मुलुक संकटले घेरिएको छ, यो अवस्था ल्याउनमा जो कुनै प्रकारले उत्तरदायी छैन, तर कुनै पनि अछुतो छैन । किनकि यो अवस्था ल्याउन राजनैतिक दल, संघ संस्था, नागरिक समाज, बुद्धिजिवी सबै उत्तिकै जिम्मेवार छन् जति राजनीतिक दल छन् । यस्तो संक्रमणको अवस्थाबाट गुज्रदै गरेको, कहालीलाग्दो दिनको प्रत्यक्ष प्रभाव युवा वर्गले भोग्नुपरेको छ जो प्रजातन्त्र पूनः स्थापना समयमा बालक थिए, गणतन्त्र स्थापना हुनेबेला युवा भए अहिले युवाहरु वयस्क भइसकेका छन् । ती वयस्क युवाहरुले आफ्नो अस्तित्व, राष्ट्रको अस्तित्व, आफ्नो संस्कृतिको अस्तित्व जोगाउने अवस्था आएको छ । आफू कुन धरातलमा उभिएको छ छुट्याउनु पर्ने भएको छ । निष्कलंक र निर्दोष युवा वर्गले राष्ट्रको अस्तित्व बचाउनु पर्ने भएको छ । किनकि अरु सबैको परीक्षा भइसकेको छ । यहिलेका दलका नेतृत्व व्यतित्वको पहिचान भैइसकेको छ ।
जनतालाई गुमाराहमा राख्दै देश चलाई रहेका छन । यि नेताहरुबाट थप आशा गर्न सकिने अवस्था देखिदैन समाजमा, राष्ट्रमा निर्दोषको संख्या अत्याधिक छ । तर अपराधीहरुसँग लड्न नसक्नेहरुको गणना गर्नुको के अर्थ रह्या जो कुनामा बसेर गुनासो मात्र गर्छ । अपराध सहनु र भोग्नु पनि त अपराध नै हो । त्यसैले भन्ने गरिन्छ अपराध गर्नुभन्दा अपराध सहने झन् ठूलो अपराधी हो । आज त्यस्तै हुन गएको छ नत्र भने समाजमा निर्दोषको संख्या धेरै हुँदाहुँदै पनि जताततै हत्या, हिंसा, बलात्कारको श्रृंखला बढ्दै गएको छ । यसको प्रतिकार गर्न नसक्नुको कारण मनोबल कमजोर हुनु हो । युवामा प्रतिकार गर्ने क्षमता क्षण हुनु हो । यो सबै अस्थिरताको कारणले हो । विश्वको इतिहास हेर्दा राष्ट्रलाई अग्रगामीतिर डो¥याउने वर्ग नै युवा हो । त्यसैले हाम्रो देशको सम्पूर्ण आशा र भरोसा पनि युवा वर्गमा नै छ । नेपालमा २००७ साल, २०४६ सालमा जति राजनैतिक परिवर्तन भयो त्यो सबै युवा वर्गको कारणले नै भएको हो । २०४६ सालमा परिवर्तन ल्याउने युवाहरुले ठूलो धोका खायो किनकि त्यो परिवर्तन २०५२ साल अर्थात छोटो अवधिमा असफल सिद्ध भयो । किनभने देशमा न भौतिक विकास हुन सक्यो न त सिद्धान्त र नैतिकतामा आधारित समाज व्यवस्था कायम भयो । गरिबीको रेखा निरन्तर बढ्दै गयो ।
नैतिकताको धरातल अद्योगामी भयो । परिवर्तन र त्यसको प्रतिक मानिएको संविधान हुने खानेका लागि मात्र भयो, धनी गरिबबीचको भेद बढ्दै गयो, नयाँ धनी पैदा भए, सामान्यजन देशबाट पलायन भए । गरिबलाई जीविकाको अधिकार प्राप्ति भएन र त्यसको लागि कुनै व्यवस्था पनि गरिएन र गर्ने पनि कुनै सोच थिएन । यी कारणहरुले गर्दा युवा वर्गले फेरि २०६२÷६३ आन्दोलन गरे नयाँ राजनैतिक परिवर्तन ल्याए । परिवर्तन पश्चात देशका सबै भू–भागमा क्षेत्र–जातिको नाममा संगठन खडा भए । जाति, क्षेत्रलाई राजनैतिक साघुरो घेराभित्र कैद गरी राजनैतिक दलहरु आफ्नो स्वार्थ पूरा गर्न तल्लीन देखिएका छन् । फेरि युवा वर्गलाई धोका दिने दाउमा छन् । किनकि राजनैतिक दलहरुले युवा वर्गलाई एकजुट हुन नदिनुको लागि र सधै युवाको काँधमा चढेर राजनैतिक स्वार्थ पूरा गर्नको लागि विभिन्न बहाना गर्र्दैछन् । युवा–युवाबीच फुट ल्याउनलाई जनवर्गिय संगठनको बाहनामा मिल्न दिएका छैनन् । बिद्यार्थीहरु बिद्यार्थीहरुको समस्या समाधानको लागी होइन जनवर्गिय संगठनको काम गरिरहेका छन् । राष्ट्र सेवक कर्मचारी , शिक्षक , प्रध्यापक , पत्रकार , बुद्धिजीवि कोही पनि स्वतन्त्र छैनन् सवै बाधिएका छन् । युवा दस्ता गठन गर्नको लागि होडबाजी गर्छन् । चित्त नबुझे हतियार उठाउने धम्की दिन्छन् ।
देश अर्थतन्त्रमा जर्जर छ त्यस तफै कसैको ध्यान छैन । वास्तवीक अवस्थाको निराकरणका बारेमा कहि कतै बहस हुदैन् । देशका बाहुवल र बुद्धिवल सवै युवाहरु पलायन हुदैछन् ।यो देशकोलागी दुर्भाग्य हो । त्यसैले युवा वर्गहरु राष्ट्रको लागि सचेत हुने अवस्था आएको छ । किनकि आज यी राजनैतिक दलका नेतृत्व व्यक्तिहरुका कारणले गर्दा विश्वका महाशक्ति राष्ट्रहरुको प्रत्यक्ष अप्रत्यक्ष रुपले देश क्रिडास्थल बनेको छ । देशको अस्मिता लुटिएको छ । राष्ट्रमाथि प्रश्न चिन्ह खडा भएको छ । जनता निरह छन् । मुकदर्शक भएका छन् । त्यसैले सबैको आश्रय र साझा उद्देश्य राष्ट्र नै हो । राष्ट्रलाई चिन्तन र संगठनको केन्द्रविन्दु सम्झनु पर्दछ । राष्ट्र बाहेक अरु कुनै पनि विषय सबै नेपालीको साझा हुन सक्दैन । त्यसै विन्दुको वरिपरी नेपाली समाजलाई घुमाउने लक्ष्य लिनु पर्दछ । क्रान्तिकारी चिन्तन गर्नेले राष्ट्रहितको लागि जाति, क्षेत्र, भाषाको आधारलाई छोड्नु पर्दछ । यी मध्ये कुनै एक वा अनेक आधार बोकेर हिड्ने व्यक्ति वा संगठन राष्ट्रवादी हुन सक्दैन र प्रजातन्त्रवादी पनि हुन सक्दैन ।
त्यसैले युवावर्गहरुले अग्रगामी राष्ट्रवादको लागि नेतृत्व लिन सक्नुपर्दछ र त्यो नेतृत्व राष्ट्रहितको लागि हुनुपर्दछ । समाजिक रुपान्तरण नभएर भौतिक विकासले मात्र मुलुक संमृद्धिशालि बन्न सक्दैन । समाजिक रुपान्तरणको लागि युवा बर्गले धर्म संस्कृति ,परम्परालाई जगेर्णा गर्दै समय अनुसार परिवर्तण गर्नू पर्दछ । कुनै पनि परिवर्तण एकै चोटि गर्दा त्यसको असर समाजमा नराम्रो पर्न सक्छ । तसर्थ क्रान्तिकारी चिन्तन बोकेका युवाहरुले मुलुकको भविष्यको सोच राख्दै आर्थिक भौतिक समाजिक रुपान्तरणको लागि विभिन्न संगठनमा आस्था राखे पनि साझा उद्देश्यको लागि विवाद नगरि एकै थलोमा बसेर वहस गर्न सक्ने वाणिको बिकास गरौ जस्ले गर्दा हाम्रो मुलुक अग्रगमण तिर जाने छ ।
राजनिति भनेको देश र जनता प्रति भक्तिभाव राखेर सबै भन्दा माथि देश, देशको भूगोल, जनता, भाषाभाषी, धर्मसंस्कृति , रीतिरिवाज, आदर्श मूल्य मान्यता र देशको न्यायिक निरुपणको अवस्थालाई मध्यनजर गरेर कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालाई कार्यविभाजन गरी राज्य सञ्चालनको लागि जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरूले बनाउने नीति नियम हो ।
जसले राज्य सञ्चालन प्रकृयामा महत्वपूर्ण भूमिका निभाउने गरेको हुन्छ, भन्ने लागेको थियो । तर २०४६ सालको जनआन्दोलन हुँदै राजा ज्ञानेन्द्रको सक्रिय शासनदेखि २०६२-२०६३ सालको जनआन्दोलनको उद्देश्य पनि मेरो बिचारमा देश र जनताप्रति उत्तरदायी हुँदै जनताको सर्वपक्षीय विकास सँग जोडिएको सवाल नै मुख्य उद्देश्य थियो । जहाँ समानुपातिक विकास प्रणाली, राज्यको सबै क्षेत्रमा सबैको समान सहभागिता शिक्षा, स्वास्थ्य, रोजगार, विकास र समृद्धि नै मूल आधार हो ? भन्ने ती दूर दराजमा बसेका आम नेपाली जनतालाई बुझाई थियो ।
जहाँ ३० बर्से पञ्चायती व्यवस्थाका कारण भेदभाव भयो भन्ने बुझाई थियो । सोही समयमा विभिन्न राजनीतिक दलको उदय र ती राजनीतिक दलले जनताको माझमा अगाडि सारेका नाराहरू र जनताका नाउमा दिएका आशाका पुलिन्दाहरू समकालीन अवस्थामा नेपाली जनतालाई विद्रोहको रूपमा एक ढिक्का बनाउनसँगै करिब २३८ वर्षको शाहवंशीय शासनको बिन्दुमा उभिन बाध्य बनायो । फलतः शाहवंशीय राज्य सत्ताको अन्त्य भयो । अनि लोकतान्त्रिक संघीय गणतन्त्रको स्थापना भयो ।
२०६३ माघ १ गते बसेको प्रतिनिधि सभाको बैठकद्वारा पारित एवम् विधायिका सांसदद्वारा अनुमोदित नेपालको अन्तरिम संविधान २०६३ एघारौं संसोधन सहित विभिन्न समयमा सरकार, विभिन्न राजनीतिक दल तथा समूहहरू बिच भएका महत्वपूर्ण सम्झौताहरूको ऐतिहासिक दस्तावेजहरू समावेश गरिएको नेपालको अन्तरिम संविधान २०६३ जारी गरी लागू गर्दै प्रारम्भिक नागरिकता, मौलिक हक, राज्यको दायित्व, निर्देशक सिद्धान्त तथा नीतिहरू राष्ट्रपति तथा उपराष्ट्रपति, कार्यपालिका, संसद्, संविधानसभा, व्यवस्थापन कार्यविधि आर्थिक कार्यप्रणाली, न्यायपालिका, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखापरीक्षक, लोकसेवा आयोग निर्वाचन आयोग, राष्ट्रिय मानवअधिकार आयोग, महान्यायाधिवक्ता, राज्यका ढाँचा र स्थानीय स्वायत्तः शासन, राजनीतिक दलहरू, सङ्कटकालीन अधिकार, सेना सम्बन्धी व्यवस्था, संविधान संशोधन, विविध सङ्क्रमणकालीन व्यवस्था, परिभाषा, संक्षिप्त नाम प्रारम्भ र खारेज सम्मको व्यवस्था गरी कानून सम्मत राज्य सञ्चालन हुने छ, भन्ने आशा सबैमा थियो ।
त्यही २०६३ सालको अन्तरिम संविधानमा टेकेर नेपालको संविधान सभाको यात्रा नेपालको संविधान २०७२ साल असोज महिनाको ३ गते देखि प्रारम्भ हुने गरी सम्माननीय राष्ट्रपति रामवरण यादवले जारी गरे पछि नेपाल विधिवत रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक र राष्ट्रका रुपमा रूपान्तरण त भयो । तर, आज नेपाली जनताले पाए त के ? के यही अवस्थाको परिकल्पना गरेका थिए त नेपाली जनताले ? किन आज सबै क्षेत्र अस्तव्यस्त छन् । सुशासन कुनै क्षेत्रमा छ भन्ने जनताले अनुभुति गर्न सकेका छैनन्, किन ? के नेपाली जनताको २०६२ / ६३ को बलिदानीपूर्ण योगदान यही अवस्थाको लागि थियो । पक्कै पनि थिएन विकास र समृद्धिको लागि थियो, सुशासन, जवाफदेहिताको लागि थियो, सामाजिक सद्भावको लागि थियो । अधिकारका लागि थियो सँगसँगै कर्तव्यको बोध पनि हुनुपर्छ भन्ने मान्यतामा नै थियो होला । तर आज स्थानीय तह प्रदेश हुँदै संघीय सरकारका हरेक गतिविधि, विकास निर्माण प्रकृया आसेपासे भरोसे नातावाद कृपावादमा लिप्त् देखिन्छ ।
जताततै अनियमितता छ कुनै क्षेत्र पनि आश लाग्दो छैन प्रदेश र संघीय सरकार वर्ष बजेट आएको छ भने आफ्नो बाउको सम्पत्ती जस्तै कोटको गोजीमा राखेर निकाले के गरिन्छ । वडा सरकारलाई थाहा नै नदिएर योजना सम्झौता गरिन्छ । अनुगमन गर्ने हैसियत दिइदैन फरफारकको लागि काम सम्पन्न भयो भनेर सिफारिससम्म चाहिदैन के यही हो लोकतान्त्रिक संघीय गणतन्त्र आज त्यसैको प्रतिफल व्यवस्था प्रति नै नागरिकमा निराशा छाएको छ । यो व्यवस्था भन्दा त पहिलेकै ठिक थियो भन्ने अवस्था आएको छ ।
त्यसैको परिणाम हो २०७९ को हरेक निर्वाचनमा राष्ट्रिय पार्टीबाट उम्मेद्वार बनेका व्यक्ति भन्दा स्वतन्त्र रुपमा उम्मेद्वार बनेका व्यक्तिहरूको उपस्थिति जबरजस्ती भएको देखिन्छ । यो मूलधारका राजनीतिक दलहरूलाई चुनौती पनि हो । समयमै सोच विचार नगरे, इमान्दारिता नदेखाए आगामी २०८४ को निर्वाचनमा यो व्यवस्थाप्रति अझ बढि वितृष्णा आउने आम नागरिकमा समयमै सोचेर राजनीति गरी सबैले आ–आफ्नो ठाउँबाट इमानदार बनौ, भ्रष्टाचाररहित सभ्य समाज निर्माण गरौँ ।
तुलसीपुर १ पुस २०७९,मान्छे बिरामी हुँदा बित्तिकै अस्पताल जान्छ,डाक्टर लाइ जचाउँछ त्यस पछी डाक्टरले लेखेको औषधी पर्चा लिएर औषधी किन्न मेडिकल हरुमा जान्छ र उसलाई यत्ति मात्रै थाहा हुन्छ की उ यो औषधी खाए पछी निको हुन्छ वा उ रोग बाट सुरक्षित हुन्छ तर उसलाई थाहा हुँदैन कि तिनै औषधी पसल हरुमा औषधि सम्बन्धि जानकारी नै नभएका मान्छे हरुले औषधी बिक्रि गरी रहेका छन् भन्ने कुरा | यहि विषयमा राप्ति पहिचान
डटकमले विगत ३ महिना पहिला देखी दाङ का घोराही क्षेत्र र तुलसीपुर क्षेत्रमा रहेका औषधी पसल [ मेडिकल ] हरुमा गुप्त रुपमा अनुसन्धान थालेको थियो | मेडिकल हरुमा अनुसन्धान गर्ने क्रममा तपाइँ हामीले कल्पना नै गर्न नसकिने कुरा फेला परेका छन् |ती कुरा हुन् तपाइँ हामीले बाँच्नका लागी औषधी किनेर खाने मेडिकल हरुमा औषधी सम्बन्धी जानकारी नै नभएका मान्छे हरुले हामि लाइ औषधी बेची रहेको तथ्य कुरा | तुलसीपुर बजारको [
ग ] लाइनमा रौनियार मेडिकल नामले चिर परिचित मेडिकलमा हामीले यस्तै तथ्य आधार प्रमाण फेला पारेका छौं | मुरली मनोहर रौनियार द्वारा संचालित लाइफ मेडिकल सेन्टर र हेमन्त कुमार रौनियार ले संचालनमा ल्याएका एउटा आयुर्वेदिक मेडिकल र अर्को एलोपेथिक मेडिकल एकै कोठामा संगै राखेर संचालन गरिएको छ | मुरली मनोहर रौनियार पेशाले आयुर्वेद तर्फका BAMS हुन् | उनले कोहि बिरामी आयुर्वेद औषधी गर्न आएमा आयुर्वेद
औषधिको प्रेसक्रिप्सन लेख्न पाउछन तर उनले आयुर्वेद औषधी त् देखाउन मात्रै राखेका छन् उनले बिरामी जाँचेर सबै लाइ एलोपेथिक अर्थात अंग्रेजी औषधी लेख्ने गर्छन | आयुर्वेद उपचार विधा र एलोपेथिक विधा फरक फरक उपचार पद्दती हुन् तर रौनियारले आयुर्वेद पद्दती बाट उपचार गर्ने पढाइ पढेको भए पनी उनले एलोपेथिक औषधी प्रेसक्रिप्सन गर्छन र आफ्नै लाइफ मेडिकल बाट हचुवाको भरमा बिरामी हरुलाई औषधी दिने गरेका छन् | मानव स्वाश्थ्य जस्तो अती संबेदनसिल कुरामा यती ठुलो खेलवाड गरी रहेका मुरली मनोहर रौनियारको लाइफ
मेडिकलमा अर्को एउटा गम्भीर तृटी फेला परेको छ त्यो हो अनधिकृत-अदक्ष,औषधी सम्बन्धी जानकारी नै नभएको मान्छे द्वारा औषधी बिक्री गर्ने काम |डाक्टरले बिरामीलाई यो औषधी खानु भनी लेखेको औषधी फार्मेशी शिक्षा पढेका मान्छेले मात्रै बिक्रि गर्न पाउने नेपाल फार्मेशी परिषद ऐन ले ब्यबश्था गरेको छ |नेपाल फार्मेशी परिषद ऐन २०५७ संशोधन २०७५ को दफा ११ ले यो ऐन प्रारम्भ भएको मितिले एक वर्ष पछी परिषदमा नाम दर्ता नभएको
कुनै पनी व्यक्तिले फार्मेशी ब्यबशाय गर्न हुँदैन गरेको पाइएमा सो हि ऐनको दफा २९ को उप दफा १ मा ऐनको दफा ११ बिपरित परिषदमा नाम दर्ता नगराई फार्मेशी ब्यबशाय गरेमा यस ऐन बमोजिम कसुर भएको मानिने छ र त्यस्तो कसुर गर्ने व्यक्ति लाइ ३ वर्ष सम्म कैद र ३० हजार रुपयाँ जरिवाना हुने ब्यबश्था गरेको भए पनी मुरली मनोहर ले संचालनमा ल्याएको लाइफ मेडिकलमा औषधी ब्यबश्था विभागमा दर्ता भएका व्यक्ति नभई फार्मेशी
सम्बन्धी ज्ञान नै नभएका अर्कै व्यक्तिले धमाधम औषधी बेची रहेको पाइएको छ |रौनियारले संचालन गरेको मेडिकल दर्ता गर्दा फार्मेशिको नाम सिद्दी बहादुर के सी को प्रमाण पत्र राखेर मेडिकल दर्ता गराएको भए पनी सिध्दी बहादुर के सी भने त्यहाँ कहिल्यै बस्दैनन् | नेपाल सरकारले जारी गरेको नेपाल फार्मेशी परिषद ऐन र औषधी बिक्रि वितरण संहितामा सम्बन्धित फार्माशिस्टले आफै वा आफ्नो निगरानीमा मात्रै औषधी बिक्रि वितरण
गर्ने भनेको छ| औषधी पसल दर्ता गर्न औषधी ब्यबश्था बिभागमा जाँदा पनी सम्बन्धित फार्मशिस्ट ले मेरो उपश्थितिमा वा मेरो निगरानीमा मात्रै औषधी बिक्रि वितरण गर्ने छु म नभएको समयमा औषधी पसल बन्द गरेर जानेछु भन्ने कबुलियतनामा गर्ने गरेको भए पनी सिद्दी बहादुर के सी रौनियार मेडिकलमा नभई उनी दाङ को गोलटाकुरी स्थित स्वाश्थ्य चौकीमा कार्यरत सरकारी स्वाश्थ्य कर्मचारी हुन् भने उनले आफ्नो फार्मेशी लाइसेन्स
मात्रै रौनियार लाइ प्रयोग गर्न दिएको पाइएको छ | फार्मेशी लाइसेन्स प्रयोग गर्न दिए वापत के सी ले वार्षिक मोटो रकम कामै नगरी रौनियार बाट लिने गरेका छन् नाम नबताउने शर्तमा तुलसीपुर बजारमा औषधी पसल संचालन गर्दै आइ रहेका एक ब्यापारीले हामि संग भने | यसै गरी मापदण्ड विपरित संचालन भइ रहेको अर्को मेडिकल हो ज्योति मेडिकल |याम बहादुर धौलाकोटि संचालक रहेको तुलसीपुर बजारको [ ग ] लाइनमा रहेको यो मेडिकलमा पनी अनधिकृत मान्छेले डाक्टरले मात्रै
प्रेसक्रिप्सन गर्न पाउने औषधी धमाधम प्रेसक्रिप्सन लेख्ने गरेको पाइएको छ | ज्योती मेडिकल एण्ड बिनोद प्याथोलोजी तथा तुलसीपुर पोलिक्लिनिक का संचालक याम बहादुर धौलाकोटी पेशाले अ हे व हुन् तर उनले एम बि बि एस एम डी गरेका डाक्टरले समेत बिरामी लाइ औषधी लेख्दा सोचेर मात्रै लेख्ने खालका औषधी हाकाहाकी
लेखी रहेका छन् भने उनको मेडिकलमा औषधी बिक्रि गर्ने मान्छे हरु समेत फार्मेशी सम्बन्धी अध्ययन नगरेका तर औषधी सम्बन्धी जानकारी भएका मान्छे मात्रै हुन् | मङ्सिर २९ गते हाम्रो स्टिंग अप्रेसन टिम त्यहाँ पुग्दा अनधिकृत मान्छे हरुले बिरामी हरुलाई औषधी बेची रहेका थिए |
धौलाकोटीले संचालन गरेको ज्योती मेडिकलमा औषधी बेची रहेकी फोटोमा देखिएकी इनलाई हाम्रो टिमले तपाईलाई औषधी बिक्रि वितरण गर्न पाउने अधिकार छ की छैन भन्दा उनी भागेकि थिइन् भने नाम समेत बताइनन |सरसर्ती हेर्दै जाँदा ज्योति मेडिकलका संचालक ले संचालन गरेको तुलसीपुर पोलिक्लिनिकमा पनी बेथिती र कानुन विपरित कार्य भएको पाइयो | पोलिक्लिनिकमा स्वाश्थ्य संस्था संचालन मापदण्ड २०७७ र स्वाश्थ्य संस्था स्थापना संचालन तथा स्तरउन्नती मापदण्ड सम्बन्धी
निर्देशिका २०७० मा भएका ब्यबश्था विपरित ५ वटा अस्पताल बेड राखेर बिरामी भर्ना गरेको पाइएको थियो |उक्त मापदण्ड र निर्देशिकाले पोलिक्लिनिक हरुमा अस्पताल बेड राख्न पाउने ब्यबश्था गरेको छैन | डाक्टरले लेखे जस्तो गरी औषधी लेखी रहनु भा छ तपाइँ लाइ प्रेसक्रिप्सन लेख्ने अधिकार छैन किन लेखी रहनु भा छ भन्ने हाम्रो प्रश्नमा धौलाकोटि ले आफु लाइ औषधी प्रेसक्रिप्सन लेख्ने अधिकार भएको कुरा बताए | तर यता स्वाश्थ्य संस्था संचालन मापदण्ड २०७७ र स्वाश्थ्य संस्था स्थापना
संचालन तथा स्तरउन्नती मापदण्ड सम्बन्धी निर्देशिका २०७० मा अ हे व ले सामान्य प्रकारका बाहेक सबै प्रकारका औषधीको प्रेसक्रिप्सन लेख्ने ब्यबश्था छैन | यसरी मानव स्वाश्थ्य जस्तो संवेदनशील कुरा लाइ नियमन गर्न बनेका ऐन,नियमावली र निर्देशिका लाइ वेवास्ता गरेर औषधी बेची रहेका औषधी पसले हरुलाई किन कारवाही गर्नु हुन् भनी तुलसीपुर उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल लाइ प्रश्न गर्दा अब निरीक्षण गरेर गलत तरिकाले औषधी बेच्ने लाइ कारवाही को लागी
सम्बन्धित निकायलाई सिफारिस गर्ने कुरा बताए | स्वाश्थ्य जस्तो संबेदनशील कुरामा यतिका खेलवाड भा रैछ अब त्यसो हुन् दीइदैन उनले अगाडी भने |पहिला पहिला मान्छे हरु औषधी नपाएर मरेको इतिहास देखिन्छ भने हाल मान्छे हरु औषधी खाएर मर्ने गरी रहेका छन् यस्तो हुनुमा दक्ष जनशक्ति बाट औषधी बिक्रीवितरण र औषधीको बिकार संम्बन्धी काउन्सिलिंग राम्रो संग नहुनुको कारण हो नेपाल फार्मेशी संघ दाङ का अध्यक्ष सुलभ अधिकारीले राप्ति पहिचान संगको कुराकानीमा बताए | यहाँ
औषधी पसल वाला हरुले अलिकती पैसाको लाभमा बिरामी लाइ धेरै औषधी खान भन्ने जस्ता कारणले पनी मान्छे औषधी खाएर मर्ने भए उनले भने | औषधी ऐन २०३५ ले औषधी बिक्री गर्न चाहिने शिक्षा लाइ वर्गीकरण गरेको छ जसमा औषधीको गुण र बिकार, ब्यबश्थापन, भण्डारण र उत्पादन सम्बन्धी पढाइ हुने गर्दछ, औषधी बिक्रि वितरण गर्न दक्ष जनशक्ति भनेको हालको कानुन अनुसार सबै भन्दा तल्लो दर्जाको फार्माशिस्टले ३ वर्षीय डिप्लोमा इन फार्मेशी पढेको हुनु पर्छ भने त्यो भन्दा ३ प्रकारका
फारमाशिस्ट रहने ब्यबश्था गरेको छ | [ B PHAM ] ब्याचलर इन फार्मेशी, ४ वर्षीय कोर्ष पुरा गर्नु पर्छ भने[ M- PHAM ] मास्टर फार्मेशी जो ब्याचलर फार्मेशी गरी सके पछीको थप २ वर्षीय कोर्ष पुरा गर्नु पर्ने ब्यबश्था छ| त्यस पछी को सबै भन्दा माथिलो दर्जा हो [PHAAM-D ]जसको ६ वर्षीय कोर्ष पढेर आउनु पर्ने ब्यबश्था छ |अधिकारी ले भने | तर यहाँ २०५४ साल भन्दा अघिको कानुनी ब्यबश्था अनुसार एक महिना फार्मेशी तालिम गरेका फार्माशिस्ट हरुलाइ पनी औषधी बिक्रि वितरण गर्न
औषधी ब्यबश्था विभागले अझै अनुमती दिन नछोडेकाले पनी औषधीको बिकार सम्बन्धी गम्भीर समस्या निम्ती रहेको छ नेपाल फार्मेशी संघ का जिल्ला सचिव दया ज्ञवाली ले हामी संग भने |पैसा कमाउनकै लागी औषधी ब्यबशाय गर्ने प्रवृतिले पनी स्वाश्थ्य क्षेत्रमा गम्भीर स्वाश्थ्य समस्या निम्ति रहेको कुरा ज्ञवाली बताउछन | उनका अनुसार ५ दिन खानु पर्ने एन्टीवायोटिक औषधी १०
दिन खान सुझाव दिने गरेर दुइ पैसाका लागी आफ्नो औषधी बिकाउने सोंचका साथ् मेडिकल ब्यबशायामा आएका अ-दक्ष मान्छे हरुले नै यो बिकराल समस्या आउनुमा जान अन्जान भूमिका खेली रहेको कुरा बताए| एन्टीवायोटिक औषधी मात्रा अनुसार खाएमा औषधीको रुपमा काम गर्ने तर मात्रा भन्दा बढी खाएमा सोलोप्वैजन जस्तै खराब गर्ने कुरा ज्ञवाली बताउछन |
सामाजिक न्याय<बेथिति विसंगती, भ्रस्टाचार, कानुनको उलंघन गर्ने जो कोहीका बिरुद्द उभिएको राप्ति पहिचान डटकम एउटा संचार ग्रिह हो यसको कर्तब्य सत्य तथ्य कुरा बाहिर ल्याउने हो र ल्याएको छ मानव स्वाश्थ्य जस्तो संबेदनसिल कुरामा खेलवाड मात्रै नभई खेलवाडको पराकाष्ठा नै देखा परेकाले कर्तब्य ठानेर ३ महिने अनुसन्धान र खोजी पछी यो समाचार बाहिर ल्याएका छौं राप्ति पहिचानका कार्यकारी सम्पादक एग्गे बहादुर बुढा मगर ले समाचार डेस्क लाइ बताए
अर्जुण बुढा मगर-===
दाङ १३ असोज २०७९, ७३ वर्षिय लक्ष्मी प्रसाद हमाल हातमा हंशिया लिएर गाँउको बाटो को छेउछाउमा उम्रेको झाडी फाँडदै देखिए भने साथमा ६८ वर्षका पुर्णप्रकाश गैरे पनी हमाल जस्तै हातमा हँशिया लिएर झाडी फाँड्दै छन। यता अर्को तिर गाँउका महिला पुरुष पनि त्यही
जम्मा भएका छन भने उनी हरुको हातमा कोदाला फरुवा बेल्चा र गैंती देखिन्छ र उनी हरु कसैले गिट्टी ओसारेर खाल्डा खुल्डी भाट्दै छन भने कसैले खनी खोर्सी गरेर बिग्रीएको आफ्नो गाँउको बाटो मर्मत गर्दै छन।दाङ जिल्लाको समथर भुमी भन्दा अलिक माथी
काँट काँटमा प्रत्येक साल दशैँ तिहार आउनु भन्दा केही दिन अगाडी यस्तो दृश्य देख्न पाइन्छ।शहरी क्षेत्रका मानिस हरुले आफ्नो घर अगाडि परेको एउटा खाल्डा पुर्न सरकार लाई रोइ कराइ गर्छन भने दुर्गम तथा ग्रामिण भेगमा बस्ने जनसमुदायले भने दशैँ आउनु अघि वर्षेनी
यसरी आफ्ना गाउँ घरका बाटाघाटा सरसफाइ र मर्मत गर्ने गर्दछ्न।यसपाली दशैँ अगाडी हामी तुलसिपुर ३ गहते श्थित मनकामना टोल बिकास संस्था का गाउँ हरुमा पुग्दा यस्तो दृश्य देखेका हौँ।मनकामना टोल बिकास संस्था का ६२ घर धुरी टोलवासी हरुले आफ्नो गाँउमा वर्षातले
बिगारेको बाटो मर्मत गर्दै थिए। केटा केटी हरु पनी सङ्ग सङ्गै रमाइ रहेका थिए।बालबच्चा हरु खुशी भएर रमाइ रहेको देख्दा लाग्थ्यो अब दशै आउन लागे छ। हामी ले बर्सेनि यसरी नै आफ्नो गाँउको बाटो सरसफाइ र मर्मत गर्ने गर्दछौँ मनकामना टोल बिकास संस्था का अध्यक्ष
बम बहादुर मल्ल ले राप्ती पहिचान लाई बताए।अघि पछी भए हामी पनी वडा नपा बाट डोजर मगाएर हाम्रो बाटो मर्मत गर्थ्यौँ तर दशै अघी एक पटक हामी हरुले कुनै कसै निकाय सङ्ग सहयोग नमागेर आफै मर्मत र सरसफाइ गर्दै आइ रहेका छौँ मल्ल ले अगाडी भने।
अस्ति र हिजो उर्दी फिराएर गाउको बाटो मर्मत गर्न आउनु जुट्नु भनेका थियौँ आज सम्पुर्ण टोल वासी उपश्थित भएर गाउको बाटो मर्मत गरि रहनु भएको छ टोल बिकास संस्था का सचिव भद्र बहादुर केसी ले हामी सङ्ग भने। यो हामीले परापुर्वकाल देखि गर्दै आएको
एउटा चिनारी ए संस्कार जस्तै काम हो यसलाइ जिबित र तरोताजा राख्न पनी हाम्रो टोलवासीले कुनै सरकारी निकाय सङ्ग सहयोग नमागेर आफ्नो गाउको बाटो आफै मर्मत सफाइ गरि रहेका छौँ टोल बिकास संस्था का कोषाध्यक्ष गोवर्धन बस्नेत बताउछ्न।हामीले त आव्हान
मात्रै गर्ने हो सबै काम गर्ने हाम्रा गाउका युवा हरु हुन बस्नेतले अगाडी भने।दशैँ विशेष सरसफाइ तथा बाटो मर्मत कार्यमा गाउका सबै युवा हरु पनी त्यहाँ उपश्थित भएका थिए।तुलसिपुर ३ मनकामना टोल बिकास संस्थाको गाँउमा देखिएको यस्तो दृश्य गाउको बाटो
सरसफाइ र मर्मत गर्ने काम मात्र नभइ हाम्रा रास्ट्रीय धार्मिक चाड पर्व लाई स्वागत गर्न तयार रहेको र अब हाम्रो धार्मिक चाड बडा दशै नजिकै हाम्रो गाउँ घरमा पस्न थालेको आभास झल्किन्थ्यो।
तुलसीपुर, २८ बैशाख । सत्तारुढ दल नेपाली कांग्रेस अहिले सत्तामा छ । देशको प्रधानमन्त्रीमा आफ्नै पार्टीका सभापति शेरबहादुर छन् । सुरक्षाको सम्पूर्ण बागडोर समहालेका गृहमन्त्री पनि कांग्रेसकै बालकृष्ण खाँड छन् । तर कागलाई बेल पाक्यो हर्सन विस्मात भने झै रुकुम पूर्वका कांग्रेस जिल्ला सभापति केशरमान रोकालाई भने रातमा निद्रा र दिनमा भोक छैन । उनलाई एउटै चिन्ता छ । कतै आक्रमणमा परेर अकालमै मर्नुपर्ने हो की । राजनीतिकै कारण ज्यान पो जाने होकी भन्ने चिन्ता मनमा पालेर बसेका छन् ।
असुरक्षाका कारण उनि घरमा बस्न बाध्य छन् । नेकपा माओवादीले चुनावी परिनाम आफ्नो पक्षमा पार्न एक महिना अघिदेखि कांग्रेसका कार्यकर्ता, नेताहरुलाई धम्क्याउने, खोजी खोजी आक्रमण गर्ने र प्रचारमा जान नदिने रणनीतिका कारण आफुलाई पनि सोही समूहले धम्की दिएको हुनसक्ने सभापति रोकाले आँकलन गर्नुभएको छ । टेलिफोन मार्फत घरबाट बाहिर निस्केमा ज्यानमार्ने धम्की दिएपछि सभापति रोका तनाव परेका हुन् । गाउँघरमा हिड्दा १५/२० जना कार्यकर्ताको बिचमा हड्निे गरेको सभापति रोकाले बताउँछन्
बैशाख १ गते नचिनेको नम्बरबाट फोन आयो । तैले धेरै चुरीफुरी गरेको छस । साला ज्यानको माया छ कि छैन ? छपक्क लाएर घरमा बस । फोनमा धम्की आउने वित्तिकै फोन काटे । तर फोन निरन्तर रुमपा आइरह्यो । नचिनेको फोननम्बर उठाउँदै उठाएन ।’ सभापति रोकाले भने ।
त्यस लगतै दाङमा पुगेर आफन्तकोमा ३ दिन बसेर रुकुम फर्कीएका सभापति रोकाले बैशाख ९ गते जिल्ला प्रशासन कार्यालयमा सुरक्षाकर्मी उपलब्ध गराईदिन भन्दै निवेदन दिएका थिए । तर जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले सुरक्षा समितिको बैठक बसेर मात्र निर्णय गर्न सकिने भन्दै फर्काइ दियो । सुरक्षाका लागि जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालयमा बारम्बार अनुरोध गरेका सभापतिले त्यहाँ पनि
सुनुवाई नभएपछि अहिले घरमै बस्न बाध्य भएका छन् । रुकुम पूर्वमा अहिलेसम्म करिब आधादर्जन आफ्ना नेताहरुमाथि आक्रमण भएको रुकुम काँग्रेसले जनाएको छ ।
प्रधानमन्त्री र गृहमन्त्रीेले फोन उठाउनु भएन : सभापति रोका
यस अघि फोन उठाउने पार्टीका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँडले फोन नउठाएको राेकाले गुनासाे गरे ।
‘महादीवेसनको समयमा फोन गरेको उठाउनु हुन्थ्यो । मिसकल गरेपनि फछि फोन गर्नुहुन्थ्यो । अहिले त फोन उठाउँनु हुँदैन् । उहाँलाई कुर्सी भए पुग्यो । आफ्नो स्वार्थ पुरा भए पुग्यो । हामीले त माओावदीसंग गठबन्धन गर्ने होइन भनेर बारम्बबार भनेका थियौ । तर सुनुवाई भएन ।’ सभापति रोकाले भने ।
सुरक्षा उपलब्ध गराउने अधिकार गृहलाई छ : सीडियो
यता जिल्ला प्रशासन कार्यालयले रुकुम पूर्वले व्यक्तिगत रुपमा सुरक्षा उपलब्ध गराउन नसिकने बताएको छ । सुरक्षा चुनौतिको विश्लेषण गरेर सुरक्षा उपलब्ध गराउन सकिने र त्यो पनि गृहमन्त्रालयबाट मात्रै सम्भव भएको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर खड्काले बताए । सुरक्षको माग गर्दै कार्यालयमा निवेदन पठाए पनि जिल्लाले त्यो काम गर्न नसक्ने प्रमुख जिल्ला अधिकारी खड्काकाे भनाई छ ।
दाङ जिल्लामा जनयुद्धको समयमा अवसर लिएर बाचेका र आज सम्म यो नेकपा माओवादी केन्द्रलाई यो या त्यो रूपमा विघटन गराउनमा लागेकाहरू
एक दर्जन जती सीसीएम छन। कार्यक्रता हरूलाई दुखदिनु र बदनाम गर्नु तथा सिनियर जुनियरको मन्त्र
जप्नु उनीहरूको जिवनशैली हो। यो कार्य गर्नका लागी सबै केन्द्रीकरण हुने उनीहरूको सामुहिक विषेशता हो। फिल्डमा काम गर्नेलाई पाखा लगाई आफ्नो दलाल नेता बनाउनु उनीहरूले सिकेको जनयुद्ध देखी आज सम्मको वैज्ञानिक विशेषता हो। छोटोमा यी विशेषताहरूका कारण २०६४ पछीका निर्वाचन हरूको परिणामले आज सम्म दिनको घाम झै छर्लङ
देखाएकै छ। खास गरी यसको प्रयोगथलो तुल्सीपुर र बवई सारमा समग्र पस्चिमको नेतृत्वलाई ध्वस्त बनाई आत्मरती लिनु र कसैलाई स्थापित हुन नदिनु सारतः
कार्यकर्ता र नेतृत्वमा सुनियोजित अन्तरविरोध हाली केन्द्रीकरण हुन पनी नदीनु ती सिसीएम हरूको जिवनचर्या हो। त्यसो गर्न नपाय उनीहरूलाई खाएको पनी पच्दैन अर्को कुरा पश्चिममा पार्टी बन्न र नेतृत्व स्थापित भएको खण्डमा
आफ्नो विसर्जनको स्वर्ग भत्किने भएका कारण यस्को निरन्तरता उनीहरूको सामुहिक आवसयकता
भने हो। छोटोकुरा आज युद्ध भएको भए यती भन्दा कार्वाही हुने र भन्न पछी नपरि सही कुराको उजागर गर्दा कार्वाहीको सामना गरेरै आएका तथा
अर्को बाहानाको शान्तिकालीन अस्त्र प्रयोगमा पनी सिपालु तर परिवर्तनको नेतृत्व गर्न नस्क्ने सधै धर्मराउने अराजनीतिक शक्तीले सधै आफ्नो अस्तित्व रक्षाका लागी शान्तीकाल
पछी परिवारवादमा फसेको छ। यस प्रकारको नेतृत्वबाट समाजवादी क्रान्ति र आगामी चुनावमा
विजय हासील गर्ने कुरा आकासको फल हो त्यसैले नयाँ आधारमा
एकताबद्ध भएर हामी आफ्नो स्थानलाई सुरक्षित गर्न सक्छौ। यदी पुनः अब त्यो पुरातनवादी
सीसीएम हरूबाट विगतको उनीहरूको तरिका फिल्डमा देखा परेको खण्डमा डटेर मुकाविला गर्न पस्चिम देखी पुर्व पनि तयार भएन भने परिणाम सकारात्मक हात
लाग्नेवाला छैन।मालेमावाद र G.P.C.R.को अभीष्ट विरोधीहरूलाई 21औ शताब्दीमा ठेगान लगाएरै जान सक्नु आजका सही विचारका हिमायती हरूको दायीत्व काधमा आएकोछ।
प्रतिक्रियावादीहरु ससक्त भयका समयमा परिवर्तनकामीहरू एक ढीक्का भयर अगाडी बढन नस्कनु पनी अर्को रूपको प्रतिक्रियावादी दृष्टिकोण र चरित्र हो भनेर नेपालमा भ्रमीत हुनेहरूको संख्या पनी कम छैन। यो या त्यो रूपले प्रतिगमनलाई सहयोग पुर्याउने अनी आफु राम्रो अरु
खराव देख्ने हामीसंग सारतः तिनवटा तरिकाहरू छन। ती तरिकाहरूलाई जबसम्म सच्याउने हैसियत राख्दैनौ तब सम्म प्रतिक्रियावादीहरूको असामाजिक हर्कत अगाडी बढी रहने छ।
पहीलो कुरा कुनै पनी पार्टी या संगठनको जीम्मेवारीपुर्ण अंगमा बसी कुनै पनी सक्रीय गतिविधी अगाडी बढाउन नसक्ने तर त्यो जिम्मेवारी नपाउँदा सम्म पहाडै
उचाउछ की जस्तो सक्रीयता प्रदर्शन गर्ने। यो आजको संगठनमा रहेको खतरनाक प्रतिक्रान्तिको संकेत हो। हामीहरू बेलैमा सचेतना र
संगठनलाई पुनर्विचार गर्न सकेनौ भने रूस र चीन लगायत अन्य मुलुकहरूमा जसरी क्रमसः सजिलो तरिकाबाटै प्रतिक्रियावादमा पतन बनाईयो सोही तरिका हाम्रा अगाडि पुर्णता दीन मात्र बाँकी छ।
दोश्रो कुरा पार्टीको तलको जिम्मेवारीमा नबस्ने,माथीको अपेक्षा राख्ने, तलकालाई नपत्याउने नेताको दलाली गर्ने र संगठनको सहयोगीका
रूपमा काम गर्छु भनी सारतः सराप्दै हीडने जुन चरित्र मौलायर आयको छ यो पनी घुमायरै प्रतीक्रयाबादलाई आत्मसाथीकरण नै हो। यी चरित्र
हरूले आकार ग्रहण गरिसकेका छन हामीहरूले समयमै सुद्दिकरण अभियान मार्फत सही तरिका अवलम्बन गर्न सकेनौ भने यो जती खतरनाक प्रबृती संगठन समाप्त गर्नलाई अरू केही खोज्नै पर्ने छैन। उनीहरूलाई नीरन्तर एथास्थितीमा राखे मात्रै प्रतिगामी हरूको मिसन पुरा हुने छ। तेश्रो कुरा आफ्नो घर सुधार ठुलो की संगठन भनेर बहस
चलाउनेहरू, कम्यूनिष्टहरू अब काम लाग्दैनन् भनेर फेसबूक बाटै राजिनामा पेश गर्नेहरू,एकलै सकीनेवाला छैन भनेर हीडने कतैन कतै आत्मसमर्पण गर्न खोज्नेहरू र
सगठनबाट थाकी धेरै पर पुगेका तर आफुलाई अब्बलको धाकलगाउन नथाकेकाहरू पनी सारतः सांगठानिक हीसावले संगठनका धमीराहरू न हुन। उनीहरूबाट समाजमा सहयोगको अपेक्षा राख्नेहरू झन उनीहरू भन्दा खतरनाक प्रतिक्रान्तिकारीहरू हुन। आज समाजमा विकसित परिस्थितिको कतैबाट पनी सामना
गर्न नसक्ने यी तत्वहरुसंग हरेक संगठन सचेत हुन जरूरी छ। हाम्रो समाजमा उदय भयको प्रतीगमनका विरूद्ध लडनलाई एउटा साझा
विचारधारात्मक मोर्चाको आवसयकता त छ त्यो मोर्चा भावी मार्गदर्शन संग जोडेर मात्र लीन सकीन्छ।सारमा एकले अर्कोलाई उपयोगको रणनिती लियर हीडदा सम्भव छैन बरू परस्पर सहयोगी आजको आवसयकता पुरा गर्नका लागी आजको वर्ग धरातलमा आयको बदलाव मुख्य कारण बन्दै छ। जस्का कारण अन्यौलता बढेर जानु पनी
अन्यथा हामीहरूले लिन हुदैन। उत्पीडित बर्गमा विचारधारात्मक कार्यदिशाको अभाव हुनु र सम्भ्रान्त वर्गले आफुलाई गुणात्मक रूपमा
सुधार गरिरहेको वर्तमान संदर्भमा जुन
अन्तरविरोध देखा परेको छ त्यसलाई क्रस गरेर बढनका लागी पनी छीटो भन्दा छीटो विचारधारात्मक संश्लेषणको खाँचो छ। तत्कालका लागी संगठन भित्र देखियका माथीका तिन खराबीहरू सच्याउन सक्ने हैसियतमा आन्तरिक विकास गर्न जरूरी छ त्यस पछी मात्र विचारको संश्लेषण सहित सही कार्यदिशाको
अवलम्बन गरिनु पर्दछ। त्यसमा हाम्रो आधारभूत वर्ग जसरि विचलन उन्मुख छ त्यससंग एकीकृत र संगठित गरेर कार्यदिशामा सहयोगी वनाउन पर्नेछ।
जस्लाई मुक्ती चाहीयको छ त्यो वर्ग नै हामी विरोधी बन्ने अबस्थामा हाम्रो संश्लेषित कार्यदिशा पनी काम लाग्नेवाला छैन। यसैले सबै गम्भीर बनेर सोचौ भविष्य सुनिश्चित गर्न सही मार्गदर्शनको खोजीमा एकीकृत भयर होमीऔ।
नेपालका mcc हरूले नपुगी विदेसको mcc आज नेपालमा कीन खोजी हुदैछ। एक दर्जन जती त नेपालकै mcc ले भनेजती आफ्नो लगानी गर्न पाईरहेका छैनन् र आफ्नो अकुत सम्पत्ति विदेसीबैकमा राखेका छन त्यही रकम आज अमेरिकी mcc को नाममा सुरक्षित ढंगले परिचालन
गर्ने दाउमा छन। आफ्नो मनपरी साम्राज्य विस्तार गर्न नपाईरहेका समयमा के नेपाली mcc असफल भयर हो। विदेसी mcc ल्यायर नेपालको हरिविजोग बनाउन नेताहरू कीन तम्सेका होलान।देश ब्यापी सर्वत्र विरोध छ तर पनी पास गरिछोडने कुरा भने कम जब्बर ढंगको छैन। नेपालको जनविरोधी सरकारका कुरा अली पछाडी गरौला आज नेपाललाई नै कंगाल बनाउने गरी नेपाली जनताको करबाट मात्तीयकाहरूको बारेमा छोटो चर्चा आजको आवसयकता ठानियो र लेख्ने
उत्सुकता मलाई जाग्यो।
नेपाली भुमीमा आजसम्म रजाई गर्नेहरूमा नेपालको अदालत,नेपाली सेना, नेपाल प्रहरी,नेपालका कर्मचारी,नेपालको अख्तीयार दुरूपयोग अनुसन्धान आयोग,नेपालका जेलहरू,नेपालका ठेकेदार भनाउदाहरू, विदेसीका आडमा चलेका उध्धोगपतीहरू, नेपाल आएल नीगम, नेपालको ट्राफिक पुलिस, नेपाल वायुसेवा निगम लगायत धेरैका पछाडी देशलाई अग्रगमनतिर नभैपस्चगमनतिर लिने नेपाली mcc मा नेपाल सरकार
पर्दछ। हामीहरूले राज्यसत्ताको परिवर्तन कीन गर्न सफल भयनौ के सम्भव छैन भयर नै सत्ता परिवर्तनका नयाँ विचार संश्लेषणहरू भय त्यसैले हामीहरूले मुक्ती या मृत्युको कसम खायर आगाडी बढन बिर्सेका छैनौ। आज नेपालमा अमेरीकी mcc ल्याउन यी सबै तयार न छन तर जनताहरूको डरले मात्र रोकीयको कुरा सत्य हो अन्य सबैकुराहरू जे जसरी आयका छन भ्रम न हो। नेपाल देशलाई खोक्रो बनाउने यी माथीका एक दर्जन नेपाली mcc हरूलाई
जनताहरूले वचाउ गर्नु छैन। कीनकी आफैले बनाएको खोक्रो रूपलाई ब्यबहारिक हीसावले अमेरिकी mcc ले बनायको हो भनी आफु सबै बाच्ने रणनैतिक योजना भने अवस्य हो हामीहरूले अमेरिकी mcc रोक्दै नेपाललाई कंगाल बनाईसकेका नेपाली यी सबै mcc हरूलाई पानीमुनी गयपनी नछोडने नेपाली जनताको अवको रणनिती हुन जरूरी छ। उच्च ओहदामा रहेका संघ देखी स्थानिय सम्म सवैको सम्पत्ति राष्ट्रियकरण गरि उनीहरूलाई जिवन जिउनका लागी सामुहिक
ब्यबस्थापनको योजना अवलम्बन गर्न आवसयक भै सक्यो। सामूहिक जिवन जिउने तरिकाको विकास र थालनी भोकानागाहरूबाट होईन उच्च ओहदाबाट नै सुरू गर्ने 21औ शताब्दीको तरिका हुनुपर्छ। यो कुरा नमान्नेहरू उच्च ओहदाका नेपाली mcc हरू हुन भन्नेमा हामी के भ्रममा होऔला र! के प्रमाणित भै सक्यो भने अमेरिकी mcc आउदा नेपाली mcc वालाहरूलाई घाटा पर्ने भय त विरोध गर्थे किन आज सर्वसाधारणको मात्र सडक देखी संजालमा विरोध छ त। जनताहरूको इमान्दार नेतृत्व गर्न
चाहने राजनैतिक सक्ती बाहेक आज एक जुट भयर अनुमोदनको अन्तीम तयारी गर्दैछन। यो समय जनता जाग्नेवेला हो सुतेर बस्दा देशमा स्वाभिमानी नागरिकको औचित्य सकियको हुनेछ पछी पुछुताउनु भन्दा अर्को हात केही लाग्दैन।
अन्तीम कुरा आजको हाम्रो जनविरोधीसरकारले यी कुराहरू लियर जनतामा आयको खोई ? जनताप्रती उत्तरदायी सरकारले राष्ट्रहित विरोधी काम र अनुदान आउदा जनताप्रती किन जीम्मेवारीपुर्ण तवरले पेस भयन र अझै
जनताहरूलाई दीगभ्रमित बनाउदै छ यी यावत कुराहरूले गर्दा आजको सरकार देश र जनताविरोधी तथा राष्ट्रघाती सरकार नै हो भन्ने कुरा ब्यबहारमा प्रमाणित हुन्छ। कुनै एक नेता र केहीदलको जिम्मेवारी पुर्णकदमले मात्र राष्ट्रघाती संझौता रोकीयो भने त सबै जनताहरू एकतावद्ध भएर उसकै नेतृत्वमा समाजवादी क्रान्तिको
झण्डा बोकेर अगाडि वढ्न रोकीन्छौ भने हामी जनताहरू पनी प्रतिगामी भयको त्यसवेला प्रमाणित होला तर आज त्यो सक्तीको खाँचो त
जनतालाई छ कस्ले पुरा गर्छ त्यस्को बारेमा जानकारी गराउने हामीहरूको कर्तब्य हो। हो आज वैदेसिक mcc भन्दा स्वदेसी mcc बाट देश बर्वाद भैसकेको छ । नागो जमीनमा देखियको अमेरिकी मोडलको mcc भन्दा हरियो घाॅसमा लुकेको नेपाली mcc दसौगुणा खतरा कोशी, गण्डकी हुदै महाकालिमा अस्तायको तर आज उदाउदै गरेको राष्ट्रघातले हामीलाई सदाको निम्ती वैदेसिक दाश बनाउदै छ।थोरै सचेतनाका लागी जानकारी आजको आवस्यकता ठानेर जनता विच पुर्याउने चेस्टा गरेको छु।म सधै जनताहरूको साथमा रहेर
परिस्थितिको बारेमा जानकारी गराउने मात्र सत्य कुरा नठानी जनताहरूसंगै एकाकार हुदै जनताहरूका दुष्मनहरूसंग लडने छु। इतिहासमा अली एक्लै लडने कोसिष पनी कमजोर त थियन अबको संयुक्त पहलकदमी त्यो भन्दा सक्तिसाली हुनेमा विश्वस्त छु।
रुकुम । सात दिनदेखि हिउँमा फसेका रुकुमपूर्वका १४ मजदुरलाई उद्धार गरिएको छ । रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका वडा नम्बर २ पेल्माको घुसदुङमा १४ जना मजदुरहरु सात दिनदेखि हिउँमा फसेका थिए ।
गाउँपालिकाको वडा नम्बर २ मा सडक निर्माणका लागि खटिएका कामदारहरु गएको १३ र १४ गते बाक्लो हिउँ परेर जमेपछि बसिरहेकै ठाउँमा फसेका हुन् । गाउँपालिकाबाट परेको योजना अन्तर्गत बाटो निर्माणमा खटिएका उनीहरु बाक्लो हिउँका कारण आउन सकेका थिएनन् ।
वडा नम्बर २ पेल्मा गाउँका जोकप्रशाद बुढा, औँसी बुढा, विशाल बुढा, दयालाख कामी, रमजित कामी, जानी बुढा, कृष्ण बुढा, दीपक कामी, सुनिल झाँक्री, जुनदेवी झाँक्री, प्रेमबहादुर कामी, बहादुर बुढा, नवीन बुढा, नान्तेन पुन सात दिनदेखि ओढारमा बसेका थिए ।
उनीहरुको हेलिकप्टर मार्फत उद्धार गरिएको रुकुम पुर्बका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए । सुरुमा हिउँ पग्लेला र जाउँला भनेर खबर नगरेको र पछि बाक्लो हिमपात भएपछि गोठ वा ओढारको सहायतामा बसेको उनीहरुको भनाइ छ ।
रमा बुढा मगर-===
तुलसिपुर २६ साउन २०७८, एक जना ६४/६५ वर्ष जतिकि देखिने महिलाले एउटी ४/५ वर्ष जतीकी बालिका को हातमा चक्कु थमाएर कुर्सीमा राखिएको वर्थ डे केक तर्फ इसारा गर्दै भन्दै थिइन लौ केक काट नानी, अब केक काट नानी। केक काट भनी रहेकी महिलाले आफुले आफैलाइ हाँसी खुशी देखाउने चेस्टा
गरी रहेको भए पनी उनलाइ राम्ररी नियालेर हेर्दा उनी भित्र कसैको गहिरो सम्झना, कसै प्रतीको मायाँ र त्यस बाट उत्पन्न हुने पिडा सहजै झलझली बली रहेको देखिन्थ्यो। महिला सङ्गै थिए एक जना ६५/६६ वर्षका पुरुष। उनी पनि केटा केटी सङ्गै रमाउन लागेको जस्तो देखिए पनी भित्री आँखाले हेर्दा उनले पनि केही गुमाए
जस्तो, केही कुरा नभेटाए जस्तो, कोही कोही नभएको जस्तो महसुस गरेको कुरा प्रस्टै देख्न सकिन्थ्यो। अझ भन्ने हो भने कैयन पटक ती दुवै जनाका आँखा रसाउलान रसाउलान जस्तो पनि देखिन्थ्यो। तर दुवै जनाले आफुले आफैलाइ सम्हाली रहेका थिए।
यो हृदयविदारक दृश्य तुलसिपुर श्थित स्यानी चौधरी ले संचालनमा ल्याएको दिदी घर नामक अनाथ आश्रम्मा देखिएको हो। सो अनाथ आश्रम मा आज तुलसिपुर बजारमा पालपाली मेडीको फर्मा संचालन गर्दै आइ रहेका शिव श्रेस्ठ र उनका पत्नी बिना श्रेस्ठ आफ्ना एक मात्र छोरा स्वर्गीय सुबिन श्रेस्ठको ३७औ जन्मदिन मनाउन पुगेका थिए।
हाम्रो एक मात्र सन्तान सुविन श्रेस्ठको जन्म २०४१ साल साउन २६ गते आजकै दिन भएको थियो तर २०७४साल कार्तिक ५ गते उनलाइ भगवान ले हामी बाट खोसेर लगे आफुले आफैलाइ सम्हाल्दै स्व- सुबिन श्रेस्ठ का आमा बिना श्रेस्ठले भारी मन लगाउदै भनिन।
बुहारी हामी सङ्गै दुख कस्ट काटी रहेकी छिन उनकै मुख हेरेर चित्त बुझाइ रहेका छौँ उनले अगाडि भनिन। स्वर्गीय पति सुविन श्रेस्ठ कि पत्नी भावबिह्रल भइ दिदी घर पुग्न सकिनिन भने भित्र भित्रै छ्टपट्टी रहेको भए पनि सुविन का बाबू शिव श्रेस्ठले भने आफुले आफुलाइ अचम्म सम्हाली रहेका थिए।सुविन श्रेस्ठको फोक्सो को क्यान्सर का कारण ३७ वर्षकै कलिलो उमेरमा मृत्यु भएको थियो।
श्रेस्ठ दम्पती ले स्वर्गीय छोरा सुविन श्रेस्ठको सम्झनामा दिदी घरमा आश्रीत ४ वर्षिय पुजा श्रेस्ठ को लालन पालन शिक्षा स्वाश्थ्य लगायत सम्पुर्ण खर्च बेहोर्ने घोषणा गरेका छन। मैले संचालन गरेको दिदी घरमा आश्रीत पुजा श्रेस्ठ लाई उसले पढ्न सके जति पढाइ दिने, खान बस्न स्वाश्थ्य उपचार खर्च समेत बेहोर्ने गरि
हाल वार्षिक ५० हजार रुपैयाँ उपलब्ध गराउने कुरा भएको छ दिदी घर नामक अनाथालय संचालक स्यानी चौधरीले राप्ती पहिचान लाई बताइन। राप्ती पहिचान डटकम को २०७८/ साउन २६ गतेको दोस्रो अंकले स्वर्गीय सुविन श्रेस्ठ प्रती श्रद्वान्जली अर्पण गर्दछ।
©2023 Rapti Pahichan. All rights reserved.