तुलसीपुर १२ पुस २०७९,,तुलसीपुर उपमहानगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा उपमहानगर बाट विनियोजित बजेट बाट स्टिमेट अनुसारको काम भए नभएको अनुगमन पछी मात्रै योजनाको रकम भुक्तानी दिने काम लाइ चुस्त पारेको छ | उपमहानगर को उपमेयर पदमा निर्वाचित भएर आएकी उपमेयर स्यानी चौधरीले यस्तो काम लाइ चुस्त पारेकी हुन् | बजेट कति
हो काम कति भयो,,ठेक्का कति को हो,, काम त्यति भयो कि भएन भनेर आफ्नै आँखाले नहेरुन्जेल निर्माण समिति वा ठेकेदार हरुलाई रकम भुक्तानी का लागी सिफारिस गर्ने गरेकी छैन चौधरीले राप्ति पहिचान संगको कुराकानीमा बताइन |फाइल ल्याएर योजना सम्पन्न भयो हजुर सहि गर्दिनु पर्र्यो भनेर आउने ठेकेदार वा निर्माण समिति का अध्यक्ष हरुलाई अनुगमन समिति आफै
उपश्थित भएर योजना अनुगमन गरे पछी मात्रै पैसा पाउनु हुन्छ भन्ने गरेकी छु चौधरी बताउछिन |यसै क्रममा पुस १२ गते तुलसीपुर ३ मा रहेको निर्माणाधीन स्वाश्थ्य चौकी रानागाउ र तुलसीपुर ७ को स्वाश्थ्य चौकीको निर्माण अवश्था बुझ्न निर्माण स्थलमा अनुगमन गरिएको छ | अनुगमन का क्रममा निर्माणाधीन स्वाश्थ्य चौकी हरु स्टिमेट अनुसार बनाए नबनाएको बारेमा
प्राविधिक संग चौधरीले जानकारी लिएकी थिइन् | अनुगमनमा उपमेयर स्यानी चौधरी वडा नम्वर १५ का वडा अध्यक्ष उपमहानगर का सव इन्जिनियर र पत्रकार हरुको उपश्थिति रहेको थियो |
©2023 Rapti Pahichan. All rights reserved.