रमा बुढा मगर -==
तुलसीपुर ८ फागुन २०७९,दाङ को तुलसीपुर स्थित इलाका प्रशासन कार्यालय तुलसीपुर का कार्यालय प्रमुख यज्ञ बहादुर बुढा मगर को फोटो र नाम राखेर खोलिएको फेक फेशबुक आइ डी बाट धमाधम पैसा माग्ने काम भएको छ | उक्त आइ डी बाट म्यासेन्जर च्याट गरेर पैसा मागिएको पाइएको छ | बुढाको प्रोफाइल फोटो र नाम राखेर खोलिएको फेक फेशबुक आइ डी बाट बुढा का फेशबुक
साथी हरु संग् अलिकती पैसा चाहिएको थियो मोबाइल बैंकिंग छ की नाइँ? मोबाइल बैंकिंग भए पैसा हाल्दिनुस न भनेर म्यासेन्जर च्याटमा कुराकानी गर्दै पैसा मागेको पाइएको छ | आफ्नो प्रोफाइल फोटो र नाम राखेर आफ्नो नाम बाट खोलिएको फेक फेशबुक आइडी बाट आफ्ना फेशबुक साथी हरु बाट पैसा मागेको कुरा थाहा पाएका बुढाले ८ फागुन बिहान status
लेख्दै कसैले मेरो फेशबुक प्रोफाइल फोटो र मेरो नाम बाट friend request पठाउदै पैसा माग्दै गरेको बुझिएका ले सचेत रहनु हुन् बिनम्र अनुरोध छ भने पछी यो कुरा सार्वजनिक भएको हो | तपाइको नाम र फोटो राखेर खोलिएको फेक फेशबुक आइडी बाट पैसा माग्ने काम भए छ के भन्नु हुन्छ भन्ने हाम्रो प्रश्नमा हो मेरो प्रोफाइल फोटो र मेरो नाम राखेर खोलिएको फेक फेशबुक
आइडी बाट बिभिन्न ब्यक्ती हरु संग पैसा मागिएको रहिछ मैले यस बारेमा सबै लाइ सचेत हुन अनुरोध गरेको छु यज्ञ बहादुर बुढा मगर ले राप्ति पहिचान लाइ बताए |मैले यस बिषयमा साइवर ब्युरो लाइ जानकारी गराइ सकेको छु, अनुसन्धान पछी दोषी पत्ता लागेमा उसलाई विद्युतीय कारोबार ऐनको बर्खिलाप भएको मानिने गरी कसुर गरेमा हुने कारवाही हुन्छ बुढा ले अगाडी भने |
©2023 Rapti Pahichan. All rights reserved.