तुलसीपुर, १३ पुस बुधबार २०७९ ।
दाङमा वेवारिसे अवस्थामा फेला परेका एक जना पुरुषको मृत्यु भएको छ । मंगलबार बेलुका ७ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १८ स्वर्गद्धारी गेट नजिक नामथर नखुलेका अन्दाजी ५०/५५ वर्षिय एक जना परुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजन गौतमले जानकारी दिए ।
प्रवक्ता गौतमका अनसार स्वर्गद्धारी आश्रमको गेट नजिक बेहोस भएर लडिरहेको अवस्थामा फेला पारी उनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाइएको थियो । उनको प्रतिष्ठानमा उपचारका क्रममा मंगलबार सवा ७ बजे मृत्यु भएको प्रहरीले बताएको छ ।
साथै प्रहरीले मृतक व्यक्तिलाई पहिचान गरेको खण्डमा जिल्ला प्रहरी कार्यालय दाङको कार्यालयमा सम्पर्क राख्न समेत अनरोध गरेको छ ।
२०७९ कार्तिक २५ गते शुक्रवार
घाेराही । पूर्व मन्त्री एवम् नेकपा माओवादी केन्द्रकि स्थानीय समिति सदस्य रेखा शर्माले दाङ निवार्चन क्षेत्र नं मा गठबन्धनको पक्षमा जनलहर आएकाे बताउनुभएको छ ।
घाेराही उपमहानगरपालिका वडा नं ६ अगरामा आयाेजित कार्यक्रममा बाेल्दै शर्माले यहाँका सबै सचेत मतदाता प्रतिगमनका बिरूद्घ उभिसकिएकाे बताउनुभयाे । ‘मैले याे निर्वाचन क्षेत्रका २७ वटै वडामा पुगेर जनताकाे मनाेविज्ञान बुझेकाे छु,’ उहाँले भन्नुभयाे, ‘यहाँका जनताले आफूलाई सहजरूपमा भेट्न सक्ने र विकास निर्माणकाे नेतृत्व गर्ने नेता खाेजेका छन् शर्माले भनिन| ’उहाँले याे निर्वाचनमा आम मतदाताले संविधान रक्षा र लाेकतन्त्रकाे पक्षधर शक्तिलाई विजयी गराउने धारणा व्यक्त गर्नुभयाे अहिले केपी ओली, राजेन्द्र लिङ्गदेल, कमल थापाहरूकाे गठबन्धन पनि निर्माण भएकाे छ,’ शर्माले भन्नुभयाे, ‘काङ्ग्रेस,
माओवादी र एकीकृत समाजवादीकाे अगुवाइमा गणतन्त्र र संविधानकाे रक्षा गर्ने शक्तिहरूकाे गठबन्धन भएकाे छ ।’शर्माले यस क्षेत्रकाे विकासका लागि आफूहरूले विगत देखि नेै काम गरिरहेकाे उल्लेख गर्दै आगामी दिनमा थप पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे । उहाँले महिलाले पनि देश चलाउन सक्छन् भन्ने कुराकाे सन्देश दिनुपर्ने धारणा व्यक्त गर्नुभयाे ।समृद्ध र स्थायित्व आम जनताकाे चाहना भएकाले त्याे प्राप्तिका लागि गठबन्धनलाई मतदान गर्ने विश्वास गर्नुभयाे ।शर्माले एमालेका इमान्दार नेता कार्यकर्ताले पनि गठबन्धनलाई मतदान गर्ने बताउनुभएको छ ।
केपी ओली समूहकाे गुटले पार्टी कब्जा गरेपछि एमाले भित्रका पुराना, इमान्दार र लगनशील कार्यकर्ताहरूमाथि निषेध गर्न थालिएकाे उहाँकाे भनाई छ ।“अहिले एमाले भित्रका सच्चा नेता कार्यकर्ता पाखा लाग्ने र नवप्रवेशीहरूले अवसर पाउने सृजना भएकाे छ,” शर्माले भन्नुभयाे, “केपी गुटले चुनाव जितेकाे खण्डमा एमाले भित्रका इमान्दार नेता तथा कार्यकर्ताहरूलाई अझ धेरै पाखा लगाउने काम हुनेछ,आफ्नाे राजनीतिक भविष्यका लागि भए पनि उनीहरूले हामीलाई मतदान गर्ने छन् ।”
निर्वाचनमा एमालेले प्रत्यक्षमा ८/१० सिट भन्दा बढी जित हासिल गर्न नसक्ने उहाँले ठाेकुवा गर्नुभयाे । शर्माले दाङकाे समृद्धिका लागि गठबन्धनसँग स्पष्ट याेजना भएकाे समेत बताउनुभयाे ।
बुटवल, १ असार ।
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीमाथि छनबिन गर्न लुम्बिनी प्रदेश सरकारले कार्यदल गठन गरेको छ । बुधबार लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।
यस्तै समितिको सदस्यमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्तीमगर, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहेका छन् ।
दाङ
३१ जेठ / लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री(वली)लाई अनुसन्धानकालागि घोराही स्थित जिल्ला प्रहरी कार्यालय दाङ लगिएको छ । वाईसिएलका नेता एकराज बस्नेतकी श्रीमति मिना बस्नेत र छोरीलाई कुटपिट गरेको भन्दै ईलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको थियो ।
विहान ९ बजेतिर नियन्त्रणमा लिएका उनलाई दिउसो १२ बजे तुलसीपुरबाट घोराही लगेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक शुरेस काफ्लेका अनुसार थप अनुसन्धानकालागि घोराही लगिएको हो । तुलसीपुर ५ बसपार्क स्थित घरमै गएर कुटपिट गरेको भन्ने सूचना पाएपछि प्रहरी त्यहाँ पुगेको थियो । कुटपिट भएको भन्दै आफन्त तथा समर्थकहरुले प्रहरी कार्यालयमा विरोध समेत जनाएका थिए ।
नेता बस्नेतसंगकेही समय अघि खिचेको एउटा सेल्फी भाइरल थियो । तर, अहिले बस्नेत सम्पर्क विहीन रहेका छन् ।
हिमाल बिश्वकर्मा तुलसिपुर/ वीर बहादुर बिश्वकर्मा शान्तिनगर, अज्ञात सिरोही घोराही बाट।
दाङ १२ बैशाख २०७८, बैशाख ३० मा हुने स्थानिय निर्वाचन का लागी सातारुढ दल हरु बिच गठवन्धन गरी चुनावमा जाने समझदारी भए पनी दाङको १० वटा पालिका मध्य दुइ पालिका बाहेक ८ वटा पालिकामा गठवन्धन को गाँठो फुक्न सकेन। जिल्लाको घोराही र
बंगलाचुली गाउपालिकामा गठवन्धन दलले समझदारीमा वडा तथा पालिका प्रमुख बाँडफाँड गर्न सफल भए पनी अन्य पालिकामा भने आ आफ्नै दलका उमेदवार हरुले मनोनयन दर्ता गराएका छन। गठवन्धन हुन नसकेका पालिका हरु शान्तिनगर गा पा, बबइ गा पा, दंगिशरण गा पा, लमही नपा, राजपुर गापा, राप्ती गापा, गढवा गापा र
तुलसिपुर उपमहानगर रहेका छन। तुलसिपुरमा गठवन्धन दल बाट मेयर पदका उमेदवार नेपाली काँग्रेस का गेहेन्द्र गिरि र उप मेयर पदका उमेदवार नेकपा एकीकत समाजवादीका जोग बहादुर रानाले मनोनयन दर्ता गराएका छन भने वडा अध्यक्ष र सदस्य हरुको बारेमा अझै कुरो मिल्न सकेन।यस्तै दाङको शान्तिनगर
गापा मा गठवन्धन हुन नसके पछी त्यहाँ गठवन्धन मध्यको दल नेकपा माओवादी केन्द्र ले एकल उमेदवारी दर्ता गराएको छ। माओवादी केन्द्र शान्तिनगरले मोहनलाल वली गापा अध्यक्ष,राधिका परियार उपाध्यक्ष र ७ वटै वडामा अध्यक्ष र सदस्य पदमा एकल उमेदवारी दर्ता गराएको छ। त्यस्तै जिल्लाको बबइ गापा मा पनी
माओवादीले एकल उमेदवारी दर्ता गराएको छ। माओवादी केन्द्रले बबइ गा पा मा पार्टीको तर्फ बाट भिम बहादुर वली लाई अध्यक्ष र उपाध्यक्ष मा अञ्जु घर्ती लाई सिफारिस गरी मनोनयन दर्ता गर्न लगाएको छ। त्यस्तै दंगिशरण गापा मा माओवादीले एकल उमेदवारी दिँदै
मणिराम चौधरि लाई अध्यक्ष र बिनिता चौधरी वली लाई उपाध्यक्ष पदमा मनोनयन दर्ता गर्न लगाएको माओवादी ले लमही नपा मा बसन्तराज शर्मा बिक्रान्त लाई मेयर पदमा र उपमेयर पदमा गंगा पाण्डे र ९ वटै वडामा एकल पार्टीका उमेदवार लाई मनोनयन दर्ता गर्न लगाएको छ।त्यसै गरि राप्ती गाउपालिकामा माओवादी र जनमोर्चा
बिच मात्रै गठवन्धन भएको छ।सो गापा मा माओवादी केन्द्रको तर्फ बाट अध्यक्ष पदमा प्रकाश बिस्टले मनोनयन दर्ता गराएका छन भने उपाध्यक्ष पदमा जनमोर्चाका केशव खनालको उमेदवारी परेको छ भने ९ वटा वडा मध्य जनमोर्चा ले १ नं र ४ नं वडा पाएको छ भने बाँकी ७ वटा वडामा माओवादीको तर्फ बाट वडा
अध्यक्ष को उमेदवारी परेको छ।त्यस्तै गढवा गापा मा माओवादी ले यमनारायण पोख्रेल अध्यक्ष पदमा उमेदवारी दिएको छ भने एकीकत समाजवादी कि शान्ती चौधरी ले उपाध्यक्ष पदमा,राजमो ले वडा हरुमा उमेदवारी दिएको छ।यसै गरी राजपुर गापा मा माओवादीले मात्रै एकल उमेदवारी दिएको छ।गापा
अध्यक्षमा चक्र बहादुर खडकाले उमेदवारी दर्ता गराएका छन भने उपाधक्षमा माओवादीकै पुष्पा यादवले उमेदवारी दिएकी छिन।यस्तै जिल्लामा गटवन्धन दल हरुको समझदारीमा उमेदवारी दर्ता भएका दुई पालिका मध्य बंगलाचुली गापा र घोराही उपमहानगर रहेका छन। घोराही उपमनपा मा माओवादी पार्टीका मेयर पदका
उमेदवार हेमराज शर्मा ले र उप मेयर पदका लागी नेपाली काँग्रेस का भुप बहासुर डाँङ्गिले उमेदवारी दिएका छन।त्यस्तै घोराही उपमनपा को १९ वडा मध्य नेका ले १३ वटा वडा,माओवादी ले ४ वडा र एकीकत समाजवादी ले २ वटा वडामा उमेदवारि दिएको कुरा घोराही बाट राप्ती पहिचान डटकम का कानुनी
सल्लाहकार अधिवक्ता लुम बहादुर कार्की ले हामी लाई बताए।यसै गरी बंगलाचुली गाउपालिकामा पनी सहमती कै आधारमा मनोनयन पत्र दर्ता भएको छ। त्यस पालिकामा माओवादी केन्द्र बाट सुभाष पुन अध्यक्ष ,
रमा बुढा मगर–===
तुलसिपुर ९ बैशाख २०७९, दाङका तीन जना कर्मचारी बिरुद्द अख्तियारमा उजुरी परेको छ।दाङको मालपोत कार्यालय घोराहीमा उनी हरु प्रमुख ओहदामा रहेका बेला टरीगाँउ श्थित २०२६ सालको सर्वे नापी हुदा नेपाल सरकारको नाउँमा दर्ता रहेको दाङ टरीगाँउ ९ ख कित्ता नं १७६ को ४३ बिगाह १६ गट्ठा साढे ४ धुर जग्गा बाट केही सरकारी जग्गा ब्यक्ती लाई पास
गरिदिएको र केही सरकारी जग्गामा अतिक्रमण गराउन मद्दत गरेको पाइए पछी उनी हरु बिरुद्द सरकारी सम्पत्ती हिनामिना गरेको आरोपमा उजुरी परेको हो।यस्तो उजुरी पर्नेमा तत्कालिन मालपोत कार्यालय दाङका कार्यालय प्रमुख अब्दुल कलाम खाँ, मालपोत अधिकृत कृष्ण
प्रसाद गौतम र मुद्दा शाखा प्रमुख कमल बहादुर वलीको नाम रहेको छ। उनी हरुले २०५७ सालमा नेपाल सरकारको नाउमा रहेको टरीगाँउ ९ ख कित्ता नं १७६ को ज बि ४३ बिगाह १६ गट्ठा साढे ४ धुर सरकारी जग्गा बाट कति लाई रजिस्ट्रेसन पास नै गरि दिएका छन भने कति लाई अतिक्रमण गर्न सघाएको भनिएको छ।
रमा बुढा मगर–=====
तुलसिपुर ८ चैत २०७८, बिक्रम सम्बत २०२६ सालमा गरिएको नेपाल सरकारको सर्वेनापी ले दाङ्ग टरीगाँउ पञ्चायतको ९ नं वडा हाल तुलसिपुर उप मनपा वडा नं १० को बनगैँ मा टरीगाँउ ९ ख कित्ता नं १७६ तोकी ४३ बिगाह १६ गट्ठा साढे ४ धुर जग्गा नेपाल सरकार को नाउमा राखेको कुरा नापी कार्यालयको फिल्डबुकमा र
मालपोत कार्यालयमा दर्ता भएको देखिन्छ।त्यही ४३ बिगाह १६ गट्ठा सरकारी जग्गामा पर्यो तत्कालिन मालपोत कार्यालय दाङका कार्यालय प्रमुख अब्दुल कलाम खाँ को आँखा। उनले कस्तो प्रलोभनमा परी सरकारी जग्गा ब्यक्तीको नाउमा दर्ता गरे भन्ने कुरा केही नखुले पनी खाँ नै कार्यालय प्रमुख रहेका बेला टरीगाँउ ९ ख कित्ता नं १७६को सरकारी जग्गा बाट २०५७ सालमा
कित्ता नं टरीगाँउ ९ ख ६२९ कायम हुने गरी ज बि ०-१-१ एक गट्ठा एक धुर र कित्ता नं ६३० कायम हुने गरी ज बि ०-३-१९ धुर गरी ५ गट्ठा सरकारी जग्गा गुरीलाल चौधरी को नाउमा दर्ता श्रेस्ता नै कायम गरीदिएको ब्यहोरा नापी कार्यालय तुलसिपुरको फिल्डबुक अभिलेखले देखाउछ। बाँकी रहेको ४३ बिगाह ११ गट्ठा सरकारी जग्गा मध्य १
बिगाह १५ गट्ठा ७ धुर जग्गा बनगैँ कै चन्द्र बहादुर हमाल ले आफ्नो भएको दावी गर्दै आइ रहेका छ्न भने ४३ बिगाह ११ गट्ठा साढे ४ धुर सरकारी जग्गामा हाल सियो डोब्ने ठाउँ जति पनी खाली छैन, अतिक्रमणमा परेको देखिन्छ।घटना हेर्दा तत्कालिन मालपोत कार्यालय दाङका कार्यालय प्रमुख अब्दुल कलाम खाँ ले गुरीलाल
चौधरी लाई दर्ता श्रेस्ता नै कायम हुने गरी र चन्द्र बहादुर हमाल लाई पछी दर्ता हुने गरी सरकारी जग्गा दिएको कुरा थाहा पाए पछी वरपरका मानिस हरु सबै आइ बाँकी रहेको सरकारी जग्गा अतिक्रमण गरि बसेको जस्तो पाइन्छ।अर्को रोचक कुरा के छ भने मालपोत कार्यालय घोराही र मालपोत कार्यालय तुलसिपुरमा हाल उक्त सरकारी जग्गाको मोठ समेत छैन।राप्ती पहिचान
डटकम लाई सुचना दिइएको मालपोत कार्यालय तुलसिपुरको च नं ७६११ मिति २०७९/०१/०५ गतेको पत्रमा टरीगाउँ ९ ख साविक कित्ता १७६ जसमा ४३ बिगाह १६ गट्ठा साढे ४ धुर क्षेत्रफल रहेको सरकारी जग्गा र गुरीलाल चौधरीको नाउमा दर्ता श्रेस्ता कायम भएका दुई कित्ता कित्ता नं टरीगाउ ९ ख ६२९ र टरीगाँउ ९ ख ६३० नं कित्ता तथा सो मा भएको जग्गाको कुनै
प्रकारको भु-अभिलेख यस कार्यालयमा नभएको भनी लेखिएको छ। यता यहि बिषयमा नापी कार्यालय तुलसिपुरले भने टरीगाँउ ९ ख साविक कित्ता नं १७६ मा ४३ बिगाह १६ गट्ठा साढे ४ धुर जगा नेपाल सरकारको नाउमा भएकोमा २०५७/१०/२९ गते मालपोत कार्यालय दाङ्ग को च नं ३२८१ को पत्रमा दुई कित्ता बाट ५ गट्ठा
जग्गा गुरीलाल चौधरीको नाउमा कित्ता कायम हुने गरी कित्ता काट गर्नु हुन भनी लेखी पठाएको आधारमा साविक कित्ता नं ९ ख १७६ को जग्गा बिगाह ४३ बिगाह १६ गट्ठा साढे ४ धुर बाट ०-१ गट्ठा ०-०-१ धुर र ०-३ गट्ठा ०-०-१९ धुर कित्ता नं क्रमश: ६२९ र ६३० नं कित्ता कायम हुने गरी कित्ता कायम गरेको र साविक कित्ता नं
कार्यालय लाई २०७८/१२/६ गते २०५७ साल १० महिना २९ गतेको समयमा कार्यालय प्रमुख को थिए? र मुद्दा शाखा प्रमुख तथा मालपोत अधिकृत को थिए भनी जानकारी माग्दा २०७८/१२/३० गते च नं ९८९१ को पत्रमा २०५७ सालको हाजिरी रजिस्टर यस मालपोत कार्यालयमा फेला नपरेको र तत समयमा पारित भएको
लिखत हेर्दा कार्यालय प्रमुख अब्दुल कलाम खाँ, मालपोत अधिकृत कृष्ण प्रसाद गौतम र मुद्दा शाखा प्रमुख कमल बहादुर वली कार्यरत रहेको देखिन्छ भनी राप्ती पहिचान लाई जानकारी गराएको छ।अनुसन्धान गर्दै जाँदा सरकारी जग्गा ब्यक्तीको नाउमा पास गराउने काममा यी तीन अधिकारीको पक्कै पनी संलग्नता
भएको प्रस्ट देखिन्छ। यसै सम्बन्धमा हामीले मालपोत कार्यालय तुलसिपुर का कार्यालय प्रमुख खेमराज शर्मा लाई सरकारी जग्गा कसरी ब्यक्तीको नाउमा पास भयो? र बचेको सरकारी जग्गाको पनी मोठ श्रेस्ता किन कायम भएन भनी सोधनी गर्दा आफु भरखर निमित्त कार्यालय प्रमुख भएर बसेको हुनाले आफू लाई यस बिषयमा
जानकारी नभएको कुरा बताउछन।मलाइ त यस बारे थाहा नै थिएन अब थाहा भयो सरकारी जग्गाको बारेमा खोजीनिती गरेर संरक्षण गर्ने काम गर्छु शर्माले अगाडी भने।उक्त जग्गाको अभिलेख मालपोत कार्यलयमा नभए पनी म कार्यालय प्रमुख रहेको नापी कार्यालयमा अभिलेख
हिमाल वि क===
नेकपा माओवादी केन्द्र को केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज जीवन गौतम ले पार्टी परित्याग गरेका छ्न। गौतम ले सोमबार पत्रकार सम्मेलन गरेर आफुले माओवादी केन्द्र छोडेको घोषणा गरेका हुन। उनले माओवादी चरम गुटवन्धीको संघारमा फसेको,पार्टी भित्र परिवारवाद हावी भएकाले आफुले पार्टी छोडेको
बताएका छ्न। एक अर्को प्रसङ्गमा उनले माओवादी अब सर्वहारा वर्गका जनताको पार्टी नभइ हुनेखाने पहुचवालाको पार्टीमा रुपान्तरण भइ सकेको अवश्थामा आफुले यस्तो कदम उठाएको कुरा बताएका छन। अहिले मलाइ घोराही उपमहानगरको मेयरको टिकट नपाएको झोकमा पार्टी परित्याया गरेको आरोप
लगाइएको छ तर त्यस्तो केही हैन बरु माओवादी केन्द्र पार्टी भित्र बिचार र सिद्वान्तमा आधारित राजनितिको देहावसान भएको देखे पछी त्यस्तो पार्टी बाट सर्वहारा वर्ग देश र जनताको भलो नहुने वातावरण बन्दै गए पछी आफुले यस्तो कठोर कदम उठाएको कुरा उनले अगाडी बताए।
दाङ, १३ पुस । प्रतिनिधि सभा विघटनको बिरुद्धमा आज नेपाली कांग्रेसले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा बिरोध प्रदर्शन गर्दैछ । कांग्रेसले सम्वन्धित प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट उठेका उम्मेदवारहरुलाई नै आआफ्नो निर्वाचन क्षेत्रमा हुने बिरोध कार्यक्रममा सहभागि हुन निर्देशन गरेको छ ।
कांग्रेसले दाङमा प्रतिनिधि सभा अन्तर्गतका तीन वटा निर्वाचन क्षेत्र अन्तगर्त तुलसीपुर, घोराही र लमहीमा विरोध कार्यक्रम गर्न लागेको जिल्ला सभापति कृतिबहादुर खड्काले जानकारी दिनुभयो । बिहान ११ बजेपछि तीन वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन हुने उहाँले बताउनुभयो ।
विरोध सभालाई विभिन्न नेताहरुले संवोधन गर्ने कार्यक्रम रहेको सभापति खड्काले जानकारी दिनुभयो । पुस ५ गते प्रधानमन्त्री केपि शर्मा वलीले संसद विघटनको प्रस्तावमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्विकृत गरिएपछि पछिल्लो समय संसद पुर्नस्थापनका लागि विरोध प्रदर्शन हुने गरेका छन् ।
संसद विघटनको विरोधमा आज प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसलले प्रतिनिधि सभाको १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्न लागेको हो ।
तुलसीपुर १६-मंसि । दाङको तुलसीपुरका एकजना कोरोना संक्रमितको बुटवलमा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका ५ का ५५ वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको हो । मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष १४ गते अस्पताल भर्ना भएका थिए ।उनको उपचारका क्रममा मंगलबार बिहान साढे ८ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलका अनुसार दाङमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ३१ पुगेको छ । लुम्बिनी प्रदेशमा २९३ जना संक्रमितको मृत्यु भएको छ।
©2023 Rapti Pahichan. All rights reserved.