रमा बुढा मगर -====
तुलसीपुर ५ चैत २०७९,दाङ को तुलसीपुर बजार क्षेत्रमा जंगली बाँदरको टोकाई बाट ५ जना घाइते भएका छन् | तुलसीपुर बजार को तुलसी बोर्डिंग चोक देखी राप्ति प्रादेशिक अस्पताल जाने सडक क्षेत्रमा बाँदर ले मानिस हरुलाइ आक्रमण गर्ने गरेको राप्ति प्रादेशिक अस्पताल ले जानकारी गराएको छ |अस्पतालमा कार्यरत रेबिज फोकलपर्सन सुनिता पोख्रेल का अनुसार गएको
फागुन २६ गते त्यस क्षेत्रमा हिंडी रहेकी एक बालिका लाइ बाँदरले टोकेर घाइते बनाए पछी बालिका का अभिभावक ले अस्पतालमा ल्याएर रेबिज बिरुद्द खोप र अन्य उपचार गराएका थिए | त्यस पछी बाँदरले थप ४ जना लाइ टोकेर घाइते बनाई सकेको छ भने बाँदरको टोकाई बाट घाइते पाँचै जनाले राप्ती प्रादेशिक अस्पताल बाट रेबिज बिरुद्द खोप र बाँदरको टोकाई
बाट लागेको घाउ चोटको उपचार गराएका छन् |यसरी बाँदरको टोकाई बाट घाइते भइ उपचार गराउने हरुमा तुलसीपुर ९ का १० वर्षीय समिर परियार,तुलसीपुर ९ कै ७ वर्षीय बालिका यलिशा शाही, तुलसीपुर ५ की ११ वर्षीय बालिका यलिना डाँगी,तुलसीपुर ५ कै ४२ वर्ष का प्रेम बहादुर खडका र सल्यान घर भइ हाल तुलसीपुरमा बस्दै आइ रहेका ९ वर्षीय किरण योगी
रहेका छन् |फागुन २६ गते देखी आज चैत ५ गते सम्म ५ जना लाइ बाँदरले आक्रमण गरी घाइते बनाइ सकेको छ भने बालबालिका लगायतका मानिस हरुलाइ आक्रमण गरी घाइते बनाउने बाँदर २ वटा रहेको कुरा तुलसीपुर ५ नामिनगर का एक स्थानीय ले राप्ति पहिचान लाइ बताए | स्थानीय हरुका अनुसार ति बाँदर हरु तुलसीपुर ५ को वडा कार्यालय नजिक रहेको
सिद्दरतन्नाथ मन्दिर आसपास समेत देखिने गरे पनी त्यस क्षेत्रमा भने कसैलाई आक्रमण नगरेको कुरा उनी हरु बताउछन | यसै बिषयमा हामीले तुलसीपुर उपमहानगर का प्रवक्ता माधव वली लाइ फोन गरेर जंगली बाँदर ले तुलसीपुर क्षेत्रमा बालबालिका तथा अन्य मानिस हरुलाई आक्रमण गरेर घाइते बनाएछ मानिस हरुलाई आक्रमण गरी घाइते बनाउने बाँदर नियन्त्रण कहिले
गर्ने भनी प्रश्न सोध्दा मलाइ यो कुरा थाहा थिएन तपाइले भने पछी थाहा पाएँ, जंगली जनावर लाइ मार्न त् पाइदैन तर प्रशासन को सहयोगमा ती बाँदर हरु लाइ नियन्त्रणमा लिएर जंगलमा लगेर छोड्न सकिन्छ भन्ने जवाफ फर्काए | कहिले छोप्नु हुन्छ भन्ने प्रती प्रश्नमा यो बिषयमा थाहा भयो भोली नै बाँदरको खोजी गरेर नियन्त्रणमा लिने काम सुरु गर्छौं वलीले अगाडी भने |
©2023 Rapti Pahichan. All rights reserved.