प्रतिक्रियावादीहरु सशक्त भएका समयमा परिवर्तनकामीहरू एक ढीक्का भएर अगाडी बढन नसक्नु पनी अर्को रूपको प्रतिक्रियावादी दृष्टिकोण र चरित्र हो भनेर नेपालमा भ्रमीत हुनेहरूको संख्या पनी कम छैन। यो या त्यो रूपले प्रतिगमनलाई सहयोग पुर्याउने अनी आफु राम्रो अरु खराव देख्ने हामीसंग सारतः तिनवटा तरिकाहरू छन। ती तरिकाहरूलाई जबसम्म
सच्याउने हैसियत राख्दैनौ तब सम्म प्रतिक्रियावादीहरूको असामाजिक हर्कत अगाडी बढी रहने छ।पहीलो कुरा कुनै पनी पार्टी या संगठनको जीम्मेवारीपुर्ण अंगमा बसी कुनै पनी सक्रीय गतिविधी अगाडी बढाउन नसक्ने तर त्यो जिम्मेवारी नपाउँदा सम्म पहाडै उचाउछ की जस्तो सक्रीयता प्रदर्शन गर्ने। यो आजको संगठनमा रहेको खतरनाक प्रतिक्रान्तिको संकेत हो। हामीहरू
बेलैमा सचेतना रसंगठनलाई पुनर्विचार गर्न सकेनौ भने रूस र चीन लगायत अन्य मुलुकहरूमा जसरी क्रमसः सजिलो तरिकाबाटै प्रतिक्रियावादमा पतन बनाईयो सोही तरिका हाम्रा अगाडि पुर्णता दीन मात्र बाँकी छ।दोश्रो कुरा पार्टीको तलको जिम्मेवारीमा नबस्ने,माथीको अपेक्षा राख्ने, तलकालाई नपत्याउने नेताको दलाली गर्ने र संगठनको सहयोगीका रूपमा काम गर्छु भनी सारतः सराप्दै हिडने जुन चरित्र मौलायर आएको छ यो पनी घुमाएरै प्रतीक्रियावाद लाई आत्मसाथीकरण नै हो। यी चरित्र
हरूले आकार ग्रहण गरिसकेका छन हामीहरूले समयमै सुद्दिकरण अभियान मार्फत सही तरिका अवलम्बन गर्न सकेनौ भने यो जती खतरनाक प्रबृती संगठन समाप्त गर्नलाई अरू केही खोज्नै पर्ने छैन। उनीहरूलाई निरन्तर यथास्थितीमा राखे मात्रै प्रतिगामी हरूको मिसन पुरा हुने छ। तेश्रो कुरा आफ्नो घर सुधार ठुलो की संगठन भनेर बहस चलाउने कम्यूनिष्टहरू अब काम
लाग्दैनन् भनेर फेसबूक बाटै राजिनामा पेश गर्नेहरू,एकलै सकीनेवाला छैन भनेर हिडने कतैन कतै आत्मसमर्पण गर्न खोज्नेहरू र संगठन बाट थाकी धेरै पर पुगेका तर आफुलाई अब्बलको धाकलगाउन नथाकेकाहरू पनी सारतः सांगठानिक हीसावले संगठनका धमीराहरू न हुन। उनीहरूबाट समाजमा सहयोगको अपेक्षा राख्नेहरू झन उनीहरू भन्दा खतरनाक
प्रतिक्रान्तिकारीहरू हुन। आज समाजमा विकसित परिस्थितिको कतैबाट पनी सामना गर्न नसक्ने यी तत्वहरुसंग हरेक संगठन सचेत हुन जरूरी छ। हाम्रो समाजमा उदय भयको प्रतीगमनका विरूद्ध लडनलाई एउटा साझा विचारधारात्मक मोर्चाको आवसयकता त छ त्यो मोर्चा भावी मार्गदर्शन संग जोडेर मात्र लिन सकीन्छ।सारमा एकले अर्कोलाई उपयोगको रणनिती लिएर
हिडदा सम्भव छैन बरू परस्पर सहयोगी आजको आवसयकता पुरा गर्नका लागी आजको वर्ग धरातलमा आएको बदलाव मुख्य कारण बन्दै छ। जस्का कारण अन्यौलता बढेर जानु पनी अन्यथा हामीहरूले लिन हुदैन। उत्पीडित बर्गमा विचारधारात्मक कार्यदिशाको अभाव हुनु र सम्भ्रान्त वर्गले आफुलाई गुणात्मक रूपमा सुधार गरिरहेको वर्तमान संदर्भमा जुन अन्तरविरोध देखा
परेको छ त्यसलाई क्रस गरेर बढनका लागी पनी छीटो भन्दा छीटो विचारधारात्मक संश्लेषणको खाँचो छ। तत्कालका लागी संगठन भित्र देखिएका माथीका तिन खराबीहरू सच्याउन सक्ने हैसियतमा आन्तरिक विकास गर्न जरूरी छ त्यस पछी मात्र विचारको संश्लेषण सहित सही कार्यदिशाकोअवलम्बन गरिनु पर्दछ। त्यसमा हाम्रो आधारभूत वर्ग जसरि विचलन उन्मुख छ
त्यससंग एकीकृत र संगठित गरेर कार्यदिशामा सहयोगी वनाउन पर्नेछ।जस्लाई मुक्ती चाहीयको छ त्यो वर्ग नै हामी विरोधी बन्ने अबस्थामा हाम्रो संश्लेषित कार्यदिशा पनी काम लाग्नेवाला छैन। यसैले सबै गम्भीर बनेर सोचौ भविष्य सुनिश्चित गर्न सही मार्गदर्शनको खोजीमा एकीकृत भयर होमीऔ।
रमा बुढा मगर -=====
तुलसीपुर ७ मङ्सिर २०७९, मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधी सभा र प्रदेश सभा को प्रत्यक्ष तर्फको निर्वाचन को मत परिणाम सार्वजनिक हुँदै गर्दा पुरानो राप्ति क्षेत्रमा नेकपा एमाले पार्टी कम्जोर अवश्थामा पुग्ने निश्चित भएको प्रक्षेपण हुन् थालेको छ | पुरानो राप्ति को पूर्वी रुकुम, रोल्पा र दाङ मा प्रतिनिधी सभा र प्रदेश सभामा नेकपा एमाले का उमेदवार हरुले कम मत पाएका छन् भने प्युठान क्षेत्र नम्वर १ मा एमाले का नेता सुर्य बहादुर थापाको जित निश्चित भइ सकेको छ | पुरानो राप्ति क्षेत्रको
रुकुम पूर्वमा प्रतिनिधी सभा प्रत्यक्ष तर्फ नेकपा माओवादी केन्द्र का नेता पूर्ण बहादुर घर्ती भन्दा एमाले का नेता कैलाश कुमार मल्ल दोब्बर भन्दा कम मत लिएर पछी परेका छन् | त्यहाँ माओवादी केन्द्र का पूर्ण घर्ति ले ९९९५ मत प्राप्त गर्दा एमाले का मल्ल ले ४०५८ मत मात्र पाएका छन् | त्यस्तै रुकुम पूर्वकै प्रदेश सभा १ मा त् एमालेको लज्जास्पद हार हुने निश्चित प्राय भएको छ| त्यहाँ स्वतन्त्र का उमेदवार सरुल पुन भन्दा एमालेका तेजेन्द्र बुढा मगर ४०८८ मत ले पछाडी परेका छन् | सरुल पुन ले
४४६५ मत ल्याउदा एमालेका बुढा ले जामा ३७७ मत ल्याएका छन् | रुकुम पुर्व कै प्रदेश सभा २ मा पनी एमालेका भावना बुढाथोकी दोब्बर मत ले पछाडी छिन | त्यस क्षेत्रमा नेपाली कांग्रेस का उमेदवार धन बहादुर के सी ले २७०० मत ल्याउदा बुढाथोकी ले ११०२ मत मात्र ल्याएकी छिन | यसै गरी प्रतिनिधी सभा तर्फ १ मात्र निर्वाचन क्षेत्र रहेको रोल्पा जिल्लामा पनी एमाले अत्यन्त कम्जोर देखिएको छ | रोल्पा क्षेत्र नम्वर १ मा नेकपा माओवादी केन्द्र का नेता वर्षमान पुन ले १९२७१ मत ल्याउदा
एमाले का पूर्ण बुढा मगर ले मात्र ८००१ मत मात्रै ल्याउन सफल भएका छन् | त्यस्तै प्रदेश सभा १ मा माओवादीकै जोख बहादुर महरा ले १७६२५ मत ल्याउदा एमालेका कमल बहादुर बुढाथोकी ले ५१२८ मत मात्र ल्याउन सफल भएका छन् | यस्तै रोल्पा कै प्रदेश सभा २ मा पनी एमाले कम्जोर देखिएको छ | त्यस प्रदेश सभा २ मा स्वतन्त्र बाट उमेदवारी दिएर धारा चिह पाएका पुर्व माओवादी रोल्पाका नेता दिपेन्द्र कुमार पुन मगर [ सिजल ] ले १०५८१ मत ल्याउदा एमालेका प्रेम बहादुर घर्ति ले ५१९९ मत
मात्र ल्याएको कुरा रोल्पा बाट हाम्रा समाचारदाता raptipahichan 5 ले जानकारी पठाएका छन् |यस्तै दाङ जिल्लामा पनी एमाले कम्जोर देखिएको छ | दाङ क्षेत्र नम्वर १ मा एकीकृत समाजवादी का मेटमणि चौधरी ले ५९८३ मत प्राप्त गर्दा एमाले की उमेदवार शान्ता चौधरी ले ४००१ मत मात्र पाएकी छिन |यस्तै दाङ क्षेत्र नम्वर १ को प्रदेश सभा १ मा माओवादीका इन्द्रजित थारु ले ५२१२ मत् ल्याउदा एमाले का गंगाराम भट्टराई ले ४६८० मत मात्र प्राप्त गरेका छन् | त्यसै गरी क्षेत्र नम्वर १ को प्रदेश सभा २
मा भने बराबरी जस्तो मत ल्याएर ले एमाले का उमेदवार कुल बहादुर खत्री ले नेपालि कांग्रेस का उमेदवार अनुराग खडका लाइ पच्छ्याई रहेका छन् | त्यहाँ कांग्रेस उमेदवार खडका ले ६१७२ मत प्राप्त गर्दा एमाले का खत्री ले ६१२५ मत ल्याउन सफल भएका छन् | यता दाङ क्षेत्र नम्वर २ मा पनी एमाले कम्जोर देखिएको छ | दाङ को २ नम्वर क्षेत्र आफैमा चर्चामा रहेको क्षेत्र हो किन भने एमाले का महासचिव तथा लुम्बिनी प्रदेश का पुर्व मुख्यमन्त्री शंकर पोख्रेल को चुनावी क्षेत्र भएका ले पनी यो क्षेत्र
चर्चामा रहने गरेको छ भने एमाले बाट पोख्रेल र माओवादी केन्द्र बाट रेखा शर्मा चुनावी दाउपेचमा छन् | अहिले सम्मको मत परिणाम हेर्ने हो भने पोख्रेल भन्दा शर्मा १६१६ मत ले अगाडी छिन | माओवादी की रेखा शर्मा ले १३२०४ मत ल्याउदा पोख्रेल ले ११५८८ मत मात्र पाएको विवरण निर्वाचन आयोगले राखेको मत परिणाम मा देखिएको छ | यस्तै दाङ २ को प्रदेश सभा १ मा पनी एमाले कम्जोर देखिएको छ | त्यहाँ कांग्रेसका राजु खनाल ले १२९७१ मत ल्याउदा एमाले का बलिभद्र राना ले १११२६ मत
ल्याएका छन् | सो ही निर्वाचन क्षेत्रको प्रदेश सभा २ मा पनी एमाले का उमेदवा कांग्रेस का उमेदवार भन्दा पछी छन् त्यहाँ कांग्रेस का प्रचण्ड बिक्रम न्यौपाने ले ६८७० मत ल्याउदा एमाले का गिरिराज के सी ले ६४६२ मत का साथ् न्यौपाने लाइ पच्छ्याई रहेका छन् | यसै गरी दाङ निर्वाचन क्षेत्र नम्वर ३ मा पनी एमाले कम्जोर अवश्थामा देखिएको छ | यस क्षेत्रमा कांग्रेसका उमेदवार दिपक गिरि ले ८४३५ मत ल्याउदा एमाले कि नेत्री कोमल वली ले ६६५२ मत ले गिरि लाइ पच्छ्याई रहेकी
छिन | यस्तै दाङ ३ को प्रदेश सभा १मा कांग्रेस का डिल्ली चौधरी एमाले का उमेदवार घनश्याम पाण्डे भन्दा अगाडी रहेका छन् | हाल सम्म को मत गणना को परिणाम हेर्दा कांग्रेस नेता चौधरीले १०८०३ मत ल्याएका छन् भने उनका प्रतिद्वन्दी एमाले का घनश्याम पाण्डे ले ८१०२ मत मात्र ल्याउन सफल भएका छन् | यसै गरी दाङ ३ को प्रदेश सभा २ मा माओवादी केन्द्र का नेता धन बहादुर मास्की एमाले का दाङ जिल्ला अध्यक्ष हुकुम बस्नेत भन्दा अगाडी रहेका छन् | हुकुम बस्नेत ले १२३०४ मत प्राप्त
गर्दा मास्की ले १३४०५ मत ले लिड गरीरहेका छन् |पुरानो राप्तीमा आफ्नो वर्चस्व गुमाउने लागेको एमाले ले प्युठानमा भने केही स्थानमा जित हात पार्ने देखिएको छ | प्युठान क्षेत्र नम्वर १ बाट उमेदवारी दिएका एमाले का नेता सुर्य बहादुर थापा क्षेत्री भने राजमो का उमेदवार दुर्गा पौडेल भन्दा २९६१ मत ले अगाडी रहेका छन् | एमाले का थापा क्षेत्री ले २२९६३ मत ल्याउदा राजमो का पौडेल ले २०००२ मत ल्याएका छन् | यस्तै प्युठान क्षेत्र नम्वर १ को प्रदेश सभा १ र प्रदेश सभा २ मा पनी एमाले उमेदवार अगाडी रहेका छन् |
बिर बहादुर वि क समाचारदाता -===
दाङ मङ्सिर ६ गते २०७९,, प्रतिनिधी सभाको प्रत्यक्ष र प्रदेश सभा को प्रत्यक्ष तर्फको निर्वाचन क्षेत्र नम्वर ३ र ३ एक तथा ३ दुइमा अहिले सम्म को मत गणना अनुसार गठवन्धनका उमेदवार हरु अगाडी रहेका छन् भने गठवन्धन दल का उमेदवार हरु लाइ नेकपा एमाले का उमेदवार हरुले पच्छ्याई रहेका छन् | दाङ ३ को प्रतिनिधी सभा को परत्यक्ष तर्फ नेपाली कांग्रेसका दिपक गिरि ४३८५ मत प्राप्त गरेर पहिलो नम्वरमा छन् भने उनका प्रतिद्वन्दी कोमल वली ले ३६९१ मत का साथ् गिरि लाइ
पच्छ्याई रहेकी छिन | यतै रास्ट्रीय स्वतन्त्र पार्टीका कमल सुवेदीको घन्टी चिन्हले १६१० मत प्राप्त गरेर तेस्रो स्थान ओगटेको छ | त्यस्तै रा,प्र,पा का ओज बहादुर खडका १५५ मतका साथ चौथो र नेकपा माले का उमेदवार शालिकराम चौधरी १०७ मत लिएर ५औं स्थानमा रहेका छन् | यस्तै कुमार चौधरी नागरिक उन्मुक्ती पार्टी ९१ मत र देवीलाल डाँगी लोसपा पार्टी को छाता चिन्हले १७ मत प्राप्त गरेको छ | त्यस्तै मंगोल नेशनल अर्गेनाइजेशनका उमेदवार घनश्याम चौधरी भाले चिन्ह ले १७ मत, ने म कि पा
का उमेदवार को मादल चिन्हले ५ मत, स्वतन्त्र बाट उमेदवारी दिएका तिलक खडका ले ५ मत प्राप्त गरेका छन् | त्यसै गरी स्वतन्त्र बाट उमेदवारी दिएका हेमन्त बहादुर मल्ल ५ मत,,स्वतन्त्र बाटै भूप बहादुर भण्डारी ४ मत, लिलाधर न्यौपाने ले २ मत प्राप्त गरेका छन् | यस्तै रास्ट्रीय जनमुक्ती पार्टीका कृष्णवीर नेपाली ले १ मत पाएका छन् भने दुइ स्वतन्त्र उमेदवार घनश्याम डाँगी र टोपेन्द्र बस्नेत ले कुनै पनी मत पाएका छैनन् | यसै गरी प्रदेश सभा प्रत्यक्ष तर्फ दाङ निर्वाचन क्षेत्र नम्वर ३ को[ क ] मा
रुख चुनाव चिन्ह लिएर उमेदवारी दिएका नेपाली कांग्रेसका नेता डिल्ली चौधरी ५२६० मत प्राप्त गरेर अग्र-स्थानमा छन् भने उनका प्रतिद्वन्दी नेकपा एमालेका केन्द्रिय सदस्य घनश्याम पाण्डे ले ४२०१ मतका साथ् चौधरी लाइ पच्छ्याई रहेका छन् | यस्तै रा प्र पा बाट हलो चुनाव चिन्ह लिएर उमेदवारी दिएका हंशराज के सी ले ७९४ मत प्राप्त गरेका छन् भने मंगोल नेशनल अर्गेनाइजेशन का जान बहादुर पुन २२२ , रा ज मु पार्टीका चहरमान थारु ७०, सुमन बस्याल स्वतन्त्र बाट ७० मत, माइतु चौधरी
स्वतन्त्र बाट ४२ मत, वासुदेव रेग्मी लोसपा साइकल चिन्ह १७ मत र सागर विक ने लो पा का उमेदवार ले १३ मत पाएका छन् | यसै गरी दाङ क्षेत्र नम्वर ३ को [ ख ] मा नेकपा माओवादी केन्द्र का उमेदवार धन बहादुर मास्की हँशिया हथौडा चिन्हमा ६५८७ मत लिएर अग्र-स्थानमा छन् भने उनका प्रतिद्वन्दी नेकपा एमाले का उमेदवार हुकुम बस्नेत ले सुर्य चिन्ह मा ६०६६ मत प्राप्त गरेर दोस्रो स्थान मा रहेर मास्की लाइ पच्छ्याई रहेका छन् |यसै गरी रा प्र पा का भुपाल रावतको हलो चिन्ह्ल ले १०५९ मत
पाएको छ भने म ने अ को भाले चुनाव चिन्हका उमेदवार सुशील चौधरीले १५८ मत प्राप्त गरेका छन् | यस्तै स्वतन्त्र उमेदवार हरु अमृता कुमारी बस्नेत १४७, दुर्गा बहादुर वली ९२ मत, गणेश बहादुर बस्नेत ५८ मत, भूप बहादुर वि क ले ४१ मत र लो स पा का उमेदवार राजन डाँगी ले साइकल चिन्हमा ३६ मत प्राप्त गरेको कुरा मतगणना स्थल तुलसीपुरमा रहेका हाम्रा समाचारदाता ले राप्ति पहिचान डटकम को सामाचार डेस्क लाइ जानकारी पठाएका छन् |
तुलसीपुर ५ मङ्सिर २०७९ ,, प्रतीनिधी सभा तर्फ दाङ क्षेत्र नम्वर ३ को ३०६ मत गणना गर्दा सुर्य चिन्ह लिएर प्रतिनिधी सभा का उमेदवार कोमल ओली ले १२८ मत प्राप्त गरेकी छिन भने नेपाली कांग्रेस बाट रुख चिन्ह लिएर प्रतिनिधी सभा तर्फका उमेदवार दिपक गीरी ले ११३ मत र रास्ट्रीय स्वतन्त्र पार्टीका उमेदवार कमल सुवेदीको घन्टी चिन्हले ३८ मत प्राप्त गरेको निर्वाचन आयोगको कार्यालय तुलसीपुर ले जानकारी दिएको छ | भर्खरै सार्वजनिक गरिएको मत परिणाम हाम्रा समाचारदाता हिमाल वि क ले राप्ति पहिचान डतकम को समाचार डेस्क लाइ पठाएका छन् |
हिमाल वि क –===
तुलसीपुर ५ मङ्सिर २०७९ ,, दाङ को निर्वाचन क्षेत्र नम्वर ३ को प्रतिनिधी सभा र प्रदेश सभा तर्फको मत गणना भर्खरै सुरु भएको छ | सर्वदलीय बैठक पछी मत गणना सुरु भएको हो | दाङ क्षेत्र नम्वर ३ को क मा ४०५०० र ३ को ख मा ४९९५० मत खसेको निर्वाचन कार्यालय ले जनाएको छ |मत गणना भर्खरै सुरु भएको छ केही बेरमा गणना भएजतीको मत को परिणाम सार्वजनिक गरिने जानकारी पाएको छु मत गणना स्थल तुलसीपुरमा रहेका हाम्रा समाचारदाता हिमाल वि क ले राप्ती पहिचान डटकम को समाचार डेस्कलाई बताएका छन् |
रमा बुढा मगर -====
४ मङ्सिर २०७९,, तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ३ का तिन वटै मतदान केन्द्र हरुमा शान्तीपूर्ण रुपमा मतदान सम्पन्न भएको छ | हाम्रो वडामा आधारभूत बिद्यालय रानागाउँ, मा वि दमारगाउँ र मा वि प्रतापकोट गरी ३ वटा मतदान केन्द्र हरु थिए म आफु मा वि प्रतापकोट मतदान केन्द्रमा खटिएको थिएँ ३ वटै स्थानमा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको जानकारी पाएको छु तुलसीपुर ३ का वडा सचिव तुलाराम के सी ले राप्ति पहिचान लाइ बताए |अपेक्षा गरे जती मत खसेन र
जनता मतदान गर्न त्यती उत्साही नभएको पाइयो त्यसैले अपेक्षा गरे जती मत खस्न सकेन के सी ले भने |मा वि प्रतापकोट मतदान केन्द्रमा ११५९ जना मतदाता रहेको भए पानी यहाँ ५९३ मत मात्र खसेको छ के सी ले अगाडी भने |एवं रुपले मा वि दमारगाउँ र आधारभूत बिद्यालय रानागाउमा पनी कोल मतदाता संख्याको आधा जती मत खसेको जानकारी पाएको छु उनले भने |म त भोट दिन आइ पुगेकी छु तर छोरा बुहारी हरु मतदान गर्न आउँन मानेनन् नेतालाई भोट हालेर त्यो नेताले के दिया छ
र भन्छन नाम नबताउने शर्तमा प्रतापकोट मतदान केन्द्रमा भेटीएकि एक महिला ले भनिन | आज हाम्ले भोट दिएर पठाएको नेताले भोली हामीलाई नै कुचालेर मार्ला जस्तो गरेर चिल्लो गाडीमा धुलो उडाउदै हिंड्दछन् त्यो भन्दा अरु केइ हुनेवाला छैन अर्की महिलाले हामी संग भनिन | यस्तै मा वि दमारगाउँ मतदान केन्द्रमा भेटिएका अधिकांस मतदाता हरुले हुने केइ होइन
पहिला देखी मान्दै आको पार्टी हो भनेर मतदान गर्न आइयो जस्ता गुनासा पोखी रहेका थिए | यसरी गुनासा पोख्ने हरुमा गाउँ तह , टोल तह र वडा तहका दल हरुका कार्यकर्ता हरु पनी रहेका थिए | समग्रमा भन्नु पर्दा मतदान केन्द्र हरुमा मतदाता हरु न्यून उपश्थित र कम उत्साही देखिन्थे |
रमा बुढा मगर -====
तुलसीपुर ३ मङ्सिर २०७९, भोली मङ्सिर ४ गते हुन् गइ रहेको संघ प्रदेश सभा तर्फको निर्वाचन लाइ खारेजको माग गर्दै आइ रहेको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना बिरोधका कार्यक्रम सशक्त तर शान्तीपूर्ण हुने बताएको छ | आफ्नो पार्टीको चुनाव खारेजी गर्ने नीति अनुरुप आफ्ना जिल्ला तह र स्थानीय तहका कार्यकर्ता हरु जनताको घरदैलोमा गएर दलाल संसदीय ब्यबश्था लाइ सहयोग पुग्ने मङ्सिर ४ गते हुने चुनावमा भोट हाल्न नजान अनुरोध गर्ने र त्यो काम भोली दिन भरी जारी रहने कुरा
बताएको छ | कोइ कहीं कतै नतर्से हुन्छ हाम्रा बिरोधका कार्यक्रम सशक्त हुन्छन तर शान्तीपूर्ण हुन्छन नेकपा का जिल्ला सेक्रेटरी अग्रीम बहादुर [ नाम परीवर्तनले ] राप्ती पहिचान लाइ बताए | उनका अनुसार आफ्ना कार्यकर्ता सरकारले चुनाव घोषणा गरे देखीनै चुनाव खारेज गर्ने निती अनुसार जनतालाई जनचेतना दिने अभियानमा लागेर यो दलाल संसदीय ब्यबश्थामा चुर्लुम्म डुबेका दल हरुका प्रतिनिधी लाइ भोट नहाल्न अनुरोध गरी रहेको र भोली दिन भरी यो काम जारी रहने कुरा उनले
बताए |यो दलाल संसदीय ब्यबश्था र यसका मतियार हरु बाट अब नेपाल र नेपालीको सुरक्षा हुन् सक्दैन भन्ने कुरामा हामी स्पष्ट छौं,यी संसदवादी दल हरुले अमेरीकी र भारतीय स्वार्थ पुरा गराउन एम सी सी जस्तो असमान सम्झौता गरेर देश लाइ धोका दिइ सके त्यसैले इनी हरु बाट देश र देशवासीको सुरक्षा हुन् सक्दैन उनले अगाडी भने | नेपाल कम्युनिस्ट पार्टीले चुनाव खारेजीको माग गर्नुको मुख्य कारण र रास्ट्रीय मुद्दा के के हुन् भन्ने हाम्रा समाचारदाता को प्रश्नमा हेर्दै जानुस मङ्सिर ४ को
चुनाव पछी सब भन्दा पहिला यी दलाल हरुले अन्तर्राष्ट्रिय दवावमा डोकोमा हैन रांगेमा नेपालको नागरिकता बोकेर बिदेशी हरुलाई बाँड्न जाने छन् त्यही र त्यस्तै खाले रास्ट्रघाती कामकाज लाइ रोक्न यो चुनाव खारेजी गर्नु पर्छ भन्ने निर्णयमा नेकपा पुगेको हो सेक्रेटरी ले बताए | नेपाल का सबै खोला नाला र राष्ट्रीय उद्योग बिदेशीको नाममा नामसारी गरेर दिइ सकेका छन् सामरिक महत्व राख्ने स्थान हरुमा अन्तराष्ट्रीय जासुस हरु खुलेआम घुमी रहेका छन् भने सामरिक महत्व सहितको राष्ट्रको
संयन्त्र हरुमा नेपाली ढाँका टोपी लगाएका बिदेशी एजेन्ट हरु बसेका छन् तीनी हरुले जुन सुकै बेला यो देशको सार्बभौमसत्ता र सार्बभौमिकता लाइ बिदेशी लाइ सुम्पने निर्णय गर्न सक्छन त्यसैले तिनै एजेन्ट हरुको मालिक हरुलाइ भोट नदिनुस भन्दै हिंडेका हौँ उनले अगाडी भने | तपाइको पार्टीले भोली आव्हान गरेको बिरोधका कार्यक्रम बाट नेपाली नागरिक डराउनु पर्ने त्यस्ता केही कार्यक्रम हरु पनी छन् कि? भन्ने हाम्रो प्रश्नमा छैन त्यस्तो केही छैन नागरिक हरु ढुक्क का साथ् आफ्नो दैनिकी जिबन बिताउन
सक्ने छन् तर भोट हाल्न नजानु होला भन्ने हाम्रो पार्टी नेकपा को अपिल रहेको छ जिल्ला सेक्रेटरीले फेरी भने | हाम्रो कार्यक्रम नितान्त शान्तिपूर्ण र सशक्त हुन्छ, शान्तिपूर्ण तरिकाले आफ्नो चुनाव खारेजीको एजेन्डालाई जनतालाई प्रशिक्षित गरी रहेका छौं तर पनी हाम्रा शान्तीपूर्ण कार्यक्रम हरुमा राज्यले प्रहरी लगाएर दमन गर्दै र धरपकड गर्दै आइ रहेको छ यदी एवं रुपले भोली मङ्सिर ४ गते पनी हामी माथी धरपकड र दमन भए त्यसको सशक्त प्रतिवाद गरिने छ सेक्रेटरीले बताए |
रमा बुढा मगर -===
तुलसीपुर ३० कार्तिक २०७९, तुलसीपुर ३ डाँडाखुटी स्थित परीवर्तन कृषी सहकारी संस्था को कार्यालयको प्रांगन मा बिहान ५ बजे सो ही वडाको हेरेवास निवासी ७७ वर्षीय इन्द्र बहादुर खडका मल पाउने आशामा लाइन बस्नु पुगे| ४ घण्टा लाइन बसे पछी ९ बजे उनले ५ किलो डिएपी मल पाए |त्यस्तै तुलसीपुर ३ डाँडाखुटी निवासी ७१ वर्षका शिवराम खरेल ले पनी ३ घण्टा लाइन बसे पछी ५ किलो डिएपी मल पाउनु भयो | मलाइ तोरी खेती गर्न र गहुँ खेती गर्न ३ बोरा डिएपी मल आवश्यक पर्छ तर यहाँ त्
५ किलो मल मात्रै पाइयो हामी गरिब किसानले किनेर खाने चिज पनी उपलब्ध गराउन नसक्ने यो कस्तो सरकार हो? उनले भारी मन बनाउदै राप्ती पहिचान संग भने |हामी किसान हरुले सित्तैमा मल दे सरकार भनेका पनी होइनौ किनेर लैजान्छौं भन्दा पनी यो स्थानीय सरकारले हामी किसान हरुलाई आवश्यक मल दिन नसक्ने भयो अचम्म दुख्ख लागेर आउछ खरेलले भने | लामो समय पत्रकारीतामा बिताउदा यी र यस्तै खाले सरकारी वेवास्ता र नागरिक लाइ दिइने सास्तीका बिरुद्द कलम चलाएका
डाँडाखुटी निवासी पत्रकार भरत शर्मा गैरे पनी मल पाउने लाइनमा बसेर १० किलो मात्रै डिएपी मल पाउँदा अचम्ममा परेको देखिन्थे | कस्तो शासन ब्यबश्था हो यो? किसानले मल किन्न पनी नपाउने धौ धौ का १० किलो मल पाइयो मलाई १ बोरा मल आवश्यक पर्छ अरु कहाँ बाट ल्याएर खेती गर्ने हो र परिवार पाल्ने हो गैरे ले हामी संगको कुराकानीमा बताए |यसै गरी मल पाउने लाइनमा तुलसीपुर ३ का चित्र बहादुर खडका,अनन्त बहादुर खरेल, हिरालाल राना , नर बहादुर वली, लक्ष्मण डाँगी
लगायत सयौं जना परीवर्तन कृषी सहकारी संस्थाको प्राङ्गनमा हातमा थैलो लिएर उभिनु भएको थियो वहाँ हरुले पनी मुस्किल ले ५ /५ किलो डिएपी मल मात्रै पाए पछी यो ५ किलो मल लगेर के खेती होला र हामीले परिवार पाल्ने होला,,सरकार नै निकम्मा भए पछी कसैको केही नलाग्ने रहेछ वहाँ हरुले एकै स्वरमा भन्नु भयो | २०७९ बैशाखमा स्थानीय सरकार चुनेका तुलसिपुर क्षेत्रका किसान हरु कार्तिकमा मल नपाउँदा केही आक्रोसित र केही चिन्तित देखिन्थे | हाम्रो स्थानीय सरकार भने पनी केन्द्रीय सरकार भने पनी तुलसीपुर उपमहानगर नै हो तर नगर प्रमुख टिकाराम खडका हामी किसानका यी समस्या तर्फ
अलिकती पनी गम्भीर भएको पाइएन तुलसीपुर ३ बोहरागाउँ का चित्र बहादुर खड्काले आक्रोश पोख्दै भने | चुनावमा भोट माग्न आउदा आफु किसान मात्रै नभई सुकुम्वासी किसान भएको कुरा बताउने मेयर टीकाराम अहिले कता छन् अत्तो पत्तो छैन उनले अगाडी भने | मेरो सबै भन्दा पहिलो कदम सुकुमवासी लाइ लालपुर्जा दिने र यस क्षेत्रका किसान मजदुर हरुलाई मालिक बनाउने काम हुनेछ किन भने म आफै पनी सुकुम्वासी किसान हुँ तुलसीपुर उपमहानगरको मेयर पदमा चुनाव जिते लगत्तै
पत्रकार हरुको प्रश्नको जवाफ दिंदै टिकाराम खडकाले भनेका थिए तर झन्डै ७ महिना शासन गरी सकेका खडकाले न सुकुम्वासी लाइ लालपुर्जा दिन सके भने न किसान लाइ मल दिन सकेका छन् तुलसीपुर ३ को परिवर्तन सहकारी संस्थामा देखीएको यो दृश्य त् प्रतिनिधी पात्र मात्रै हो हाल तुलसीपुर उपमहानगरका हरेक किसान खेती गर्न मल नपाएर तड्पी रहेका देखिन्छन भने उपमहानगर भित्र बसोबास गर्ने सुकुमवासी हरु आफु बसेको झुपडीको लालपुर्जा आफुले पाउछुकी पाउदैन भन्ने
दुविधामा रहेका छन् |यही बिषयमा हाम्रा समाचारदाताले तुलसीपुर उपमहानगर का मेयर टिकाराम खडका लाइ सम्पर्क गरी मल नपाएर तपाइँ मेयर भएको उपमहानगर का जनता तड्पी रहेका छन् स्थानीय सरकार कहाँ खोरिया खन्दै छ भनी सोधनी गर्दा जनता र किसान लाइ रासायनिक मल उपलब्ध गराउने अधिकार केन्द्र सरकारले आफै राखेको छ र केन्द्र सरकार नालायक,निकम्मा, गैरजिम्मेवार र पतित भएकाले यहाँ मात्रै नभई देशै भरीका किसान हरुले यही समस्या भोगी रहेको कुरा
बताए | मलाइ संघीय सरकारले मल किन्ने अधिकार देओस म एक हप्ता भित्र नगरवासी किसान हरुको घर घरमा मल पुर्र्याउन तम तयार छु खडकाले भने |अनी सुकुमवासीले पाउने लालपुर्जाको पुर्जा कहाँ बिग्र्यो मेयर साहब,, सुकुमवासीले लालपुर्जा किन पाएनन् भन्ने हाम्रो दोस्रो प्रश्नमा भुमी सम्बन्धी समस्या समाधान आयोगको कामकाज लाइ केन्द्रीय सरकारले बन्दी बनाएर राखेको छ मेरो केइ लाग्दैन, शेर बहादुर देउवा माधव नेपाल र प्रचण्डले लाज मान्नु पर्ने हो तर मानी रहेका छैनन् खडकाले
अगाडी भने | यसरी संघ प्रदेश र स्थानीय सरकारका प्रमुख हरुले एक अर्का लाइ दोषारोपण गरी रहंदा सुकुमवासी भूमीहिन लाइ दिइने भनेको लालपुर्जा को पुर्जा कहाँ बिग्र्यो भनेर भूमीहिन सुकुमवासी हरु खोज्दै छन् भने खेती गर्दा समयमा आवश्यक मल नपाउने समस्या बाट किसान आजित र थकिट भइ सकेका छन् |
दाङ,२० कात्तिक २०७९ ।
निर्वाचन आयोगले नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यका दाङ क्षेत्र नं. ३ का उम्मेदवार कोमल वलीलाई निर्वाचन प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको विषयमा स्पष्टीकरण सोधेको छ । तर, उनी संगै गएका प्रदेशसभा क्षेत्र नं.२ (ख) का उम्मेदवार हुकुम बस्नेतलाई भने स्पस्टी सोधेको छैन् ।
आफ्नो प्रचारमा बालबालिका प्रयोग गरेको भन्दै वलीलाई आयोगले स्पष्टीकरण सोधेको हो । त्यो दिन वली र बस्नेतसंगै एउटै कार्यक्रममा थिए, र बालबालिका पनि प्रयोग गरेका थिए । तर, ति मध्ये शनिबार वलीलाई स्पष्टिकरण सोधिएको छ, भने बस्नेतलाई सोधिएको छैन ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नु पर्ने आचरण अन्तर्गत उपदफा (१) को खण्ड (ट) मा ‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने’ व्यवस्था छ ।
‘तपाईंले निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा (१) को खण्ड (ट) को प्रतिकूल हुनेगरी निर्वाचन प्रचारप्रसार गर्नु भएको होइन भन्ने आधार, प्रमाण के छ ? निर्वाचनका प्रक्रियाहरू अगाडि बढिसकेको तथा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा तपाईंले किन जानाजान रूपमा निर्वाचन आचारसंहिताको उल्लंघन हुने कार्य गर्नुभएको हो ?’ भनि आयोगको स्पष्टीकरण सोधेको छ ।
आयोगले निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्नु हुँदैन भन्ने जानकारी हुँदाहुँदै सो कार्य गरेको देखिएकोले आचारसंहिताको उल्लंघनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा ९३० र ९४० बमोजिमको कारबाही किन हुनु नपर्ने हो? भनी पत्र प्राप्त भएको २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय दाङमा प्राप्त हुने गरी जवाफ पठाउन उम्मेदवार वलीलाई निर्देशन दिएको छ भने अर्का उमेदवार हुकुम बस्नेत बिरुद्द निर्वाचन आयोगमा उजुरी परेको छ |
जाजरकोटको ग्रामिण भूगोलबाट संघर्षकाे पर्यायवाची रुप देखाएका एक सफल नेतृत्व हुन्, शक्तिबहादुर बस्नेत। २०४६ सालको जनआन्दोलनमा सहभागी भएर तत्कालीन नेकपा एकताकेन्द्र (मशाल)मा आवद्ध भएका उनी गाउँका सामन्तहरुको घर सेवोटेज गर्ने, जाली तमसुकहरु जलाउनुका साथै कैयौं जनविरोधी फटाहहरुको बारीका मुला फाल्नेलगायतका माैलिक आन्दोलनबाट स्थापित बनेका हुन्।दाङको महेन्द्र बहुमुखी क्याम्पस र जाजरकोटको भेरी ज्ञानोदय क्याम्पसमा विद्यार्थी रहेका बस्नेत आफ्नो पढाइ पुरा नगरी भूमिगत राजनीतिमा संलग्न भएका थिए।
२०५२ सालमा जनयुद्धको घाेषणासँगै माओवादी आन्दोलनलाई उचाइमा पुगाउन राजनीति सुरु गरेका उनी ०५५ सालमा पार्टीको वैकल्पिक केन्द्रीय सदस्य बनेका थिए।
पार्टी निर्माणका निम्ति दिलाेज्यान दिएर लागेका उनी ०५७ सालमा केन्द्रीय सदस्य बने। संगठन निर्माण र परिचालनमा सशक्त भूमिका निर्वाह गरेका उनी जाजरकोटी जनताका प्रिय नेता हुन्।
वैकल्पिक केन्द्रीय सदस्य हुँदा नै पार्टी नेतृत्वमा अमिट छाप छाेड्न सकेका कारण उनकाे राजनीतिक भविष्य उज्ज्वल बन्दै गयाे। जसकाे पफलस्वरुप उनी निकै छाेटाे समयावधि अर्थात २०५९ सालमा पार्टी पोलिट व्यूरो सदस्य भएका निर्वाचित भए।
युद्ध माेर्चामा भेरीकर्णाली, थारुवान जस्ता क्षेत्रीय व्यूरो इन्चार्जको भूमिका निर्वाह गरेका उनी शाही सेनाले ‘किलाे सेर टु अप्रेसन’ चलाउँदा डाढमा टेकेर टाउकोमा हान्ने योजनामा जनमुक्ति
सेनाकाे नेपाल डिभिजन कमिसार भएर गण्डक अभियानमा सहभागी भएका थिए। त्यहाँ देखाएकाे युद्ध काैशलताकै कारण माओवादी आन्दोलनले उनकाे उच्च मूल्यांकन गर्दै गयाे।
जनयुद्धतकाे मैदानमा देखाएकाे युद्ध काैशलताकै प्रतिफल हाे, जाजरकोट जस्ताे पिछडिएको जिल्लाले इतिहासमा पहिलाे पटक मन्त्री पायाे। जाजरकोटकाे इतिहास रचेका बस्नेत पहिलाे पटक २०६८ सालमा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए।
२०७१ सालमा स्थायी कमिटी सदस्यमा निर्वाचित बस्नेत पार्टीमा निकै प्रभावशाली युवा पुस्ताका नेताका रुपमा परिचित छन्। युद्धको भट्टीबाट स्पात बनेका उनकाे नाम नेकमा माओवादी केन्द्रलाई सशक्त बनाउन अग्रणी भूमिका निर्वाह गर्ने नेतृत्वमा अग्र पंक्तिमा आउँछ।
माओवादीका प्रभावशाली नेताहरु कृष्णबहादुर महरा तथा पूर्व लडाकु–कमान्डर जनार्दन शर्माजस्ता हस्तीलाई उछिन्दै बस्नेत गृहमन्त्री बन्न सफल उनले आफूलाई कुशल राजनीतिक नेतृत्वमा स्थापित गरिसकेका छन्।
राज्यकाे नजरमा उस्तरी नपर्ने विकट भूगोल जाजरकोटबाट सत्ता राजनीतिकाे केन्द्रलाई धक्का दिन सक्ने पश्चिमका एकमात्र नेता हुन्, उनी। सधैं निकट नरहे पनि पछिल्लो समय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अत्यन्तै निकट मानिने उनी तत्कालीन भूमिगत माओवादीकाे चुनवाङ बैठकबाट गरिएकाे बहुदलीय राजनीतिमा हाम फाल्ने निर्णय निर्णयलाई शंकास्पद ढंगले हेर्ने युवा पुस्ताका नेतामध्ये एक हुन्।
नेत्रविक्रम चन्द, कुलप्रसाद केसी, खड्गबहादुर विश्वकर्मा र रविन्द्र श्रेष्ठलगायत नेताकाे कित्तामा रहेका उनी पछिल्लो समय सत्ता राजनीतिकाे केन्द्र भागबाट पश्चिमकाे विकास गर्न लागिरहेका छन्।
संसदीय राजनीतिप्रति आलोचनात्मक दृष्टिकोण राख्ने उनले पहिलो संविधानसभा निर्वाचनमा भागसमेत लिएका थिएनन्। पहिलो संविधानसभाको नतिजा र त्यसले ल्याएको नयाँ राजनीतिक अवसरसँगै उनको बाटो पनि बदलियो। अध्यक्ष दाहालले उनलाई स्वकीय सचिवमा नियुक्त गरे।
पार्टीको आधार इलाकामा पकड जमाएका बस्नेतलाई आफ्नो पक्षमा ल्याउनु दाहालका निम्ति ठुलाे राजनीतिक जित थियो। पार्टी ‘हार्डलाइनर’ टुक्रने क्रमसँगै बस्नेत झनै दाहालनिकट हुँदै गए। त्यसपछिका दिनमा बस्नेत आफ्नाे नामजस्ताे शक्तिमा रहेका छन्। जुन पश्चिम नेपालका निम्ति अत्यन्तै आवश्यक बनिदिएकाे छ।
पहिलाे संविधान सभाले जनतालाई नयाँ संविधान दिन असमर्थ भएपछि कुनै पनि हालतमा संविधान बनाउनुपर्छ भन्ने मान्यता राख्ने नेता हुन्, बस्नेत। संविधान निर्माण प्रक्रिया रोकेर मधेसवादी दलसँग जसरी पनि सम्झौता गर्नुपर्छ भन्ने बाबुराम भट्टराईको अडानविरुद्ध उनी कडा रूपमा प्रस्तुत भएका थिए।
बस्नेतलाई पार्टीको ‘राष्ट्रवादी’ कित्तामा राखेरसमेत हेर्ने गरिन्छ। पार्टीको स्थानीय स्तरमा पकड हुनुका साथै दाहालसँग निकटताका कारण नै राष्ट्रिय राजनीतिमा उनकाे उदय अझ सहज हुन पुग्याे।
पहिलो समय पश्चिमले उनलाई आफ्नाे पहुँचकाे रुपमा लिएकाे। सत्ता राजनीतिकाे काेपभाजनमा परेकाे पश्चिम नेपाल उनीलगायतका नेतृत्वको उदयले आफ्नाे पहुँच बढ्न सकेकाेमा विकासकाे मूल फुट्ने आशामा पर्खी बसेकाे छ।
©2023 Rapti Pahichan. All rights reserved.