रुकुम पुर्व २६ चैत २०७९, दुई बालिकाको हत्या आरोपमा ७ जनालाई नियन्त्रणमा लिएको छ ।पूर्वी रुकुम जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा बिहीबार दुई बालिकाको शव भेटिएपछि सो घटनाको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको हो ।यही चैत २२ गते सिस्नो टिप्न घरबाट निस्किएका एकै घरका दिदीबहिनीको चैत २३ गते गाउँ नजिकैको
भिरमा शव भेटिएको थियो।एघार वर्षीया रिना बुढामगर र नौ वर्षीया कालिमाया बुढामगरलाई हत्या गरेर भिरमा फालिएको आशंकामा प्रहरीले शंकास्पद ७ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक अञ्जना श्रेष्ठले जानकारी दिए ।दुवै जनाले लगाएको गहना
लुटपाट भएकाले उनीहरुको हत्या गरिएको हुन सक्ने आशंका गरिएको छ ।दुवै बालिकाको शव शनिबार रुकुमकोट ल्याएर परीक्षण गरिएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा रहेकाले पक्राउ परेकाको नाम ठेगाना प्रहरीले खुलाएको छैन । यो बिषय अनुसन्धान को क्रममा छ यस बारे थप कुरा अनुसन्धान पछी मात्रै भन्न सकिन्छ श्रेष्ठ ले अगाडी भनिन |
©2023 Rapti Pahichan. All rights reserved.