सल्यान ३० फागुन २०७९
भरुवा बन्दुकको गोली लागेर सल्यानमा एक जनाको मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नं. ९ स्वारा नजिकैको जंगलमा सोमबार बेलुका साढे ५ बजेतिर शिकार खेल्न गएका एकजनाले बोकेको बन्दुक पट्किएर अर्का एक जनाको मृत्यु भएको हो ।शिकार खेल्न गएका अन्दाजी ४० वर्षीय आइते रावतले बोकेको भरुवा बन्दुक एक्कासी पड्किएर
अन्दाजी १६ वर्षीय चित्र बहादुर रावतको मृत्यु भएको हो । दुवै जना सँगै स्वारा नजिकैको बाहुननाका जंगलमा शिकार खेल्न गएका थिए ।बन्दुकको गोली पेट र घाटिमा लागी घाइते भएका चित्र बहादुरलाइ औषधि उपचारको लागि गाडीमा सुर्खेत तर्फ लिदै गर्दा सोहि नगरपालिकाको वडा नं. ७ ओरघाटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।घटना पश्चात
प्रहरी घटनास्थलमा पुगेको र शवलाइ पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा लगिएको छ । घटना घटाउने आइते रावत फरार रहेको र उनको खोजि कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता इन्सपेक्टर सन्तोष खनालले बताए| रावत लाइ खोज्न जिल्ला का सबै नाका हरुमा रहेका प्रहरी चौकी लाइ खबर गरीएको छ उनलाइ छिट्टै पक्राउ गरिने छ खनाल ले भने |
©2023 Rapti Pahichan. All rights reserved.