advertisement before-navabar
  • गृहपृष्‍ठ (current)
  • समाचार
  • देश
  • अन्तर्वार्ता
  • लेख
  • विश्लेषण
  • विचार
  • स्वास्थ्य
  • शिक्षा
  • खेलकुद
  • भिडियो
after_navbar

स्ववियु चुनाव फागुन अन्तिममा गर्ने तयारी

  • पुष ०७, २०७

काठमाडौं, ७ पुष ।
त्रिभुवन विश्वविद्यालयलयले स्ववियु निवार्चन फागुन अन्तिममा गर्ने तयारी गरेको छ । विश्वविद्यालयको विद्यार्थी कल्याण परिषदको बैठकले फागुन अन्तिममा निर्वाचन गर्ने गरी तयारी गरिरहेको जनाएको छ ।

त्रिविको कार्यतालिका अनुसार प्रत्येक दुई वर्षमा फागुन १४ स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्नुपर्ने थियो । तर १४ वर्षदेखि त्रिविमा स्ववियु चुनाव हुन सकेको छैन ।

त्रिविले शिक्षाध्यक्ष शिवलाल भुसालको अध्यक्षतामा बुधबार सबै डिनहरु, कार्यकारी निर्देशक, परीक्षा नियन्त्रक र केही क्याम्पस प्रमुखसँग छलफल गरेको थियो ।

‘बुधबार सबै डीन, कार्यकारी निर्देशकज्यूहरुसँग बसेर के गर्न सकिन्छ भनेर छलफल गरेका थियौं, उहाँहरुको सुझाव अनुसार फागुन अन्तिम हप्ताको पनि अन्तिमतिर गर्न सकिन्छ कि भनेर छलफल गरेका छौं । अब एक पटक विद्यार्थीहरुसँग बसेर निर्णय गर्ने कुरा भएको छ’ शिक्षाध्यक्ष भुसालले भने ।

विद्यार्थीहरुको पढाइ, भर्ना र परीक्षा कार्यक्रम प्रभावित नगर्ने गरी निर्वाचन गर्ने तयारी भइरहेकाले फागुनको अन्तिममा चुनाव हुन सक्ने भुसालले बताए ।

शिक्षाध्यक्षको अध्यक्षतामा रहेको विद्यार्थी कल्याण परिषद्को सिफारिसमा त्रिविको कार्यकारी परिषद्ले निर्वाचनको निर्णय गर्ने व्यवस्था छ । परिषदमा ९ वटै संस्थान र संकायका डिन सदस्य रहने व्यवस्था छ ।

विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख पशुपति अधिकारीले विद्यार्थीहरुको भर्ना, नतिजा प्रकाशन तथा परीक्षाको कारण फागुन १४ मा स्ववियु चुनाव गर्न नसकिने भएपछि फागुन अन्तिममा गर्न प्रस्ताव गर्ने तयारी गरेको बताए ।

उनले भने, ‘फागुन अन्तिममा गर्ने मोटामोटी सहमति भएको छ । त्यसका लागि सोमबार विद्यार्थी संगठनका केन्द्रीय अध्यक्षसहितले मिति तय गरेर विद्यार्थी कल्याण परिषदमा पेस गर्ने र विद्यार्थी कल्याण परिषदले त्रिवि कार्यकारी परिषदमा सिफारिस गर्ने गरी अगाडि बढाइने छ ।’

प्रतिक्रिया

ताजा खबर

  • एक रुपैयाँ पनी बिकास रकम नभएको लाजमर्दो बजेट ल्याउँदै तुलसीपुर...

  • रेडक्रस तुलसीपुर उप-शाखा द्वारा रक्तदान कार्यक्रम

  • तुलसीपुरका पनी छन् नक्कली भुटानी शरणार्थी काण्डमा पैसा असुल्ने मान्छे,हाल...

  • प्रथम धन बहादुर नेपाली स्मृति तेक्वान्दो प्रतियोगिता समापन।

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5

यो रास्ट्रले संचार क्षेत्र लाई चौथो अङ्ग को रुपमा स्विकार गरि सकेको अबश्थामा संचार कर्मि राजनितिक दलको पत्रकार बन्ने कि देश र जनताको पत्रकार बन्ने, नेताको आवाज बन्ने कि आवाजहिनको आवाज बन्ने भन्ने बारेमा बहस उठन थालेको समयमा हामी राप्ती पहिचान डटकम का साथ तपाईं हरु सामु आएका छौ, हामी राजनितिक दलको पत्रकार नभइ देश र जनताको पत्रकार बन्ने प्रण गर्दछौँ

  • संचालक/प्रकाशक: एग्गे बहादुर बुढा मगर

  • कानुनी सल्लाहकार:अधिवक्ता लुमबहादुर कार्की(बद्रि)

  • सम्पादक: प्रेम बहादुर गुरुङ

  • उप सम्पादक: भरत महतरा

  • रिपोर्टर: रमा बुढा

द्रुत लिंक

  • गृहपृष्ठ
  • खबर
  • अन्तर्वार्ता
  • लेख
  • फिचर

    दाङ पहिचान अनलाइन खबर प्रा. लि.

    तुलसीपुर-०३, दाङ, नेपाल

    फोन : ००९७७-९८६८२०६५९६

    सुचना बिभाग दर्ता नं २०६८/२०७७/२०७८

    प्रेस काउन्सिल सुचिकृत पत्र च नं ३४७

  • raptipahichan@gmail.com
  • www.raptipaichan.com

©2023 Rapti Pahichan. All rights reserved.