• गृहपृष्‍ठ (current)
  • समाचार
  • देश
  • अन्तर्वार्ता
  • लेख
  • विश्लेषण
  • विचार
  • स्वास्थ्य
  • शिक्षा
  • खेलकुद
  • भिडियो

मुक्त कम्लरी भन्छन् : ‘आरक्षण चाहिन्छ’

  • पुष ०, २०७

दाङ,९ पुस ।
दाङ घोराही १० नारायणपुर निवासी सरस्वति चौधरी मुक्त कम्लरी हुन् । उनले धेरै ठाउँ जागिरकालागि आवेदन दिईन् । तर,कहि पनि सफल भइनन् । त्यस्तै तुलसीपुर १६ निवासी लक्ष्मी चौधरीले पनि त्यस्तै समस्या भोग्नु प¥यो । उनीहरु जस्तै धेरै मुक्त कम्लरीहरु जागिरकालागि आवेदन दिन्छन्, र परीक्षामा सहभागि हुन्छन्, तर सफल हुँदैनन् । त्यसैले मुक्त कम्लरीहरुले आफूहरुलाई रोजगारकालागि आरक्षण चाहिने बताएका छन् ।

पढ्ने उमेरमा कम्लरी बस्नुपर्ने अबस्था रहेको र उमेर ढल्केपछि पढ्ने अबसर प्राप्त भएको भन्दै आरक्षण नभएसम्म रोजगार पाउन सक्ने वातावरण नहुँने उनले बताइन् । “हामीहरुले समयमा पढ्न पाएनौं, पढ्ने बेलामा कम्लरी बस्नु प¥यो”,उनले भनिन्े“त्यसैले पनि हाम्रो पढाईको बेश कमजोर छ, हामी कम्लरीहरु आरक्षणविना जागिर खान सक्ने अबस्था छैन ।”

मुक्त कम्लरीहरुलाई विकास निर्माणदेखि अन्य कार्यमा पनि जोड्न नसकिएको मुक्त कम्लरी विकास मञ्च दाङका उपाध्यक्ष निर्मला चौधरीले बताईन् । समूह बनाउँदा, बिभिन्न सञ्जालमा मुक्त कम्लरीहरुलाई नजोड्ना आफ्ना कुराहरु राख्ने ठाँउबाट समेत बञ्चित हुँदै गएको उनको भनाई थियो ।“हामीलाई न त समूहमा जोडिन्छ, न त सञ्जालमा जोडिन्छ”,उनले भनिन्“यसले गर्दा आफ्ना कुरा कहाँ राख्ने भन्ने पनि ठाउँ पनि हुँदैन ।”

कम्लरी मुक्त भएको पनि १० औं बर्ष भइसकेको भन्दै यो बीचमा धेरै पटक सम्बन्धित निकायलाई झकझक्याएको भएपनि सुनुवाई नभएको भन्दै मुक्तकम्लरीहरुले गुनासो गर्ने गरेका छन् । मुक्त कम्लरीहरुकालागि सरकारले छात्रबृति पनि दिने गरेको छ । तर, त्यो एकदमै न्यून रहेकाले यसमा यसलाई बढाउनु पर्ने मुक्त कम्लरीहरुको माग छ । माविमा २ सय १८, स्नातकमा ८४ र स्नातकोत्तरमा १० जना मुक्त कम्लरी अध्ययनरत छन् ।

अहिले कक्षा १ देखि ८ सम्म एक हजार पाँच सय, कक्षा ९ देखि १० सम्म एक हजार ८ सय, कक्षा ११ र १२ कालागि ५ हजार रुपैँया प्रदान गर्र्ने गरिएको छ । स्नातक तहमा प्रदेश सरकारले १० हजार प्रदान गर्ने गरिएको छ ।

यो रकमले भर्ना शूल्क नै नपुग्ने मञ्चका कार्यक्रम संयोजक सुलोचना चौधरी बताईन् । स्थानीय तहले पनि यसमा सहजीकरण गर्नुपर्ने उनको भनाई छ ।“सरकारले सीमित पैसा दिन्छ, त्यसले एडमिशन फि नै पुग्दैन”,उनले भने“कुनै पनि शीर्षक मिलाएर स्थानीय तहले आर्थिक सर्पोट गरेमा मुक्त कम्लरी विद्यार्थीहरुलाई सहज हुनेथियो ।”

परिचय पत्र वितरणकालागि समेत समस्या हुने गरेको छ । धेरैजनाले फाराम भर्ने गरेको भएपनि सीमितले मात्रै परिचयपत्र पाउने गरेका छन् । जिल्लामा अहिलेसम्म १ हजार ४ सय ९८ले परिचय पत्र पाएका छन्, भने २ हजार १ सय ६० ले अझै परिचय पत्र पाएका छैनन् । दाङमा पूर्व कम्लरीहरु मिलेर बिभिन्न सहकारी पनि चलाएका छन् ।

प्रतिक्रिया

ताजा खबर

  • दाङ मा कारागार भित्रै महिला कैदी बन्दी बलात्कृत |

  • दाङको टरीगाउँ बिमान स्थल मा निजि बिमान सेवा कम्पनी सिता...

  • सरकारी कर्मचारीले नै खोलेका छन् गैरकानुनी मेडिकल स्टोर, ९ जना...

  • तुलसीपुर स्थित शहिद स्तम्भले काँचुली फेर्र्यो |

sidebar1
sidebar2
sidebar3
sidebar4

यो रास्ट्रले संचार क्षेत्र लाई चौथो अङ्ग को रुपमा स्विकार गरि सकेको अबश्थामा संचार कर्मि राजनितिक दलको पत्रकार बन्ने कि देश र जनताको पत्रकार बन्ने, नेताको आवाज बन्ने कि आवाजहिनको आवाज बन्ने भन्ने बारेमा बहस उठन थालेको समयमा हामी राप्ती पहिचान डटकम का साथ तपाईं हरु सामु आएका छौ, हामी राजनितिक दलको पत्रकार नभइ देश र जनताको पत्रकार बन्ने प्रण गर्दछौँ

  • संचालक/प्रकाशक: एग्गे बहादुर बुढा मगर

  • कानुनी सल्लाहकार:अधिवक्ता लुमबहादुर कार्की(बद्रि)

  • सम्पादक: प्रेम बहादुर गुरुङ

  • उप सम्पादक: भरत महतरा

  • रिपोर्टर: रमा बुढा

द्रुत लिंक

  • गृहपृष्ठ
  • खबर
  • अन्तर्वार्ता
  • लेख
  • फिचर

    दाङ पहिचान अनलाइन खबर प्रा. लि.

    तुलसीपुर-०३, दाङ, नेपाल

    फोन : ००९७७-९८६८२०६५९६

    सुचना बिभाग दर्ता नं २०६८/२०७७/२०७८

    प्रेस काउन्सिल सुचिकृत पत्र च नं ३४७

  • raptipahichan@gmail.com
  • www.raptipaichan.com

©2023 Rapti Pahichan. All rights reserved.