तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–७ को पर्सेनीको एक पसलमा विहीबनर बिहान आगलागी हुँदा लाखौँ सामान जलेर नष्ट भएको छ ।
स्थानीय सुमित्रा वलीको रिमा किराना पसलमा बिहान करिब ३ः३० बजे विद्युत् सर्ट भई आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्यालले जानकारी दिए।
उपमहानगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा आएको बताइएको छ ।
क्षतिको एकीन विवरण आउन नसकेको भए पनि प्रारम्भिक अनुमानअनुसार रु १८ लाख मूल्य बराबरको सामानमा क्षति पुगेको पीडितले बताएको प्रहरीले जनाएको छ ।
पसलकै घरमा जडान गरिएको बिजुलीको तार सर्ट भएर आगो लागेको बताइएको छ
©2023 Rapti Pahichan. All rights reserved.