तुलसीपुर, १७ असार । लुम्बिनी प्रदेश सरकारले पदमुक्त गरेका राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका अध्यक्ष पदम प्रसाद शर्मालाई पुनर्वहाली गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
४ वर्षे कार्यकालका लागि नियुक्त भएकोमा गठबन्धन नेतृत्वको लुम्बिनी प्रदेश सरकारले तोकिएको निश्चित पदावधि पुरा नहुँदै २०७८ पुस २५ गतेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निर्णयले राप्ती प्रादेशिक प्रादेशिक अस्पताल लगायतका लुम्बिनी प्रदेशका सबै प्रादेशिक
अस्पताल, आयूर्वेदिक अस्पताल र केही जिल्ला अस्पतालका अध्यक्षलाई पदमुक्त गरेको थियो ।
तत्कालिन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको मन्त्रिपरिषद्ले शर्मालाई २०७७ जेठ १ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको अध्यक्षमा नियुक्त गरेको थियो । सरकारको निर्णय विरूद्ध सर्वोच्च अदालतमा २०७८ माग १७ गते रिट निवेदन दिनुभएका राप्ती प्रादेशिक अस्पतालका अध्यक्ष पदम प्रसाद
न्यौपाने, लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्य बहादुर भट्टराई, लुम्बिनी आयूर्वेदिक अस्पतालका अध्यक्ष शिव प्रसाद ज्ञवाली, राप्ती आयूर्वेदिक अस्पताल लगायत केही जिल्ला अस्पतालका अध्यक्षलाई पुनर्वहाली गर्न सर्वोच्च अदालतले आदेश दिएको हो ।
गत असार १२ गतेको सर्वोच्च अदालतको उक्त आदेशमा निवेदनको अन्तिम टुंगो नलागेसम्म मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेश बुटवलको मिति २०७८ पुस २५ को निर्णय तथा सो को आधारमा भएका काम कारवाहीहरु कार्यान्वयन नगर्नू÷नगराउनू साथै निवेदकहरुलाई आ आफ्नो पदमा काम काज गर्न दिनू,’ भनिएको छ।
©2023 Rapti Pahichan. All rights reserved.