तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले बजार क्षेत्रलाई सफा राख्नका लागि व्यापारीहरूलाई डस्टबिन विगतदेखि नै हस्तान्तरण गर्दै आएको बताए । उनले बजारलाई सफा र सुन्दर तुल्याए मात्रै ग्राहकलाई आकर्षण गर्न सकिने भन्दै
जथाभावी फोहोर नफ्याँक्न आग्रह गरे ।बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष रेश्मीराज खड्काले उद्योग वाणिज्य संघले प्रत्येक शुक्रबार बजार क्षेत्र सरसफाइ गर्दै आएको बताए । उनले व्यवसायीहरूलाई प्लास्टिकजन्य वस्तु आगो
लगाउँदा स्वास्थ्यमा गम्भीर असर पुग्ने भन्दै डस्टबिनमा राख्नका लागि आग्रह गरे ।तुलसीपुर उपमहानगरपालिकाका जिन्सी शाखाका प्रमुख मस्तबहादुर थापाले पालिकाको ७५ प्रतिशत र उद्योग वाणिज्य संघको २५ प्रतिशत लगानीमा व्यवसायीहरूलाई एक सय ५० वटा डस्टबिन हस्तान्तरण गरिएको बताए ।
©2023 Rapti Pahichan. All rights reserved.