तुलसीपुर, १ कात्तिक२०८०। बैंकबाट पैसा निकालेर प्रेमिका भेट्न जाँदै गरेका एक युवक तुलसीपुरमा लुटिएका छन् । तुलसीपुर उपमहानगरपालिका-८ कृष्ण मन्दिरका १७ वर्षीय दिनेश वली प्रेमिका भेट्न सशस्त्र क्याम्प नजिकै पातुखोलामा गएको अबस्थामा लुटपाटमा परेका हुन्
।ईप्रका तुलसीपुरका प्रमुख डिएसपी ठाकुर पोखरेलका अनुसार एटीएमबाट पैसा निकालेर दशैं बिदामा घर जान लागेकी प्रेमिका भेट्न गएको अबस्थामा लुटिएका हुन् । बुधबार विहान ११ः४५ बजेतिर एक लाख रूपैँया र एउटा मोबाइल सेट लुटिएको हो ।उनलाई लुटपाट गरेको आरोपमा तुलसीपुर ५ नयाँ बसपार्कका १८ वर्षीय सुनिल मगर र २० वर्षीय आयुष विकलाई पक्राउ
गरेको छ । दिनेश सँग आयुषले पहिले फोन गर्न मोबाइल मागेको र पछि एकलाख पैसा समेत लुटेर भागेको प्रहरीले जनाएको छ ।लुटपाट गरेर भागेका आयुष र सुनिललाई तुलसीपुर १० राइखलियानबाट पक्राउ गरेको हो । सुनिलको साथबाट ९० हजार र आयुषको साथबाट १० हजार र मोबाइल बराम भएको प्रहरीले जनाएको छ ।
©2023 Rapti Pahichan. All rights reserved.