अनुभवहरूको सारमा ऐतिहासिक नै भयो भने थप विचारको संश्लेषण गर्नका लागी विषेश समयको आवसयकता पर्ने कुरा पनी सत्य हो।यो विषयलाई आज राजनैतिक वृतमा दक्षिणपन्थी,संसोधनवादी,पुच्छरवादी र पलायनवादीको संश्लेषण गर्दै आफु जती क्रान्तिकारी तथा प्रचण्ड आत्मसमर्पणवादी भयको ब्याख्या गर्नेहरू त बर्षाको सिजनमा च्याउ उम्रे झै हामीहरूले पायौ तर उनीहरूले ठुलो ऐतिहासिक गल्ती भने गर्न भ्यायका छन। लेनीनलाई
मेन्सेभिकहरू र बुन्दहरूले आत्मैदेखी सहयोग कती गरेका रहेछन भन्ने तथ्य त उहामाथी भयको गोलीप्रहारले नै प्रमाणित गर्दछ। क्रान्ति नायक क.माओलाई वाङमीङ, लिलिसान,छनतुस्यू,ल्यु साओ ची,लिन प्याओ र देङले कहीले सहयोग गरेर ,नेपालमा प्रचण्डलाइ बैध्य,बावुराम,विप्लव र अन्यले सहयोग गरी समाजवादको यात्रा पुरा होला , न उनीहरू यात्राका पुरक सक्ती हुन।नेपाली क्रान्तीको मौलिक विषेशतालाई विच बाटो मै छोडी भाग्ने नेपाली मौलिकताका चाङको
थाओहरूबाट न चीनमा क्रान्ति सम्पन्न भयो नत रूसमा भयो।त्यो सबै हीसावले रूस र चीनमा लेनीन र माओलाई सक्नु थीयो भने नेपालमा क. प्रचण्डलाई सक्नु छ। साठीहजार सेनासहित विद्रोह गरेर ,भागेर चीनमा केही नगरेको ईतीहास र नेपालमा हीजो प्रचण्डबाट विद्रोह गरी पटक पटक गरी दुईतीहाई सक्ती लियर भागेकाहरूले कुन क्रान्ति गरे र चाङको थावको विलय भन्दा नयाँ के पायौ हामीहरूले। झनै आज नेपाली मौलिकता भनेर इतिहासका जार र
च्याङ काईसेकहरूले समाजवादी क्रान्तिमा जती विघटन ल्याय सो भन्दा माथीका एमाले र कॅग्रेसबाट आज सम्मका उपलब्धिहरुको रक्षा गर्देलान र त्यो जगबाट समाजवादी क्रान्ति गरौला भन्ने परिकल्पना भने ऐतिहासिक भुल र कमजोरी भने अबस्य हुनेछ। चौतर्फी रूपमा नेपाली रूपका विश्वसाम्राज्यवादीहरूको घेरामा माओवादी केन्द्र परिरहेको छ त्यो घेरो तोडनका लागी प्रतीरोधको आवसयकता जरूरी छ।
अबको प्रतीरोध दुई प्रकारले गर्न सकेनौ भने हामी माओवादीहरूले इतिहास देखी आज सम्म त कामहरू स्वर्ण पाना मै लेख्यौ तर भविष्यमा सही समयमा निर्णय लियर काम गर्न सकेनौ भने मील्कायर फालियका एक कुडाकर्कट न हुने छौ।
अहीलेको संसार र नेपालको सापेक्षतामा निम्न प्रकृतीको संघर्ष हाम्रा लागी बनाउन आवसयक छ।
अती केन्द्रित र भुमण्डलिकृत वित्तीय पुँजीवादको जमानामा, विकेन्द्रित उत्पादन र केन्द्रिकृत वितरण,
राजनितीले भन्दा अर्थनितीले कमाण्ड गरेको संसार र विज्ञान तथा प्रविधि वा आजको संचार माथी माथीकै मान्छेहरूको हातमा भयको अवस्थामा नेपाल पनी उक्त संश्लेषणबाट अछुतो नभैसके पछी हाम्रो कार्यनीति र रणनीति बारे पनी संश्लेषण हून जरूरी छ। आजको राजनिती,अर्थनिती र संस्कृति उत्पीडीत वर्ग अनुकुल कसरी वनाउन सकीन्छ भन्ने कुरा केन्द्रिय विषय हो। पहीलो कुरा मालेमावादले सान्तीपुर्ण रूपले नभै देस सापेक्षित संघर्ष विना
उत्पीडीत वर्गको मुक्ती असम्भव ठान्दछ त्यसैले यो हाम्रो रणनीति हो जसबाट विचलित हुनु कम्यूनिष्ट नहुनु हो। दोश्रो कुरा उक्त रणनीतिमा पुग्नका लागी हाम्रो कार्यनिती भनेको सडक, सदन र निर्वाचनमा पनी प्रतिरोधात्मक हुन र बनाउन कोशिसमा लाग्नु पर्छ जुन कुरा एक्काइसौँ सताब्दिको नेपाली क्रान्तिको बाटो तथा समाजवादी यात्रा हुनेछ।तर आज नेपालमा कार्यनीतिलाई रणनितीका रूपमा आत्मसाथ गर्दै कम्यूनिष्ट आन्दोलनबाट विलय हुने सम्भावना
नेपाली राजनितीमा देखीयको छ। गहीरो अध्यन र संश्लेषण सो अनुसार जनसम्वन्धको विकास साथै विश्वास आर्जन गर्नु आजका समाजवादी क्रान्ति गर्न चाहने कम्यूनिष्टहरूको कार्यनितीक कार्यदिशा हो।यो कार्यदिशामा पुग्न नसक्ने जो कोही हामीहरू नेपालमा कम्युनिष्ट नरहेको कुरा सत्य हो। हामीहरूले एक पटक पुनः आत्मविश्वासका साथ आफुलाई बदल्न सक्यौ भने समाजवादी क्रान्ति हाम्रै जिवनमा सम्भव छ। विचार र ब्यवहारको समायोजन आजको आवसयकता ठान्दै उत्पीडित वर्गको
मुक्ती चाहने हामी सबै एकताबद्ध भयर अगाडी बढदा भविस्य उज्जवल देखीन्छ। भविस्यलाई अंधकार या उज्जवल बवाउने काम भने अरूकोमा होईन हाम्रै हातमा छ।
©2023 Rapti Pahichan. All rights reserved.