काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार गठनका सन्दर्भमा सबै विकल्प खुला राख्ने निर्णय गरेको छ ।पदाधिकारी बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले गठबन्धन छाड्ने निर्णय भने नगरेको बताए । बैठकमा गठवन्धन नतोड्ने तर सरकार बनाउन माओवादी अन्य विकल्पमा पनि खुला रहने समेत संचार कर्मी हरु लाइ जानकारी दिए ।उनले अन्य विकल्पमा पनि खुला रहने समेत जानकारी दिए । बैठकमा अपेक्षा गरे अनुरुप प्रतिनिधि सभामा
सीट आउन नसकेको समिक्षा भएको महराले बताए ।बैठकपछि महासचिव देव गुरुङले अहिले गठबन्धनमै रहेकाले गठबन्धनकै सरकार गठनको पहल हुने भन्दै वार्ता र संवाद एमालेसँग पनि हुनसक्ने बताए ।हामी एमाले संग पनी वार्ता गर्छौं यसमा अन्यथा मान्नु पर्ने कुनै बिषय नै होइन उनले अगाडी भने |हाम्रो पार्टी नेकपा माओवादी केन्द्र ले अपेक्षाकृत सिटमा जित हाँसिल गर्न नसकेका
कारण चुनावको प्रारम्भिक समिक्षामात्र भएकाले सरकार गठनको प्रक्रिया तथा एजेण्डाबारे छलफल नै नभएको उनले बताए ।राजनीतिक कोर्ष जता पनि जान सक्ने भन्दै उनले गठबन्धन अहिले यथावत नै रहेको बताए । तर भावी यात्राबारे अहिले कुरा नभएको उनले प्रष्ट पारे |
©2023 Rapti Pahichan. All rights reserved.