रमा बुढा मगर -=====
तुलसीपुर १ बैशाख २०८०, दाङमा एक जनाको आगोमा जलेर मृत्यु भएको छ | मृत्यु हुनेमा दाङ को तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ तल्लो सिद्दधारा निवासी ५८ वर्षीय बलिराज एरी रहेका छन् | सुक्रबार बिहान घरमा भैंसी
गोरु लाइ दाना पकाउने क्रममा आगोको लप्काले उनले लगाएको लुगा सल्कन जाँदा उनको मृत्यु भएको हो |आगोमा जलेर शख्त घाइते बलिराज एरी नाम गरेका मानिसलाइ उपचारका लागी राप्ति प्रादेशिक अस्पतालमा ल्याउदा उनलाई
डाक्टर ले मृत घोषणा गरेका हुन् इलाका प्रहरी कार्यालय तुलसीपुर का प्रवक्ता पर्वत के सी ले राप्ति पहिचान लाइ बताए |उनको शव हाल राप्ति प्रादेशिक अस्पतालको शव गृहमा राखिएको र भोली पोस्टमार्टम पछी शवलाइ सतगत का लागी परिवार लाइ जिम्मा दिइन्छ के सी ले अगाडी भने |
©2023 Rapti Pahichan. All rights reserved.