(हिमाल वि.क)
२०७८ चैत १२ दाङ,
तुलसीपुर उद्योग वाणिज्य संघको २७ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
तुलसिपुर उद्योग वाणिञ्ज्य संघ अध्यक्ष रामप्रसाद चालिसे को सभापतित्वमा भएको साधारण सभा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघको लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले दीप प्रज्वलन गरि उदघाटन गर्नु भएको थियो।
आर्थिक बर्ष २०७७-०७८ मा संघले गरेका विभिन्न कार्यक्रमहरु लगायत सदस्यहरुको हकहितको संरक्षण र साथै जिल्लाका व्यापार क्षेत्र, पर्यटन क्षेत्र सामाजिक विकासमा टेवा पुग्ने खालका कार्यक्रमहरुलाई वार्षिक प्रतिवेदनको रुपमा प्रस्तुत गरिएको थियो।
कार्यक्रममा विभिन्न संघ-संस्था र व्यक्तिलाई सम्मान गरिएको थियो।
©2023 Rapti Pahichan. All rights reserved.