वीर बहादुर बि क
शान्तिनगर ४ फाल्गुन २०७८, दाङ् को शान्तिनगर गाउपालिका का एकजना ले आफ्नै बाबुको घाँटी रेटेर निर्मम हत्या गरेका छ्न। शान्तिनगर गाउपालिका वडा नं ३ बेलडाँडा निवासी २० वर्षिय गोपाल मगर भन्ने गोपाल पुन मगरले यस्तो गरेका हुन।पुनले आफ्ना ६३ वर्षिय बाबू कर्ण बहादुर पुनको घाँटी रेटेर हत्या गरेका हुन। पुनले बुधवार दिउँसो पानीको गाग्री बोकेर घर आएका
बाबू लाई आँगनमा समातेर ढालेर पहिला धारिलो हतियारले घाँटी रेटेको र पछी त्यही हतियार फुकालेर हतियारको पछाडी पट्टीको तीखो पाराले मुखमा घोँची घोँची हत्या गरेको स्थानिय हरु सङ्ग स्विकार गरेका छन भने घटना स्थलमा प्रहरी पुगेर पुन लाई नियन्त्रणमा लिइ सकेको कुरा हाम्रा समाचारदाता ले राप्ती पहिचान लाई बताए।
©2023 Rapti Pahichan. All rights reserved.