सुरेन्द्र रोकाय-=====
स्वर्गीय आमाको सम्झनामा छोरा बुहारी ले बालबालिका हरुलाइ खेलकुद सामग्री सहयोग गरेका छ्न। यसो गर्नेमा तुलसिपुर ३ थापापानी निवासी बिष्णु बहादुर बाँठा र सुन्तली बाँठा रहेका छन। बिष्णु बहादुर बाँठा का आमा र सुन्तली बाँठा का सासुआमा बसन्ती बाँठाको
२०७७ साल चैत २० गते ७४ वर्षको उमेरमा कालगती ले मृत्यु भएको थियो। आमा-सासुआमा को पुण्यतिथी आउदै गरेको समय पारेर बाँठा दम्पतीले यस्तो सहयोग गरेका हुन।बाँठा दम्पती ले तुलसिपुर उपमहानगरपालिका वडा नं १ श्री सृजनशिल आधारभुत बिद्यालय छोँटे का विद्यार्थी हरु लाई खेलकुद समग्री
दिएका हुन।आमाको पोहोर साल चैत महिनाको २० गते मृत्यु भएको हो,आमाको प्रथम पुण्यतिथी यही चैत २० गते परेको भए पनी म बैदेशिक रोजगारीका सिलसिलामा बिदेशमा छु तिथी गर्न पाइएन त्यसैले आमाको सम्झनामा यो सहयोग गरेको हुँ बिष्णु बहादुर बाँठाले राप्ती पहिचान डटकम लाइ बताए। सासूआमा
को प्रथम पुण्यतिथी यही चैत २० गते हो तर बिष्णु घरमा हुनुहुन्न सासुआमाको सम्झना स्वरुप हामीले छोँटे स्कुलका बालबालिका हरुका लागी १० हजार रुपैयाँ बराबरको खेलकुद सामग्री सहयोग गरेका हौं बिष्णु बाँठा कि जीवन संगीनी सुन्तली बाँठाले हाम्रा समाचारदाता
लाई बताइन। सासुआमाको पुण्यतिथी गर्दा लाग्ने पैसाले आफू हरुले यो सामग्री किनेर दिएको कुरा बाँठाले अगाडी भनिन। बाँठा दम्पती ले उक्त सहयोग रकम राप्ती पहिचान डटकम का प्रकाशक तथा हाम्रो सामाजिक अभियानका अभियन्ता एग्गे बहासुर बुढा लाई उपलब्ध गराएका थिए।गरिब दुखी का बालबालिका लाई भनी
©2023 Rapti Pahichan. All rights reserved.