रमा बुढा मगर । तुलसीपुर । तुलसीपुर ११ माघ २०७९ दाङ जिल्ला को तुलसीपुर उपमाहानगर,,बबई गाउपालिका र शान्तिनगर गाउपालिका को स्वाश्थ्य शाखामा कार्यरत सरकारी कर्मचारी हरुले कुनै पनी प्रक्रिया पुरा नगरी गैरकानुनी रुपमा मेडिकल स्टोर संचालनमा ल्याएर त्यहाँ बाट नुन खुर्सानीको धुलो बेचे सरह औषधी जस्तो संबेदनसिल वस्तु बेची रहेको पाइएको छ | कुनै व्यक्तीले मेडिकल स्टोर वा मेडिसिन डिस्ट्रिब्युटर संचालन गर्नु अगाडी एक जना फार्मेशी पढेको वा २०५४ भन्दा पहिला १ महिने फार्मेशी वरेंटेसन तालिम लिएको मानिसको फार्मेशी लाइसेन्स सहित औषधी ब्यबश्था बिभागमा औषधी पसल दर्ता गराई नेपाल सरकार ले सूचीकरण गरेका र डाक्टरको प्रेसक्रिप्सन पत्रमा उल्लेख गरीएका औषधी सम्बन्धित फार्मेशीको हात बाट वा उसको निगरानीमा बिक्रि वितरण गर्ने ब्यबश्था नेपाल फार्मेशी परिषद ऐन २०५७ मा गरिएको छ |
तर त्यसको विपरित यी कर्मचारी हरु मध्ये धन बहादुर बुढा क्षेत्री, रोमाहर्ष के सी, घन बहादुर बस्नेत, रामेश्वर आचार्य,राजकुमार न्यौपाने, सिताराम चौधरी लगायत ६ जना स्वाश्थ्य तर्फका सरकारी कर्मचारी हरुले औषधी ब्यबश्था विभागमा दर्ता नै नगराई मेडिकल स्टोर खोलेका छन् भने रामसिंह चौधरी,हरी बहादुर खड्का, र रेवत बहादुर भण्डारी ले औषधी ब्यबश्था विभागमा
पसल दर्ता गराए पनी सम्बन्धित फार्मेशी बाट औषधी बिक्रि गर्नु पर्नेमा अन्य अनधिकृत मानिस बाट औषधी बिक्रि गराइ रहेको पाइएको छ |धन बाहादुर बुढा क्षेत्री तुलसीपुर १ स्थित पवन नगर स्वाश्थ्य चौकीमा कार्यरत सी अ हे व हुन् भने रोमहर्ष के सी मेट्रो अस्पताल तुलसीपुरमा कार्यरत,घन बहादुर बस्नेत मेट्रो अस्पताल तुलसीपुर,रामेश्वर आचार्य तुलसीपुर १ पवन नगर स्वाश्थ्य चौकी,राजकुमार न्यौपाने शान्तिनगर गाउपालिकाको धनौरी स्वाश्थ्य चौकी इन्चार्ज र सिताराम चौधरी बबई गा पा को
चरकमटिया स्वाश्थ्य चौकीमा कार्यरत कर्मचारी हुन् | धन बहादुर बुढा क्षेत्री ले तुलसीपुर ५ आलु मण्डी नजिक अवैध मेडिकल खोलेका छन् भने रोमहर्ष के सी ले पवन नगर स्वाश्थ्य चौकी देखी दक्षिण तर्फ रहेको घरमा मेडिकल राखेको पाइएको छ |त्यस्तै घन बहादुर बस्नेत ले तुलसीपुर १ स्थित पाठक को घर नजिक रहेको घरमा मेडिकल संचालन गर्दै आइ रहेका छन्| यस्तै रामेश्वर
आचार्य ले तुलसीपुर १ भमके स्थित आफ्नै घरमा अवैध मेडिकल राखेको पाइयो भने राजकुमार न्यौपाने ले दाङको श्रीगाउँमा अवैधानिक मेडिकल संचालन गरी रहेका छन् | यस्तै सिताराम चौधरीले तुलसीपुर को बेलुवा स्थित भण्डारी चोक नजिक अवैध मेडिकल संचालन गरी रहेका छन् | यस्तै अनधिकृत मान्छे हरु बाट औषधी बिक्रि वितरण गराउने कर्मचारी हरुमा बबई
गाउपालिका कार्यालय का स्वाश्थ्य शाखा प्रमुख हरी बहादुर खड्का रहेका छन् | उनले बबई गाउपालिका हापुरे बजारमा राम हरीकृष्ण मेडिकल खोलेर आफ्नो श्रीमती बाट अनधिकृत रुपमा औषधी बिक्रि गरी रहेका छन् | खडकाले संचालनमा ल्याएको रामहरी कृष्ण मेडिकल औषधी ब्यबश्था विभागमा दर्ता भए पनी संचालक र फार्मेशीको नाम हेर्दा दुवै ठाउँमा हरी बहादुर खडका
उल्लेख भएको देखिन्छ भने खडकाले १ महिने फार्मेशी तालिम बाट प्राप्त गरेको लाइसेन्स नम्वर ६२५ NE लाइ दुरुपयोग गरी औषधी ब्यबश्था बिभाग लाइ आफु कर्मचारी भएको न बताई झुक्यानामा पारी मेडिकल दर्ता गरेको देखिन्छ |यस्तै रामसिंह चौधरी ले संचालनमा ल्याएको न्यु जनसेवा क्लिनिकमा रहेको मेडिकलमा फार्मेशी को नाम बिरेन्द्र हमाल भनी उल्लेख गरीएको
भए पनी बिरेन्द्र हमाल त्यहाँ कहिले आउदैनन, उनको लाइसेन्स नम्वर २१५ NE हमाल ले रामसिंह चौधरी लाइ भाडामा दिएको पाइएको छ भने चौधरी तुलसीपुर २ मा रहेको तकियापुर स्वाश्थ्य चौकीका सी अहेव हुन् | यस्तै फार्मेशी लाइसेन्स को दुरुपयोग गरी आफ्नै मेडिकल स्टोर संचालन गर्ने अर्का कर्मचारी हुन् रेवत बहादुर भण्डारी | उनले तुलसीपुर स्थित राप्ति प्रादेशिक
अस्पताल अगाडी युनिभर्सल फार्मेशी नामक मेडिकल खोलेर अनधिकृत मान्छे बाट औषधी वितरण गराउदै आएका छन् | रेवत बहादुर भण्डारी,हरी बहादुर खड्का र रामसिंह चौधरी यी ३ जना कर्मचारी ले औषधी बिक्रि वितरण संहिता २०७१ को दफा ११ र उप दफा १ को बर्खिलाप हुने कामका साथै नेपाल फार्मेशी परिषद ऐन २०५७ को दफा ११ को बर्खिलाप हुने कार्य गरेको देखिन्छ |
त्यस्तै धन बहादुर बुढा क्षेत्री, रामेश्वर आचार्य,राजकुमार न्यौपाने,सिताराम चौधरी,रोमहर्ष के सी र घन बहादुर बस्नेत ले नेपाल फार्मेशी परिषद ऐन २०५७ को दफा ११ र औषधी बिक्रि वितरण संहिता २०७१ को दफा ११ को बर्खिलाप हुने गरी मेडिकल संचालन गरी रहेको पाइएको छ|नेपाल फार्मेशी परिषद ऐन २०५७ को दफा ११ मा यो ऐन प्रारम्भ भएको एक वर्ष पछी परिषदमा दर्ता नभएका कुनै पनी व्यक्तीले फार्मेशी ब्यबशाय गर्न नहुने र दफा ११ को विपरित परिषदमा नाम दर्ता नगराई फार्मेशी ब्यबशाय गरेमा यस ऐन बमोजिम कसुर भएको मानिने र सो ही ऐन को दफा २९ मा त्यस्तो कसुर गर्ने ब्यक्ती लाइ ३ वर्ष सम्म कैद र ३० हजार रुपैयाँ सम्म जरिवाना हुने कानुनी ब्यबश्था रहेको छ |
रमा बुढा मगर -=====
तुलसीपुर ३ माघ २०७९,तुलसीपुर ८ अस्वारा मा स्कुटी र मोटरसाइकल एक आपसमा ठोक्किदा स्कुटी चालक घाइते भएकी छिन | घाइते हुनेमा तुलसीपुर ९ दोघरे निवासी २७ वर्षीय कमला वली रहेको इ प्र का तुलसीपुर ले जानकारी दिएको छ भने घाइते वली को राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचार भइ रहेको छ | तुलसीपुर बाट पश्चिम जाँदै गरेको रा ३
प् ७१२८ नम्वरको मोटरसाइकल ले वली सवार रा ७ प् ८८४३ नम्वरको स्कुटी लाइ साँझ ६-३० बजेको समयमा अस्वारा भन्ने स्थानमा ठक्कर दिएको थियो | मोटरसाइकल चालक तुलसीपुर १ भमके निवासी टोपलाल बस्याल रहेको खुलेको छ | बस्याल ले अत्यधिक मात्रामा मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाई रहेको पाइएको छ इ प्र का तुलसिपुर ले जानकारी दिएको छ |
हाल ठक्कर दिने मोटरसाइकल र चालक लाइ प्रहरीले नियन्त्रणमा लिएर आवश्यक छानबिन गरी रहेको छ | घाइते वली शान्तिनगर गाउपालिका कार्यालयका लेखापाल हुन् |दुर्घटना भएको थाहा पाए पछी म पनी राप्ति प्रादेशिक अस्पताल अस्पताल आइ पुगेको छु अहिले प्रारम्भिक उपचार भइ रहेको छ डाक्टरको सल्लाह अनुसार थप उपचार का लागी ब्यबश्था मिलाउदै छौं शान्तिनगर गाउपालिका का अध्यक्ष प्रमोद बस्नेतले राप्ति पहिचान लाइ बताए |
रमा बुढा मगर -=====
तुलसीपुर १९ पुस २०७९,सामाजिक काममा तल्लिन हुँदै आइ रहेको तुलसीपुर ३ दमारगाउ स्थित टाइगर युवा क्लब तुलसीपुर ३ ले आज प्राथमिक बिद्यालय टुनापानी थापापानीमा अध्ययनरत बालबालिका हरु लाइ न्यानो कपडा स्कुल ड्रेस वितरण गरेको छ | क्लबका अध्यक्ष दिनेश गुरुङको उपश्थितिमा उक्त सामाजिक काम गरिएको हो | टुनापानीको बिद्यालयमा अध्ययनरत ४४
जना बालबालिका हरु लाइ जाडो छल्न न्यानो कपडा स्कुल ड्रेस संग मिल्ने खालको ट्रयाकसुट दिएर आएका छौं अध्यक्ष गुरुङले राप्ति पहिचान संग भने | त्यहाँ अध्ययनरत बालबालिका प्राय सबै गरिब दुखीका छोरा छोरी भएको र जाडोमा लाउने न्यानो कपडा नभएको थाहा पाए पछी हाम्रो टाइगर युवा क्लब ले त्यहाँ तत्काल न्यानो कपडा सहयोग गर्ने निर्णय गरे अनुसार
सहयोग गरिएको हो गुरुङले बताए |संघ संस्था खोल्नु र खुल्नु नै सामाजिक कामका लागी हो हामीले यस्तै सामाजिक कामका लागी मात्रै भए पनी यो क्लब लाइ चलायमान बनाइ राखेका छौं आज हाम्रो क्लबले बालबालिका हरुलाई न्यानो कपडा सहयोग गर्नु भनेको संघ संस्था हरुको दायित्व नै हो क्लबका सचिव कुलदिप गौतमले हाम्रा समाचारदाता संग भने |बालबालिका हरु संग
जाडोमा लगाउने न्यानो कपडा नभएको कुरा थाहा हुन् आए पछी क्लबको निर्णय गरेर ३६ हजार ३५० रुपैयाँको न्यानो कपडा किनेर प्राथमिक बिद्यालय टुनापानी थापापानीका बालबालिका हरुलाई सहयोग दिएका छौ गौतमले अगाडी भने |क्लबका अध्यक्ष ज्यु ले टुनापानीको बिद्यालयमा बालबालिका हरु संग जाडोमा लगाउने न्यानो कपडा नभएर अप्ठेरोमा छन् रे किनेर
सहयोगदिनु पर्ने भयो हजुरले आर्थिक सहयोग गर्नु पर्र्यो भन्ने प्रस्ताव ल्याएर म कहाँ आउनु भयो,मैले सहजै स्वीकार गरेर कपडा किन्न आर्थिक सहयोग गरेको हुँ तुलसीपुर ३ दमारगाउका निर्माण ब्यबशायी अजय गिरीले राप्ति पहिचान संग भने |मैले त् यहाँ अल्ली कम समस्या भएको सुनेको थिएँ यहाँ आएर हेर्दा यस बिद्यालयमा अध्ययनरत बालबालिका हरुको अली धेरै समस्या अप्ठेरा हरु पनी देखें मैले मेरो तर्फ बाट थप के सहयोग गर्नु पर्ने हो बिद्यालय ले यहाँ आवश्यक सामान मागेमा आफु
सहयोग गर्न तयार रहेको कुरा गीरी ले थपे | क्लबका अध्यक्ष ज्यु ले सहयोग कार्यक्रममा जाम भन्नु भयो म पनी यहाँ आएँ,यहाँ आएर हेर्दा बालबालिका हरुलाई कापी कलम झोला जुत्ता चप्पल लगायतको आवश्यकता देखें म मेरो तर्फ बाट पनी यस बिद्यालयमा पढ्दै गरेका बालबालिका हरुलाई सहयोग गर्न तयार छु क्लबका सल्लाहकार इन्द्र पुन मगर ले हामी संगको
कुराकानीमा भने |यहाँ का बालबालिका हरुलाई आवश्यक सामान के के हो? बिद्यालय ले खुलाई सहयोग माग गरेमा आफुले सहयोग गर्ने कुरा पुन ले अगाडी भने |म केही दिन अघी मात्रै यो एरियामा आउदा बालबालिका हरुको यस्तो अवश्था देखी सकेको थिएँ त्यसैले मैले यी बालबालिका हरुलाई न्यानो कपडा किन्न खुशी खुशी १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हुँ
तुलसीपुर ३ दमारगाउ निवासी भोजराज भट्टराइ ले बालबालिका हरुलाई न्यानो कपडा पहिराउदै गर्दा हामी संग भने |आज म खुशी छु मैले मेरै हातले यी नानी बाबु हरुलाई न्यानो कपडा पहिराउन पाएँ म अब प्रत्येक वर्ष यस विद्यालयका नानी बाबु हरुलाई न्यानो कपडा सहयोग गर्ने छु भट्टराई ले हाम्रा समाचारदाता संग अगाडी भने |
बालबालिका हरुलाई न्यानो कपडा सहयोग दिने कामका लागी भोजराज भट्टराइ ले १० हजार, अजय गीरी ५ हजार उत्तम के सी ५ हजार दिनेश गुरुङ ५ हजार ,कुलदिप गौतम ५ हजार, सुमन वि क ५ हजार र केशर के सी ज्यु ले १ हजार ३५० रुपैयाँ आर्थिक सहयोग गरेको कुरा क्लबका सदस्य तथा निर्माण ब्यबशायी अजय गीरी ले हामीलाई जानकारी गराएका छन् |
रमा बुढा मगर-====
तुलसीपुर १८ पुस २०७९, तुलसीपुर उपमहानगरपालिकाले भौतिक बिकासमा बिनियोजन गरेको बजेट बाट निर्माण हुने काममा पारदर्शिता ल्याउन कडाइ गर्न थालेको छ | योजना अनुगमन का संयोजक तथा उपमहानगर का उपमेयर स्यानी चौधरीले यस्तो खुलासा गरेकी हुन् | तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ मा निर्माण सम्पन्न भएका थारुगाउ बाटो कालोपत्रे र सो ही
वडाको टरीगाउ चोक देखी पुकार पसाल जाने बाटो र टरिगाउ चोक देखी अमिलिया तुलसीपुर राप्ति राजमार्ग जोड्ने सडक को कालोपत्रे गर्ने काम अनुगमन निरीक्षण गर्ने क्रममा उनले यस्तो बताएकी हुन् | काम हेर्ने हो,कामको गुणस्तर हेर्ने हो जहाँ काम भएको छ त्यहाँका जनतालाई ठेकेदार वा निर्माण समितिले काम राम्रो गरे नगरेको बारेमा सोध्ने हो त्यस पछी मात्रै भुक्तानीका
लागी सिफारिस गर्ने हो चौधरीले राप्ति पहिचान संग भनिन | तपाइँ पत्रकार हरुलाई यो वर्ष निर्माण भएका सबै कालोपत्रे बाटा हरु देखाउछु,फोटो खिचेर राख्नुस एक वर्ष भित्र ती बाटा हरुमा गरिएको कालोपत्रे उक्कियो भने क्यामेरा र कलम चलाएर उपमहानगर लाइ सहयोग पुरर्याउनुस चौधरीले अगाडी भनिन |तुलसीपुर १२ को थारुगाउ कालोपत्रे अनुगमन गर्दै गर्दा
डगर म ठिक काम हुइल कि नाइँ भनेर थारु जातिका स्थानीय हरुलाइ सोधेकी थिइन् |स्थानीय ले काम ठिक हुइल भने पछी मात्रै उनले निर्माण सम्पन्न भएको फाइलमा हस्ताक्षर गरेकी थिइन् | आज मात्र ५ बढी योजना हरु अनुगमन भएर रकम भुक्तानीका लागी सिफारिस भएको छ | अनुगमन कार्यमा पत्रकार जनाप्रतिनिधी तथा स्थानीय हरुको सहभागिता रहेको थियो |
रमा बुढा मगर -=====
तुलसीपुर १८ पुस २०७९ ,दाङ को तुलसीपुर बाट प्रकाशन प्रसारण हुँदै आइ रहेको राप्ति पहिचान डटकम नामक संचारगृहले शहिद स्तम्भको सरसफाई गरेको छ | तत्कालिन ने क पा माओवादी ले २०५२ साल फाल्गुन १ गते देखी २०६३ मङ्सिर सम्म चलाएको १० वर्षीय जनयुद्दकालमा राज्य पक्ष र विद्रोही पक्ष बाट दाङ जिल्लामा ४९९ जना मारिएका छन् भने ४३ जना वेपत्ता
पारिएका छन् | तुलसीपुर उपमहानगरपालिका कार्यालयको प्राङ्गनमा शहिद तथा वेपत्ता हरुको नाम अंकित गरिएको स्तम्भ २०६८ असोज ७ गते स्थापना गरी राखिएको छ |राप्ति पहिचान डटकम को पुस १४ गते बसेको संचालक समितिको बैठकले शहिद स्तम्भ वरपर सरसफाई गर्ने निर्णय गरेकाले आज सरसफाई गरिएको हो राप्ति पहिचान डटकम का प्रकाशक तथा
कार्यकारी सम्पादक एग्गे बहादुर बुढा मगर ले समाचार डेस्क लाइ बताए | शहिद स्तम्भमा सिंवाली जमेर कालो भएको शहिद तथा वेपत्ता हरुको नाम राम्ररी नदेखिने भएको र स्तम्भ वरपर फोहोर देखिएकाले सरसफाई गर्ने काम भएको हो बुढाले भने | सरसफाई कार्यक्रम नेकपा माओवादी केन्द्र तुलसीपुर नगरकमिटी का सचिव तुलाराम भण्डारी को प्रमुख आतिथ्यतामा र सुचना
पत्र साप्ताहिक का प्रकाशक वंशी शर्मा को विशेष आतिथ्यतामा भएको कुरा राप्ति पहिचानका पश्चिम दाङ समाचारदाता बिर बहादुर बि क ले हामी संग बताए | हाम्रो पार्टी र हामी अहिले जहाँ छौं त्यहा हामी भन्दा अगाडी हाम्रा शहिद र शहिद परिवार रहेका छन् नेकपा माओवादी केन्द्र तुलसीपुर नगरकमिटीका सचिव तुलाराम भण्डारी ले हामि संगको कुराकानीमा अगाडी भने |
हामि लाइ त गर्व लाग्छ यो ब्यबश्था ल्याउनमा हाम्रा दाजु लगायत हजारौं दाजुले हाँसी हाँसी ज्यानको आहुति दिन सक्नु भयो शान्तिनगर २ पातेटाकुराका शहिद डम्बर ज्ञवाली का भाइ लिलाधर ज्ञवाली ले आँशु झार्दै राप्ति पहिचान संग बताउनु भयो | म आज दिन भरी सरसफाई गर्ने काममा सहभागी हुने अवसर पाएँ यो नै मैले मेरो दाजु र हजारौं दाजु लाइ सम्झिने अवसर पाएँ
राप्ति पहिचान लाइ धन्यवाद ज्ञवाली ले अगाडी भने |सरसफाई कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका कार्यालयको जिन्सी शाखामा कार्यरत अधिकृत छैठौ तहका मस्त बहादुर थापाको आँखा पनी रसाउन पुगे किन भने सो स्तम्भमा उनका दाजुका छोरा उनका भतिजा बिर बहादुर थापाको नाम पनी अंकित भएको छ | म यहीं कार्यालयमा छु तर यो स्तम्भ तिर मैले पनी ध्यान
दिएको रहेन छु अब यसको सरसफाई संरक्षण मा ध्यान पुर्र्यौछु थापा ले भने | कार्यक्रममा डिल्ली बहादुर रावत बंशी शर्मा, पत्रकार राकेश बस्नेत, उपमहानगरको सरसफाई शाखाका खेमकांत पाण्डे, जिन्सी शाखाका नारायण रेग्मी र राप्ति पहिचान डटकम का सम्पूर्ण पत्रकार हरुको उपश्थिती रहेको थियो | शहिद स्तम्भ सरसफाई काममा तुलसीपुर उपमहानगरपालिका वातावरण तथा सरसफाई शाखामा कार्यरत खेमकान्त पाण्डे ले अहम भूमिका खेलेका थिए |
तुलसिपुर १८ पुस / २०७९ ,नेपालको शासन ब्यबश्था र शासक हरुको प्रवृत्तीको ईतिहास हेर्ने हो भने एकले अर्को लाई परास्त गरे पछी वा सत्ताच्युत गरि सके पछी उसको पालामा भएका सबै खाले ईतिहास लाई सके सम्म समुल नस्ट पार्दै आइ रहेको देखिन्छ। यसैको चपेटामा पर्यो तुलसिपुर श्थित जुद्दशम्शेर जङ्ग बहादुर राणा को शालिक। दाङ्गको तुलसिपुर श्थित राप्ती
प्रादेशिक अस्पत्तालको स्वामित्वमा रहेको जग्गा,राप्ती प्रादेशिक अस्पतालको उत्तर पुर्वमा रहेको यो शालिक पछिल्लो समय मर्मत सम्भार र संरक्षण नपाउदा ढल्ने अवश्थामा पुगेको छ।
झण्डै ८ फिट अग्लो स्तंभ माथी ३ फिट जति अग्लो राणा शासन का १०औ प्रधानमन्त्री तथा श्री ३ जुद्दशमशेर जङ्ग बहादुर राणा को शालिक तत समयका सल्यानी राजा शमशेर बहादुर शाहले बिक्रम सम्बत १९९५ सालमा निर्माण गरेको कुरा शालिक राखिएको स्तम्भमा लेखिएको शिला लेखमा उल्लेख गरिएको छ।
किन भने अहिले राप्ती प्रादेशिक अस्पत्ताल रहेको ठाउँ मा सल्यानी राजाको दरवार थियो भने शालिक रहेको जमिन तत्कालिन सल्यानी राजा शमशेर बहादुर शाह को दरबार परिसरको जमिन हो।जुद्द्शमशेर राणाकालिन ९औ प्रधानमन्त्री श्री ३ भिमशमशेर राणाको मृत्यु पछी बिक्रम सम्बत १९८९ भदौ १७ गते देखि बिक्रम सम्बत २००२ मंसिर ४ गते सम्म नेपालको श्री ३ रहेका थिए भने जुद्दशम्शेर जङ्ग बहादुर राणा का भाइ धिरशमशेर राणा का १७ भाइ छोरा मध्य १५औ छोरा हुन।
जुद्दशमशेरको जन्म १९३२ साल बैशाखमा हाल भारतको काङ्गडा निवासी आमा जुहारी देवी उर्फ जुहार कुमारीको कोष बाट भएको कुरा इतिहासकार हरु बताउछन|
ईतिहास बाट शिक्षा हाँसिल हुने कुरा अकाट्य जस्तै भए पनी तुलसिपुर श्थित यो शालिक को अवश्था हेर्दा भावी पुस्ता लाई ईतिहास बाट शिक्षा हाँसिल गर्न माध्यम जोगाइदिने काम बाट कतै न कतै कोही न कोही पन्छेको कुरा देखा पर्दछ। शासन ब्यबश्था फेरिए पनि जुद्दशमशेर यो रास्ट्रका भुत-पुर्व प्रधानमन्त्री हुन भन्ने कुरा कहिल्यै फेर्न सकिन्न।
यस कारण पनि जुद्दशमशेर राणाको शालिक को संरक्षण हुन जरुरी देखिन्छ। शालिक को पछाडी बाट सानो प्वाल परी सकेको छ भने टाउको को भाग आधा नस्ट भइ सकेको छ। अझ रोचक कुरा के छ भने तुलसिपुर मा जुद्दशमशेर को शालिक छ भन्ने कुरा आम जनमानसले थाहै पाएका छैनन। राप्ती पहिचान डटकम का खोजी समाचारदाता मङ्गलसिङ घर्ती,
गृहराज घर्ती र रमा बुढा मगर ले तुलसिपुर क्षेत्रमा जुद्दशमशेर को शालिक छ कि छैन छ भने कहाँ छ भनी आम जनमानस लाई सोधनी गर्दा उनी हरु अचम्म मा परेर जुद्दशमशेर को शालिक छ र? भनेर उल्टै प्रश्न गरेका थिए। यसै सम्बन्धमा हामीले तुलसिपुर उपमहानगर का प्रमुख टिकाराम खडका लाई प्रतिकृया माग्न फोन गर्दा उनको फोन उठेन।
यसै बारेमा तुलसिपुर उपमहानगर का प्रमुख प्रशासकिय अधिकृत मोहन पौडेल लाई प्रतिकृया माग्दा यो भन्दा अघि आफुले जुद्दशमशेरको शालिक यहाँ भएको कुरा थाहा नपाएको तर यो शालिक संरक्षण का बारेमा कार्यपालिका बैठकमा प्रस्ताव लैजाने कुरा बताउनु हुन्छ। मलाइ त जुद्दशमशेरको शालिक यहाँ भएको कुरा थाहा नै थिएन सके सम्म त्यो शालिक नस्ट हुन नदिन मेयर साहब सङ्ग कुरा गर्छु पौडेल ले अगाडी भन्नु भयो।
जुद्दशमशेर राणाकै पालामा कर्मचारी हरुको हकहित का लागि पेन्सन् दिने ब्यबश्था र हालको कर्मचारी सञ्चयकोष, तत समयमा सैनिक द्रब्यकोष का नामले स्थापना भएका थिए। जुद्दशमशेरले बिक्रम सम्बत १९९२ मा उद्योग परिषदको स्थापना गरेर रास्ट्रनिर्माण का लागी धमाधम उद्योग स्थापना गरेका थिए।, बिराटनगर जुटमिल बि सं १९९३मा उनले नै
स्थापना गरेका हुन। त्यसै गरि हालको कम्पनी ऐन उनकै पालामा कम्पनी कानुनका रुपमा १९९३ र १९९४ मा हालको नेपाल बैंक लिमिटेड को स्थापना उनकै पालामा भएको थियो। अझ अचम्म को कुरा हाल तपाईं हाम्रा गोजीमा रहने कागज का नेपाली नोट उनकै कार्यकाल बाट सदर मुलुकीखाना बाट छाप्न सुरु भएको हो भने कर्मचारी लाई तलब दिने ब्यबश्था पनी उनकै पाला बाट सुरु भएको हो।
यस्तै अहिलेको गोर्खापत्र रास्ट्रीय दैनिक उनकै पालामा रास्ट्रीय साप्ताहिक का रुपमा सञ्चालनमा ल्याइएको हो। उनको कार्यकालको ईतिहास मा सबै भन्दा नराम्रो काम भनेको बिक्रम सम्बत १९९७ सालमा राणा शासन बिरुद्द पर्चा छरेको आरोपमा पक्राउ परेका ४ जना शुक्रराज शास्त्री,धर्मभक्त माथेमा,दशरथ चन्द र गंगालाल श्रेस्ठ लाई मृत्यु दण्ड दिइएको थियो।
नेपाली जनता का अगाडी ईतिहास साक्षी छ नेपालको शासन ब्यबश्था सञ्चालन गर्ने ठाउँ सम्म पुगेका हरेक शासक हरुको ईतिहास मारकाट, रक्तपात बाटै आएको देखिन्छ तसर्थ राणा शासन कालका शासक हरुलाइ मात्रै निरंकुश को बिल्ला भिराएर उनी हरुको कार्यकालमा भएका राम्रा काम लाई
ओझेल पार्नु हुदैन र नेपालको शासन् को इतिहासमा दर्ज भएको राणा शासन काल का श्री ३ महाराज तथा नेपालका पुर्व प्रधानमन्त्री जुद्दशमशेर जङ्ग बहादुर राणाको शालिक लाई संरक्षण गर्नु पनी नेपालको ईतिहास लाई संरक्षण गर्नु हो।
रमा बुढा मगर -====
तुलसीपुर १४ पुस २०७९,, तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ३ को धर्मशाला सामुदायिक बनमा झुन्डिएको अवश्थामा फेला परेको एक पुरुष को शवको अझै पहिचान खुल्न सकेको छैन | पुस ११ गते धर्मशाला सामुदायिक वन उपभोक्ता समिति को एक टोलि ले वन गस्ती गर्ने क्रममा झुन्डिएको अवश्थामा एक पुरुषको शव देखे पछी प्रहरी लाइ खबर गरेका थिए |सामुदायिक वन
बाट अत्यधिक मात्रामा दाउरा चोरी भएको सुचना पाए पछी वन गस्तीमा गएको बेला रोइनिको रुखमा सेतो सलको पासो लगाएर एक पुरुष झुन्डिएको अवश्थामा फेला पारे पछी हामि हरुले प्रहरी लाइ खबर गरेर लाश प्रहरीको जिम्मा लगाएका थियौं धर्मशाला सामुदायिक वन का अध्यक्ष पूर्ण नेपालि ले राप्ति पहिचान लाइ बताए |यता धर्मशाला सामुदायिक वनमा अन्ताजी ५०/५१ वर्षको जस्तो देखिने झुन्डिएको अवश्थामा फेला परेको एक पुरुषको शव कसको हो भन्ने बारे अझै पत्ता नलागेको कुरा इलाका प्रहरी कार्यालय तुलसीपुर ले जनाएको छ |
तपाईंको खाता पेन्डिङमा छ । ब्लक हुँदैछ । यसलाई ओपन गर्नलाई तपाँइले खाता नम्बर र ओटीपी नम्बर पठाउँनुपर्छ भन्यो । उसले भने अनुसार खाता र वान टाइम पासवर्ड नम्बरको सक्रीनसर्ट गरेर पठाइदिए । आधा घण्टापछि २ लाख २० रुपैयाँ झिकेको म्यासेज आयो ।
तुलसीपुर १३ पुस । ज्ञानबहादुर चौधरी पसलमा ग्राहक कुरेर बसिरहेका थिए । किनकी उनको तुलसीपुरको बसपार्कमा श्रीराम किराना पसल छ । ९ बजेर ४९ मिनेट जाँदा मोबाइलको म्यासेन्जरमा ट्याङ घण्टी बज्यो । एनआईसी एशिया बैंकको म्यासेन्जर च्याटबाट हेलो सर भन्ने म्यासेज आयो । सोही बैंकका ग्राहक समेत रहेका चौधरीले पनि प्रतिउत्तरमा हजुर सर भने । म एनआईसी एशिया बैंकदेखि हो । तपाईंको समस्या छ । मोबाइल नम्बर दिनुस् भन्ने म्यासेज आयो । प्रतिउत्तरमा चौधरीले मेरो कुनै समस्या छैन भने । तपाईँको खाता पेन्डिङमै छ । अपडेट गर्नुपर्छ भनेर फेरि उताबाट म्यासेज पठायो । त्यसपछि चौधरीले विश्वासका आधारमा ९८४७८१३८९९ मोबाइल नम्बर दिए । लगत्तै चौधरीलाई फोन आयो । म एनआईसी एशिया बैंकबाट हो । तपाईंको खाता पेन्डिङमा छ । ब्लक हुँदैछ । यसलाई ओपन गर्नलाई तपाँइले खाता नम्बर र ओपिटी नम्बर पठाउँनुपर्छ भन्यो । उसले भने अनुसार खाता र वान टाइम पासवर्ड नम्बरको सक्रीनसर्ट गरेर चौधरीले पठाइदिए । आधा घण्टापछि २ लाख २० रुपैयाँ झिकेको म्यासेज आयो । अपरिचित व्यक्तिको झुक्यानमा परेका चौधरीको एकाएक दुई लाख रुपैयाँ गायब भएपछि आफूले खाता खोलेको बैंक एनआईसी एशिया बैंकमा पुगे ।
त्यहाँ पुग्दा सिटिजन बैंकमा पैसा ट्रान्सफर भएको देखायो । त्यसपछि उनी इलाका प्रहरी कार्यालयमा पुगे । त्यहाँ ठाडो निवेदन दिएर चौधरी प्रहरीसँगै सिटिजन बैंक पुगे । त्यहाँबाट नबिल बैंकमा ट्रान्सफर भएको देखायो । त्यहाँबाट पनि उनी नबिलमा गए । त्यहाँबाट पनि बैंक अफ काठमाण्डौमा ट्रान्सफर भएको देखायो । बैंक अफ काठमाण्डौमा पुग्दा ३ बजिसकेको थियो । तर त्यहाँ बन्द भएको भन्दै भित्र प्रवेश गर्न दिइएन र उनी त्यहाँबाट फिर्ता भए । मंगलबार दिनभर बैंक र प्रहरीमा ओहरदोहर गरेका चौधरी बुधबार भने १० बजेदेखि प्रहरीको चिठ्ठीका आधारमा तीन पुस्ते विवरणको रकम ट्रान्सफर भएका बैंकहरूमा पुगेका छन् । उनका अनुसार सोही पैसा एभरेष्ट, मेगा र पुनः एनआईसी एशिया बैंकमा ट्रान्सफर भएको देखाएको छ ।
के भन्छ प्रहरी ?
ग्राहकको सुरक्षाका लागि बैंकहरु नै जिम्मेवार हुनुपर्ने प्रहरीले बताएको छ । बैंकले आफ्ना ग्राहकहरूलाई सुरक्षा जोखिमका विषयमा जानकारी नगराउँदा यस्तो समस्या बढ्न थालेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन गौतमले जानकारी दिए । ‘जुन बैंकका सेवाग्राही ठगिएका छन् । ती बैंकहरुले आफ्नो हेड अफिसमा कुरा गरेर साइबर व्यूरो प्रहरी मार्फत कारबाही गर्नसक्छन् । आफ्नो ग्राहको सुरक्षा गर्नु उनीहरूको पनि दायित्व हो । तर उनिहरु प्रहरीलाई सिकाएर पन्छिने काम गरिरहेका छन् ।’ यो राम्रो कुरा होइन प्रवक्ता डिएसपीले भने ।
अनलाइन सेवा दिनेले यसको सुरक्षा चुनौतिका विषयमा पनि ग्राहकलाई जानकारी दिनुपर्छ । वान टाइम पासवर्ड, पिन नम्बर लगाएत गोप्य नम्बरहरु कसरी सुरक्षीत गर्ने भन्ने विषयमा ग्राहकलाई जानकारी गराउनुपर्छ । बैकीङ प्रणालीमा समेत सुधार गर्नुपर्छ । अंग्रेजीमा आउने एसएमएसलाई नेपालीमा आउने बनाउनुपर्छ । सबैले अंग्रेजी जानेको हुन्छ भन्ने छैन् । प्रवक्ता गौतले भने ।
तुलसीपुर, ९ पुस । दाङको तुलसीपुर ७ स्थित राप्ती शान्ति उद्यान(गणेशपुर) पार्कको अध्यक्षमा एमालेका डिल्लीराज भण्डारी विजयी भएका छन् । उनले २९७ मत ल्याएका छन्, भने उनका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका काँग्रेसका इन्दिरा शर्माले १३४ मत प्राप्त गरेकी छन् । भण्डारी निर्वतमान अध्यक्ष हुन्, भने शर्मा कोषाध्यक्ष हुन् । उनीहरुबीचको मतान्तर १६३ रहेको छ ।
त्यस्तै कोषाध्यक्षमा पनि एमालेकै ढुण्डीराज पराजुली विजयी भएका छन् । उनले २५३ मत ल्याएका छन्, भने उनका प्रतिस्पर्धी गठबन्धनबाट काँग्रेसका चिरिन्जिवी रिजालले १६६ मत ल्याएका छन् । उनीहरुबीचको मतान्तर ८७ रहेको छ । आज भएको निर्वाचनमा ४ सय ५१ मत खसेको थियो ।
अध्यक्ष र कोषाध्यक्षमा निर्वाचन भएको हो । त्यो बाहेक अन्य पदमा भने सर्वसम्मत नेतृत्व चयन भइसकेको छ । सचिबमा जनमोर्चाका कृष्ण पोखरेल निर्विरोध निर्वाचित भइसकेको छन् । त्यस्तै सदस्यहरुमा एमालेका बालाराम रेग्मी, काँग्रेसका छबिलाल पन्थी, एकीकृत समाजवादीका माधव गिरी, विप्वल निकट नेकपाका भक्तिराम भण्डारी, बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीका टुकलाल भण्डारी सर्वसम्मत भएका छन् ।
२०७९ पुष ६ गते बुधवार
बिजौरी । मंगलबार विहान घोराही—तुलसीपुर चारलेन सडक निर्माण कम्पनी श्रेष्ठ कन्स्ट्रक्शन प्रालिका प्रतिनिधि तथा साइट इन्चार्ज इन्जिनियर शेखर शर्मालाई फोन गर्दा सुरुको दुई तीन कलमा घण्टी गयो । तर निरन्तर कल गरिरहंदा उनको फोनमा सम्पर्क हुन सकेन भन्ने जवाफ आइरह्यो ।
चारलेन सडक स्तरोन्नती परीयोजनाका कन्सल्टेन्ट इश्वर अमागाइको पनि ठ्याक्कै त्यस्तै भो, अनि फोन निर्माण कम्पनीका भविकृष्ण श्रेष्ठलाई गर्यौ । पटक पटक फोन गर्दा पनि उनको फोन सम्पर्क हुन सकेन । हामीले फेरी फोन गर्यौ, चारलेन परीयोजनाको कार्यालय लमहीका प्रमुख डिइ आशिष थापामगरलाई । उनको फोन पनि पटक पटक प्रयासमा पनि उठ्न सकेन । निर्माण कम्पनी, परीयोजना कार्यालय र कन्सल्टेन्ट कसैले पनि फोन उठाउन चाहंदैनन् भने के बन्ला यो अवस्थाले चारलेन ? नागरीकको यो आक्रोसलाई कसले सम्बोधन गर्ने ?
एक वर्षमा काम सम्पन्न गर्ने वाचासहित दाङ आएका चारलेन सडक निर्माण कम्पनी भारतको तथ्य इन्जिनियरीङ एण्ड इन्फा प्रोजेक्टका प्रबन्ध निर्देशक प्रविण ब्रम्हदेव फेरी कहिल्यै आएनन् । उनी दाङ आएर प्रमुख जिल्ला अधिकारी, पत्रकार तथा राजनीतिक दलका सामु वाचा गरेको पनि करीव दुई बर्ष पुग्न थालिसकेको छ । तर निर्माण कम्पनीलाई कारवाहि गर्नु र नयाँ प्रक्रियामा जानुको साटो सरकारले उही कम्पनीलाई बिना आधार पटक पटक म्याद थप्दै आएको छ ।
सडकमा काम गर्न होइन, सम्पर्कमै छैनन्, तथ्य इन्जिनियरीङले खटाएका पेटि ठेकेदारका प्रतिनिधिहरु । सडकमा दिनदिनै भ्वाङ बढिरहेका छन् । जुम्ला—कालिकोटको भन्दा धराप एवं जोखिमपूर्ण यातायात छ, घोराही तुलसीपुरको । दिनदिनै दुर्घटना भएको भयै छन् । चारलेन बनाउने भनेर सडक कटिङ गरी भत्काउन थालेपछि यसबीचमा कम्तिमा २८ नागरीकहरुको यहि सडकमा दुर्घटनामा परेर दुःखद निधन भैसकेको छ । सयौं सवारीसाधन कामै नलाग्ने गरी क्षति भएका छन् तर पनि यसमा सरकारको कुनै उपस्थिति देखिन सकेन ।
भारतीय प्रधानमन्त्रीले नेपालका हरेक क्षेत्रको यातायात दयनिय भएको भन्दै सडक स्तरोन्नतीको अनुदान नेपाल प्रमणमा घोषणा गरे । तर त्यसमा पछि कार्यविधि बनाइयो, भारतीय बैंकले लगानी गर्ने, भारतीय कम्पनीलाइ ठेक्का दिने र भारतमा निर्मित निर्माण औजारको तोकिएको हिस्सामा प्रयोग हुने । त्यहि अनुरुप भारतीय ठेकेदारलाई काम दिन ग्लोवल टेण्डर आहुवान सडक विभागले गर्यो । ठेक्का पर्यो । अनि घोराही—तुलसीपुर चारलेन सडक निर्माण गर्न एउटा परीयोजना पनि बनायो नेपाल सरकार सडक विभागले ।
त्यसैको माताहतमा लमहीमा चारलेन सडक परीयोजनाको कार्यालय पनि स्थापना भो । तर सो कार्यालय काममा गतिशिलता दिनका लागि बेखर छ । काम नगरे कारवाहि सम्मको हैसियतमा पनि छैन लमहीको कार्यालय अनि घोराहीको कन्सल्टेन्ट परियोजना ।
चारलेन भनेर सडक नभत्काउँदासम्म जसोतसो घोराही तुलसीपुर सार्वजनिक यातायात ५५ मिनेटमा क्रस हुन्थ्यो । निजि सवारी साधनहरु बढिमा आधा घण्टामा आवतजावत हुन्थे । तर जब चारलेन परीयोजना सुरु भयो, त्यसपछि भत्काउने काम मात्रै भयो । २३ किमि दुरीको यात्रामा अहिले कम्तिमा डेढ घण्टासम्म लाग्न थालेको छ । यो क्रम अझै बढिरहेको छ ।
चार बर्ष पुग्न थालेको छ, २८ किमि सडक चारलेनको काम सुरु भएको । त्यो पनि सवै स्थानमा चारलेन होइन । भारतको तथ्य इन्जिनियरीङले १ करोड २१ लाख अमेरीकि डलरमा ठेक्का लिएको सडक स्तरोन्नतीको काम ८ प्रतिशत मात्रै प्रगति भएको कन्सल्टेन्टको कार्यालय र परीयोजनाको कार्यालयले पटक पटक बताउँदै आएका छन् । तर पछिल्लो समयमा सडकमा निर्माण कम्पनीको कुनै स्थानमा पनि उपस्थिति छैन । पेटि ठेकेदार फेरेपछि काम होला भन्ने नागरीकको आशा दियो, तर जुन जोगी आएपनि कानै चिरेका । काम झनै ठप्प भयो । पेटि ठेकेदार श्रेष्ठ कन्सट्रक्शनका प्रोप्राइटरले भर्खरै सम्पन्न संघ र प्रदेश सांसदहरुसँग पनि दुई सातामै देखिने गरी कामको प्रगति हुने लिखित प्रतिवद्धता पनि जनाए । तर प्रतिवद्धता गराउने सांसदहरु राजधानी गएसँगै निर्माण कम्पनीका प्रतिनिधिहरु पनि काठमाडौं लागे । लिखित सहमति गरेको एक महिना बितिसकेको छ, तर पनि सडक स्तरोन्नतीको काम सुरु हुन सकेको छैन ।
अब निर्माण कम्पनीको पछिल्लो पटक थपिएको म्याद पनि २०८० असार मसान्तसम्म मात्रै छ । त्यसका लागि अव ६ महिना मात्रै बाँकी छ । चार बर्षमा ८ प्रतिशत भौतिक प्रगति भएको परीयोजना कार्यालयले तथ्यांक सार्वजनिक गरेको अवस्थामा कसरी बन्ला चारलेन सडक तेस्रो पटक म्याद थप भएको समयमा ? आम जिल्लाबासीहरुको यहि आक्रोश छ । साभार;| साक्षी खबर साप्ताहिक |
©2023 Rapti Pahichan. All rights reserved.