हरेक वस्तु संसारमा गतीसिल,परिवर्तनशिल र मरणशील छन यसका साथै समय र आकास बाहेक सबै सापेक्षित छन यी दुईलाई निरपेक्ष मानीयको छ। मानीसझन समयको हिसावमा परिवर्तनकामी
भएर बाँच्न सक्ने हुनुपर्छ अन्यथा उसले अन्तरविरोधहरूको
सामु कि त आत्मसमर्पण की सापेक्षित परिवर्तन जो कुरा विज्ञानले प्रमाणित गरि सकेको छ र त आज पार्टीमा प्रत्येक्ष देख्न सकेका छौ। आज पार्टी र समाजमा दुई तरिकाको विकास भएको थाहा छ पहिलो कुरा
अग्रगामी दोश्रो पस्चगामी तर केहीले अप्नाउने बाटो यथास्थिती र तटस्थ पनी छ आज त्यो विषय हाम्रा लागी खासै हानीकारक मानीयको छैन।हाम्रो आजको कुरा अग्रगामी वा प्रतिगामी विच कुन हो प्रधान भनेर सोच्ने प्रयास गरिएको छ।द्वन्दात्मक भौतिकवादीले
हरेक परिघटना गतीमा हेर्छ र परिवर्तन तथा अग्रगामी बाटोको अनुसरण गर्दछ तर सोही घटनालाई आध्यात्मिकवादी दृष्टिकोणबाट हेर्यौ भने परिस्थितिको ठोस् विश्लेषण गर्न नसकी उल्टोबाटो अनुसरण गर्छ जस्लाई हामी सबैले गतिवीहिन तथा आत्मसमर्पणका रूपमा देख्छौ। आत्मरतीका लागी हामीहरू केहीले आफुले नीरन्तर हीसाबले प्रयोग गर्दै आएको वस्तु पुरानो भएकाले नयाँ रोजेको भन्छौ सारमा उसले रोजेको वस्तु पनी आफुले नयाँ ठानेता पनी
पुरानै रोजेको हुन्छ जसमा पनी विघटनको बढी संभावना हुन्छ भने गठन प्राय शुन्य हुन्छ किनकी नयाँमा मात्र गती हुन्छ। दोश्रो कार्यदीशाका हीसावले मापन गरिन्छ जसलाई मापनको विषय इतीहासमा उस्को भुमिका,आजको उसको अवस्स्थिती र भविष्य कतातिर मोडिन्छ भन्ने विषयको निष्कर्ष इतीहास र वर्तमानले निर्धारण गरेको हुन्छ। इतिहासको क्रान्तीकारी वर्तमानमा
तटस्थ भएको अवस्था हो भने त्यसको गन्तव्य प्रतिगमन न हो। किनकी उ संघर्ष देखी थाकेको छ। झनै इतिहासको क्रान्तीकारी गती विहीन पार्टी खोज्छ भने त सरासर प्रतिगमनतीर सोझियो। यसलाई सारमा इतिहासको क्रान्तीकारी पार्टी माओवादी केन्द्र परित्याग गरि अर्को एमाले र कॅग्रेस खोज्नु नै खराब बाटो रोज्नु हो किनकी तत्कालका लागी परिवर्तनको नेतृत्व गरेको पार्टी माओवादी केन्द्र हो तर एमाले र कॅग्रेस होइनन् झन अन्य बनीबनाउ खोज्नुलाई के भन्ने। नयाँ विचार
संश्लेषण सहित अगाडी बढने भनेको मालेमावादी कम्यूनिष्ट हुन सक्छ अन्यमा आस्था राख्नु सरासर प्रतिक्रान्तिको संकेत हो। तेश्रो कुरा गर्नु पर्दा साँस्कृतिक रुपान्तरण, आसाभरोसा, उत्पादन प्रणालीमा सुधार र परिवर्तनलाई पकडने विषयहरू नै सार्वभौम छन। जस्लाई सहि ढंगले पछ्याउन नसक्दा संसारभर प्रतिक्रान्ति हात परेको छ।झनै त्यही हात लाग्ने बाटो हामी हरूले क्रमशः पकडदै गयौ भने कसरी समाजवादमा पुग्न सकौला।निरन्तर
संघर्षको बाटो अविचलित तरिकाले हिडनेहरू मात्र असली क्रान्तीकारी वा अग्रगामी हुन।त्यही बाटोमा अगाडि बढनका लागी क.माओले आज भन्दा ५६ बर्ष अगाडी देखीनै निर्देसन गरेको बाटो ऐतिहासिक हिसावले सत्य छ।जुन बाटोबाट हामीहरू विचलित भयरै २१ औ शताब्दीमा दुःख पाईरहेका छौ। त्यसैले सुख र समृद्धिको यात्रा भनेकै दृष्टिकोण, कार्यदिशा र निरन्तर क्रान्तिको शिद्धान्त विना आफैँलाई बदल्न सकिदैन भने समाजको परिकल्पना गर्नु गलत हुन्छ।
©2023 Rapti Pahichan. All rights reserved.