हिमाल वि.क
तुलसिपुर २८ फाल्गुण २०७८, तुलसिपुर ३,८ र ९ नं वडाका जनता को सामुहिक खानेपानी संस्था को पदाधिकारी चयनका लागी निर्वाचान भइ रहेको थियो त्यही ठाँउमा एक जना जिउमा सेतो कपडा बेरेका,लट्ठी
टेकेका,दाह्री कपाल खौरेका ब्यक्ती मतदान स्थलमा देखिए।यस्तो दृश्य देखे पछी राप्ती पहिचान का समाचारदाता उनी नजिक पुग्छन र सोध्छन तपाईं किन यहाँ आउनु भयो?।केही बेर अकमक्किएर
उनले भने म हाम्रो अमृतपुर खानेपानी संस्थाको आगामी ४ वर्षिय कार्यकालका लागी पदाधिकारी चयन गर्न निर्वाचन भइ रहेकाले आफ्नो उमेदवार लाई भोट हाल्न आएको छु भने।यसरी किरिया बसेको बेला पनी किन भोट हाल्न आउनु भयो त? भनी सोध्दा सर्व सुलभ खानेपानीका लागी सर्व श्रेस्ठ मान्छे ले चुनाव जित्न जरुरी छ त्यसैले राम्रा मान्छे ले जितुन भनेर आफू भोट हाल्न आएको कुरा उनले बताए।
©2023 Rapti Pahichan. All rights reserved.