रमा बुढा मगर -===
तुलसीपुर ३० कार्तिक २०७९, तुलसीपुर ३ डाँडाखुटी स्थित परीवर्तन कृषी सहकारी संस्था को कार्यालयको प्रांगन मा बिहान ५ बजे सो ही वडाको हेरेवास निवासी ७७ वर्षीय इन्द्र बहादुर खडका मल पाउने आशामा लाइन बस्नु पुगे| ४ घण्टा लाइन बसे पछी ९ बजे उनले ५ किलो डिएपी मल पाए |त्यस्तै तुलसीपुर ३ डाँडाखुटी निवासी ७१ वर्षका शिवराम खरेल ले पनी ३ घण्टा लाइन बसे पछी ५ किलो डिएपी मल पाउनु भयो | मलाइ तोरी खेती गर्न र गहुँ खेती गर्न ३ बोरा डिएपी मल आवश्यक पर्छ तर यहाँ त्
५ किलो मल मात्रै पाइयो हामी गरिब किसानले किनेर खाने चिज पनी उपलब्ध गराउन नसक्ने यो कस्तो सरकार हो? उनले भारी मन बनाउदै राप्ती पहिचान संग भने |हामी किसान हरुले सित्तैमा मल दे सरकार भनेका पनी होइनौ किनेर लैजान्छौं भन्दा पनी यो स्थानीय सरकारले हामी किसान हरुलाई आवश्यक मल दिन नसक्ने भयो अचम्म दुख्ख लागेर आउछ खरेलले भने | लामो समय पत्रकारीतामा बिताउदा यी र यस्तै खाले सरकारी वेवास्ता र नागरिक लाइ दिइने सास्तीका बिरुद्द कलम चलाएका
डाँडाखुटी निवासी पत्रकार भरत शर्मा गैरे पनी मल पाउने लाइनमा बसेर १० किलो मात्रै डिएपी मल पाउँदा अचम्ममा परेको देखिन्थे | कस्तो शासन ब्यबश्था हो यो? किसानले मल किन्न पनी नपाउने धौ धौ का १० किलो मल पाइयो मलाई १ बोरा मल आवश्यक पर्छ अरु कहाँ बाट ल्याएर खेती गर्ने हो र परिवार पाल्ने हो गैरे ले हामी संगको कुराकानीमा बताए |यसै गरी मल पाउने लाइनमा तुलसीपुर ३ का चित्र बहादुर खडका,अनन्त बहादुर खरेल, हिरालाल राना , नर बहादुर वली, लक्ष्मण डाँगी
लगायत सयौं जना परीवर्तन कृषी सहकारी संस्थाको प्राङ्गनमा हातमा थैलो लिएर उभिनु भएको थियो वहाँ हरुले पनी मुस्किल ले ५ /५ किलो डिएपी मल मात्रै पाए पछी यो ५ किलो मल लगेर के खेती होला र हामीले परिवार पाल्ने होला,,सरकार नै निकम्मा भए पछी कसैको केही नलाग्ने रहेछ वहाँ हरुले एकै स्वरमा भन्नु भयो | २०७९ बैशाखमा स्थानीय सरकार चुनेका तुलसिपुर क्षेत्रका किसान हरु कार्तिकमा मल नपाउँदा केही आक्रोसित र केही चिन्तित देखिन्थे | हाम्रो स्थानीय सरकार भने पनी केन्द्रीय सरकार भने पनी तुलसीपुर उपमहानगर नै हो तर नगर प्रमुख टिकाराम खडका हामी किसानका यी समस्या तर्फ
अलिकती पनी गम्भीर भएको पाइएन तुलसीपुर ३ बोहरागाउँ का चित्र बहादुर खड्काले आक्रोश पोख्दै भने | चुनावमा भोट माग्न आउदा आफु किसान मात्रै नभई सुकुम्वासी किसान भएको कुरा बताउने मेयर टीकाराम अहिले कता छन् अत्तो पत्तो छैन उनले अगाडी भने | मेरो सबै भन्दा पहिलो कदम सुकुमवासी लाइ लालपुर्जा दिने र यस क्षेत्रका किसान मजदुर हरुलाई मालिक बनाउने काम हुनेछ किन भने म आफै पनी सुकुम्वासी किसान हुँ तुलसीपुर उपमहानगरको मेयर पदमा चुनाव जिते लगत्तै
पत्रकार हरुको प्रश्नको जवाफ दिंदै टिकाराम खडकाले भनेका थिए तर झन्डै ७ महिना शासन गरी सकेका खडकाले न सुकुम्वासी लाइ लालपुर्जा दिन सके भने न किसान लाइ मल दिन सकेका छन् तुलसीपुर ३ को परिवर्तन सहकारी संस्थामा देखीएको यो दृश्य त् प्रतिनिधी पात्र मात्रै हो हाल तुलसीपुर उपमहानगरका हरेक किसान खेती गर्न मल नपाएर तड्पी रहेका देखिन्छन भने उपमहानगर भित्र बसोबास गर्ने सुकुमवासी हरु आफु बसेको झुपडीको लालपुर्जा आफुले पाउछुकी पाउदैन भन्ने
दुविधामा रहेका छन् |यही बिषयमा हाम्रा समाचारदाताले तुलसीपुर उपमहानगर का मेयर टिकाराम खडका लाइ सम्पर्क गरी मल नपाएर तपाइँ मेयर भएको उपमहानगर का जनता तड्पी रहेका छन् स्थानीय सरकार कहाँ खोरिया खन्दै छ भनी सोधनी गर्दा जनता र किसान लाइ रासायनिक मल उपलब्ध गराउने अधिकार केन्द्र सरकारले आफै राखेको छ र केन्द्र सरकार नालायक,निकम्मा, गैरजिम्मेवार र पतित भएकाले यहाँ मात्रै नभई देशै भरीका किसान हरुले यही समस्या भोगी रहेको कुरा
बताए | मलाइ संघीय सरकारले मल किन्ने अधिकार देओस म एक हप्ता भित्र नगरवासी किसान हरुको घर घरमा मल पुर्र्याउन तम तयार छु खडकाले भने |अनी सुकुमवासीले पाउने लालपुर्जाको पुर्जा कहाँ बिग्र्यो मेयर साहब,, सुकुमवासीले लालपुर्जा किन पाएनन् भन्ने हाम्रो दोस्रो प्रश्नमा भुमी सम्बन्धी समस्या समाधान आयोगको कामकाज लाइ केन्द्रीय सरकारले बन्दी बनाएर राखेको छ मेरो केइ लाग्दैन, शेर बहादुर देउवा माधव नेपाल र प्रचण्डले लाज मान्नु पर्ने हो तर मानी रहेका छैनन् खडकाले
अगाडी भने | यसरी संघ प्रदेश र स्थानीय सरकारका प्रमुख हरुले एक अर्का लाइ दोषारोपण गरी रहंदा सुकुमवासी भूमीहिन लाइ दिइने भनेको लालपुर्जा को पुर्जा कहाँ बिग्र्यो भनेर भूमीहिन सुकुमवासी हरु खोज्दै छन् भने खेती गर्दा समयमा आवश्यक मल नपाउने समस्या बाट किसान आजित र थकिट भइ सकेका छन् |
©2023 Rapti Pahichan. All rights reserved.