रमा बुढा मगर -====
तुलसीपुर २५ भदौ २०८०,बाँकेको राँझा एयरपोर्ट बाट श्रोत नखुलेको २६ लाख नगद सहित एक जना सरकारी कर्मचारी पक्राउ परेका छन | पक्राउ पर्नेमा दाङको तुलसीपुर स्थित आन्तरिक राजश्व कार्यालयका कर अधिकृत खगेन्द्र सापकोटा रहेको कुरा बाँके प्रहरी प्रमुख सन्तोष सिंह राठौर ले राप्ति पहिचान लाई बताए | सापकोटा श्री एयरलाईन्सको जहाज बाट नेपालगंज बाट
काठमाडौं उड्नै लागेका बेला सुरक्षा कर्मीले उनको झोला चेकजाँच गर्दा श्रोत नखुलेको नगद २६ लाख रुपैयाँ भेटीए पछी उनलाई अनुसन्धानका लागी पक्राउ गरिएको हो |सापकोटा दाङको तुलसीपुर स्थित आन्तरिक राजश्व कार्यालयमा कार्यरत सरकारी कर्मचारी भएकाले उनलाई उनको झोला बाट फेला पारिएको रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको
सम्पर्क कार्यालय बाँकेमा बुझाउदै छौं राठौर ले हामी संगको कुराकानीमा अगाडी भने | यता यही बिषयमा आन्तरिक राजश्व कार्यालय तुलसीपुर का प्रमुख कर अधिकृत टिकाराज चौंलागाई लाई सम्पर्क गरी तपाईको कार्यालयको एक जना कर अधिकृत २६ लाख श्रोत नखुलेको नगद सहित पक्राउ परेको बारे तपाई के भन्नु हुन्छ भनी सोध्दा आफुलाई भर्खर मात्र यो कुरा थाहा
भएको र यस बारे के भएको हो आफुले बुझेर मात्रै केही भन्न सक्ने कुरा बताए | सापकोटा सरले ४/५ दिन पहिला नै घर जानु छ भनेर बिदा लिएर जानु भएको हो आज बाँके बाट पक्राउ परेको कुरा थाहा भयो उनले अगाडी भने |
©2023 Rapti Pahichan. All rights reserved.