गरिएको उक्त शहिद स्तम्भ वरपर हाल साँझको समयमा शोभा झुल्काउन बालिने रंगी चंगी बिजुली बत्तीले शहिद स्तम्भको शोभा बढाई रहेको छ भने तुलसीपुर उपमहानगर कार्यालय प्रांगणको चिनारीका रुपमा
चिनिन थालेको छ |मेयर साहब लाइ धन्यवाद भनेको छु,मेयर साहबकै आदेशमा शहिद स्तम्भ वरपर मर्मत सम्भार र शहिद हरुको सम्झनामा शोभा झुल्काउन बालिने शोभायमान बिजुली बत्ती स्तम्भ वरपर जडान भइ शहिद हरु प्रती सम्झना किरण छर्न थालेका छन् राप्ति पहिचान डटकम का प्रकाशक तथा कार्यकारी सम्पादक एग्गे बहादुर बुढा मगर ले समाचार डेस्क संग
कुराकानी गर्दै भने | दाङ जिल्ला भरीका शहिद तथा वेपत्ता हरुको नाम अंकित गरिएको शहिद स्तम्भ तुलसीपुर उपमहानगरको प्रांगणमा बन्नु उपमहानागरकै लागी गौरवको कुरा हो, जनयुद्दको बारेमा जानकारी लिन चाहने जुन सुकै ब्यक्ती जुन सुकै कालखण्डमा यो ठाउँ सम्म आउने र आउने ब्यक्तीले शहिद स्तम्भ मात्रै नभई तुलसीपुर उपमहानगर लाइ पनी देख्ने छ
र जनयुद्दकालमा ज्यान गुमाएका हरुको इतिहास लेख्दा त्यहाँ तुलसीपुर उपमहानगर को नाम पनी लेखिने भएकाले यो स्तम्भ लाइ उपमहानगरले आफ्नो सम्पत्तीको रुपमा ग्रहण गर्नु पर्छ बुढाले अगाडी भने |
काठमाडौं,६ माघ । सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आज शुक्रवार बिहान राष्ट्रपति कार्यालय शीतल निवासका राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुखमा निर्वाचित घिमिरेलाई शपथ गराउनुभएको हो । यस्तै नवनिर्वाचित सभामुख घिमिरेले स्वतन्त्र र निष्पक्षरूपमा काम गर्नका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको बताउनुभएको छ ।
आज उहाँले विज्ञप्ति निकालेर सभामुख पदको भूमिकालाई स्वतन्त्र र निष्पक्षरूपमा निर्वाह गर्नका लागि एमालेको पार्टी सदस्यता र पार्टीसम्बद्ध सम्पूर्ण राजनीतिक, साङ्गठनिक जिम्मेवारीबाट अलग भएको जानकारी गराउनुभएको हो ।प्रतिनिधि सभाको हिजो बिहीवारको बैठकमा नेकपा एमालेका देवराज घिमिरे सभामुखमा निर्वाचित हुनुभएको थियो
रमा बुढा मगर -=====
तुलसीपुर ३ माघ २०७९,तुलसीपुर ८ अस्वारा मा स्कुटी र मोटरसाइकल एक आपसमा ठोक्किदा स्कुटी चालक घाइते भएकी छिन | घाइते हुनेमा तुलसीपुर ९ दोघरे निवासी २७ वर्षीय कमला वली रहेको इ प्र का तुलसीपुर ले जानकारी दिएको छ भने घाइते वली को राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचार भइ रहेको छ | तुलसीपुर बाट पश्चिम जाँदै गरेको रा ३
प् ७१२८ नम्वरको मोटरसाइकल ले वली सवार रा ७ प् ८८४३ नम्वरको स्कुटी लाइ साँझ ६-३० बजेको समयमा अस्वारा भन्ने स्थानमा ठक्कर दिएको थियो | मोटरसाइकल चालक तुलसीपुर १ भमके निवासी टोपलाल बस्याल रहेको खुलेको छ | बस्याल ले अत्यधिक मात्रामा मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाई रहेको पाइएको छ इ प्र का तुलसिपुर ले जानकारी दिएको छ |
हाल ठक्कर दिने मोटरसाइकल र चालक लाइ प्रहरीले नियन्त्रणमा लिएर आवश्यक छानबिन गरी रहेको छ | घाइते वली शान्तिनगर गाउपालिका कार्यालयका लेखापाल हुन् |दुर्घटना भएको थाहा पाए पछी म पनी राप्ति प्रादेशिक अस्पताल अस्पताल आइ पुगेको छु अहिले प्रारम्भिक उपचार भइ रहेको छ डाक्टरको सल्लाह अनुसार थप उपचार का लागी ब्यबश्था मिलाउदै छौं शान्तिनगर गाउपालिका का अध्यक्ष प्रमोद बस्नेतले राप्ति पहिचान लाइ बताए |
आइतवार दुर्घटनामा परेको यती एयरलाइन्सको बिमानको मुख्य भाग उठाउदा पनी ४ जनाको शव फेला परेको छैन |अझै ४ जनाको शव शव फेला पार्न सकेका छैनौ कास्की का प्रमुख जिल्ला अधिकारीले बताए |
काठमाडौं । आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२–५०० विमान दुर्घटना मुलुकको आन्तरिक हवाई उडानको इतिहासमै सबैभन्दा धेरै मानवीय क्षति भएको दुर्घटना बन्यो । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चारजना सदस्यसहित ७२ जना सवार पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखराको सेती नदी खोंचमा खसेको हो । चालक कमल केसीले सो विमान उडाएका थिए ।
७३ वर्षिय हवाई इतिहासमा दुर्घटनाको संख्या १०४ पुग्यो
सो विमान पोखराको टावरसँग सम्पर्कमा आएको एक मिनेटभित्रै सेती नदीको खोंचमा दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार त्यतिबेला क्याप्टेन केसीसँगको सम्पर्कमा पोखरा टावरका एयर ट्राफिक कन्ट्रोलरले रनवे ३ शून्यमा ल्यान्ड गर्न आग्रह गरेका थिए । तर, चालक केसीले अर्को रनवे मागेका थिए । रनवे थ्री जेरोमार्फत ल्यान्ड गर्नुभन्दा चालकले होइन रनवे ‘वान टु’ बाट आउँछु भनेर अर्को रनवे खोजेका थिए । अर्को रनवेबाट आउन क्लियरेन्स दिनेबित्तिकै दुर्घटना भएको र सो दुर्घटना के कारण भयो भन्ने’दयगत अहिलेसम्म नखुलेको प्राधिकरणले जनाएको छ ।
एकै वर्षमा यतीका दुई विमान दुर्घटना
आइतबारको दुर्घटनासँगै यती समूहद्वारा सञ्चालित एयरलाइन्सको एकै वर्षमा दुईवटा विमान दुर्घटना भएका छन् । यसअघि यती एयरको भगिनी संस्था तारा एयरको विमान पोखराबाट जोमसोम जानेक्रममा गत १६ जेठमा दुर्घटना हुँदा २२ जनाको निधन भएको थियो ।
यसअघि नेपाली आकाशका भएको अहिलेसम्मकै ठूलो विमान दुर्घटना भने सन् १९९२ मा भएको थियो । ललितपुरको भट्टेडाँडामा पाकिस्तान एयरको विमान दुर्घटना हुँदा १ सय ६७ जना यात्रुको ज्यान गएको थियो । सोही वर्ष थाई एयरको विमान दुर्घटनामा १ सय १३ यात्रुले ज्यान गुमाएका थिए ।
त्यसपछि पछिल्लोपटक सन् २०१८ मा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बाङ्ला एयरको विमान दुर्घटनामा ५१ जना यात्रुको ज्यान गएको थियो । अहिलेसम्म नेपालमा १० वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका विमान दुर्घटनामा परेका छन् । सो दुर्घटनाबाट ३ सय ७३ जना यात्रुले ज्यान गुमाइसकेका छन् । तर, यी सबै अन्तर्राष्ट्रिय उडानअन्तर्गतका विमान दुर्घटनामा परेका थिए ।
आन्तरिक उडानतर्फ आइतबार पोखरामा भएको यती एयरको विमान दुर्घटना नेपालको इतिहासकै सबैभन्दा ठूलो मानवीय क्षति भएको हवाई दुर्घटना हो । यसभन्दा अघि हेलिकोप्टर र ४२ सिटे विमानभन्दा ठूलो आन्तरिक दुर्घटना भएको थिएन ।
नेपालको हवाई इतिहासमा आइतबार पोखरामा भएको यती एयरको दुर्घटनासहित हवाई दुर्घटनाको संख्या १ सय चारवटा पुगेको छ । सर्वप्रथम २००६ सालमा तत्कालीन राजा महेन्द्रले काठमाडौंको सानो गौचरण (अहिलेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएको ठाउँ) मा डकोडा विमान ल्याएपछिको ७३ वर्षको हवाई इतिहासमा दुर्घटना संख्या १ सय ४ पुगेको हो ।
२०१२ सालको वैशाखमा पहिलोपटक सिमरामा भारतको कलिंगा एयर दुर्घटना भएको थियो । सो विमान दुर्घटनामा दुईजनाको मृत्यु भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणको ‘हवाई सुरक्षा प्रतिवेदन’ अनुसार व्यावसायिक आन्तरिक उडानतर्फ पोखरामा आइतबार भएको यो ५०औं दुर्घटना हो । हालसम्म नेपालमा एउटा मात्र इन्जिन भएका आठवटा विमान दुर्घटना भएका थिए भने हेलिकोप्टरतर्फ ३६ वटा र अन्तर्राष्ट्रियतर्फ १० वटा वायुसेवा गरी नेपालमा हालसम्म सानाठूलासहित १ सय ४ वटा विमान दुर्घटना भइसकेका छन् ।
विभिन्न दुर्घटनाबाट अहिलेसम्म साढे ८ सयजना भन्दा बढी यात्रुको मृत्यु भइसकेको छ । आइतबार पोखरामा भएको यतीको दुर्घटनाबाहेक हालसम्म यस्ता हवाई दुर्घटनामा ८ सय ४९ जना यात्रुको मृत्यु भइसकेको छ । अब यसमा ७२ जनाको संख्या जोडिनेछ । जसमा आन्तरिकतर्फ ३ सय ६४ जना, सिंगल इन्जिन भएका विमान दुर्घटनामा २५ जना, हेलिकोप्टरतर्फ ८५ जना र अन्तर्राष्ट्रिय वायुसेवातर्फ ३ सय ७५ जना गरी कुल ८ सय ४९ जनाको मृत्यु भइसकेको छ ।
आइतबार पोखरामा भएको यती एयरको एटीआर विमान दुर्घटना २४ वर्षयता भएको यती समूहको १४औं हवाई दुर्घटना हो । यसअघि गत जेठमा पोखराबाट जोमसोमका लागि १९ जना यात्रु लिएर जाँदै गरेको तारा एयरको ट्विनअटर विमान दुर्घटनामा चालकदलसहित २२ जनाको मृत्यु भएको थियो । सुगम उडानमा यतीको नाममा पाँचवटा एटीआर विमान भएको यती एयरलाइन्ससँग अब जम्मा चारवटा एटीआर विमान मात्र बाँकी छ । पोखराको विमान दुर्घटनापछि यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले आइतबार दिनभर उद्धार कार्य भएको जानकारी गराए । यसअघि भएका विभिन्न दुर्घटनामध्ये सबैभन्दा धेरै यात्रुको मृत्यु सन् २००० को विमान दुर्घटनामा भएको थियो । डडेलधुरामा भएको त्यो दुर्घटनामा २५ जना यात्रुको मृत्यु भएको थियो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकै पहिलो दुर्घटना
आइतबार बिहान भएको यतीको विमान दुर्घटना पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकै पहिलो दुर्घटना भएको छ । आइतबार बिहान काठमाडौंबाट उडेको यती एयरलाइन्सको विमान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा सेती नदी खोंचमा झरेर दुर्घटनाग्रस्त भएको हो ।
आज यतीका सबै उडान रद्द
यती एयरलाइन्सले आइतबार पोखरामा भएको विमान दुर्घटनाको शोकमा आज (सोमबार) निर्धारित सबै उडान रद्द गर्ने भएको छ । एक सूचना प्रकाशित गर्दै यतीले सोमबार आपत्कालीन र उद्धार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जनाएको छ । यतीको ९एन एएनसी एटीआर ७२–५०० विमान विमान दुर्घटनाबाट अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । भने अन्यको उद्धार एवं खोजी भइरहेको छ ।
आन्तरिकतर्फका सबै विमानको प्राविधिक परीक्षण गर्न निर्देशन
सरकारले आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । पोखरामा यती एयरको विमान दुर्घटनालगत्तै आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्देशन दिएको हो ।
बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ । आन्तरिक उडानका विमानको अनुगमन नागरिक उड्डयन प्राधिकरणले नै गर्नेछ । ‘यो व्यवस्थाले आगामी दिनमा यस्ता हवाई दुर्घटना हुन नदिन भूमिका खेल्ने अपेक्षा गरिएको छ,’ बैठकपछि सरकारका प्रवक्तासमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले भने ।
यतीको विमान पोखरामा दुर्घटना भएपछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको नेतृत्वमा जाँच आयोग पनि बनाएको छ । सो विमान दुर्घटनाको छानबिन गर्न सरकारले पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ । आयोगको सदस्यमा हवाईविज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराजजंग थापा रहेका छन् । यसैगरी, सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव वुद्धिसागर लामिछाने छन् ।
यसैगरी, दुर्घटनाका बारेमा जानकारी लिन चाहने मृतक यात्रुका परिवार आफन्त सरोकारवालाका लागि त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय पनि सरकारले गरेको छ । त्यस्तै, विमान दुर्घटनामा परेकाको शव बुझ्न र आफ्नो ठाउँमा लैजान सहजीकरण गर्ने निर्णयसमेत सो बैठकले गरेको छ ।
काठमाण्डौ, २८ पुस । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारी सम्बन्धी सेवा प्रवाह विकेन्द्रीत गरेसँगै विभिन्न जिल्लाहरूमा ७० भन्दा बढी म्यानपावरका शाखा खुलेका छन ।
इजाजतपत्रवाला म्यानपावर कम्पनीलाई प्रदेश स्तरमा पनि शाखा खोल्न अनुमति दिएसँगै उपत्यका बाहिरका विभिन्न स्थानमा ७० भन्दा बढी शाखाहरू खुलेको विभागका महानिर्देशक उमाकान्त आचार्यले जानकारी दिनुभएको छ । प्रदेश स्तरबाटै सबै खाले श्रम स्वीकृतिसँगै वैदेशिक रोजगारी सम्बन्धी अरू काम पनि हुने भएपछि विभागले म्यानपावरका शाखा खोल्न पनि अनुमति दिएको हो ।
प्रदेश स्तरमा नै म्यानपावरको शाखा हुँदा वैदेशिक रोजगारीमा जान चाहनेहरूले पनि बुझ्नकै लागि भनेर काठमाण्डौसम्म जान नपर्ने र ठगी पनि विश्वास लिएको बिभागले जनाएको छ । गएको असोज महिनादेखि विभागले वैदेशिक रोजगारीमा श्रमिक पठाउने सङ्ख्याको आधारमा म्यानपावरहरूलाई शाखा कार्यालय खोल्न पाउने गरी अनुमति दिन थालेको थियो । वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न विभागबाट इजाजत लिएका म्यानपावर कम्पनीले देशभित्रै शाखा कार्यालय खोल्न चाहेमा विभागले अनुमति दिनु पर्ने कानुनी व्यवस्था छ । यही व्यवस्था अनुसार विभागले शाखा कार्यालय खोल्न चाहने म्यानपावर कम्पनीलाई निवेदन पेस गर्न आह्वान गरेको थियो ।
©2023 Rapti Pahichan. All rights reserved.