• गृहपृष्‍ठ (current)
  • समाचार
  • देश
  • अन्तर्वार्ता
  • लेख
  • विश्लेषण
  • विचार
  • स्वास्थ्य
  • शिक्षा
  • खेलकुद
  • भिडियो

नवनिर्वाचित सांसदहरूले लिए सपथ

  • पुष ०७, २०७

काठमाडौं, ७ पुष ।
नवनिर्वाचित प्रतिनिधिसभाका सांसद्हरूले बिहीबार पद तथा गोपनीयताको सपथ लिएका छन्।

संघीय संसद् सचिवालयका अनुसार संघीय संसद् भवन नयाँ बानेश्वरमा केहीबेर अघिमात्रै सांसद्हरूले प्रतिनिधिसभाका जेष्ठ सांसद् पशुपतिशमशेर जबराद्वारा शपथग्रहण गरेका हुन्।

१३ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका थिए। नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ।

सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथ ग्रहण गराउने व्यवस्था छ। ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले शपथ ग्रहण गराएपछि अन्य सदस्यलाई शपथ गराउने प्रावधान छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य जबरालाई बुधबार पद तथा गोपनीयताको शपथ गराएकी थिइन्।

प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया

ताजा खबर

  • वि पी मा बि बयालेको अध्यक्षमा देवराज मल्ल |

  • दाङ मा कारागार भित्रै महिला कैदी बन्दी बलात्कृत |

  • दाङको टरीगाउँ बिमान स्थल मा निजि बिमान सेवा कम्पनी सिता...

  • सरकारी कर्मचारीले नै खोलेका छन् गैरकानुनी मेडिकल स्टोर, ९ जना...

sidebar1
sidebar2
sidebar3
sidebar4

यो रास्ट्रले संचार क्षेत्र लाई चौथो अङ्ग को रुपमा स्विकार गरि सकेको अबश्थामा संचार कर्मि राजनितिक दलको पत्रकार बन्ने कि देश र जनताको पत्रकार बन्ने, नेताको आवाज बन्ने कि आवाजहिनको आवाज बन्ने भन्ने बारेमा बहस उठन थालेको समयमा हामी राप्ती पहिचान डटकम का साथ तपाईं हरु सामु आएका छौ, हामी राजनितिक दलको पत्रकार नभइ देश र जनताको पत्रकार बन्ने प्रण गर्दछौँ

  • संचालक/प्रकाशक: एग्गे बहादुर बुढा मगर

  • कानुनी सल्लाहकार:अधिवक्ता लुमबहादुर कार्की(बद्रि)

  • सम्पादक: प्रेम बहादुर गुरुङ

  • उप सम्पादक: भरत महतरा

  • रिपोर्टर: रमा बुढा

द्रुत लिंक

  • गृहपृष्ठ
  • खबर
  • अन्तर्वार्ता
  • लेख
  • फिचर

    दाङ पहिचान अनलाइन खबर प्रा. लि.

    तुलसीपुर-०३, दाङ, नेपाल

    फोन : ००९७७-९८६८२०६५९६

    सुचना बिभाग दर्ता नं २०६८/२०७७/२०७८

    प्रेस काउन्सिल सुचिकृत पत्र च नं ३४७

  • raptipahichan@gmail.com
  • www.raptipaichan.com

©2023 Rapti Pahichan. All rights reserved.