रमा बुढा मगर -====
तुलसीपुर १५ माघ २०७९, नेकपा माओवादी केन्द्र निकट पत्रकार हरुको संगठन प्रेस सेन्टर नेपाल ले आफ्नो १९ औ वार्षिक उत्सव बिभिन्न कार्यक्रम गरी मनाएको छ |सो ही अवसरमा प्रेस सेन्टर नेपालको तुलसीपुर नगर इकाई कमिटि ले तुलसीपुरको वि पी चौकमा दिप प्रज्वलन गरेर केन्द्रीय कार्यक्रम अन्तर्गत वार्षिक उत्सव मनाएको हो | प्रेस सेन्टर नेपाल को तुलसीपुर नगर अध्यक्ष तथा दाङ जिल्ला उपाध्यक्ष दामोदर बस्नेत राकेश को अध्यक्षतामा भएको दिप प्रज्वलन कार्यक्रममा नेपाली कांग्रेस निकट प्रेस युनियनका पत्रकार बालाराम खडका,राप्रपा निकट मिडिया नेपालका बम्शी शर्मा लगायतको उपश्थिती रहेको थियो| कार्यक्रमको संचालन प्रेस सेन्टर नेपाल तुलसीपुर नगर इकाई कमिटी का सचिव सुमन के सी ले गरेका थिए |
©2023 Rapti Pahichan. All rights reserved.