दाङ २३ बैशाख २०८०, दाङ जिल्ला तेक्वान्दो संघको आयोजनामा २२गते देखि सन्चालन भएको नगर स्तरीय प्रथम धन बहादुर नेपाली प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगिताका बिजयी खेलाडीलाई लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्ष बिमल रिजाल, दाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष बिष्णु प्रसाद अधिकारी, प्रमुख प्रशिक्षक भिमलाल बि क, खेलाडीको अभिभावकहरुले पुरस्कार वितरण गरेका थिए । प्रमुख अतिथिद्वरा धन बहादुर नेपाली को पत्नी भगवती नेपालीलाई खादा लगाएर सम्मान गर्नु भएको थियो।
प्रतियोगितामा तुलसीपुर उपमहानगरपालिकाका खेलाडीको सहभागिता रहेको थियो । आयोजकका अनुसार २०० जना खेलाडीले प्रतियोगितामा सहभागिता जनाएका थिए । प्रतियोगिताको समापन कार्यक्रम लुम्बिनी प्रदेश तेक्वान्दो संघ का अध्यक्ष बिमल रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
समापन कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका ८ का वडाध्यक्ष धर्म वलि , खेलाडीको अभिभावक लगायतको उपस्थिती रहेको कुरा प्रथम धन बहादुर नेपाली स्मृति तेक्वान्दो प्रतियोगिताका आयोजक बम बहादुर वि.क ले बताए।
हिमाल बिश्वकर्मा { तुलसीपुर बाट }
दाङ २२ बैशाख २०८०, दाङ को तुलसीपुर स्थित लुम्बिनी प्रदेश तेक्वान्दो संघको कभर्ड हलमा धन बहादुर नेपाली स्मृती खुल्ला तेक्वान्दो प्रतियोगिता आज देखी सुरु भएको छ | बैशाख २२ र २३ गते हुने प्रतियोगिता मा २०० जना तेक्वान्दो खेलाडी हरुले भाग लिई रहेका छन् | तुलसीपुर उपमहानगर र घोराही उपमहानगर का तेक्वान्दो खेलाडी हरुको सहभागिता रहेको कुरा स्मृती प्रतियोगिताका संयोजक बम बहादुर बि क ले राप्ति पहिचान लाइ बताए | तुलसीपुर उपमहानगरपालिका को वडा नम्बर ८ मा
संचालित उक्त प्रतीयोगीताको उदघाटन तेक्वान्दो संघ लुम्बिनी प्रदेशका अध्यक्ष बिमल रिजालले गरेका थिए | उदघाटन कार्यक्रममा बोल्दै रिजाल ले खेल एक प्रकारको प्रदर्शनी मात्रै नभई शारीरिक रुपमा स्वश्थ राख्न र खेल कै माध्यम बाट देश लाई विश्व सामु चिनाउने माध्यम भएकाले आफ्नो रास्ट्रका जुनसुकै खेल र खेलाडीको सम्बर्धन र संरक्षण तथा खेल क्षेत्रको समुचित बिकास का लागी राज्यले ध्यान दिनु पर्ने कुरा बताए | उदघाटन कार्यक्रममा तेक्वान्दो संघ दाङ का जिल्ला अध्यक्षा
बिष्णु कुमार अधिकारी,भिमलाल बि क ,जित बहादुर के सी र जग बहादुर नेपालीले प्रतियोगिताको सफलताको बारेमा आ-आफ्नो शुभकामना मन्तब्य राखेका थिए | धन बहादुर नेपाली लामो समय देखी तुलसीपुर क्षेत्रमा तेक्वान्दो खेल प्रशिक्षक रुपमा चिरपरिचित ब्यक्ती हुन् | उनले दाङका बिभिन्न क्षेत्रमा हाल देखिने तेक्वान्दो खेलाडी हरुलाई प्रशिक्षण दिँदै आई रहेका थिए | उनको २०७९ साल पुस २४ गते मृत्यु भएको थियो | नेपालीको तेक्वान्दो खेल प्रतीको लगाव र योगदान लाई कदर गर्दै उनको
स्मृतिमा २ दिने तेक्वान्दो प्रतियोगिताको आयोजना गरिएको हो | प्रतिगीताको सुरु गर्नु अघी उनका समर्थक तथा प्रतियोगितामा सहभागी हरुले एक र्र्यालीको आयोजना गरी तुलसीपुर बजार परिक्रमा गरेका थिए |
तुलसीपुर ,२९ भदौ । हिमाल बि क।
आईबिएस तेक्वान्दो दोजाङ तुलसीपुर-३ ले खेलाडीलाई प्रमाणपत्र (जुनियर सर्टिफिकेट) वितरण गरेको छ । दोजाङले बुधबार (आज) दमारगाउमा एक कार्यक्रमको आयोजना गरी उनिहरुलाई प्रमाणपत्र प्रदान गरेको हो ।
सचिब बम बहादुर बिकका अनुसार खेलाडीहरुलाई तुलसीपुर-३ का वडा अध्यक्ष वीर बहादुर बिक(बिजय )ले हस्तान्तरण गर्नुभयो । अध्यक्ष बिकले प्रमाणपत्र हस्तान्तरण गर्दै खेलाडीलाई अनुशासित बन्न सुझाव दिनुभयो ।
खेलकुदको माध्यमबाट खेलाडीले राष्ट्रलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल भएको भन्दै उहाँले दक्ष खेलाडी उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो । त्यस अवसरमा देबिराम गुरुङ ,मीन बहादुर गुरुङ र बसन्ती परियारले खेलाडीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
काठमाडौं । मैत्रीपूर्ण खेल खेल्न नेपाली राष्ट्रिय पुरुष फुटबल टोली बिहिबार बंगलादेशको ढाका प्रस्थान गरेको छ । २५ खेलाडी र बाँकी अफिसियल गरी कूल ३४ सदस्यीय टोली हिमालयन एयरलाइन्समार्फत बिहान ढाका प्रस्थान गरेको हो ।नेपाल र बंगलादेशबीच यही नोभेम्बर १३ र १७ तारिखमा ढाकामा मैत्रीपूर्ण खेल हुँदैछ । त्यसअघि नेपाली टोली करिब एक साता होटेल क्वारेन्टिनमा बस्नुपर्ने भएकोले खेलाडीहरु बिहिबारै त्यसतर्फ प्रस्थान गरेका हु्न । त्यसपछि कोरोना परीक्षण हुनेछ र नेगेटिभ रिपोर्ट आएपछि नेपालले प्रशिक्षण गर्ने अवसर पाउनेछ ।
केही सिनियर खेलाडीलाई कोरोना पोजेटिभ देखिएकाले योपटक नेपाली टिममा नयाँ खेलाडी धेरै संख्यामा समावेश छन् । नेपाली टोलीमा अजित भण्डारी, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, बिमल राना, बिशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की र दिलेन लोक्ताम, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रन्जित धिमाल, रवि पासवान, सरोज दाहाल, सेसेहाङ आङदेम्वे, सुभास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ पनि टोलीमा छन् ।
सप्तरीमा कोरोना संक्रमण पुष्टि भएको थाहापाए लगत्तै एक व्यक्ति क्वारेन्टिनबाटै भागेका छन् ।
हनुमाननगर कंकालनी नगरपालिका वडा नम्बर १ भारदहस्थित वीपी माविको क्वारेन्टिनमा बसेका २४ वर्षीय युवक क्वारेन्टिनबाट भागेका हुन् । उनको पीसीआर परीक्षणको रिपोर्ट सोमबार आएको थियो ।
रिपोर्ट पोजेटिभ आएको थाहा पाएपछि उनलाई छुट्टै कोठामा राखिएको थियो । तर त्यसको केही बेरमै उनी क्वारेन्टिनबाट भागेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामदेव यादवले जानकारी दिए ।
‘अन्य व्यक्तिसँगै रहेका उनी पोजेटिभ देखिएपछि अर्काे कोठामा राख्न लगायौं,’ उनले भने, “तर पानी परेको मौका छोपी उनी पर्खालबाट हाम फालेर भागे ।”
सर्लाही घर भएका ती व्यक्ति सप्तरीमै बस्दै आएका थिए । पछिल्लो समय भारतबाट आएका उनलाई क्वारेन्टिनमा राखिएको थियो ।
दुई वटा विवाह गरेका उनको दुवै ससुराली सप्तरीमै छ । ससुरालीमा समेत उनी फेला नपरेको र प्रहरीले खोजी कार्य जारी राखेको स्वास्थ्य संयोजक यादवले बताए ।
पर्वत,३२ जेठ ।
पर्वतको कुस्मा नगपालिका वडा नम्बर ३ दुर्लुङको ढकालबारीमा पहिरोमा पुरिएका मध्ये ८ जनाको शव भेटिएको छ । गएराति आएको पहिरोले तुलबहादुर थापाको ५ जना र कमला विकको तीन जनाको परिवारलाई घर सहित पुरेको थियो । पुरिएका ९ जनामध्ये ३ जनाको शव गएराति नै भेटिएको थियो, आज बिहान थप ५ जनाको शव भेटिएको छ ।
पहिरोमा पुरिएका दिपा थापा, कमला विक, तुलबहादुर थापा, उहाँकी श्रीमती मीनकुमारी थापा, नातिनी विविशा थापा, जेनिसा बिक, सम्राट थापा र विवेक थापाको शव भेटिएको प्रहरीले जनाएको छ ।
पहिरोमा पुरिएकी प्रमिसा विकको खोजी भइरहेको केवल जंग गुल्मका गुल्मपति अर्जुन दुलालले जानकारी दिनुभयो । नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी र स्थानीय खोजी तथा उद्दारमा खटिएका छ्न्। हिजो साँझ ६ बजे देखि झण्डै दुई घण्टा परेको मुसलधारे पानी पछि पहिरो गएको हो ।
तुलसीपुर,३२ जेठ ।
पर्वतको कुश्मा नगरपालिका–३ मा गएराति गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ५ पुगेको छ । आइतबार बिहान थप दुई जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या ५ पुगेको हो । जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रहरी निरीक्षक बुद्धि सुवेदीले थप दुई जनाको शव भेटिएको बताए ।
यसअघि तुलबहादुर थापा, मिनकुमारी थापा र विविशा थापाको शव भेटिएको थियो । घटनामा अझै चार जना बेपत्ता छन् । खोजी कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालित भएको छ । पहिरो गएको क्षेत्रमा शनिबार भारी वर्षा भएको थियो ।
काठमाडौं, ३२ जेठ ।
कोरोना भाइरसको खोप बन्ने कार्य पूर्ण नहुँदै युरोपका लागि इन्क्लुसिभ भ्याक्सिन अलायन्सले औषधि निर्माता कम्पनी अस्त्राजेनेकासँग सम्झौता गरेको छ । यो सम्झौताअनुसार खोप बनेपछि युरोपले ४० करोड डोज प्राप्त गर्ने जर्मन सरकारले जानकारी दिएको छ । अलायन्सको नेतृत्व जर्मनी, फ्रान्स, इटाली र नेदरल्यान्ड्सले गरिरहेका छन् ।
यो खोप युरोपेली संघका सदस्य देशलाई दिइनेछ । कम्पनीले खोपका उत्पादन बढाउने कोशिस भइरहेको र कोरोना महामारी नियन्त्रणका लागि यो खोप बिना नाफा नै आपूर्ति गरिने जनाएको छ । सो कम्पनीले यो वर्षको अन्त्यसम्ममा खोपको आपूर्ति सुरु हुने विश्वास व्यक्त गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी पास्कल सोरियोले भने, ‘यसबाट सही ढंगले अघि बढेमा युरोपका करोडौं मानिसले खोप पाउने निश्चित भएको छ । गर्मीयाम सकिने बेलासम्ममा हामीले यो विषयमा जानकारी पाउनेछौं । पास्कल सोरियोले खोप बनाउनका लागि सुरुवाती तथ्यांकका आधारमा यो सफल हुने विश्वास व्यक्त गरेका छन् ।
उनका अनुसार अलायन्सले युरोपेली आयोगसँग मिलेर सबै देशमा खोप पुर्याउन काम गर्नेछ । यो सम्झौता कति रकममा भयो भन्नेबारेमा अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन । यद्यपि इटालीको स्वास्थ्य मन्त्रालयको सुत्रका अनुसार यो सम्झौताका लागि जर्मनी, फ्रान्स, इटाली र नेदरल्यान्ड्सले रकम दिनेछन् भने अन्य राष्ट्रपनि सहभागी हुन सक्नेछन् । कोरोना भाइरसको नियन्त्रणका लागि अहिलेसम्म कुनै खोप बनेको छैन । यस्तो अवस्थामा यो खोप कति प्रभावकारी हुन्छ भन्नेबारेमा कुनै प्रमाण भने छैन ।
तुलसीपुर,३२ जेठ ।
लिम्पियाधुरा सहितका भूभाग समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न संविधान संशोधन भएको खुसीमा तुलसीपुरमा दीप प्रज्ज्वलन गरिएको छ । रास्ट्रिय युवा संघ दाङको आयोजनामा राष्ट्रिय झण्डा सहित जम्मा भएका उनीहरुले मदन आश्रित चोकमा नयाँ नक्सा बनाएर दीप प्रज्ज्वलन गरेका हुन् ।
संघका संयोजक देबु बस्नेतको अध्यक्षता एबम नेकपा नेता शोभाराम बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियोे । सो अवसरमा नेकपाका नेताहरु हुकुम बहादुर बस्नेत , मान बहादुर रावत ,मनोहर बुढाथोकी लगायतको सहभागिता थियो । कार्यक्रमको सहजिकरण युवा संघ दाङका सह संयोजक माधब बुढाथोकीले गरेका थिए ।
संसदले शनिबार मात्र संविधान संशोधन प्रस्ताव सर्वसम्मत रुपमा पास गरेको थियो ।
काठमाडौँ, जेष्ठ ३१ ।
कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा राखेपछि संविधानको अनुसूची ३ संशोधन गर्न ल्याइएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ । संविधान संशोधन विधेयकको पक्षमा २ सय ५८ सांसदले मतदान गरेका थिए । विपक्षमा कुनै पनि सांसदले मतदान गरेनन् भने मतदान गर्दिनँ भन्नेमा पनि कुनै पनि मत नपरेकाले विधेयक दुई तिहाई भन्दा बढी मतले पारित भएको सभामुख अग्नि सापकोटाले घोषणा गरे ।
प्रतिनिधिसभा सदस्यको कूल संख्या २ सय ७५ रहे पनि हाल बहाल संख्या २ सय ७१ छ । ४ जना सांसद निलम्बनमा छन् । त्यसमध्ये संविधान संशोधनका क्रममा २ सय ५८ जनामात्र उपस्थित रहेका थिए । उपस्थित सांसदहरूले संविधान संशोधनको पक्षमा मतदान गरेका थिए । मतदानका क्रममा १२ सांसद अनुपस्थित रहेका थिए भने सभामुखले मतदानमा सहभागिता जनाउँदैनन् ।
भारतीय अतिक्रमणमा परेका दार्चुलाका कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालले जेठ ७ गते नक्सा जारी गरेर आफ्नो नक्सामा राखेको थियो । नेपालले अध्यावधिक गरिएको राजनीतिक र प्रशासनिक नक्सालाई संविधानको अनुसूची ३ मा रहेको निसान छापभित्रको नक्सामा राख्नका लागि संविधान संशोधन विधेयक संसदमा ल्याएको थियो ।
©2023 Rapti Pahichan. All rights reserved.