• गृहपृष्‍ठ (current)
  • समाचार
  • देश
  • अन्तर्वार्ता
  • लेख
  • विश्लेषण
  • विचार
  • स्वास्थ्य
  • शिक्षा
  • खेलकुद
  • भिडियो

लुम्बिनीमा १ बजे शपथ ग्रहण, ३ सदस्यीय मन्त्रीपरिषद गठन गर्ने तयार

  • पुष २८, २०७

दाङ, २८ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज(बिहीबार) पद तथा गोपनीयताको शपथ लिने भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले दिउसो १ बजे मुख्यमन्त्री गिरीलाई शपथ ग्रहण गराउनेछन् । साथै आजै तीन सदस्य मन्त्री परिषद गठनको पनि तयारी गरिएको छ ।

एमालेबाट १ जना र माओवादी केन्द्रबाट १ जना मन्त्री बनाउने गरि तयारी गरिएको माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महराले बताए ।‘आज ३ सदस्यीय मन्त्री परिषद गठनको तयारी गरिएको छ’,उनले भने‘त्यसकालागि छलफल भइरहेको छ ।’

माओवादी केन्द्रले बाँकेबाट कृष्णा केसीको नाम चर्चामा छ । उनले भौतिक पूर्वाधार विकास मन्त्रालय वा पर्यटन ग्रामिण तथा सहरी विकास मन्त्रालयको माग गरेकी छन् ।‘ म मन्त्रीपरिषदमा जाने लगभग पक्का जस्तै भएको छ’,उनले भनिन्‘भैतिक पूर्वावार वा शहरी विकास मध्ये एउटा मन्त्रालयको माग गरेकी छु, यो विषयमा पार्टीमा छलफल भइरहेको छ ।’ त्यस्तै एमालेले भुमेश्वर ढकाललाई पठाउने गरि तयारी गरेको छ ।

अहिले लुम्बिनी प्रदेशमा १३ वटा मन्त्रालय छन् । यसलाई घटाउने गरि छलफल भइरहेको छ । १० वटा मन्त्रालय मात्रै राख्ने गरि तयारी गरिएको बाँकेबाट निर्वाचित सांसद कृष्णा केसीले बताईन् ।‘मन्त्रालय घटाउने गरि छलफल भइरहेको छ, सायद १० वटा मात्रै हुन्छ होला’,उनले भनिन्‘त्यसमै भागबन्डा मिल्ला ।’

१० वटा मध्ये एमालेले मुख्यमन्त्री बाहेक ४ वटा मन्त्रालय दावी गरेको छ । तर, यो कुरालाई अन्य गठबन्धनका दलले स्वीकार गरिरहेका छैनन् । त्यस्तै माओवादी केन्द्रले ३ वटा र अन्य साना दललाई ३ वटा मन्त्रालय दिने गरि छलफल अगाडी बढार्ईएको केसीले बताईन् ।

एमालेले रुकुम पूर्वबाट एक जना र बाँकेबाट एक जना मन्त्री बनाउन सक्ने आँकलन गरिएको छ । मुख्यमन्त्री रुपन्देही २(१) र मन्त्री बन्ने पक्का जस्तै भएका ढकाल रुपन्देही ५(१) बाट निर्वाचित हुन् । दुबै जना रुपन्देहीका भएको अन्य मन्त्रालय रुकुम पूर्व र बाँकेलाई दिने गरि चर्चा थालिएको छ । रुकुमपूर्वबाट एमाले सांसद सरिता पुन छन्, त्यस्तै बाँकेबाट १(२) बाट निर्वाचित दुर्गा चौधरीको नाम पनि चर्चामा छ । तर, मन्त्रीका लागि चेतनारायण आचार्यसहितका सांसदहरु आकांक्षी छन् ।

त्यस्तै माओवादी केन्द्रमा संसदीय दलका नेता जोखबहादुर महरा पनि मुख्यमन्त्री बन्ने चर्चा छ । शक्तिशाली मन्त्रालय लिएर मन्त्री परिषदमा जाने गरि तयारी गरेको नेता महराले स्वीकार गरे । त्यस्तै दाङ ३(२)बाट निर्वाचित धनबहादुर मास्की(राजेश)को पनि मन्त्रीमा चर्चा छ । माओवादी केन्द्रका १० जना सांसद मध्ये अधिकांसले मन्त्रीको आकांक्षा ब्यक्त गरेका छन् ।

आज मुख्यमन्त्री र मन्त्रीलाई नेपालको संविधान धारा १७२ बमोजिम शपथ खुवाउने छन् । बुधबार प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा(२) बमोजिम एमाले संसदीय दलका नेता गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

प्रतिक्रिया

ताजा खबर

  • दाङ मा कारागार भित्रै महिला कैदी बन्दी बलात्कृत |

  • दाङको टरीगाउँ बिमान स्थल मा निजि बिमान सेवा कम्पनी सिता...

  • सरकारी कर्मचारीले नै खोलेका छन् गैरकानुनी मेडिकल स्टोर, ९ जना...

  • तुलसीपुर स्थित शहिद स्तम्भले काँचुली फेर्र्यो |

sidebar1
sidebar2
sidebar3
sidebar4

यो रास्ट्रले संचार क्षेत्र लाई चौथो अङ्ग को रुपमा स्विकार गरि सकेको अबश्थामा संचार कर्मि राजनितिक दलको पत्रकार बन्ने कि देश र जनताको पत्रकार बन्ने, नेताको आवाज बन्ने कि आवाजहिनको आवाज बन्ने भन्ने बारेमा बहस उठन थालेको समयमा हामी राप्ती पहिचान डटकम का साथ तपाईं हरु सामु आएका छौ, हामी राजनितिक दलको पत्रकार नभइ देश र जनताको पत्रकार बन्ने प्रण गर्दछौँ

  • संचालक/प्रकाशक: एग्गे बहादुर बुढा मगर

  • कानुनी सल्लाहकार:अधिवक्ता लुमबहादुर कार्की(बद्रि)

  • सम्पादक: प्रेम बहादुर गुरुङ

  • उप सम्पादक: भरत महतरा

  • रिपोर्टर: रमा बुढा

द्रुत लिंक

  • गृहपृष्ठ
  • खबर
  • अन्तर्वार्ता
  • लेख
  • फिचर

    दाङ पहिचान अनलाइन खबर प्रा. लि.

    तुलसीपुर-०३, दाङ, नेपाल

    फोन : ००९७७-९८६८२०६५९६

    सुचना बिभाग दर्ता नं २०६८/२०७७/२०७८

    प्रेस काउन्सिल सुचिकृत पत्र च नं ३४७

  • raptipahichan@gmail.com
  • www.raptipaichan.com

©2023 Rapti Pahichan. All rights reserved.