तुलसीपुर पौष २९ (२०७८ )
निर्वाचन आयोगद्वारा आगामी चैत्रमा स्थानिय निर्वाचन गर्ने भनेकै समयमा मतदाता नामावली संकलन कार्य जारी रहेको छ । स्थानीय चुनाव नजिकिएसँगै स्थानीय निकायहरूले मतादाता नामावली संकलन सुरु गरेका छन् ।
तपाईंले आफ्नो मतदाता परिचय पत्र लिनु भएको छैन भने जिल्ला प्रशासन कार्यालय अथवा निर्वाचन आयोगमा गएर आफ्नो नाम दर्ता गराउन साथै, आफ्नो नाम मतदाता नामावलीमा छ कि छैन भनेर थाहा पाउनको लागि भने निर्वाचन आयोगले अनलाइन प्रणालीको व्यवस्था गरेको छ ।
यसको लागि तपाईंले निर्वाचन आयोगको वेबसाइटमा गएर आफ्नो नाम सूचीकरण भए नभएको हेर्न सक्नुहुन्छ । https://election.gov.np/np/page/voter-list आफ्नो नाम हेर्न यहाँ क्लिक गर्नुहोस
©2023 Rapti Pahichan. All rights reserved.