• गृहपृष्‍ठ (current)
  • समाचार
  • देश
  • अन्तर्वार्ता
  • लेख
  • विश्लेषण
  • विचार
  • स्वास्थ्य
  • शिक्षा
  • खेलकुद
  • भिडियो

लुम्बिनी कांग्रेसः दलको नेताका लागि दुवै पक्षमा भएन सहमति

  • पुष १४, २०७

रुपन्देही, १४ पुष ।
तीन दिनअघि लुम्बिनीमा मुख्यमन्त्रीको सम्भावनासहित संसदीय दलको नेता बन्न दौडधुप गरेका नेपाली कांग्रेसका सांसदहरूले बदलिँदो राजनीतिक समीकरणसँगै सुरक्षित अवतरण खोजेका छन् ।

पहिले दलको नेतृत्वका लागि ४ जना नेताहरू कस्सिएपनि अहिले खासै वास्ता नगरेको पार्टी नेताहरूले बताएका छन् । नेतृत्वको दाबी गरेका ४ मध्ये तीन जना संस्थापन समूह र १ इतर समूहबाट रहेका थिए । तर उनीहरूमध्ये दुईले सरकारको नेतृत्व गर्न नपाउने अवस्थामा विपक्षी दलले पाउने सार्वजनिक लेखा समितितर्फ सुरक्षित अवतरण गर्न खोजेका छन् ।

पहिले संस्थापन समूहबाट तीनै जना बलियो उम्मेदवारले दाबी गरेकाले शीर्ष नेताहरूलाई मिलाउन चुनौती थपिएको थियो ।

विशेष गरी यो समूहबाट यसअघि संघीय सरकारमा राज्यमन्त्री बनेका पार्टी केन्द्रीय सदस्य रुपन्देहीका अब्दुल रज्जाक र अहिले पार्टीको तर्फबाट प्रदेश सरकारमा नेतृत्व गरेर महासमिति सदस्य दाङका डिल्ली चौधरी र प्रदेश उपसभापति राजु खनालले दावेदारी गरेका थिए ।

प्रधानमन्त्री पत्नी आरजु राणाको रोजाइमा परेका दाङका चौधरीका कारण रुपन्देहीका रज्जाकलाई समस्या आएको कांग्रेस निकट नेताहरू बताउँछन् ।

यहाँको जिम्मेवारीमा कसलाई पठाउने भन्ने विशेष भूमिका रहेका गृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण तथा सहमहामन्त्री किशोरसिंह राठौरले कसलाई समर्थन गर्छन् भन्नेमा निर्भर रहने छ । रज्जाक रुपन्देहीका भएपनि निर्वाचनको समयमा गृहमन्त्री खाणले सहयोग नपाएकाले उनी निकट नेताहरूले गुनासो गरेकाले चौधरी बलियो बन्न सक्छन् ।

तर चौधरी र रज्जाकसँग संसदीय दलको नेता दाबी गरेका दाङकै प्रदेश उपसभापति राजु खनाल रहेकाले चौधरी र खनालको विवाद बढेमा रज्जाकले पाउने सम्भावना बढी छ । तर प्रधानमन्त्री पत्नी राणाको गैससमा काम गरेका चौधरीले केन्द्रबाटै च्यानल मिलाएको उनी निकट नेताहरूको दाबी छ ।

पार्टीको संस्थापन खेमाका नेता रञ्जाक रूपन्देही–१ (२) बाट, चौधरी दाङ–३ (१) र राजु खनाल दाङ -२(१) बाट निर्वाचित भएका हुन् । रज्जाक यसअघि संघीय सांसद भएका अनुभवी नेता हुन् । अहिले पनि पार्टीको निर्वाचित केन्द्रीय सदस्य छन् । चौधरी अहिले पार्टीबाट सरकारमा नेतृत्व गरेका मन्त्री हुन् भने खनाल प्रदेशको पार्टी उपसभापति हुन् ।

त्यसैगरी इतर समूहबाट अहिलेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वीरबहादुर राना आफ्नो समूहबाट नेतृत्वका लागि कस्सिएका छन् । पाल्पा २ को १ बाट निर्वाचित रानाले शेखर कोइराला समूहसँग भेटेपछि उनको समूहले रानालाई अगाडि सारेको हो ।

प्रदेश सभामा कांग्रेसबाट प्रत्यक्षमा १७ र समानुपातिकमा १० सांसदसहित २७ जना सांसद रहेकोमा इतर समूहबाट १० जना मात्रै रहेकाले त्यो समूहले नेतृत्व पाउने सम्भावना कम रहेको एक सांसदले बताए । तर इतर समूहले आफूहरू १२ जना रहेको दाबी गरेको छ ।

प्रदेशमा कांग्रेसको नेतृत्व दाबी गरेका पार्टी प्रदेश सभापति अमरसिंह पुन तथा यसअघि संसदीय दलको नेता रहेका वीरेन्द्र कनौडिया चुनावमै पराजित भएपछि बाँकी ४ जनाको दाबी रहेको हो ।

लुम्बिनी प्रदेश समितिमा इतर समूहको बहुमत भएको र संसदमा संस्थापन समूहको बहुमत भएकाले यहाँ दलको नेता छान्न असहज भएको हो । कांग्रेस प्रदेश समितिले १६ गते शपथ सकिएसँगै दलको नेता छान्ने जनाएको छ ।

१६ गते शपथ छ, १८ गते सदन छ, त्यो बीचमै हामीले दलको नेता चयन गर्नेछौँ– मन्त्री वीरबहादुर रानाले भने । उनले सकेसम्म सहमतिमै छान्ने र नभए प्रतिस्पर्धाका आधारमा चयन गर्ने र आफ्नो दावेदारी फिर्ता नभएको बताए ।

कांग्रेस नेताहरूका अनुसार दलको नेतामा संस्थापन समूहबाट डिल्ली चौधरी र इतर समूहबाट वीरबहादुर राना चुनावमा जान सक्नेछन् । नेतृत्वले एकजनालाई लेखा समितिमा राखेर एकलाई दलको नेता बनाउन खोजेपनि गुटका कारण समस्या भएको बताइएको छ ।

चुनावमा जाने अवस्थामा संस्थापनबाट रज्जाक र खनाललाई ब्याक गराएर चौधरीलाई पठाउने अवस्था देखिएपछि इतर समूहले पनि सहजै नजित्ने अवस्थामा सहमतिमै आउने अपेक्षा संस्थापन पक्षको छ ।

एमालेबाट प्रदेश सरकारका निवर्तमान मन्त्री तथा पोलिटब्यूरो सदस्य लीला गिरी, केन्द्रीय सदस्य, पूर्वमन्त्रीहरु चेतनारायण आचार्य, भोजप्रसाद श्रेष्ठ, पूर्व संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल नेतृत्वका लागि दौडधुपमा छन् ।

गिरी रूपन्देही– २ (१) र ढकाल रूपन्देही–५ (१) बाट निर्वाचित भएका हुन् । तर गिरी नै संसदीय दलको नेतामा सिनियर नेता भएकाले छानिन सक्ने एमाले नेताहरूको भनाइ छ । तर पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले आफू निकट नेतालाई अगाडि सार्न खोजेकाले सहजै मिलाउन समस्या छ । गिरी र श्रेष्ठ पौडेल निकट मानिन्छन् भने आचार्य र ढकाल पोखरेल निकट मानिन्छन् ।

केन्द्रमा नयाँ समीकरणअनुसार लुम्बिनीमा माओवादीले मुख्यमन्त्री दाबी गरे पछि यहाँ एमालेले पाउने सम्भावना कम रहेको छ । माओवादीबाट भने रोल्पाका जोखबहादुर महराको नाम एकलजस्तै आएको छ । पार्टीमा महरा सिनियर नेता भएको र अध्यक्ष प्रचण्डकै प्रस्तावमा प्रदेशमा उम्मेदवार बनेकाले उनैले पाउने नेताहरूको भनाइ छ । ८७ सदस्यीय प्रदेश सभामा अहिलेको गठबन्धनमा ५२ सांसद छन् ।

प्रतिक्रिया

ताजा खबर

  • दाङ मा कारागार भित्रै महिला कैदी बन्दी बलात्कृत |

  • दाङको टरीगाउँ बिमान स्थल मा निजि बिमान सेवा कम्पनी सिता...

  • सरकारी कर्मचारीले नै खोलेका छन् गैरकानुनी मेडिकल स्टोर, ९ जना...

  • तुलसीपुर स्थित शहिद स्तम्भले काँचुली फेर्र्यो |

sidebar1
sidebar2
sidebar3
sidebar4

यो रास्ट्रले संचार क्षेत्र लाई चौथो अङ्ग को रुपमा स्विकार गरि सकेको अबश्थामा संचार कर्मि राजनितिक दलको पत्रकार बन्ने कि देश र जनताको पत्रकार बन्ने, नेताको आवाज बन्ने कि आवाजहिनको आवाज बन्ने भन्ने बारेमा बहस उठन थालेको समयमा हामी राप्ती पहिचान डटकम का साथ तपाईं हरु सामु आएका छौ, हामी राजनितिक दलको पत्रकार नभइ देश र जनताको पत्रकार बन्ने प्रण गर्दछौँ

  • संचालक/प्रकाशक: एग्गे बहादुर बुढा मगर

  • कानुनी सल्लाहकार:अधिवक्ता लुमबहादुर कार्की(बद्रि)

  • सम्पादक: प्रेम बहादुर गुरुङ

  • उप सम्पादक: भरत महतरा

  • रिपोर्टर: रमा बुढा

द्रुत लिंक

  • गृहपृष्ठ
  • खबर
  • अन्तर्वार्ता
  • लेख
  • फिचर

    दाङ पहिचान अनलाइन खबर प्रा. लि.

    तुलसीपुर-०३, दाङ, नेपाल

    फोन : ००९७७-९८६८२०६५९६

    सुचना बिभाग दर्ता नं २०६८/२०७७/२०७८

    प्रेस काउन्सिल सुचिकृत पत्र च नं ३४७

  • raptipahichan@gmail.com
  • www.raptipaichan.com

©2023 Rapti Pahichan. All rights reserved.