हापुरे । सोह्रौं गणतन्त्र दिवसको अवसरमा आयुवेद चिकित्सालय विजौरीले दुरदराजमा रहेको दाङ जिल्लाको पश्चिम क्षेत्र ववइ गाउपालिकाको हापुरेमा आयुर्वेद चिकित्सा शिविरको आयोजना गरेको छ । आयुर्वेद चिकित्सामा विश्वास गर्नेहरु मध्ये कम्तिमा ७ सय ७६ जनाले शो शिविरबाट आयुर्वेद चिकित्सा सेवा र परामर्श ल्याउन सकेका छन् ।
रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिने उपायको प्रचार प्रशार गर्न विजौरी स्थीत प्रादेशिक आयुर्वेद चिकितसालय विरामी खोज्दै हापुरे पुगेको हो । शिविरमा विशेष गरी नसा, ढाड कम्मर दिर्घरोगी तथा महिला प्रसुतिको बढि समस्या देखिएको सो चिकित्सालयका निमिक्त निर्देशक डा सन्तोष ठाकुरले बताएका छन् ।
यो शिविरले आफ्नो स्वास्थ्य सेवामा थप हौसला पुगेको पनि उनको भनाइ थियो । स्वास्थ्य शिविरको उद्घाटन मन्तव्यमै उनले आयुर्वेद चिकित्सा नागरीकलाइ बुझाउनुनै एउटा चुनौति रहेको बताउंदै उनले निरोगी बन्न पनि शिविरले सचेतना फैलाउने अपेक्षा गरे ।
अस्पताल बिकास समितिका अध्यक्ष कृष्णबहादुर बस्नेतले जनताको माग अनुसार सेवा घर आगनमै ल्याएको बताए ।
१६ औँ गणतन्त्र दिवसका अवसरमा प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी दाङको आयोजनामा पश्चिम दाङमा पहिलो पटक वृहत स्वास्थ्य शिविर भएको हो । जहाँ कुनै पनि समस्या भएपछि सधैँ एलोप्याथिक उपचार गर्दै आएका नागरिकहरू आयुर्वेद शिविरमा विश्वासका साथ सेवा लिन आएका थिए । बबई गाउँपालिका १ कुम्बासका अमर बहादुर पुन नातिनीलाई उपचार गर्न शिविरमा आएको बताए ।
गाउँपालिकाको सबै भन्दा विकट क्षेत्र वडा नं. १ पर्दछ । उनले पहिलो पटक आयुर्वेद पद्धतिको सेवा लिन विश्वास लागेर आएको बताए । बबई गाउँपालिका ५ हापुरेका सिम बहादुर थापाका प्रेसर र सुगरका बिरामी हुन । उनले अहिलेसम्म एलोप्याथिक पद्धतिबाट उपचार गर्दै आइरहेको भन्दै पहिलो पटक आयुर्वेद तर्फ सेवा लिन लागेको बताए । ‘प्रयोग गरी हेरौं कस्तो हुन्छ, त्यसपछि भनौला’, उनले भने । उनले आयुर्वेद पद्धतिबाट गरिन उपचारको बारेमा जानकारी नहुँदा आम नागरिकले कम विश्वास गर्ने बताए ।
सिम बहादुर थापा पनि सोहि शिविरमा सेवा लिन आएका थिए । यस्तै अर्का बबई ५ हापुरेका जित बहादुर वलीले पनि आम नागरिकहरूलाई आयुर्वेद उपचारको बारेमा जानकारी नहुँदा नै आकर्षण कम भएको बताए । पश्चिमा मुलुकहरुले आयुर्वेदको व्यापक परीचालन गरीरहंदा नेपाल सरकारले आयुर्वेद चिकित्सालाइ खासै प्रार्थमिकतामा नराखेको बताए ।
बबई गाउँपालिका ४ का चन्द्र बहादुर डाँगीलाई खुट्टा पोल्न समस्या रहेको छ । उनले पनि धेरै पटक दाङ लगायत बाहिर जिल्लामा उपचार गरेको बताए । तर, अहिलेसम्म ठिक नभएपनि पहिलो पटक आयुर्वेद चिकित्सा सेवा तर्फ लागेको उनको अभिव्यक्ति थियो ।
आयुर्वेद सेवाबाट यहाँका नागरिकहरू बञ्चित भएको हुँदा त्यो सेवा दिनेका लागि एक दिने शिविरको आयोजना गरिएको चिकित्सालयको भनाइ छ । आयुर्वेद उत्कृष्ट सेवा भएको भन्दै यसको प्रचार प्रसारको लागि ३ तहका सरकारले ध्यान दिनु पर्ने समेत चिकित्सालयको भनाइ छ ।
सो अवसरमा ववइ गाउपालिकाका अध्यक्ष कुल वहादुर खत्रीको पनि सहभागिता रहेको थियो । गाउपालिका अध्यक्ष खत्रीले आयुर्वेद चिकित्सा सनातन धर्म संस्कृति र पर्यावरण संग समेत जोडिएको विज्ञान भएकाले यसको प्रवर्द्धनमा पालिकाको अर्थपुर्ण सहयोग हुने अभिव्यक्ति दिए ।
©2023 Rapti Pahichan. All rights reserved.