देउखुरी,१३ असोज /
दाङको लमही नगरपालिकामा कार्यपालिका सदस्यहरुले आन्दोलन गरेका छन् । आफु अनुकलको प्रमुख प्रशासकिय अधिकृतको माग राख्दै लमही नगरपालिकाका नौ वटै वडा सदस्य र कार्यपालिका सदस्यहरुले लमही नगरपालिमा चरणबद्ध आन्दोलन गर्ने बताएका छन् ।
विहिवार लमही नगरपालिकामा पत्रकार सम्मेलन गर्दै वडा अध्यक्षहरुले प्रमुख प्रशासकिय अधिकृत गहेन्द्र वहादुर डाँगी सरुवा हुन नखोजेको र प्रमुख प्रशासकिय अधिकृतको रुपमा देवेन्द्र प्रसाद क्षेष्ठ कार्यरत रहेकाले डाँगीलाई हाजिर नगराउन माग गरेका छन् ।
लमही नगरपालिकका प्रमुख प्रशासकिय अधिकृतको सरुवा गर्ने विषयमा मेयर उपमेयर र अन्य कार्यपालिका सदस्य विभाजित भएका छन् । कार्यपालिका सदस्यहरुले मेयर उप मेयरको सक्रियतामा गेहेन्द्र बहादुर डाँगीलाई पुनःलमही नगरपालिका ल्याउन पहल गरिएको भन्दै मेयर उपमेयरको आलोचना समेत गरेका छन् ।
पत्रकार सम्मेलनमा लमही नगरपालिका प्रवत्ता तथा लमही नगरपालिका वडा नं ७ का वडा अध्यक्ष मोहन गिरीले डाँगी लमहीमै बस्न खोजे चरणबद्ध आन्दोलन गर्ने बताउनुभयो ।
पहिलो चरणमा लमही नगरपालिकामा धर्ना, दोस्रो चरणमा नगरपालिकामा तलावन्दी गर्ने र तेस्रो चरणमा सम्पुर्ण वडा कार्यालय बन्द गर्ने सम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन । लमही नगरपालिकामा दुइवटा कार्यालय प्रमुख भएका छन् ।
देवेन्द्र श्रेष्ठ र गेहेन्द्र डाँगी प्रमुख प्रशासकिय अधिकृतको रुपमा दुइजना वहाल रहनु भएको छ । श्रेष्ठ कार्यकक्षमै काम गरिरहदा डाँगीले बुधबार लमही नगरपालिकामै हाजिर गरी विदामा बस्नु भएको छ ।
गहेन्द्र वहादुर डाँगीले सरव प्रक्रिया मन्त्रालयबाट हुन भएकाले यो विषयमा आफुलाई जानकारी नभएको दिदै आफुले लमही नगरपालिकामा हाजिर गरेको बताउनुभयो । यस विषयमा लमही नगरपालिका प्रमुख जोगराज चौधरी र उप मेयर लक्ष्मि योगी सम्पर्क आउन चाहनु भएन
बुटवल, १ असार ।
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीमाथि छनबिन गर्न लुम्बिनी प्रदेश सरकारले कार्यदल गठन गरेको छ । बुधबार लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।
यस्तै समितिको सदस्यमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्तीमगर, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहेका छन् ।
हिमाल बिश्वकर्मा तुलसिपुर/ वीर बहादुर बिश्वकर्मा शान्तिनगर, अज्ञात सिरोही घोराही बाट।
दाङ १२ बैशाख २०७८, बैशाख ३० मा हुने स्थानिय निर्वाचन का लागी सातारुढ दल हरु बिच गठवन्धन गरी चुनावमा जाने समझदारी भए पनी दाङको १० वटा पालिका मध्य दुइ पालिका बाहेक ८ वटा पालिकामा गठवन्धन को गाँठो फुक्न सकेन। जिल्लाको घोराही र
बंगलाचुली गाउपालिकामा गठवन्धन दलले समझदारीमा वडा तथा पालिका प्रमुख बाँडफाँड गर्न सफल भए पनी अन्य पालिकामा भने आ आफ्नै दलका उमेदवार हरुले मनोनयन दर्ता गराएका छन। गठवन्धन हुन नसकेका पालिका हरु शान्तिनगर गा पा, बबइ गा पा, दंगिशरण गा पा, लमही नपा, राजपुर गापा, राप्ती गापा, गढवा गापा र
तुलसिपुर उपमहानगर रहेका छन। तुलसिपुरमा गठवन्धन दल बाट मेयर पदका उमेदवार नेपाली काँग्रेस का गेहेन्द्र गिरि र उप मेयर पदका उमेदवार नेकपा एकीकत समाजवादीका जोग बहादुर रानाले मनोनयन दर्ता गराएका छन भने वडा अध्यक्ष र सदस्य हरुको बारेमा अझै कुरो मिल्न सकेन।यस्तै दाङको शान्तिनगर
गापा मा गठवन्धन हुन नसके पछी त्यहाँ गठवन्धन मध्यको दल नेकपा माओवादी केन्द्र ले एकल उमेदवारी दर्ता गराएको छ। माओवादी केन्द्र शान्तिनगरले मोहनलाल वली गापा अध्यक्ष,राधिका परियार उपाध्यक्ष र ७ वटै वडामा अध्यक्ष र सदस्य पदमा एकल उमेदवारी दर्ता गराएको छ। त्यस्तै जिल्लाको बबइ गापा मा पनी
माओवादीले एकल उमेदवारी दर्ता गराएको छ। माओवादी केन्द्रले बबइ गा पा मा पार्टीको तर्फ बाट भिम बहादुर वली लाई अध्यक्ष र उपाध्यक्ष मा अञ्जु घर्ती लाई सिफारिस गरी मनोनयन दर्ता गर्न लगाएको छ। त्यस्तै दंगिशरण गापा मा माओवादीले एकल उमेदवारी दिँदै
मणिराम चौधरि लाई अध्यक्ष र बिनिता चौधरी वली लाई उपाध्यक्ष पदमा मनोनयन दर्ता गर्न लगाएको माओवादी ले लमही नपा मा बसन्तराज शर्मा बिक्रान्त लाई मेयर पदमा र उपमेयर पदमा गंगा पाण्डे र ९ वटै वडामा एकल पार्टीका उमेदवार लाई मनोनयन दर्ता गर्न लगाएको छ।त्यसै गरि राप्ती गाउपालिकामा माओवादी र जनमोर्चा
बिच मात्रै गठवन्धन भएको छ।सो गापा मा माओवादी केन्द्रको तर्फ बाट अध्यक्ष पदमा प्रकाश बिस्टले मनोनयन दर्ता गराएका छन भने उपाध्यक्ष पदमा जनमोर्चाका केशव खनालको उमेदवारी परेको छ भने ९ वटा वडा मध्य जनमोर्चा ले १ नं र ४ नं वडा पाएको छ भने बाँकी ७ वटा वडामा माओवादीको तर्फ बाट वडा
अध्यक्ष को उमेदवारी परेको छ।त्यस्तै गढवा गापा मा माओवादी ले यमनारायण पोख्रेल अध्यक्ष पदमा उमेदवारी दिएको छ भने एकीकत समाजवादी कि शान्ती चौधरी ले उपाध्यक्ष पदमा,राजमो ले वडा हरुमा उमेदवारी दिएको छ।यसै गरी राजपुर गापा मा माओवादीले मात्रै एकल उमेदवारी दिएको छ।गापा
अध्यक्षमा चक्र बहादुर खडकाले उमेदवारी दर्ता गराएका छन भने उपाधक्षमा माओवादीकै पुष्पा यादवले उमेदवारी दिएकी छिन।यस्तै जिल्लामा गटवन्धन दल हरुको समझदारीमा उमेदवारी दर्ता भएका दुई पालिका मध्य बंगलाचुली गापा र घोराही उपमहानगर रहेका छन। घोराही उपमनपा मा माओवादी पार्टीका मेयर पदका
उमेदवार हेमराज शर्मा ले र उप मेयर पदका लागी नेपाली काँग्रेस का भुप बहासुर डाँङ्गिले उमेदवारी दिएका छन।त्यस्तै घोराही उपमनपा को १९ वडा मध्य नेका ले १३ वटा वडा,माओवादी ले ४ वडा र एकीकत समाजवादी ले २ वटा वडामा उमेदवारि दिएको कुरा घोराही बाट राप्ती पहिचान डटकम का कानुनी
सल्लाहकार अधिवक्ता लुम बहादुर कार्की ले हामी लाई बताए।यसै गरी बंगलाचुली गाउपालिकामा पनी सहमती कै आधारमा मनोनयन पत्र दर्ता भएको छ। त्यस पालिकामा माओवादी केन्द्र बाट सुभाष पुन अध्यक्ष ,
लमही २६ – कात्तिक । ट्रकले ठक्कर दिएर स्थानीय तीन जना युवाहरुको ज्यान गएपछी स्थानीयले लमही भालुवाङ सडक अवरुद्घ गरेका छन् । गयराति मौरीघाटमा ट्रक र मोटरसाइकल ठोक्किदा तिनजना किशोरको घटनास्थलमै मृत्यु भएको थियो ।घटनास्थलबाटबाट पल्टिरहेको ट्रक उठाउन लगेकोले पिडित पक्षहरूको सहमित बिना शब उठाएको भन्दै पिडितहरूले लमही भालुवाङ सडक खण्डको मौरीघाटमा सडक अवरुद्ध गरेका हुन् । घटनास्थलमा प्रहरी र पिडित पक्ष विच छलफल भइरहेको छ । लमही भालुवाङ सडक खण्डमा ढुंगा राखेर बाटो अवरुद्ध गरिएको छ साथै कुनै अप्रिय घटना नहोस भनेर व्यापक सुरक्षाकर्मी परिचालन भएका छन स्थानीयद्वारा लमही भालुवाङ सडक अवरुद्ध।
लुम्बिनी प्रदेश सभाको हिउँदे अधिबेशन चल्ने भएपछि राप्ती प्राविधिक शिक्षालय लालमटियामा रहेको कोरोना आइसोलेसन अस्पताल बन्द हुने भएको छ । मंसिर १ गतेदेखि आईसोलेसन बन्द हुन लागेको हो । शिक्षालयको आइसोलेशन सेन्टर बन्द हुने भएपछि देउखुरीका चार स्थानीय तहले आफै छुट्टा-छुट्टै आइसोलेशन बनाउने तयारी थालेका छन् प्रदेशसभाको अधिवेशन चल्ने भएपछि शिक्षालयको आइसोलेशन सेन्टर बन्द।
लमही नगरपालिकाले सहिद नेत्रलाल अभागि स्मृति प्रतिष्ठानको भवनलाई आइशोलेसन केन्द्रको रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण तथा रोकथामको लागि स्थापना सहिद नेत्रलाल अभागि स्मृति प्रतिष्ठानको भवनमा रहेको क्वारेन्टाइनलाई आइशोलेसन केन्द्रको रूपमा सञ्चालन गर्ने निर्णय गरेको लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले जानकारी दिए ।
सोमबार लमही नगरपालिकाको विपद व्यवस्थापन समितिका संयोजक कुलबहादुर केसीको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै लमही नगरपालिका क्षेत्र भित्र उपभोक्त, व्यापारी तथा आम नगरबासीलाई पालना गर्नुपर्ने जनस्वास्थ्य अत्यावश्यक मापदण्ड अनिवार्य रूपमा पालना गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले तिहारको अवसरमा आम नगरबासीलाई शुभकामना दिदै, दिपावलीको अवसरमा यसपटक (कोभिड १९) को संक्रमणलाई मध्यनजर गर्दै, देउसी भैलो खेल्ने, खेलाउने कार्य नगरी घरमै बसेर स्वास्थ्य सुरक्षाका मापदण्डअनुसार दिपावली मनाउन आम नगरबासीलाई अनुरोध गर्ने निर्णय गरेको लमही नगरपालिकाका प्रवक्ता बिमबहादुर केसीले जानकारी दिए ।
तुलसीपुर, २३ कात्तिक । दाङमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । शनिबार तुलसीपुरका २ जना संक्रमितको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १९ पुगेको हो । साथै दाङमा अहिले ४४९ सक्रिय संक्रमित छन् । स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार सक्रिय संक्रमित मध्ये तीन सय ८१ जना होम आईसोलेसनमा बसेका छन्, भने ६८ जना संस्थागत आईशोलेसनमा रहेका छन् । हाल सम्म जिल्लामा २ हजार ४४९ जनामा कोरोना पुष्टि भएकोमा १ हजार नौसय ८१ जना कोरोना मुक्त भएका छन् ।
लुम्बिनी प्रदेश सरकारले आफ्नो प्रमुख प्रशासनिक केन्द्र राप्ती गाउँपालिका मौरीघाटस्थित राप्ती प्राविधिक शिक्षालयलाई केन्द्र मानेर बनाउने तयारी गरेको छ । त्यसको सुरुवात स्वरुप बुधबार मुख्यमन्त्री कार्यालयमा राप्ती गाउँपालिका, राप्ती प्राविधिक शिक्षालय र गढवा गाउँपालिकाका प्रमुखलगायतसंग छलफल भएको छ ।
छलफलमा राप्ती प्राविधिक शिक्षालयले ओगटेको १६ बिघा क्षेत्रफल प्रदेश राजधानीका लागि ‘प्राइम लोकेसन’ भएको ठहर प्रदेश सरकारले गरेको छ । त्यही क्षेत्रमा स्थायी संरचना बनाउनका लागि शिक्षालयलाई अन्यत्र स्थानान्तरण गर्न प्रक्रिया अघि बढाउनेबारे छलफल भएको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बताए । प्राविधिक शिक्षालयका प्रतिनिधि र त्यहाँका पालिका प्रमुखहरुले आफूहरु प्रदेश सरकारलाई शिक्षालयको संरचना र जग्गा दिन तयार रहेको प्रतिवद्धता जनाएको राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले बताए ।
‘मुख्यमन्त्री कार्यालयले बोलाएर गएका थियौं, राप्ती प्राविधिक शिक्षालय अन्यत्र सारेर भवन र जग्गा सरकारलाई दिन तयार छौं भन्यौं’ सुवेदीले भने–‘शिक्षा मन्त्रालय र सीटीईभीटीसंग कुरा गरेर सार्ने प्रक्रिया पूरा गर्ने काम सरकारको हो, त्यसमा हामी सहयोग गर्छौं ।’ छलफलमा राप्ती प्राविधिक शिक्षालयलाई सरस्वती उच्च माविको गोबरडिहास्थित जग्गामा सार्न सकिने विकल्प दिइएको थियो । २०५० सालमा स्थापना भएको राप्ती प्राविधिक शिक्षालयमा हाल ११ सय विद्यार्थी अध्ययनरत छन् ।
त्यहाँ सीटीईभीटी अन्तर्गतका आईएससी एजी, जेटीए, सब ओभरसियर, सीएमएलगायतका विषय पढाइ हुन्छ । सरकारका प्रवक्ता चौधरीले प्राविधिक शिक्षालय सार्न समय लाग्ने भएकाले हिउँदे अधिवेशन मात्र हैन वर्षे अधिवेशन पनि बुटवलमै बस्ने दावी गरे । प्रदेश सभाबाट राजधानी टुंगो लागेको एक महिना नबित्दै प्रदेश सभाको हिउँदे अधिवेशन दाङमै गर्ने गरी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्ती, उपसभामुख कृष्णी थारु, आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी लगायतले देउखुरीको राप्ती गाउँपालिकामा रहेका भौतिक पूर्वाधारको अवस्थाबारे एक हप्ताअघि अनुगमन गरेका थिए ।
दाङ । देउखुरीको लमही नगरपालिका–५ का एक व्यक्तिको होम आइसोलेसनमै बसेको बेला घरमै मृत्यु भएको छ । लमही बजारमा घर भएका ४३ वर्षीय पुरुषको मंगलबार बिहान घरमै मृत्यु भएको हो । उनी जन्डिसको बिरामी थिए । काठमाडौंमा जण्डिसको उपचार गराएर एक हप्ता अगाडि उनी लमहीस्थित घर फर्किएका थिए । घर आइसकेपछि कोरोना परीक्षण गर्दा श्रीमान–श्रीमती दुवैमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसलगत्तै उनीहरु एक हप्तादेखि होम आइसोलेसनमा बस्दै आएका थिए ।
दाङको देउखुरीमा आइतबार दिउँसो टिपरले साइकललाई ठक्कर दिँदा एक जनाकाे ज्यान गएकाे छ भने एक जना गम्भीर घाइते भएका छन् ।दुर्घटनामा दाङको गढवा गाउँपालिका १ जुराउनीकी २४ वर्षीया जमुना कुमालको ज्यान गएको छ । दुर्घटनामा जमुनाका बुवा ५९ वर्षीय बुद्धिराम कुमाल गम्भीर घाइते हुनुभएकाे छ । टिपरले ठक्कर दिएपछि घाइते भएकी जमुनालाई उपचारका लागि लमहीतर्फ लिजादै गर्दा बाटोमा ज्यान गएको इलाका प्रहरी कार्यालय भालुवाङ दाङले जानकारी दिएको छ । जमुनाका बुबाकाे भने दाङकाे लमहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल लगिएको छ । रा १ ख २०२१ नम्बरको टिपरले साइकल चढेर दाङको भालुवाङतर्फ आउँदै गरेका बाबु–छोरीलाई ठक्कर दिएको थियो । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको भालुवाङ बजारदेखि एक किलोमिटर पूर्व अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका ८ मा दुर्घटना भएको थियो ।
©2023 Rapti Pahichan. All rights reserved.