रमा बुढा मगर–=====
तुलसिपुर फाल्गुण २७/२०७८, २०४९ साल को स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उमेदवार बाट बिजयी भएका तत्कालिन तुलसिपुर नगरपालिका वडा नं १० का वडा अध्यक्ष चन्द्रकान्त खरेल ले आफ्नो कार्यकालको२०५१ सालमा झाँक्रीढुङ्गा खानेपानी योजना उपभोक्ता समितिको स्थापना गरेका थिए।सुरुमा ९३ वटा सार्वजनिक धारा
मात्र रहेको उक्त खानेपानी उपभोक्ता समिती हाल अमृतपुर खानेपानी सरसफाइ संस्थाको नाम ले स्थापित भएको छ। हाल अमृतपुर खानेपानी सरसफाइ संस्थाले निजी र सार्वजनिक गरी ३१३६ धारा बाट तुलसिपुर उपमहानगरका वडा नं ३,८ र ९ नं वडाका जनता लाइ सुलभ रुपमा पिउने पानी उपलब्ध गराउदै आएको छ
भने खानेपानी सरसफाइ संस्थाको ब्यबश्थापन तर्फको समितिको कार्यकाल समाप्त भएका ले समितिका पदाधिकारी निर्वचित हुन गर्न वर्तमान अध्यक्ष चन्द्रकान्त खरेलको नेतृत्वमा एउटा प्यानल खडा भएको छ भने भिमकान्त बस्याल (संगितको) नेतृत्वमा अर्को प्यानल चुनावी मैदानमा आएका छन।खरेल र बस्याल आ
आफ्ना योजनामा चुनावी नारा लिएर चुनावी मैदानमा देखिए पनी उनी हरु दुवै प्यानल ले उक्त संस्था को दिर्घकालिन हितका लागी मुख्य नारा नउठाएको पाइयो। अमृत खानेपानीका लागी आवश्यक पानीका मुहान संरक्षणको लागी गुरुयोजना अत्यावश्यक योजना हो, तर विडम्बना नै भन्नू पर्छ दुवै प्यानलका पदाधिकारीका
आकांक्षी हरुले यस तर्फ कतै ध्यान दिएका छैनन। अमृतपुर खानेपानी मुहानको मुख्य श्रोत हो सल्लिवन सामुदायिक वन।किन भने अमृतपुर खानेपानी संस्थाको सम्पुर्ण पानी सल्लिवन सामुदायिक वनमा रहेका पानीका मुहान हरु हुन। अमृतपुर खानेपानी संस्था ले तुलसिपुर उपमहानगर को साविक ७ नं वडाको झक्रेनी
थान मुहान र साजवास मुहान बाट संस्था लाई आवश्यक पानी ल्याइ रहेको छ।सल्लिवन सामुदायिक वनका १०७ घरधुरी उपभोक्ता ले अमृतपुर खानेपानी संस्थाको मुहान भन्दा माथीको वन संरक्षण का लागी मासिक ७५ रुपैयाँ लेवि उठाएर वन हेरालु राखेर वन संरक्षण गर्दै आएकाले अहिले सम्म अमृतपुर खानेपानी को श्रोत (मुहान)
सुरक्षित रहंदै आएको छ।तर आर्थिक उपार्जन गर्न नसक्ने सल्लिवन सामुदायिक वन उपभोक्ता समितिले हाल वन नविकरण गर्न सकेको छैन भने सल्लिवन सामुदायिक वन बिस्तारै नाङ्गो हुँदै जान थालेको छ।यसरी नाङ्गिदै जाने वन क्षेत्र मध्य सल्लिवन सामुदायिक वनको धौलिडाँडा, सिस्नेरी, तल्लो सिद्दधारा
जुकेखोली,पेदी,स्याँलापाखा,घोरनेटी र भिर भन्ने क्षेत्र रहेका छन जो प्रत्यक्ष अमृतपुर खानेपानी को मुहान सङ्ग जोडिएका जङ्गल हुन। अमृतपुर खानेपानी संस्था मा अध्यक्ष सदस्य पदका लागी छिना झपटी भइ रहेको भए पनी सल्लिवन सामुदायिक वन सङ्ग जोडिएको खानेपानीको मुहानको साइनो र भविश्य तर्फ कसैको ध्यान गएको देखिन्न।
हाम्रै सामुदायिक वन क्षेत्रको दुई मुहान बाट अमृतपुर खानेपानी संस्थाले पानी लगी रहेको छ तर हाम्रो सामुदायिक वन सङ्ग यस विषयमा कहिल्यै छलफल सम्म गरेको छैन सालिवन सामुदायिक वनका संस्थापक अध्यक्ष एग्गे बहादुर बुढाले राप्ती पहिचान लाई बताए।अमृतपुर खानेपानी संस्था ले हाम्रो
सामिदायिक वन बाट लगेको पानी नगद पैसामा बेची रहेको छ करोडौ कमाइ सकेको छ तर सल्लिवन सामुदायिक वन संरक्षण कार्यमा एक पैसा पनी खर्च गरेको छैन अर्का भुत पुर्व अध्यक्ष रुपलाल बि क बताउछन। हामीले अमृतपुर खानेपानी संस्था लाई वन हेरालु खर्च महिनाको २५ सय रुपैयाँ ब्यहोरिदिन
संस्थाका अश्यक्ष चन्द्रकान्त खरेल लाई निवेदन दिएको ३ वर्ष नाघी सक्यो तर खरेल ले कुनै सुनुवाइ गरेनन सल्लिवन सा व उ स का पुर्व अध्यक्ष जिबलाल पुनले हामी सङ्ग गुनासो पोखे। खरेल, बस्याल नेतृत्वको दुई प्यानल अध्यक्ष सहित दावेदारी गर्दै चुनावी मैदान मा छन जसले जिते पनी अमृतपुर खानेपानी को लागी आवश्यक पानीका मुहान संरक्षण हुनु प्रमुख पाटो देखिन्छ भने यस तर्फ नया निर्वाचित भएर आउने पदाधिकारी सङ्ग अब गम्भीर छलफल गर्छौं एक उपभोक्ता बताउँछन्।
©2023 Rapti Pahichan. All rights reserved.