दैलेख,२९ भदौ २०८० । दैलेखमा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् । गएराति चट्याङ लागेर महाबु गाउँपालिका १ खरिगैराकी ४२ वर्षीया भूमिसरा खत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक दिपकसिंह विष्टले जानकारी दिनुभएको छ । घरमै भान्साको काम गरिरहेको बेला चट्याङ लागेर घाइते
हुनुभएकी खत्रीको अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।आआफ्नै घरमा बसिरहेका बेला चट्याङ लागेर खरिगैराका अरु १६ जना घाइते भएका हुन् । उनीहरुको दैलेख अस्पतालमा प्राथमिक उपचारपछि गम्भीर घाइते आठ जनालाई कर्णाली प्रदेश अस्पतालमा पठाइएको र एक जनाको दैलेख अस्पतालमा उपचार चलिरहेको दैलेख अस्पतालका इञ्चार्ज डा. धर्मराज
रेग्मीले बताउनुभयो । पाँच जना उपचारपछि घर फर्किएका छन् । यस्तै, डुङ्गेश्वर गाउँपालिका–६ लटाली गाउँमा चट्याङ लागेर गम्भीर घाइते भएकी २६ वर्षीया रेखा बुढालाई कर्णाली प्रदेश अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
©2023 Rapti Pahichan. All rights reserved.