गोपाल खडका-=====
तुलसिपुर बैशाख १५/२०७९,एक स्थानिय बताउछन वरी परी घना बस्ती माझमा बाटो, ग्रामिण वस्ती भएकाले सबैले घर घरमा भैंसी गोरु बाख्रा पालेकै थियौं।भैंसी गोरु बाख्रा जङ्गल चराउन लैजाँदा १८० घर धुरी समुदायका एक एक हल गोरुको फुकाउदा ३६० वटा गोरु र भैंसी गरेर ४०० वटा पशु चौपाय हिडाउदा वर्षायाममा बाटो धान रोप्ने खालको
हुन्थ्यो भने हिउदमा धुलै धुलो उड्ने गर्थ्यो। यस्तो अप्ठेरो अवश्था खेपी रहेको गाउँ थियो तुलसिपुर उप-महानगरपालिका वडा नं ३ को भट्टे गाउँ। २०७४ सालमा भएको स्थानिय तहको चुनाव पछी तुलसिपुर उपमहानगरमा नेकपा एमाले को स्थानिय सरकार बन्यो। सरकार बने लगत्तै भट्टे गाउँ पुगेका मेयर घनश्याम पाण्डे
र वडा अश्यक्ष वीर बहादुर बि क सङ्ग त्यहाँका जनता ले बाटो ग्राभेल गरी दिन अनुरोध गरे। जवाफमा पाण्डे र बि क ले बाटो ग्राभेल मात्रै नभइ पिछ गरिदिने वचन दिए भने अर्को वर्ष प्राथमिक बिद्यालय भट्टे देखी भट्टे गाउँको मन्दिर सम्म १ किलोमिटर ३०० मिटर बाटो पिच गर्न सुरु भयो र १२ मिटर चौडा दुवै तर्फ पक्की नाला सहित को
मोटर बाटो पनी पिच गरियो। हामी ले त त्यो हिलो र धुलो बाट यति छिट्टै छुटकारा पाइएला जस्तो लागेको थिएन तर सरकार र जनप्रतिनिधी ले आँटे पछी नहुने के रैछ र सबै हुने रैछ स्थानिय नरसिङ चुनारा ले राप्ती पहिचान सङ्ग भने। तुलसिपुर बजार बाट झन्डै ६ किलो मिटर पश्चिम तर्फ कच्ची सडक पार गरे पछी पुगीने भट्टे
गाँउमा बाटो पिच होला भन्ने जो कोहीले कल्पना समेत गरेका थिएनन। हैन सरकार र जनप्रतिनिधी ले निर्णय गरे सबै सम्भव हुंसो रहिछ अर्का स्थानिय कर्ण बहादुर वली ले हामी लाई बताउनु भयो। बिजय ले चुनाव जितेर आउदा उनलाइ कसैले पत्याएका थिएनन तर उनकै कार्यकालमा कसैले नसोचेको बिकास गर्न सफल भए
बिजय अर्का स्थानिय सतविर वली (संतोष) ले हामी लाई बताए। हामी लाई राजनिती सङ्ग के लेनदेना हाम्रो गाउँ मा खानेपानी बाटो मठ-मन्दिर बने हामी त्यसैमा खुशी छौँ अर्का स्थानिय प्रबिर केसी बताउछन। जसले जे भनोस मेयर घनश्याम पाण्डे र वडा अध्यक्ष बिजय ले भट्टेको रुपरङ्ग नै फेरि दिए नयाँ रुप दिए भट्टे लाई गोर्ख
बहादुर खडकाले खुशी हुँदै भन्छन।तुलसिपुर उपमनपा को कर्णाली को रुपमा चिनिने तुलसिपुरको वडा नं ३ को अती बिकट गाउँ बस्ती हरु भट्टे,कालामारे,गकुलडाँडा, बोहरागाउँ,गैरानाउला, प्रतापकोट, टुनापानी, थापापानी,सिद्दधारा,बल्ले किमगैराका जनताले भौतिक बिकास को प्रत्यक्ष अनुभुती पाएका छन।
©2023 Rapti Pahichan. All rights reserved.