रमा बुढा मगर -=====
तुलसीपुर २१ फागुन २०७९, दाङ को तुलसीपुर उपमहानगर को वडा नम्बर ३ मा एक महिला रुख बाट खस्दा गम्भीर घाइते भएकी छिन | घाइते हुनेमा तुलसीपुर ३ बहराखाली निवासी ५० वर्ष की हरिकला खराल रहेको इ प्र का तुलसीपुर ले जनाएको छ खराल घर नजिकैको साल को रुखमाका चढेर घाँस काट्दै गर्दा एक्कासी रुख बाट खस्न पुग्दा गम्भीर घाइते भएकी हुन् |
घाइते को शरीरमा बाहिरी घाउ चोट त्यती नभएको देखिए पनी शरीरमा भित्री चोट लागेको हुँदा गम्भीर अवश्थामा रहेकी छिन |घाइते खराल लाइ राप्ति प्रादेशिक अस्पतालमा सामान्य उपचार पछी थप् उपचारका लागी नेपालगंज मेडिकल कलेज कोहलपुर पठाइएको कुरा अस्पताल श्रोत ले जानकारी गराएको छ |
©2023 Rapti Pahichan. All rights reserved.