रमा बुढा मगर -======
तुलसीपुर ३ पुस २०७९, दाङ को तुलसीपुर बाट संचालित राप्ति पहिचान डटकम नामक अनलाइन संचारगृहको साइट सर्वर ४ दिन ३ रात पछी सुचारु भएको छ | सर्वर परिवर्तन गर्ने क्रममा भएको केही गल्तीका कारण यस्तो हुन् गएको कुरा राप्ति पहिचान डटकमका आइ टि इन्जिनियर छिन्जु बिन्जु दाहाल [ नाम परिवर्तन ]ले समाचार डेस्क जानकारी गराएका छन् | उनका
अनुसार राप्ति पहिचान डटकम ले यस अघी प्रयोग गर्दै आइ रहेको सर्वरले ढिलो गरी सन्दर्भ सामग्री अपलोड गर्ने गरेको मा त्यहि समस्या समाधान गर्न सर्वर परिवर्तन गर्न लाग्दा यस्तो समस्या आएको कुरा दाहाल बताउछन | यता साइट सर्वरले काम नगरे पछी राप्ति पहिचान डटकम ले विगत ९० घण्टा देखी कुनै पनी समाचार सामग्री प्रसारण गरेको थिएन भने पुस २ गते
संचारगृहका प्रधान सम्पादक रमा बुढा मगरले सुचानानै प्रकाशन गरेर अझै ३ दिन राप्ति पहिचान डटकम बाट कुनै सन्दर्भ सामग्री वा समाचार सम्प्रेसन गर्न नसक्ने कुरा पाठक माझ जानकारी गराएकी थिइन् |अथक प्रयास पछी राप्ति पहिचान डटकम
को साइट सर्वर संचालनमा ल्याउन सफल यस संचारगृहका आइ टी इन्जिनियर छिन्जु बिन्जु दाहाल लाइ धन्यवाद भन्ने पर्छ राप्ति पहिचान डटकम का प्रकाशक तथा कार्यकारी सम्पादक एग्गे बहादुर बुढा मगरले समाचार डेस्क संग को कुराकानीमा भने |
©2023 Rapti Pahichan. All rights reserved.