• गृहपृष्‍ठ (current)
  • समाचार
  • देश
  • अन्तर्वार्ता
  • लेख
  • विश्लेषण
  • विचार
  • स्वास्थ्य
  • शिक्षा
  • खेलकुद
  • भिडियो

लुम्बिनीः एमालेका गिरीले आज मुख्यमन्त्रीकालागि दावी पेश गर्दै

  • पुष २६, २०७

तुलसीपुर,२६ पुस । 
लुम्बिनी प्रदेशमा एमाले संसदीय दलका नेता लिला गिरीले आज (मंगलबार) मुख्यमन्त्रीको दावी पेश गर्ने हुनुभएको छ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले दिएको समय भोलि (बुधबार) अपरान्ह ४ बजे सकिने भएपनि गिरीले आजै दावी पेश गर्न लाग्नु भएको हो । लुम्बिनी एमालेको भाग परेसंगै सोही अनुसार दावी पेश गर्न लागिएको सत्तापक्ष गठबन्धन दल राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता आशिष कुमार चौधरीले बताउनुभयो ।“आज २ बजे सत्तापक्ष गठबन्धनको बैठक बस्दैछ, बैठक पछि ४ बजे दावी पेश गर्ने कुरा छ”,उहाँले भन्नुभयो ।

प्रदेशमा एकल बहुमत कुनै पनि पार्टीको नभएपछि प्रदेश प्रमुख शेरचनले नेपालको संविधान धारा १६८ को उपधारा (२) बमोजिम बुहमत सदस्यको हस्ताक्षर सहित दावी पेश गर्न आह्वान गर्नुभएको हो । केन्द्रको गठबन्धन अनुसार लुम्बिनीमा पनि एमालेसहित माओवादी केन्द्र,राप्रपा, नागरिक उन्मुक्ती पार्टी, जनमत र जसपाले समर्थन गरेका छन् । त्यस्तै ३ जना स्वतन्त्र सांसद मध्ये रोल्पाबाट १(२)बाट निर्वाचित दिपेन्द्र कुमार पुन केही दिन अघि माओवादी केन्द्रमा प्रवेश गरेका थिए, भने अन्य दुई जना स्वतन्त्र सांसदले पनि सत्तापक्ष गठबन्धनलाई नै सघाउने बताएका छन् । रुकुमपूर्व १(१)बाट निर्वाचित स्वतन्त्र सांसद सुरल पुन र नवलपसारी पश्चिम २(१)बाट निर्वाचित खड्ग बस्नेतले पनि सत्तापक्ष गठबन्धनलाई सघाउने बताएका हुन् ।

प्रदेशमा एमाले सबै भन्दा ठूलो दल हो । जसका २९ सांसद छन्, त्यस्तै सत्तापक्ष माओवादीका १०(दिपेन्द्र पुनसहित),राप्रपा र नागरिक उन्मुक्ती पार्टीका ४/४, जनमत पार्टीका ३ र जसपाका ३ रहेका छन् । गिरीलाई मुख्यमन्त्रीकालागि ५५ सांसदको समर्थन रहेनेछ, भने प्रतिपक्षमा काँग्रेसका २७,लोकतान्त्रिक समाजवादी पार्टीका ३, जनमोर्चा र एकीकृत समाजवादीका १/१ सांसद रहनेछन् । लुम्बिनीमा ८७ सांसद छन् । बहुमतकालागि ४४ सांसद आबश्यक पर्छ ।

मन्त्रालय घटाउने तयारी
लुम्बिनीमा १३ वटा मन्त्रालय छन् । ति मन्त्रालयलाई घटाएर ९ मा ल्याउने गरि छलफल अगाडी बढेको छ । सत्तापक्ष गठबन्धनको सोमबार भालुवाङमा बसेको बैठकले मन्त्रालय घटाउने गरि तयारी गरेको हो । साथै राज्यमन्त्री नराख्ने गरि छलफल भएको राप्रपाका संसदीय दलका नेता चौधरीले बताउनुभयो ।

प्रतिक्रिया

ताजा खबर

  • दाङ मा कारागार भित्रै महिला कैदी बन्दी बलात्कृत |

  • दाङको टरीगाउँ बिमान स्थल मा निजि बिमान सेवा कम्पनी सिता...

  • सरकारी कर्मचारीले नै खोलेका छन् गैरकानुनी मेडिकल स्टोर, ९ जना...

  • तुलसीपुर स्थित शहिद स्तम्भले काँचुली फेर्र्यो |

sidebar1
sidebar2
sidebar3
sidebar4

यो रास्ट्रले संचार क्षेत्र लाई चौथो अङ्ग को रुपमा स्विकार गरि सकेको अबश्थामा संचार कर्मि राजनितिक दलको पत्रकार बन्ने कि देश र जनताको पत्रकार बन्ने, नेताको आवाज बन्ने कि आवाजहिनको आवाज बन्ने भन्ने बारेमा बहस उठन थालेको समयमा हामी राप्ती पहिचान डटकम का साथ तपाईं हरु सामु आएका छौ, हामी राजनितिक दलको पत्रकार नभइ देश र जनताको पत्रकार बन्ने प्रण गर्दछौँ

  • संचालक/प्रकाशक: एग्गे बहादुर बुढा मगर

  • कानुनी सल्लाहकार:अधिवक्ता लुमबहादुर कार्की(बद्रि)

  • सम्पादक: प्रेम बहादुर गुरुङ

  • उप सम्पादक: भरत महतरा

  • रिपोर्टर: रमा बुढा

द्रुत लिंक

  • गृहपृष्ठ
  • खबर
  • अन्तर्वार्ता
  • लेख
  • फिचर

    दाङ पहिचान अनलाइन खबर प्रा. लि.

    तुलसीपुर-०३, दाङ, नेपाल

    फोन : ००९७७-९८६८२०६५९६

    सुचना बिभाग दर्ता नं २०६८/२०७७/२०७८

    प्रेस काउन्सिल सुचिकृत पत्र च नं ३४७

  • raptipahichan@gmail.com
  • www.raptipaichan.com

©2023 Rapti Pahichan. All rights reserved.