तुलसीपुर २५ मङ्सिर २०७९,, दाङ को तुलसीपुरमा प्रथम पटक संचालन भएको लुम्बिनी प्रदेश स्तरीय कृषी तथा पर्यटन महोत्सव २०७९ को आज उदघाटन गरिएको छ | लुम्बिनी क्षेत्रका कृषी वस्तु हरुको प्रवर्धन गर्न र तुलसीपुर क्षेत्रमा सुविधा सम्पन्न सुलभ पुस्तकालय [ लाइब्रेरी ] स्थापनार्थ महोत्सव संचालन गर्न लागिएको हो | तुलसिपुर क्षेत्रका युवा हरुको छाता संगठन युथ्स अफ तुलसीपुर दाङ ले आयोजना गरेको उक्त महोत्सव मङ्सिर २५ गते देखी सुरु भएर पुस ६ गते सम्म संचालन हुने कुरा युथ्स अफ तुलसीपुर का
अध्यक्ष ऋशिराज लहरे [ अरुण ] ले राप्ति पहिचान संग को कुराकानीमा बताए | तुलसीपुर कृषी महोत्सव बाट उठेको पैसाले तुलसीपुर क्षेत्रका क्याम्पस हरुमा अध्ययन गरी रहेका गरिब दुखी का छोरा छोरी ले पढ्न पाउने गरी एक सुविधा सम्पन्न लाइब्रेरी स्थापना हुन्छ जहाँ गरिब दुखीका बालबालिका हरुले आफुलाई आवश्यक विषयका किताव निशुल्क पढ्न पाउने छन् यो उद्देश्यका साथ् हामीले यो महोत्सव आयोजना गरेका हौँ लहरे ले अगाडी भने | यस्तै महोत्सव उदघाटन कार्यक्रम का प्रमुख
अतीथी अर्जुन कुमार श्रेष्ठ ले युवा हरु भोलिका कर्णधार मात्रै नभई भोलिका भविष्य पनी भएकाले युवा हरुले संचालन गर्न खोज्ने सामाजिक काम हरु मा आफ्नो सहयोग रहने कुरा बताए |महोत्सवमा बिभिन्न खाले ग्रामिण खानाका परिकार किसान हरुले उत्पादन गरेको कृषी उत्पादन हरु लगायतका सामग्री हरु प्रदर्शनीमा राखिएका छन् | युथ्स अफ तुलसीपुरका अध्यक्ष ऋशिराज लहरेको
अध्यक्षतामा भएको उदघाटन समारोहमा प्रमुख अतिथि उर्जा जलश्रोत तथा सिचाई राज्यमन्त्री अर्जुन कुमार श्रेष्ठ, विशिस्ट अतिथि जनक प्रसाद खराल, सुबोध कुमार डांगी लगायतले महोत्सवको सफलताको शुभकामना मन्तब्य राखेका थिए |
©2023 Rapti Pahichan. All rights reserved.