हिमाल बि क–====
तुलसिपुर १९ असार २०७९, तुलसिपुर ३ को राम्री धामा मा रहेको चुन ढुङ्गा उत्खनन् गर्न सुनगाभा माइनिङ नामक कम्पनी ले प्रकृया अघि बढाइ रहेका बेला त्यो कार्यको चौतर्फी बिरोध हुन थालेको छ।यही बेला
तुलसिपुर उपमहानगर का मेयर टिकाराम खडकाले आफ्नो धारणा सार्वजनिक गर्दै खानेपानीको मुहान लाई असर पर्ने ठाँउमा कुनै पनी हालतमा चुन ढुङ्गा उत्खनन् गर्न अनुमती नदिने कुरा बताएका छन।खानेपानी को
मुहान भन्दा माथी रहेको चुन ढुङ्गाको खानी उत्खनन् गर्न नदिन तुलसिपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितीले बुझाएको ज्ञापन पत्र बुझ्दै उनले यस्तो कुरा बताएका हुन।कुनै एउटा दुइटा ब्यापारिक कम्पनीको
फाइदाको लागी तुलसिपुरवासीको खानेपानीको मुहान सुक्ने गरी कुनै कसै फर्म तथा कम्पनी लाई चुन ढुङा उत्खनन्अ गर्न नुमती दिन्न खडकाले भने।तुलसिपुर ठेगाना राखेर सुनगाभा माइनिङ कम्पनीले तुलसिपुर ३ को राम्री धामा भन्ने ठाँउमा चुन
ढुङ्गा उत्खनन् गर्न अनुमतीका लागी प्रकृया अघी बढाइ रहेको छ भने सो कार्यको चौतर्फी बिरोध हुन थालेको छ। तुलसिपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितीले तुलसिपुर ३ को राम्री, साजवास, धैरेनीखोला र सिस्नेरीखोलाका मुहान बाट पाइपलाइन बिस्तार गरेर
तुलसिपुर क्षेत्रमा खानेपानी ल्याएको छ भने सुनगाभा माइनिङ कम्पनी ले चुन ढुङ्गा उत्खनन् गर्न लागेको स्थान साजवास मुहान भन्दा ७०० मिटर,धैरेनीखोला मुहान भन्दा ९०० मिटर, राम्री मुहान ४०० मिटर र सिस्नेरीखोला मुहान भन्दा १ किलो मिटर टाढा माथील्लो भागमा पर्छ।
©2023 Rapti Pahichan. All rights reserved.