मुलुक संकटले घेरिएको छ, यो अवस्था ल्याउनमा जो कुनै प्रकारले उत्तरदायी छैन, तर कुनै पनि अछुतो छैन । किनकि यो अवस्था ल्याउन राजनैतिक दल, संघ संस्था, नागरिक समाज, बुद्धिजिवी सबै उत्तिकै जिम्मेवार छन् जति राजनीतिक दल छन् । यस्तो संक्रमणको अवस्थाबाट गुज्रदै गरेको, कहालीलाग्दो दिनको प्रत्यक्ष प्रभाव युवा वर्गले भोग्नुपरेको छ जो प्रजातन्त्र पूनः स्थापना समयमा बालक थिए, गणतन्त्र स्थापना हुनेबेला युवा भए अहिले युवाहरु वयस्क भइसकेका छन् । ती वयस्क युवाहरुले आफ्नो अस्तित्व, राष्ट्रको अस्तित्व, आफ्नो संस्कृतिको अस्तित्व जोगाउने अवस्था आएको छ । आफू कुन धरातलमा उभिएको छ छुट्याउनु पर्ने भएको छ । निष्कलंक र निर्दोष युवा वर्गले राष्ट्रको अस्तित्व बचाउनु पर्ने भएको छ । किनकि अरु सबैको परीक्षा भइसकेको छ । यहिलेका दलका नेतृत्व व्यतित्वको पहिचान भैइसकेको छ ।
जनतालाई गुमाराहमा राख्दै देश चलाई रहेका छन । यि नेताहरुबाट थप आशा गर्न सकिने अवस्था देखिदैन समाजमा, राष्ट्रमा निर्दोषको संख्या अत्याधिक छ । तर अपराधीहरुसँग लड्न नसक्नेहरुको गणना गर्नुको के अर्थ रह्या जो कुनामा बसेर गुनासो मात्र गर्छ । अपराध सहनु र भोग्नु पनि त अपराध नै हो । त्यसैले भन्ने गरिन्छ अपराध गर्नुभन्दा अपराध सहने झन् ठूलो अपराधी हो । आज त्यस्तै हुन गएको छ नत्र भने समाजमा निर्दोषको संख्या धेरै हुँदाहुँदै पनि जताततै हत्या, हिंसा, बलात्कारको श्रृंखला बढ्दै गएको छ । यसको प्रतिकार गर्न नसक्नुको कारण मनोबल कमजोर हुनु हो । युवामा प्रतिकार गर्ने क्षमता क्षण हुनु हो । यो सबै अस्थिरताको कारणले हो । विश्वको इतिहास हेर्दा राष्ट्रलाई अग्रगामीतिर डो¥याउने वर्ग नै युवा हो । त्यसैले हाम्रो देशको सम्पूर्ण आशा र भरोसा पनि युवा वर्गमा नै छ । नेपालमा २००७ साल, २०४६ सालमा जति राजनैतिक परिवर्तन भयो त्यो सबै युवा वर्गको कारणले नै भएको हो । २०४६ सालमा परिवर्तन ल्याउने युवाहरुले ठूलो धोका खायो किनकि त्यो परिवर्तन २०५२ साल अर्थात छोटो अवधिमा असफल सिद्ध भयो । किनभने देशमा न भौतिक विकास हुन सक्यो न त सिद्धान्त र नैतिकतामा आधारित समाज व्यवस्था कायम भयो । गरिबीको रेखा निरन्तर बढ्दै गयो ।
नैतिकताको धरातल अद्योगामी भयो । परिवर्तन र त्यसको प्रतिक मानिएको संविधान हुने खानेका लागि मात्र भयो, धनी गरिबबीचको भेद बढ्दै गयो, नयाँ धनी पैदा भए, सामान्यजन देशबाट पलायन भए । गरिबलाई जीविकाको अधिकार प्राप्ति भएन र त्यसको लागि कुनै व्यवस्था पनि गरिएन र गर्ने पनि कुनै सोच थिएन । यी कारणहरुले गर्दा युवा वर्गले फेरि २०६२÷६३ आन्दोलन गरे नयाँ राजनैतिक परिवर्तन ल्याए । परिवर्तन पश्चात देशका सबै भू–भागमा क्षेत्र–जातिको नाममा संगठन खडा भए । जाति, क्षेत्रलाई राजनैतिक साघुरो घेराभित्र कैद गरी राजनैतिक दलहरु आफ्नो स्वार्थ पूरा गर्न तल्लीन देखिएका छन् । फेरि युवा वर्गलाई धोका दिने दाउमा छन् । किनकि राजनैतिक दलहरुले युवा वर्गलाई एकजुट हुन नदिनुको लागि र सधै युवाको काँधमा चढेर राजनैतिक स्वार्थ पूरा गर्नको लागि विभिन्न बहाना गर्र्दैछन् । युवा–युवाबीच फुट ल्याउनलाई जनवर्गिय संगठनको बाहनामा मिल्न दिएका छैनन् । बिद्यार्थीहरु बिद्यार्थीहरुको समस्या समाधानको लागी होइन जनवर्गिय संगठनको काम गरिरहेका छन् । राष्ट्र सेवक कर्मचारी , शिक्षक , प्रध्यापक , पत्रकार , बुद्धिजीवि कोही पनि स्वतन्त्र छैनन् सवै बाधिएका छन् । युवा दस्ता गठन गर्नको लागि होडबाजी गर्छन् । चित्त नबुझे हतियार उठाउने धम्की दिन्छन् ।
देश अर्थतन्त्रमा जर्जर छ त्यस तफै कसैको ध्यान छैन । वास्तवीक अवस्थाको निराकरणका बारेमा कहि कतै बहस हुदैन् । देशका बाहुवल र बुद्धिवल सवै युवाहरु पलायन हुदैछन् ।यो देशकोलागी दुर्भाग्य हो । त्यसैले युवा वर्गहरु राष्ट्रको लागि सचेत हुने अवस्था आएको छ । किनकि आज यी राजनैतिक दलका नेतृत्व व्यक्तिहरुका कारणले गर्दा विश्वका महाशक्ति राष्ट्रहरुको प्रत्यक्ष अप्रत्यक्ष रुपले देश क्रिडास्थल बनेको छ । देशको अस्मिता लुटिएको छ । राष्ट्रमाथि प्रश्न चिन्ह खडा भएको छ । जनता निरह छन् । मुकदर्शक भएका छन् । त्यसैले सबैको आश्रय र साझा उद्देश्य राष्ट्र नै हो । राष्ट्रलाई चिन्तन र संगठनको केन्द्रविन्दु सम्झनु पर्दछ । राष्ट्र बाहेक अरु कुनै पनि विषय सबै नेपालीको साझा हुन सक्दैन । त्यसै विन्दुको वरिपरी नेपाली समाजलाई घुमाउने लक्ष्य लिनु पर्दछ । क्रान्तिकारी चिन्तन गर्नेले राष्ट्रहितको लागि जाति, क्षेत्र, भाषाको आधारलाई छोड्नु पर्दछ । यी मध्ये कुनै एक वा अनेक आधार बोकेर हिड्ने व्यक्ति वा संगठन राष्ट्रवादी हुन सक्दैन र प्रजातन्त्रवादी पनि हुन सक्दैन ।
त्यसैले युवावर्गहरुले अग्रगामी राष्ट्रवादको लागि नेतृत्व लिन सक्नुपर्दछ र त्यो नेतृत्व राष्ट्रहितको लागि हुनुपर्दछ । समाजिक रुपान्तरण नभएर भौतिक विकासले मात्र मुलुक संमृद्धिशालि बन्न सक्दैन । समाजिक रुपान्तरणको लागि युवा बर्गले धर्म संस्कृति ,परम्परालाई जगेर्णा गर्दै समय अनुसार परिवर्तण गर्नू पर्दछ । कुनै पनि परिवर्तण एकै चोटि गर्दा त्यसको असर समाजमा नराम्रो पर्न सक्छ । तसर्थ क्रान्तिकारी चिन्तन बोकेका युवाहरुले मुलुकको भविष्यको सोच राख्दै आर्थिक भौतिक समाजिक रुपान्तरणको लागि विभिन्न संगठनमा आस्था राखे पनि साझा उद्देश्यको लागि विवाद नगरि एकै थलोमा बसेर वहस गर्न सक्ने वाणिको बिकास गरौ जस्ले गर्दा हाम्रो मुलुक अग्रगमण तिर जाने छ ।
©2023 Rapti Pahichan. All rights reserved.