• गृहपृष्‍ठ (current)
  • समाचार
  • देश
  • अन्तर्वार्ता
  • लेख
  • विश्लेषण
  • विचार
  • स्वास्थ्य
  • शिक्षा
  • खेलकुद
  • भिडियो

पुजी, प्रबिधि र प्रतिभालाई एकाकार गरेर लैजानु पर्ने

  • पुष २७, २०७

निराश पाण्डे,
शान्तिनगर, २७ पुस ।
पुजि, प्रबिधी र प्रतिभालाई एकाकार गरेर लैजानुपर्ने एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । समता कृषि सहकारी संस्था लिमिटेड शान्तिनगर ५ कांसिपुरको मंगलबार भएको १३ औं साधारणसभामा बोल्ने बक्ताहरुले यस्तो कुरा बताएका हुन् । साथै बक्ताहरुले सहकारीहरुको समन्वयको लागि गाउँपालिकामा सहकारी शाखाको स्थापना हुनुपर्ने जनाएका छन्। साधारणसभाको समुदघाटन शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले पानसमा बत्ती बालेर गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले आर्थिक र सामाजिक रुपान्तरणमा सहकारीको महत्वपूर्ण भुमिका रहेको बताउनु भएको थियो। सहकारी संस्थाका अध्यक्ष ज्ञानेन्द्र राज शर्माको सभापतित्व एबं शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आतिथ्य तथा ५ नम्बर वडा अध्यक्ष ओपेन्द्र रावत र कृषि शाखा शान्तिनगरका प्रमुख यम कान्त पान्डेको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा सामाजिक अभियन्ता एबं कांग्रेसका क्षेत्रीय प्रतिनिधि बिजय के सी, नेपाली कांग्रेस शान्तिनगरका सभापति झलक के सी, रफिकोल संस्थाका पुर्ब अध्यक्ष हेमन्त योगी, राष्ट्रिय सहकारी बैंक तुलसीपुर शाखाका प्रबन्धक अजय रोका, सहकारी परिक्षालय नेपालगंज बांकेका पुर्ब प्रशिक्षक प्रसाराम भुसाल, शुभाष स्मृति सहकारी संस्थाकि अध्यक्ष रिता बटाला, पत्रकार निराश पान्डे, र पुर्ब शिक्षक संघका क्षेत्रीय अध्यक्ष राम बहादुर के सी, लगाएतका बक्ताहरुले बोलेका थिए ।

साधारणसभाले ज्ञानेन्द्र राज शर्माको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। जसको उपाध्यक्षमा बिजया खडका, सचिब रिम बहादुर के सी, कोषाध्यक्ष बिरा लाल चौधरी , र सदस्यहरुमा बालाराम केसी, कल्पना ओली, दल बहादुर खडका , चन्द्रा बुढाथोकी र एलिसा खड्का रहेका छन् । सभामा आर्थिक प्रतिबेदन बिरा लाल चौधरी र प्रगती प्रतिबेदन सचिब रिम बहादुर केसीले प्रस्तुत गर्नु भएको थियो ।

उक्त सहकारीको कार्यालय संचालनको लागि ५ बर्ष सम्मका लागि निःशुल्क रुपमा कोठा उपलब्ध गराउने सामाजिक अभियन्ता एबं स्थानीय बिजय के सीले साधारणसभा घोषणा गर्नु भएको छ । २०६६ शालमा स्थापना भएको उक्त सहकारीमा हाल ६९ पुरुष र ५१ महिला गरि कुल १ सय २० जना सदस्यहरु रहेका छन्। सेयर सदस्य मनोहर शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन लेखा संयोजक कोमल केसीले गरेका थिए।

प्रतिक्रिया

ताजा खबर

  • दाङ मा कारागार भित्रै महिला कैदी बन्दी बलात्कृत |

  • दाङको टरीगाउँ बिमान स्थल मा निजि बिमान सेवा कम्पनी सिता...

  • सरकारी कर्मचारीले नै खोलेका छन् गैरकानुनी मेडिकल स्टोर, ९ जना...

  • तुलसीपुर स्थित शहिद स्तम्भले काँचुली फेर्र्यो |

sidebar1
sidebar2
sidebar3
sidebar4

यो रास्ट्रले संचार क्षेत्र लाई चौथो अङ्ग को रुपमा स्विकार गरि सकेको अबश्थामा संचार कर्मि राजनितिक दलको पत्रकार बन्ने कि देश र जनताको पत्रकार बन्ने, नेताको आवाज बन्ने कि आवाजहिनको आवाज बन्ने भन्ने बारेमा बहस उठन थालेको समयमा हामी राप्ती पहिचान डटकम का साथ तपाईं हरु सामु आएका छौ, हामी राजनितिक दलको पत्रकार नभइ देश र जनताको पत्रकार बन्ने प्रण गर्दछौँ

  • संचालक/प्रकाशक: एग्गे बहादुर बुढा मगर

  • कानुनी सल्लाहकार:अधिवक्ता लुमबहादुर कार्की(बद्रि)

  • सम्पादक: प्रेम बहादुर गुरुङ

  • उप सम्पादक: भरत महतरा

  • रिपोर्टर: रमा बुढा

द्रुत लिंक

  • गृहपृष्ठ
  • खबर
  • अन्तर्वार्ता
  • लेख
  • फिचर

    दाङ पहिचान अनलाइन खबर प्रा. लि.

    तुलसीपुर-०३, दाङ, नेपाल

    फोन : ००९७७-९८६८२०६५९६

    सुचना बिभाग दर्ता नं २०६८/२०७७/२०७८

    प्रेस काउन्सिल सुचिकृत पत्र च नं ३४७

  • raptipahichan@gmail.com
  • www.raptipaichan.com

©2023 Rapti Pahichan. All rights reserved.