(हिमाल वि.क )
बैशाख २९। संघीय सांसद माननीय टेक बहादुर बस्नेत सवार गाडी दुर्घटनामा परेको छ ।
तुलसीपुर उपमहानगरपालीका वडा नं ३ राना गाउँमा सल्यान देखि तुलसीपुर आउदै गरेको बा ८ च ६९२५ नम्बरको बोलेरो जीप र बीपरित दिशा बाट नेपालगन्ज बाट रुकुम जाँदै गरेको अ प फा ९४१ नम्बरको एम्बुलेन्स एक आपसमा ठोक्किदा सवरी दुर्घटना भएको हो।
माननीय टेक बहादुर बस्नेत सहित १० जना घाइते भएका छन। घाइते हुनेमा एम्बुलेन्स चालक जिल्ला रुकुम वाफिकोट गाउँपालीका बस्ने कलिभान खत्री, सोही ठाँउ बस्ने ६६ का डिलु खत्री, जिल्ला रुकुम मुशिकोट नगरपालिका वडा नं ५ बस्ने बर्ष २१का सुवास शर्मा, सोही ठाँउ बस्ने बर्ष ४२ का श्याम प्रसाद शर्मा, सोही ठाँउ बस्ने बर्ष २६ का राधी कुमार शर्मा, जिल्ला दाङ तुलसीपुर उपमहानगरपालीका वडा नं १८ बस्ने बर्ष ४८ कि पुतली खत्री, जिल्ला सल्यान बागचौर नगर पालीका वडा नं ८ बस्ने बर्ष २८ का बोलेरो चालक रमेश वलि, जिल्ला सल्यान कपुरकोट गाउँ पालीका बस्ने महेश घर्ती रहेका छन।
घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भई रहेको कुरा इलाका प्रहरी कार्यालय तुलसिपुर ले जनाएको छ भने प्रतिनिधि सभा सदस्य टेक बहादुर बस्नेत लगायत सबै घाइते हरुको अवश्था सामान्य रहेको छ।
©2023 Rapti Pahichan. All rights reserved.