तुलसीपुर ३० असाेज । असोज २७ गते साँझ घरबाट निस्केका १४ बर्षका शरद आचार्य भोलीपल्ट बिहानसम्म सम्पर्क बिहिन भएपछि घर परिवार आत्तिए । दंगीशरण गाउँपालिका–६ थपगाउँ घर भएका शरद तुलसीपुर उपमहानगरपालिका–१३ दमागरगाउँ स्थित मावलीको घरमा बस्दै आएका थिए ।
सानै उमेरदेखि आफ्नो घरमा बस्दै आएका नाति हराएपछि मावलकी हजुरआमा याम कुमारी खड्का आतिइन् । हजुरआमाले दमारगाउँ प्रहरी चौकी हुँदै ईलाका प्रहरी कार्यालय तुलसीपुरसम्म खबर गरिन् । तर प्रहरीले त्यति चासो दिएन् । एउटै गाँउमा बस्दै आएकी १५ बर्षकी रोशनी महतारा पनि हराएपछि दुबै संगै भागे कि भन्ने आशंका प्रहरी र स्थानीयले गरे । तै पनि शरदका हजुर आमा र हजुर बुवालाई चित्त बुझेन ।
एकैदिन सम्पर्क बिहिन भएका दुई बालबालिकाको फोन पनि नउठ्नु र सम्पर्क बिहीन भएपछि गाउँमा आफन्तले खोजतलास गर्न छाडेनन् । त्यही क्रममा स्थानीय एक जनाले राति करिब १२ बजे बालिका जनकल्याण सामुदायिक वनको जंगलमा बचाउँ बचाउँ भन्दै कराएको सुनेको बताए । त्यसपछि खोजी कार्य जंगल तर्फ केन्द्रित भयो । खोज्दै जाँदा सामुदायिक वनको जंगलको खोँचमा माटो खनेको जस्तो देखियो । आफन्तले माटो फालेर हेर्दा बालको शव आफन्तले चिनेपछि प्रहरीलाई खबर गरियो । प्रहरीले एउटै खाल्टोमा हत्या गरेर गाडेको अवस्थामा दुबैजना बालबालिको शव निकाल्यो ।
बालबालिकाको हत्या योजना बद्ध तवरले गरिएको प्रहरीले अनुमान गरेको छ । ‘ठूलो खोंच रहेछ । पानीको धारले पारेको गहिरो खाडलमा हत्या गरेर पहिला बालिका त्यसमाथि बालकलाई राखेर पुरिएको छ ।’ प्रहरी निरीक्षक पर्वत केसीले भने । दुबैजनाको टाउको र मुख तथा शरिका विभिन्न भागमा निलडाम रहेको छ भने बालकका औंलाहरु छियाछिया भएको प्रनि केसीले बताए । बुवा र आमा बिच सम्बन्ध विच्छेद भएपछि शरद मावलीको घरमा बसेर बढ्दै आएका थिए भने रोशनीका बुवा र आमा रोजगारीको शिलशिलामा भारतको सिमलामा रहेका छन् । दुबै जनाले अम्बिकेश्वरी मावि अम्बापुरमा कक्षा ८ र ९ मा पढ्दै आएका थिए । दुबैजना बालबालिका बिच केहि समय यतादेखि माया प्रेमको जस्तो सम्बन्ध देखिएको स्थानीयले बताएका छन् । यद्यपी यसको पुष्टि भने भएको छैन ।
घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन
एउटै गाउँका दुई बालबालिकाको विभत्स हत्या भएपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । घटना स्थलमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखालको टोली, जिल्ला प्रहरी र ईलाका प्रहरी कार्यालयबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
उठ्दैन प्रहरीको फाेन !
तुलसीपुरका डिएसपी पुष्पराज मल्ल
घटनको बास्तविकता बुझ्नका लागि ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले प्रयोग गर्ने सार्वजनिक मोबाईल नम्बर ९८५७८९००८८ मा बारम्बार फोन गर्दा फोन उठ्दैन । मल्ल तुलसीपुरका प्रहरी इन्चार्ज हुन् । प्रहरीले प्रयोग गर्ने कुनै सार्वजनिक नम्बर कतैबाट फोन आउने वित्तिकै तत्काल उठाउनुपर्छ ।
तर कानुन पालना गराउने प्रहरी आफै वेमत्लव गर्छ । प्रहरीलाई कुनै पनि नागरिकले भात खानुभयो ? तरकारी के खानुभयो ? भन्नका लागि फोन गर्दैन । नागरिकलाई अप्ठ्यारो परेपछि अथवा जिउधनको खतरा हुने भएपछि मात्रै सुरक्षाका लागि प्रहरीलाई फोन गर्छ । २४ सै घन्टा जुनसुकै समय भएपनि उठ्नुपर्ने प्रहरीको सार्वजनिक नम्बर नउठ्नु बिडम्बना पुर्ण भएको नागरिक अगुवा बताउँछन् ।
प्रहरीले समयमै खोजबिन नगरेको आफन्तको आरोप
मृतकका आफन्तले प्रहरीलाई भोलीपल्ट खबर गरेपनि प्रहरीले खोजी कार्यका लागि कुनै तदारुकता नदेखाएको गुनासो गरेका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्ललाई खबर गरेपनि कुनै चासो नदिएको भन्दै मृतकका आफन्तले प्रहरी प्रति आक्रोश पोखेका छन् । यता ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले भने प्रहरीलाई २९ गते मात्रै खबर आएको दाबी गरेका छन् ।
पश्चिम दाङमा सृङखला बद्ध घटना
पश्चिम दाङको तुलसीपुर क्षेत्रमा पछिल्लो समय सृङखला बद्ध घटनाहरु हुन थालेका छन् । एक महिनाको बिचमा दिनदहाडै व्यस्थ बजारममा सुनको सिक्री लुटपाट देखि हत्याका घटनाहरु बढन थालेका छन् । तुलसीपुरको बसपार्कमा असोज १८ गते महिलाले घाँटीमा लगाएको सुनको सुक्री लुट्ने प्रयास गर्ने एक भारतीय नागरिकलार्य स्थानीयले समातेर प्रहरीलाई बुझाएका थिए । त्यसैगरी तुलसीपुरका हस्पीटल र विभिन्न पसलहरुमा पनि चोरीका घटनाहरु भइरहेका छन् । कुटपिटबाट दंगिशरणमा असोज २१ गते बरन्तु चौधरीको मृत्यु भएको छ ।
त्यसैगरी असोज १५ गते रड प्रहारबाट तुलसीपुरमा ३ जना घाइते भएका छन् । केहि समय अघि मात्र सरुवा भएर आएका डिएसपी मल्लले सार्वजनिक कार्यक्रमहरुमा तुलसीपुर क्षेत्रमा हुने अपराधलाई सुन्यमा झार्ने अभिव्यक्ति दिइरहेका बेला तुलसीपुर क्षेत्रमा सृङखला बद्ध घटना हुन थालेका छन् ।
©2023 Rapti Pahichan. All rights reserved.