तुलसीपुर ०६। दाङको तुलसिपुर श्थित निर्वाचन अधिकृतको कार्यालयको मुख्य द्वारमा पत्रकारले सूचना समयमा नपाएको भन्दै केही समय अगाडि धर्ना दिएका थिए।
पत्रकारले करिब एक घन्टा सम्म धर्ना दिए पछी तुलसीपुर निर्वाचन कार्यालयका प्रमुख राजेश्वर अर्याल ले पत्रकार संग भेट गरि समयमा मतगणनाको सुचना दिने प्रतिवद्दता गरे पछि पत्रकार हरुले धर्ना छोडेका थिए।तुलसीपुर निर्वाचन कार्यालयका प्रमुखले २-२ घन्टाको बीचमा पत्रकार लाई सूचना दिने गरि प्रतिवद्दता गर्नु भएको छ।उक्त स्थानमा तुलसिपुर उपमहानगर का १९ वटा वडाको मतगणना भइ रहेको छ।
©2023 Rapti Pahichan. All rights reserved.